arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार
काठमाडौंबाट हेटौडा जाँदै गरेको पिकअप भिरमा खस्दा वैदेशिक रोजगार प्रवर्द्धन वोर्डका कार्यकारी निर्देशकको निधन(२०६९ ज्येष्ड २२, सोमवार)
 काठमाडौंबाट हेटौडा जाँदै गरेको बा ८ च ४६१४ नम्बरको पिकअप भीमफेदी नजिकै भिरमा खस्दा दुई जनाको निधन भएको छ। तीन जनामात्र रहेको गाडी सडकबाट २ सय मिटर तल खस्दा वैदेशिक रोजगार प्रवर्द्धन वोर्डका कार्यकारी निर्देशक स्थानेश्‍वर देवकोटाको निधन भएको छ। मृत्यु हुने अर्को व्यक्तिको पहिचान हुन नसकेको एसपी पूर्णचन्द्र जोशीले जानकारी दिए। उनका अनुसार चालकको अवस्था गम्भीर छ। दुर्घटनास्थल मोड र भिरालोमा छ। दुर्घटनामा परेका दुबैको उपचारका लागि लैजानेक्रममा निधन भएको हो।
काँग्रेसका ६१ जना पूर्व सभासद्हरुद्धारा संविधानसभा पुनस्थापनाको माग(२०६९ ज्येष्ड २१, आइतवार)
काँग्रेसका ६१ जना पूर्व सभासद्हरुले संविधानसभा पुनस्थापनाको माग गरेका छन् । उनीहरुले मुलुक निकास बिहीन अवस्थामा पुगेको उल्लेख गर्दै पुनस्थापनाको माग गरेका हुन् । माओवादी र माओवादी नेतृत्वको सरकारले स‌ंविधानसभाको विघटन गरेर सत्ताकब्जाको खेल खेलेको उल्लेख गर्दै उनीहरुले सहमतिको ढोका सरकार र माओवादीले बन्द गरेको आरोपसमेत लगाएका छन् । 'यस्तो अवस्थामा निकास भनेको राष्ट्रिय सहमति, एकता र सहकार्य नै हो' उनीहरुले भनेका छन्, 'यसको बिकल्प खोज्नु सर्वथा अनुपयुक्त छ ।' (संसद पुनस्थापना माग गर्नेहरु-)
कास्कीका पूर्व सभासद् संविधान निर्माण गर्न नसकेकोमा ग्लानि लागेको बताउँदै आगामी निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा(२०६९ ज्येष्ड २२, सोमवार)
कास्की क्षेत्र नम्बर ३ का निर्वतमान सभासद् रवीन्द्र अधिकारीले चार वर्षमा पनि संविधान निर्माण गर्न नसकेकोमा ग्लानि लागेको बताउँदै आगामी निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा गरेका छन्। अधिकांश काम पूरा भए पनि अन्तिम अवस्थामा संविधान जारी गर्न नसकेकोमा मतदातासँग माफी माग्दै उनले आफूसँग फेरि संविधान सभाका लागि मत माग्ने नैतिक आधार नरहेको उल्लेख गरे। एमालेका तर्फबाट सभासद् बनेका उनले सरकारले एकतर्फीरुपमा घोषणा गरेको आगामी मङ्सिरको निर्वाचन नहुने जिकिर गर्दै यो दुनियाँलाई छक्याउने जालमा भएको बताए। मुलुकलाई अप्ठेरोमा पार्दै सत्ता कब्जाको रणनीतिमा माओवादी लागेकाले निर्वाचन हुनै नसक्ने उनको दावी छ।
मोहनविक्रम सिंहद्धारा माओवादीले मार्क्सवाद,लेनिनवादबाट पतन भई जातीयताको झण्डा बोकेकाले संविधान नबनेरै संविधानसभा भंग भएको आरोप(२०६९ ज्येष्ड २१, आइतवार)
Mohan Bikram Singhनेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले माओवादीले मार्क्सवाद र लेनिनवादबाट पतन भई जातीयताको झण्डा बोकेकाले संविधान नबनेरै संविधानसभा भंग भएको बताएका छन् । माओवादीले बहुबहिचानका ११ प्रदेशसहितको संविधान बनाउन सहमति गरेर पनि जातियतामा फसेर पछाडि फर्केको उनले आरोप लगाए । जातिय राजनीति र सत्ता खेलले जनआन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्नमा अबरोध पुर्‍याएको उल्लेख गर्दै महामन्त्री सिंहले जनतालाई जागरण गरेर दबाब दिनुपर्ने आवश्यकता औल्याएका छन् ।
सर्वोच्चका न्यायाधीश रणबहादुर बमको दिनदहाडै गोली हानी हत्या भएको विरोधमा देशभरका अदालतहरु बन्द (२०६९ ज्येष्ड २१, आइतवार)
सर्वोच्चका न्यायाधीश रणबहादुर बमको दिनदहाडै गोली हानी हत्या भएको विरोधमा आज देशभरका अदालतहरु बन्द छन्। बिहीबार हत्या भएकै दिन बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले देशभरका अदालत बन्द गर्ने निर्णय गरेको थियो। तीन दिन बितिसक्दा पनि घटनाको अनुसन्धान गरिरहेका प्रहरीले हत्या कसले र किन गर्‍यो भन्ने बारे केही पत्ता लगाउन सकेको छैन। घटनामा प्रयोग भएको मोटरसाइकल त भेटिएको छ, तर त्यो नक्कली भएको थाहा पाएपछि हत्यारा निकट पुग्ने प्रहरीको आशा तुहिएको छ।
बझाङमा दाजुभाइको अंशवण्डा झगडामा नाबालक छोराछोरीसहित सातको हत्या (२०६९ ज्येष्ड २१, आइतवार)
बझाङको एउटा दुर्गम गाउँमा दाजुभाइबीच अंशवण्डाको विषयमा झगडा हुँदा दुवै पक्षका गरी छ जना अबोध बालबालिका र एक महिलाको मृत्यु भएको छ। झगडामा उत्रेका दुवै जनाले चक्कु लगायतको घरेलु हतियार प्रयोग गरेर एक अर्काका अबोध नाबालक छोराछोरीको निर्मम हत्या गरेका हुन्। सदरमुकाम चैनपुरबाट करिब एक दिनको पैदल दुरीमा रहेको वेलकुल्ला दलित बस्तीमा शनिबार साँझ ६ बजेतिर गगन बि.क. र वीरजीत बि.क.बीच अंशवण्डाको विषयलाई लिएर विवाद भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर के.सी.ले बताए।
सरकारले एक तर्फीरुपमा संविधानसभाको निर्वाचन घोषणा गरेको ठहर गर्दै एमाले देशव्यापी दबाब अभियानमा(२०६९ ज्येष्ड २०, शनिवार)
एमाले को आज बसेको पोलिटब्युरो बैठकले सरकारले एक तर्फीरुपमा संविधानसभाको निर्वाचन घोषणा गरेको ठहर गर्दै पार्टीले देशव्यापीरुपमा दबाब अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यसैगरी पार्टीभित्र देखिएका असन्तुष्टि, सङ्घीयतासम्बन्धी धारणामा उत्पन्न मतभेदलगायतका विषयमा छलफल गर्न पोलिटब्युरोले केन्द्रीय कमिटीका लागि केही प्रस्ताव तयार गरेको छ। बैठकबारे जानकारी दिँदै एमालेका प्रचारप्रसार विभाग प्रमुख प्रदीप ज्ञवालीले बैठकमा पार्टी अध्यक्ष झलनाथ खनालका तर्फबाट महासचिव ईश्वर पोखरेलद्वारा हिजो प्रस्तुत प्रतिवेदनमा केन्द्रित रहेर छलफल भएको र निर्वाचनको घोषणा असंवैधनिक र सहमतिविपरीत भएकाले त्यसको विरोधमा देशव्यापी दबाब अभियान सञ्चालन गर्न जोड दिइएको बताए।
माओवादी नेताहरु आराम - रमाइलो गर्दै: प्रधानमन्त्री भट्टराई आरामका लागि भन्दै धुलिखेल रिसोर्टमा(२०६९ ज्येष्ड २०, शनिवार)
प्रधानमन्त्री बाबुराम भट्टराई आरामका लागि भन्दै धुलिखेल आएका छन् । पत्नी हिसिला यमीसाथ आएका उनी माउन्टेन रिसोर्टमा बसेका छन् । शुक्रबार राति अबेर यहाँ आएका प्रधानमन्त्रीले आइतबार बिहान १० बजेसम्मका लागि कोठा बुक गरेका छन् । संविधानसभा विघटनपछि तनावमा रहेका प्रधानमन्त्रीको धुलिखेल बसाईबारे प्रहरीले बोल्न चाहेन । यसअघि मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल नगरकोटस्थित भंगेरी दरबार होटलमा आराम गर्न आएका थिए । (माओवादी पुष्पकमल दाहाल रमाइलो गर्न सपरिवारसहित नगरकोटस्थित दरबार होटलमा)
बृहत मधेशी मोर्चाले प्रधानमन्त्री बाबुराम भट्टराईले पदत्याग नगरे उनलाई अन्य प्रक्रियाबाट हटाउनुपर्ने माग(२०६९ ज्येष्ड २०, शनिवार)
बृहत मधेशी मोर्चाले प्रधानमन्त्री बाबुराम भट्टराईले पदत्याग नगरे उनलाई अन्य प्रक्रियाबाट हटाउनुपर्ने माग गरेको छ । मोर्चाले प्रधानमन्त्रीलाई पदमुक्त गरी राष्ट्रलाई निकास दिन राष्ट्रपति रामवरण यादवसँग आग्रह गरेको छ । मोर्चाले आज पत्रकार सम्मेलन मार्फत प्रधानमन्त्रीले पदत्याग गरी सर्वपक्षीय राजनीतिक सहमतिको आधारमा चुनवी सरकार गठनका लागि बाटो खोल्नुपर्ने माग गरेको छ । प्रधानमन्त्रीले पद त्याग नगरे अन्य प्रक्रिया अपनाई हटाउनुपर्ने मोर्चाको ठहर छ । मोर्चाले जनप्रतिनिधि संस्थालाई समाप्त पारी सत्तामा रही रहने गरी संविधान विपरीत निर्वाचनको घोषणा गरिएको भन्दै बिरोध जनाएको छ ।
कामचलाउ प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा दुइ प्रमुख विपक्षी दलका शीर्ष नेताहरुसँग भेटवार्ता(२०६९ ज्येष्ड १९, शुक्रवार)
Photo8यसै साता संविधानसभा भंग भएपछि कामचलाउमा परिवर्तित भएका प्रधानमन्त्री बाबुराम भट्टराईले उनको दल एकीकृत माओवादीको निर्देशनमा प्रमुख विपक्षी नेताहरुसँग भेटवार्ता थालेका छन्। प्रधानमन्त्रीले शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निवासमा झण्डै एक घन्टा परामर्श गरेका थिए। करीब एकघन्टा दुईजनामात्र बसेर गरिएको कुराकानीपछि सभापति कोइरालाले सन्चारकर्मीहरुलाई दिएको प्रतिक्रियाले माओवादी प्रति कांग्रेसको आक्रोश प्रष्ट झल्किन्थ्यो।
गृह मन्त्रालयले बहालवाला तथा विशिष्ठ व्यक्तिहरूको सुरक्षा व्यवस्था पुनर्मूल्यांकन गरी नयाँ रणनीति तय गर्ने(२०६९ ज्येष्ड १९, शुक्रवार)
गृह मन्त्रालयले बहालवाला तथा पूर्व अति विशिष्ठ, विशिष्ठ व्यक्तिहरूको सुरक्षा व्यवस्था पुनर्मूल्यांकन गरी नयाँ रणनीति तय गर्ने भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराई, उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार, मुख्यसचिव, गृह र रक्षासचिव, चारवटै सुरक्षा निकायका प्रमुखलगायतबीच शुक्रबार बिहान भएको छलफलपछि बसेको केन्द्रीय सुरक्षा समिति बैठकले यस्तो निर्णय गरेको थियो । प्रधानमन्त्री भट्टराईले संविधानसभाको म्याद सकिन लाग्दा मुलुकभर देखिएको तनावबीच जेठ १४ सम्म शान्ति सुरक्षा कायम राख्न सफल भएकोमा सुरक्षा निकायलाई धन्यवाद ज्ञापन गर्दै राजनीतिक अवस्था तरल भएकाले थप उच्च सतर्कता अपनाउन निर्देशन दिए ।
चुनावमा माओवादी र मधेसवादीबीच तालमेल गरी प्रतिष्पर्धामा जाने मधेसवादी मन्त्रीको भनाई(२०६९ ज्येष्ड १९, शुक्रवार)
सिंचाई मन्त्री महेन्द्र यादवले सरकारले घोषणा गरेको चुनावमा माओवादी र मधेसवादीबीच तालमेल गरी प्रतिष्पर्धामा जाने बताएका छन्। 'मधेसी मोर्चामा आवद्ध दल र माओवादीको नेतृत्वबीच विगत एक वर्षदेखिको सम्बन्धलाई थप बलियो बनाउनका लागि पनि तालमेल गर्नु आवश्यक छ,' मन्त्री यादवले भने। शुक्रबार सुनसरीको इनरुवामा सप्तकोसी डुवान कटानको समस्या समाधानका लागि कार्यालय उद्घाटनपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने, 'तालमेलका लागि छलफल चलिरहेको छ।'
नेपाल जलवायु परिवर्तनसम्बन्धी महासन्धिका लागि अल्पविकसित देशहरुको समूहको संयोजकमा चयन(२०६९ ज्येष्ड १९, शुक्रवार)
नेपाल जलवायु परिवर्तनसम्बन्धी महासन्धिका लागि अल्पविकसित देशहरुको समूहको संयोजकमा चयन भएको छ। यसअघि सो समूहको संयोजक गाम्बिया रहेको थियो। एसियाबाट सो समूहको संयोजन गर्न नेपालले पाएको यो पहिलो अवसर हो। यसअघि यस क्षेत्रबाट बङ्गलादेशले मात्र संयोजन गर्ने मौका पाएको वातावरण मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले आज आयोजित एक कार्यक्रममा जानकारी दिए।
संविधानसभाको विघटनसंगै १९ दलले आन्दोलनको घोषणा, जेठ २६ गते सरकार विरुद्ध खुलामंचमा बिरोधसभा गर्ने(२०६९ ज्येष्ड १९, शुक्रवार)
संविधानसभाको विघटनसंगै प्रधानमन्त्री बाबुराम भट्टराईले गरेको नयाँ निर्वाचनको घोषणा असंवैधानिक भएको भन्दै त्यसको बिरोध गर्दै आएको कांग्रेस-एमाले सहित १९ दलले आन्दोलनको घोषणा गरेको छ । जेठ २६ गते सरकार विरुद्ध खुलामंचमा बिरोधसभा गर्ने तय भएको छ । शुक्रबार एमाले मुख्यालय बल्खुमा बसेको १९ दलको बैठकले राष्ट्रिय सहमतिको सरकारको माग गर्दै देशव्यापी शान्तिपूर्ण बिरोध प्रदर्शनमा उत्रिन आम जनसमूदायमा आह्वान समेत गरेको छ । प्रधानमन्त्रीले सहमतीय सरकारका लागि बाटो खुला गर्नुपर्ने बैठकले माग गरेको छ । (संयुक्त वक्तव्यको पूर्णपाठ सहित)
मसालका महामन्त्री मोहनविक्रम सिंहद्धारा चार बर्षमा पनि नेपालमा संबिधान बन्न नसक्नुको कारण संघियता र सत्ता मोह भएको टिप्पणी(२०६९ ज्येष्ड १९, शुक्रवार)
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले चार बर्षमा पनि नेपालमा संबिधान बन्न नसक्नुको कारण संघियता र सत्ता मोह भएको टिप्पणी गरेका छन। दाङको घोराहीमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले पटक पटक संबिधान सभाको समय थपेर संबिधान बनाउँछौ भन्नेहरु संघियतामा अड्किएको र सत्ता लिप्सामा लागेकाले देश अनिर्णयको घेरामा परेको बताए ।
देशभर प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन (२०६९ ज्येष्ड १९, शुक्रवार)
संविधानसभा विघटन र संविधानसभाको नयां निर्वाचन घोषणा गरिएको विरोधमा विद्यार्थी संगठनहरुले देशका विभिन्न जिल्लामा प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्ला दहन गरेका छन् । पोखराको महेन्द्रपुलमा विभिन्न विद्यार्थी संगठनहरुले प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन गरे । यस्तै, धादिङको धादिङ बजारमा पनि प्रधानमन्त्रीको राजीनामा माग गर्दै विद्यार्थीहरुले प्रधानमन्त्री भट्टराईको पुत्ला दहन गरे ।
कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन एमालेको माग(२०६९ ज्येष्ड १९, शुक्रवार)
नेकपा एमालेले यथास्थितिमा ताजा निर्वाचन गर्न सम्भव नभएको भन्दै तत्काल नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन माग गरेको छ । एमाले स्थायी समिति वैठकपछि शिर्ष नेताहरु सम्मिलित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष झलनाथ खनालले माओवादीले आफ्नै पार्टीभित्र र बाहिरका विपक्षीलाई पाखा लगाउने र संसदविहीन अवस्थामा स्वेच्छाचारी शासन चलाउने दुरासयले निर्वाचनको नाटक गरेको बताउनु भयो ।
वैद्य पक्षद्धारा नयाँ पार्टी बनाउने तयारीस्वरुप असार १ गते राष्ट्रिय भेला(२०६९ ज्येष्ड १८, विहीवार)
वैद्य पक्षीय भेलालले पार्टी एकता क्षीण हुँदै गएको निष्कर्ष निकालेको पम्फा भूसालले जानकारी दिइन् । उसले नयाँ पार्टी बनाउने तयारीस्वरुप असार १ गते राष्ट्रिय भेला बोलाएको छ ।
वर्तमान अन्यौल र संकटको निकास संविधान सभा पुनर्स्थापनाबाट हुनसक्ने एमाले झलनाथ खनालको भनाई(२०६९ ज्येष्ड १८, विहीवार)
एमाले अध्यक्ष झलनाथ खनालले वर्तमान अन्यौल र संकटको निकास संविधान सभा पुनर्स्थापनाबाट हुनसक्ने बताएका छन्। पार्टीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले भने,'यो एउटा विकल्प हुनसक्छ, हामी छलफलमा छौँ।' पत्रकार सम्मेलनमा नेता केपी ओलीले अहिले आफूहरुले प्रधानमन्त्रीको राजीनामा नमागेको बताए। 'प्रधानमन्त्री पदमुक्त भइसके', उनले भने, 'राष्ट्रिय सरकार गठन अहिलेको हाम्रो प्रमुख माग हो। उनले प्रधानमन्त्रीको कदमले देशलाई मुठभेडको स्थितिमा लाने बताए। ( प्रेस वक्तव्यको पूर्ण पाठ)
पूर्व सभासद्‍हरुलाई बोनस भुक्तानी नदिन अख्तियारको निर्देशन(२०६९ ज्येष्ड १८, विहीवार)
संविधान नबने पनि संविधान सभाका पूर्व सभासदहरुलाई बोनस बाँडी राज्यलाई ३ करोड थप व्ययभार पार्न खोजेको भनी उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको छ। आयोगका प्रवक्ता ईश्वरीप्रसाद पौड्यालले आयोगको छानबिन प्रक्रिया टुंगो नलागेसम्म कुनै पनि रकम पूर्व सभासद्‍हरुलाई भुक्तानी नदिन संसद महासचिवालयलाई अख्तियारले निर्देशन दिएको बताए।
युरोपेली संघद्धारा नेपालमा संविधान जारी नभई संविधानसभा विघटन भएकोमा चिन्ता व्यक्त(२०६९ ज्येष्ड १८, विहीवार)
डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, बेलायत, नर्वे, स्वीजरल्याण्ड र युरोपेली संघले नेपालमा संविधान जारी नभई संविधानसभा विघटन भएकोमा चिन्ता व्यक्त गर्दै शान्ति, स्थायित्व र संविधानका लागि सबै राजनीतिक दलहरुलाई सहमति जुटाउन आह्वान गरेका छन् । युरोपेली राष्ट्रहरुको प्रतिनिधित्व गर्दै काठमाडौंस्थित डेनिस दूताबासले आज वक्तब्य जारी गरी जेठ १४ मा दलहरुले नयाँ संविधान जारी गर्न सहमति जुटाउन नसकेको र संविधान नबन्दै संविधानसभा विघटन हुन पुगेकोमा चिन्ता व्यक्त गरेको छ ।
संविधान सभाको बिघटन भएपछि पूर्व सभासद्हरु गाउँ फर्कने कि काठमाडौंमै बस्ने भन्नेमा अन्योल(२०६९ ज्येष्ड १८, विहीवार)
संविधान सभाको बिघटन भएपछि पनि पूर्व सभासद्हरु भने गाउँ फर्कने कि काठमाडौंमै बस्ने भन्ने अन्योलमा रहेका छन् । पूर्व सभासदहरुले एक महिनाको पारिश्रमिक र १५ दिनको घरभाडा बापतको रकम बुझेका छन । जेठ १४ सम्मको पारिश्रमिक, थप एक महिनाको भत्ता, र १४ दिनको घरभाडा वापतको ३७ हजार २ सय ८० रुपैयाँ बुझेका हुन । संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधाका सम्बन्धमा ऐनमा कुनै व्यवस्था नभएकाले संसद सचिवालयले यसबारेमा केही निर्णय गरेको छैन ।
प्रधानमन्त्री बाबुराम भट्टराइ अदालतको अपहेलना सम्बन्धि मुद्धामा लिखित जवाफ लिएर सर्वोच्च अदालतमा उपस्थित(२०६९ ज्येष्ड १८, विहीवार)
प्रधानमन्त्री बाबुराम भट्टराइ अदालतको अपहेलना सम्बन्धि मुद्धामा लिखित जवाफ लिएर सर्वोच्च अदालतमा उपस्थित भएका छन । महान्यायाधिवक्ता मुक्ति प्रधानका अनुसार लिखित जवाफमा उनले अदालतको मानहानी गर्ने कुनै आशय नभएको उल्लेख गरेका छन्। न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले प्रधानमन्त्री बाबुराम भट्टराई र कानुनमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलालाई यसबारे स्पष्ट गर्न ७ दिनभित्र अदालतमा स्वयं उपस्थित हुन गत बिहीबार आदेश दिएको थियो।
काठमाडौंबाट तातोपानी जाँदै गरेको बस सुनकोशी नदीमा खस्यो, घटनास्थलमा दुई बच्चा र दुई महिलाको शव प्राप्त(२०६९ ज्येष्ड १८, विहीवार)
काठमाडौंबाट तातोपानी जाँदै गरेको बा २ ख ३३४७ नम्बरको बस सुनकोशी नदीमा खसेको छ । घटनास्थलमा दुई बच्चा र दुई महिलाको शव प्राप्त भएको छ भने २६ भन्दा बढीको जिवितै उद्दार गरी खाडीचौरस्थित अस्पताल लगिएको छ । केही यात्रु बसभित्रै रहेको प्रहरीको अनुमान छ। अरनिको राजमार्ग अन्तर्गत बलेफी नजिकै कोठीमा दुर्घटना भएको हो । बसमा कति यात्रु सवार थिए भन्ने जानकारी प्राप्त हुन सकेको छैन ।
यस बर्षको एसएसली नतिजा 'असार पहिलो साता'(२०६९ ज्येष्ड १८, विहीवार)
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको नतिजा असारको पहिलो साता निकाल्ने तयारी भइरहेको जनाएको छ। अहिले परिस्थिति सहज भएकाले उपत्यकाबाहिरका जिल्लाबाट उत्तरपुस्तिका परीक्षण भई केन्द्रमा आउने क्रम तीव्र भएकाले केन्द्रले लक्ष्य अनुसारै नतिजा प्रकाशन गर्ने दाबी नियन्त्रक डिल्लीराम रिमालको छ। 'देशको परिस्थिति सहज भएकाले जिल्लाबाट उत्तर पुस्तिका नआउने हो कि भन्ने डर सकियो,' उनले भने, 'तराई र सुदूरपश्चिमी जिल्ला खुला भएकाले उत्तरपुस्तिका परीक्षण भई धमाधम आउन थालेको छ।' पनिकाले उत्तरपुस्तिका ल्याउने र व्यवस्थापन गर्ने काम गरिरहेको छ।
 

नवलपरासीको डण्डा जङ्गलमा १४ वटा ट्रकमा लुटपाट(२०६९ ज्येष्ड १८, विहीवार)
नवलपरासीको डण्डा जङ्गलमा १४ वटा ट्रकमा लुटपाट भएको छ। पूर्वपश्चिम लोकमार्गअन्तर्गत डण्डा र चोरमारा सडक खण्डमा पर्ने ४० कि.मी. भन्ने स्थानबाट ४०/५० जनाको समूहले आज दिउँसो ती ट्रकलाई रोकी लुटपाट गरेका हुन्। काठमाडौँबाट खच्चर र गधा लोड गरी नेपालगन्जतर्फ जाँदै गरेका सो ट्रकहरुलाई घना जङ्गलको बीचमा रोकेर प्रतिट्रक रु तीन हजारदेखि रु चार हजार जवरजस्ती असुल गरेका पीडित सन्तोष खतिवडाले बताए।
प्रधानमन्त्रीबाट संविधानसभा विघटन गरी पुन: निर्वाचन घोषणाविरुद्ध सर्वोच्चद्धारा १० दिनभित्र लिखित जवाफ दिन आदेश(२०६९ ज्येष्ड १७, बुधवार)
Photo8निर्धारित समयमा संविधान जारी नगरी प्रधानमन्त्रीले संविधान सभाको निर्वाचन आगामी मंसिर ७ गते तोक्नु अवैधानिक भन्दै परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले प्रधानमन्त्रीलाई १० दिनभित्र लिखित जवाफ दिन आदेश दिएको छ।  न्यायाधीश ताहिर अली अन्सारीको इजलासले निर्वाचनको मिति तोक्नुको कारण १० दिनभित्र लिखितरुपमै पठाउन आदेश दिएको हो । उक्त विषय गम्भीर रहेको भन्दै सर्वोच्चले रिटमाथिको अन्तिम सुनुवाई विशेष इजलासबाट गर्नेसमेत निर्णय सुनाएको छ ।
काङ्ग्रेस सुशील कोइरालाद्धारा पार्टी कार्यकर्तालाई गाउँगाउँ जान निर्देशन(२०६९ ज्येष्ड १७, बुधवार)
काठमाडौ, । नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले पार्टी कार्यकर्तालाई गाउँगाउँ जान निर्देशन दिनुभएको छ । आफ्नो निवास महाराजगन्जमा पुगेका कार्यकर्तालाई कोइरालाले पार्टीलाई जनताका माझ सशक्त बनाउन र पार्टीको आधिकारिक धारणा लैजान आग्रह गर्नुभयो । अब राष्ट्रिय सहमतिका आधारमा मुलुकमा कुनै पनि बेला निर्वाचन हुनसक्ने भएकोले उहाँले कार्यकर्तालाई जिल्ला फर्कन निर्देशन दिनुभएको हो । सभापति कोइरालाले राष्ट्रिय सहमतिको सरकार छिटै गठन हुने आश्वासन पनि दिनुभयो ।
डोटीमा जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु(२०६९ ज्येष्ड १७, बुधवार)
डोटीको सिरसइन सिर्मा भन्ने ठाउँमा जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । साजगार्डबाट सदरमुकाम सिलगढी जाँदै गरेको खचाखच भरिएको ना १ ज ३२६१ नम्बरको महिन्द्रा जीप सडकबाट ४ सय मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहान ९:३० बजे दुर्घटना भएको हो । तीन जनाको घटनास्थलमै र अन्यको सिलगुढी जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको डोटी प्रहरी प्रमुख डिएसपी भरत बोहरा जनाए । दुर्घटनाको कारण खुलेको छैन । जीपमा २२ जना सवार थिए ।
आगामी मंसिर ७ गते चुनाव भए २३ वर्ष पुगेकाले समेत मतदान गर्न नपाउने(२०६९ ज्येष्ड १७, बुधवार)
अहिलेकै व्यवस्था अनुसार सरकारले प्रस्ताव गरेको मिति मङ्सिर ७ मा निर्वाचन भए त्यतिञ्जेल २३ वर्ष पुगिसकेकाले समेत मतदान गर्न पाउने छैनन्। अन्तरिम संविधान २०६३ को धारा ६३ को उपधारा ७ मा ६ वर्षअघि १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पाउने उल्लेख छ। 'संविधान सभाको निर्वाचनको प्रयोजनको लागि सम्वत् २०६३ साल मङ्सिर मसान्तसम्म अठार वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई कानूनमा व्यवस्था भए बमोजिम मतदान गर्ने अधिकार हुनेछ', सो उपधारामा लेखिएको छ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736