arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार
आजीवन सुविधा दिने सरकारी निर्णयविरुद्धको आन्दोलनमा नेकपा- माओवादी पनि सहभागी(२०६९ श्रावण १२, शुक्रवार)
पूर्वविशिष्ट सरकारी अधिकारीहरुलाई आजीवन सुविधा दिने सरकारी निर्णयविरुद्ध नागरिक समाजका प्रतिनिधीहरुले हिजोदेखि सुरु गरेको आन्दोलनमा नेकपामाओवादी पनि सहभागी हुने भएको छ । अनसन स्थल गएर आन्दोलनप्रति ऐक्बद्धता प्रकट गर्दै सो पार्टीका उपाध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफू छिट्टै पूर्व हुने महसुस गरेर जिन्दगीभरी सुविधा लिने रणनीति स्वरुप आफ्नै लागी अध्यादेश ल्याएको दावीगरे । उनले राज्यको ढुकुटी सक्ने यो अध्यादेश ल्याउनु सरकारले भ्रष्टाचार भएको भन्दै अध्यादेश विरुद्धको आन्दोलनमा आफ्नो पार्टी पनि सहभागी हुने प्रतिबद्धता ब्यक्त गरे ।
एमालेका झलनाथ खनालद्धारा पूर्व प्रधान मन्त्रीका हैसियतमा पाएको सुविधाको गाडी फिर्ता(२०६९ श्रावण १२, शुक्रवार)
थाहा भए अनुसार नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पूर्व प्रधान मन्त्रीका हैसियतमा पाएको सुविधाको गाडी फिर्ता गरेका छन। एमाले प्रचार विभाग सचिव सूर्य थापाका अनुसार खनालले आजबाट सरकारले दिएको सुविधाको गाडी फिर्ता गरेका हुन्। सरकारले अध्यादेशबाट पूर्व प्रधान मन्त्री, गृह मन्त्रीलगायत उच्च अधिकारीलाई सुविधामा गाडी तथा कर्मचारी र सुरक्षाको व्यवस्था गर्ने व्यवस्था गरेको छ। चुनाव लगायतका विषयमा फरक मत राख्दै आएका नेताहरुले सुविधा पाएको विषयमा आफ्नो धारणा सार्वजनिक नगरेपछि उनीहरुको आलोचना भएको थियो।
पहिरोका कारण पृथ्वी राजमार्ग अबरुद्ध, सवारी साधन आवत जावतमा अबरोध(२०६९ श्रावण १२, शुक्रवार)
धादिङको बैरेनी गाविस ९ बैरेनी बजारमा बिहीबार राति गएको पहिरोका कारण पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । पहिरोका कारण राति २ बजेदेखि सवारी साधन आवत जावतमा अबरोध भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बिनोद घिमिरेका अनुसार दुईतर्फी सवारीसाधन आवत जावत गर्नेगरी पहिरो खुलाउन तीन घण्टा लाग्ने छ ।
नेकपामाओवादी अध्यक्ष मोहन बैद्यद्धारा चीनले नेपालमा संघीयता नचाहेको खुलासा(२०६९ श्रावण १२, शुक्रवार)
नेकपामाओवादीका अध्यक्ष मोहन बैद्य किरणले चीनले नेपालमा संघीयता नचाहेको खुलासा गरेका छन् । चिन भ्रमणबाट  स्वदेश फर्किएका बैद्यले अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै नेपालमा विभिन्न शक्तिले खेलिरहेकोले संघीयताका नाममा नेपाललाई टुक्राउने खेल भएको आशंका गर्दै चिनले नेपालमा संघीयता नचाहेको जानकारी दिए । नेपालमा शान्ति र संविधान निर्माणको कार्य पुरा भए चिन नेपालको आर्थिक विकासमा सहयोग गर्न तयार रहेको जानकारी दिदै बैद्यले चिनले नेपालमा कम्यूनिष्ट पार्टी फुटेको प्रति दुख ब्यक्त सहित कम्यूनिष्ट पार्टीको एकतामा जोड दिए बताए ।
एकीकृत माओवादीद्धारा पार्टीका केन्द्रीय सदस्यहरुको सम्पत्ति छानविन शुरु गरिएको दाबी(२०६९ श्रावण ११, विहीवार)
एकीकृत माओवादीले पार्टीका केन्द्रीय सदस्यहरुको सम्पत्ति छानविन शुरु गरिएको दाबी गरेको छ । राजधानीमा हालै सम्पन्न सातौ विस्तारित बैठकले गठन गरेको सम्पत्ति एवम् आर्थिक स्थिति छानविन आयोगले आज पार्टी कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गरी नेताहरुको सम्पत्ति छानविनको काम थालिएको जनाएको हो । आयोगका संयोजक अमिक शेरचनले नेताहरुले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको थाहा पाएको भए साउन ११ देखि १५ गतेभित्र उजुरी दर्ता गर्न सर्वसाधारणसँग आग्रह गर्नुभयो । अध्यक्ष पुष्पकमल दाहालबाटै सम्पत्ति छानविनको प्रक्रिया शुरु गरेको पनि संयोजक शेरचनले बताउनु भयो ।
आजीवन सुविधाको जनस्तरबाट चर्को विरोध हुँदै गर्दा पूर्व प्रधानमन्त्री नेपालद्धारा सरकारी सुविधामा प्राप्त गाडी फिर्ता (२०६९ श्रावण ११, विहीवार)

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री र पूर्व प्रधानन्यायाधीश लगायतका भीआइपीहरुलाई दिइने आजीवन सुविधाको जनस्तरबाट चर्को विरोध हुँदै गर्दा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आज सरकारी सुविधामा प्राप्त गाडी फिर्ता गरेका छन्। उनले सरकारबाट पाएको प्राडो गाडी चढिरहेका थिए। सरकारले अध्यादेशबाट सुविधा दिने विधेयक ल्याउँदा भने कुनै दलले पनि विरोध गरेका थिएनन्। नेपालद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रिय सहमतिका लागि मार्गप्रशस्त गर्नुपर्ने बेलामा वर्तमान काम चलाउ सरकारले भूतपूर्व पदाधिकारीलाई सुविधा दिने सम्बन्धमा अध्यादेश जारी गरेका कारण ध्यान अन्यत्र मोडिने र सहमति प्रयास झन् विथोलिने खतरा देखा परेको बताएका छन्।

मुलुकले धान्न नसक्ने गरी पूर्वविशिष्ट पदाधिकारीहरूलाई सेवासुविधा दिन गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै नागरिक समाज आन्दोलनमा (२०६९ श्रावण ११, विहीवार)
मुलुकले धान्न नसक्ने गरी सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई सेवासुविधा दिन गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल नागरिक समाजले आजदेखि रिले अनशन सुरु गरेको छ । पूर्वप्रशासक तथा समाजका अध्यक्ष खेमराज रेग्मीको नेतृत्वमा सुरु गरिएको रिले अनशनमा समाजका अध्यक्ष गौरी चौधरी तथा सदस्यहरू मोहन शर्मा कट्टेल, धन खतिवडा, शर्मिला पण्डित क्षेत्री, इन्द्रकुमार श्रेष्ठ र समाजका काठमाडौं जिल्ला अध्यक्ष दीपक थापा सहभागी छन् ।
काठमाण्डौंमा आपतकालिन सुरक्षा योजना लागू(२०६९ श्रावण ११, विहीवार)
महानगरीय प्रहरी परिसर हनुमान ढोकाले राजधानीमा आपत्कालीन सुरक्षा योजना लागू गरिएको जनाएको छ । सम्भावित डकैती, अपहरण, चोरी, लुटपाट, हत्या, विस्फोट गुण्डागर्दी, गोलीप्रहार लगायतका आपराधिक घटनालाई ध्यानमा राखेर असार अन्तिम सातादेखि यो योजना लागू गरिएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । परिसरका प्रमुख एसएसपी जयबहादुर चन्दले दुई सय ६३ पृष्ठ लामो बर्तमान तथा भावी सुरक्षायोजना बनाएर त्यसलाई लागू गर्न राजधानीभरका प्रहरी वृत्त, प्रभाग र युनिट इन्चार्जलाई निर्देशन दिईसकेका छन् ।
नेपाल प्रहरीले चाँडै निकट भविष्यमै खाना पकाउने एलपी ग्यासको प्लान्ट सञ्चालन गर्ने, चारित्रिक प्रमाणपत्र लिन इन्टरनेटबाटै फारम भर्ने व्यवस्था(२०६९ श्रावण १०, बुधवार)
नेपाल प्रहरीले चाँडै निकट भविष्यमै खाना पकाउने एलपी ग्यासको प्लान्ट सञ्चालन गर्ने भएको छ। प्रहरी प्रधान कार्यालयमा आज आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा निकट भविष्यमा एलपी ग्यास उपलव्ध गराउने तयारी भइरहेको जानकारी दिइयो। ग्यास प्लान्ट स्थापनाको लागि स्थान छनोटलगायतका विषयमा विस्तृत अध्ययन भइरहेको नेपाल प्रहरीका प्रवक्ता विनोद सिंहले जानकारी दिए। प्लान्टका लागि चितवन, नवलपरासी, धादिङ र नुवाकोटलगायतका संभावित स्थानको अध्ययन भइरहेको उनले बताए।
निर्वाचन आयोगद्धारा एक उम्मेदवारले एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेद्‍वारी दिन पाउने प्रस्ताव(२०६९ श्रावण १०, बुधवार)
निर्वाचन आयोगले निर्वाचनका लागि एक उम्मेदवारले एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेद्‍वारी दिन पाउने प्रस्ताव गरेको छ। संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ लाई संशोधन गर्न बनेको प्रस्तावित ऐनमा सो प्रस्ताव गरिएको हो। प्रस्तावित ऐन संशोधनका लागि आयोगले सरकारलाई बुझाइसकेको छ। आयोगका सहसचिव मधु रेग्मीले दिएको जानकारीअनुसार आयोगले संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ लाई संशोधन गर्ने क्रममा सो प्रावधान राखेको हो। यसअघि एक उम्मेदवारले एकभन्दा बढी निर्वाचन क्षेत्रमा पनि उम्मेदवारी दिनसक्ने प्रावधान रहिआएको छ।
अबिरल बर्षापछि गएको पहिरोका कारण पर्वतमा आधा दर्जन वढी घर जोखिममा(२०६९ श्रावण १०, बुधवार)
अबिरल बर्षापछि गएको पहिरोले पर्वतको लुङ्गदी खोलामा रहेको तटबन्ध बगाएपछि धाइरिङ्ग मिलनचोकका आधा दर्जन घर र अस्थायी प्रहरी चौकी वाढीको खतरामा छन् । बाढीले बगाउने खतरा बढेपछि प्रहरी चौकी निजी घरमा सारिएको छ । लुङ्गदी खोलाले धाइरिङ्ग गाउँ विकास समितिको मिलनचोकबजार संरक्षणका लागि लगाइएको तटबन्ध बगाएपछि खतरा बढेको हो । यसैगरी कालीगण्डकी नदीले माझफाँट गाबिसको वारीबेनी तर्फको तटबन्ध बगाउँदा वारीबेनी प्रहरी चौकी र वरपरका आधा दर्जन घर जोखिममा परेका छन् ।
ट्राफिक नियम उलंघन गर्नेहरुले बैंकमार्फत जरिवाना तिर्नु पर्ने(२०६९ श्रावण १०, बुधवार)
ट्राफिक नियम उलंघन गर्नेहरुले आजबाट बैंकमार्फत जरिवाना तिर्नु पर्ने भएको छ । रसिदको प्रयोग गरेर जरिमाना तिर्दा आर्थिक अनियमितता बढेको भन्ने। खबर बाहिर आएपछि यस्तो व्यवस्था गरिएको ट्राफिक महाशाखाले बताएको छ । अबदेखि कारवाहीमा गर्नेहरुले महाशाखामा गएर भौचर भरेर बैंकबाट जरिवाना तिरेको रसिद महाशाखालाई बुझाउनु पर्ने छ । त्यसपछि जफत गरिएको कागजात फिर्ता लिन पाउने व्यवस्था गरेको छ ।
कांग्रेस-एमालेद्धारा नयाँ सरकार बन्ने टुंगो नहुँदासम्म नयाँ प्रधानमन्त्रीको उम्मेदवार को भन्ने सार्वजनिक नगर्ने सहमति(२०६९ श्रावण १०, बुधवार)
नेपाली कांग्रेस एमाले नयाँ सरकार बन्ने टुंगो नहुँदासम्म नयाँ प्रधानमन्त्रीको उम्मेदवार को भन्ने सार्वजनिक नगर्ने सहमति गरेका छन् । सरकार बन्ने टुंगो नभई प्रधानमन्त्रीको उम्मेदवार तोक्नु ठिक नहुने भन्दै यस विषयमा सार्वजनिक टिकाटिप्पणी पनि नगर्ने निष्कर्ष निकालेका छन् । केही दिन यता एमाले नेताहरुले कांग्रेसले उम्मेदवार तय नगर्दा समस्या भएको उल्लेख गर्दै आँट नगर्ने हो भने एमालेले विकल्प दिने धारणा सार्वजनिक गरेका थिए । अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेताहरू माधवकुमार नेपाल र केपी ओलीले पनि पहिलो प्राथमिकता कांग्रेस नै भएको तर तयार नहुने हो भने एमालेले विकल्प दिने धारणा पार्टीका र सार्वजनिक कार्यक्रममार्फत अघि सारेका थिए ।
स्थानीय र विपक्षी दलहरुको चर्को विरोधपछि सुकुम्बासीलाई सुन्दरीघाटमा नराख्ने सरकारको निर्णय(२०६९ श्रावण १०, बुधवार)
स्थानीय र विपक्षी दलहरुको चर्को विरोधपछि बाग्मती किनारमा रहेका सुकुम्बासीलाई ललितपुरको सुन्दरीघाटमा नराख्ने सरकारले निर्णय गरेको छ। मंगलवार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।सुन्दरीघाटमा सुकुम्बासी राख्ने निर्णय उपयुक्त देखिएन र स्थानीयबासीले समेत विरोध गरे पछि सो निर्णय फिर्ता लिने सहमति भएको काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापितले जानकारी दिए।मलपोखरी निर्माणका लागि भन्दै २०३२ सालमा अधिग्रहण गरेको जग्गामा सुकुम्बासी राख्न नपाउने भन्दै संघर्ष समितिले आइतबार र सोमबार ललितपुर बन्द गरेको थियो। 

अखिल क्रान्तिकारीद्वारा रुपन्देहीका साई ग्लोवल र एम्स कलेजमा तोडफोड(२०६९ श्रावण ९, मंगलवार)
बिदेशी नामबाट खुलेका शिक्षण संस्थाहरु बिरुद्ध आन्दोलन गर्दै आएको नेकपामाओवादीको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार रुपन्देहीका २ वटा उच्च माबिमा तोडफोड गरेका छन । सो संगठनले बुटवलको एम्स उच्च माबि र भैरहवाको साई ग्लोवल कलेजको कार्यालयको कार्यकक्षमा तोडफोड गरेको हो । तोड फोडका क्रममा एम्स कलेजको लु १ ख ६९५६ नम्बरको बिद्यार्थी बोक्ने बसमा समेत तोडफोड गरेको सो कलेजले जनाएको छ । तोडफोडमा संलग्न अखिल क्रान्तिकारीका जिल्ला सदस्य सागर पन्थलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक रामेश्वर कार्कीले बताए । पक्राउ परेका पन्थलाई वडा प्रहरी कार्यालय रामनगरमा राखिएको छ । 

आज नाग पञ्चमी पर्व(२०६९ श्रावण ९, मंगलवार)
आज श्रावण शुल्क पञ्चमी अर्थात नाग पञ्चमी तिथि । हिन्दु धर्मावलम्बीहरुले घरको ढोकामाथि नागको चित्र टाँसी गाईको दूध, फूल अक्षताको साथमा गाईको गोबर सहित नागको पूजा अर्चना गर्ने गर्छन् । हिन्दु परम्परा अनुसार नागलाई मन पर्ने दूध, दूबो चढाई स्तुति र पूजा गर्नाले घरमा चट्याङ नपर्ने, सर्पको डर नहुने, आगलागी र दैवी विपत्ति नपर्ने विश्वास छ । आज नागका अष्टकुल अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनागको पूजा अर्चना गरिन्छ ।
प्रधानमन्त्री भट्टराईले गरेका राष्ट्रिय स्वाधिनतामा असर पार्ने सबै सन्धी सम्झौता उपप्रधान नारायणकाजी श्रेष्ठको असहमति(२०६९ श्रावण ९, मंगलवार)
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकासले विप्पा सहितका प्रधानमन्त्री डा बाबुराम भट्टराईले गरेका राष्ट्रिय स्वाधिनतामा असर पार्ने सबै सन्धी सम्झौता करेक्स गर्नु पर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा श्रेष्ठले पार्टी र सरकारभित्र आफू र प्रधानमन्त्री डा बाबुराम भट्टराईवीच ती विषयमा गंभिर मतभेद रहेको जानकारी दिदै विप्पा सम्झौताको विषयमा आफूले मन्त्रीपरिषदको बैठक र भारतीय प्रधानमन्त्री डा मनमोहन सिहंसँगको दुई पक्षीय वार्तामा समेत असहमति प्रकट गरिसकेको स्पष्ट पारे ।
ललितपुरको सुन्दरीघाटमा सुकुम्बासी राख्ने सरकारको तयारीविरुद्ध स्थानीयबासीको बन्द आह्वान फिर्ता(२०६९ श्रावण ९, मंगलवार)
ललितपुरको सुन्दरीघाटमा सुकुम्बासी राख्ने सरकारको तयारीविरुद्ध स्थानीयबासीले आजका लागि आह्वान गरेको बन्द फिर्ता लिएका छन् । सरकारसँग भोलि वार्ता हुने शर्तमा बन्द आह्वान फिर्ता लिइएको उनीहरूले बताएका छन् । तीन दिने बन्दको दोस्रो दिन हिजो ललितपुर क्षेत्रको जनजीवन प्रभावित बन्यो ।
पश्चिम नेपाल बस व्यसायी संघका अध्यक्ष न्यौपानेको निधन(२०६९ श्रावण ८, सोमवार)
पश्चिम नेपाल वस ब्यवसायी समितिका अध्यक्ष कलाधर न्यौपानेको सोमबार बिहान निधन भएको छ । हृदय घातका कारण ६१ वर्षिय न्यौपानेको बुटवल १५ बेबासस्थित आफ्नै निवासमा हृदयघातको कारण निधन भएको हो । स्व. न्यौपानेको सोमबार नै सामाजिक परम्परा अनुसार बुटवलको मगरघाटमा दाहासंस्कार गरिएको छ । एकीकृत नेकपा माओवादिका अवध राज्य समिती सदस्य समेत रहनुभएका स्वं न्यौपानेका श्रीमती २ छोरा र १ छोरी हुनुहुन्छ ।
एमाले झलनाथ खनालद्धारा सरकार पटक-पटक अध्यादेश जारी गरेर मुलुक चलाउने प्रयासमा लागेको आरोप(२०६९ श्रावण ८, सोमवार)
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकार पटकपटक अध्यादेश जारी गरेर मुलुक चलाउने प्रयासमा लागेको आरोप लगाउनुभएको छ । युवा सङ्घ नेपालको हिजोदेखि सुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनको बन्द सत्रलाई आज यहाँ सम्बोधन गर्दै उहाँले राष्ट्रिय सहमतिका साथ अगाडि बढ्नुपर्ने वर्तमान अवस्थामा अध्यादेश जारी गरेर मुलुक चलाउने सरकारको कदमलाई कुनै पनि हालतमा मान्न नसकिने बताउनुभएको छ ।
बन्दका कारण आज पनि देशभरका उच्च माविहरुको प्रभावित(२०६९ श्रावण ८, सोमवार)
नेकपा(माओवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले आहृवान गरेको बन्दका कारण आज पनि देशभरका उच्च माविहरुको प्रभावित भएको छ । बन्दका कारण करिब ५ सय ७६ उच्च माविहरुमा अध्ययनरत विद्यार्थीहरु पठनपाठनबाट बन्चित भएका छन् । विदेशी नाम खारेज गरी स्वदेशी नाम राख्नुपर्ने, निजी विद्यालय र कलेजहरुले लिएका शुल्क वैज्ञानिक हुनुपर्ने, महँगा होडिङ बोर्ड हटाउनुपर्ने, लगायतका माग राखेर अनेरास्ववियु क्रान्तिकारीले हिजोबाट दुई दिन उच्च मावि बन्द आव्हान बन्द गरेको हो ।
ललितपुर बन्दको क्रममा सवारी साधन तोडफोड गर्ने ४२ पुरुष र तीन जना महिलालाई पक्राउ(२०६९ श्रावण ७, आइतवार)
मलपोखरी संरक्षण समितिको अगुवाईमा स्थानीयबासीले आव्हान गरेको ललितपुर बन्दको क्रममा सवारी साधन तोडफोड गर्ने कार्यमा संलग्न ४२ पुरुष र तीन जना महिलालाई प्रहरीले आज पक्राउ गरेको छ। प्रहरीका अनुसार बन्दकर्ताहरुले आज बिहान सवा ७ बजे धोबिघाटमा ढुंगा प्रहार गरी बा.२ ख २९७६ नम्बरको नेपाल यातायातको सिसा तोडफोड गरेका थिए। सो क्रममा बसमा यात्रा गर्ने बागडोल बस्ने ३० बर्षीया नविना थापा समेत सामान्य घाइते भएकी थिइन्। त्यस्तै बन्दकर्ताहरुले धोबिघाटमा सवा नौ बजे बा.२ ख ९५१४ नम्बरको बसमा ढुंगा प्रहार गर्दा बसका खलासी सितापाइला बस्ने मोरङ जिल्ला सिजिवा घर भएका २७ वर्षीय बिनोद आचार्य सामान्य घाइते भएका थिए।
पार्टीहरुबीच सहमति भए प्रधानमन्त्रीको राजिनामा आउने एमाओवादीका पुष्पकमल दाहालको भनाई(२०६९ श्रावण ७, आइतवार)
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीहरुबीच सहमति भए प्रधानमन्त्रीको राजिनामा आउने बताए । सातौं विस्तारित बैठक शनिबार सम्पन्न भएपछि आइतबार आयोजित पत्रकार सम्मेलन उनले भने, 'अहिलेकै अवस्थामा प्रधानमन्त्रीले राजिनामा दिनुहुँदैन ।' राजीनामा दिए मुलुक झन् जडिलतातिर धकेलिने उनको दाबी थियो । 'एमाले र कांग्रेसले सहमति गरे प्रधानमन्त्रीको राजिनामा आउँछ' उनले भने । दाहालले संविधानसभाको चुनावका लागि एमाले तयार भइसकेको अवस्था छ र कांग्रेसले पनि त्यस्तै मनसाय प्रकट गरेकाले चुनावमै सहमति हुन सक्ने सम्भावना व्यक्त गरे ।
बिलासी बनेको भन्दै आलोचना भएपछि ए. माओवादीका पुष्पकमल दाहालद्धारा महँगो प्राडो गाडी फिर्ता (२०६९ श्रावण ७, आइतवार)

प्राप्त समाचार अनुसार  ए. माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले चढ्दै आएको महँगो प्राडो फिर्ता गर्न सचिवालयलाई निर्देशन दिएका छन् । बिलासी बनेको भन्दै सातौं विस्तारित बैठकमा आलोचना भएपछि दाहालले सुविधा फिर्ताको घोषणा गरेका थिए । दाहालको निजी सचिवालय स्रोतका अनुसार महँगो प्राडो सरकारलाई नै फिर्ता दिइनेछ भने सरकारले दिने सुविधाबापतको सवारी नै दाहालले प्रयोग गर्नेछन् । सरकारले पूर्वप्रधानमन्त्रीलाई ४० लाख बराबरको गाडी सुविधा दिने निर्णय गरिसकेको छ ।

अखिल(छैठौ)राप्तीलुम्विनी क्षेत्रीय समन्यवब समिती द्वारा सरकारलाई जिल्ला प्रसासन मार्फत ५ सय ९२ रुपैया बुझायो (२०६९ श्रावण ७, आइतवार)
सरकारका भुतपुर्व पदाधिकारीलाई आजिवन सुविधा दिने सरकारको निर्णयलाई ब्यगं गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (छैठौ) राप्तीलुम्विनी क्षेत्रीय समन्य समितीले आज जिल्ला प्रसासन कार्यालय मार्फत ५ सय ९२ रुपैया सरकारलाई पठाएको छ।छैठौले शनिवार बुटवलमा १ रुपैयाका दरले रकम संकलन गरेको थियो । संकलित सो रकम आज जिल्ला प्रसासन रुपन्देही मार्फत सरकारलाई पठाएको हो । सरकारका पुर्वपदाधिकारीहरुलाई राज्यको ढुकुटीबाट खर्च नगरी सोही रकम वितरण गर्न माग गरीएको छ ।छैठौका केन्द्रीय उपाध्यक्ष विमल पोखरेलको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेललाई सो रकम हस्तान्तरण गरेको हो । 

माओवादी द्वारा देशभरका उच्च मावि बन्द , पाँचथरमा अनिश्चितकालीन बन्दको घोषणा (२०६९ श्रावण ७, आइतवार)
नेकपा-माओवादी निकट अनेरास्ववियु क्रान्तीकारीको आहृवानमा आइतबार देशभरका उच्च मावि बन्द भएका छन् ।विदेशी नाम राख्ने उच्च माविले नेपाली राष्ट्रियता झल्कने नाम राख्नुपर्ने, महँगो शैक्षिक शुल्क खारेजी, महँगो होर्डिङ बोर्ड हटाउनुपर्ने लगायतका माग गर्दै अखिल क्रान्तिकारीले आइतबार र सोमबार देशभरका उच्च मावि बन्द आहृवान गरेको संयोजक शरद रसाइलीले जानकारी दिए । बन्दका कारण देशभरका ५ सय ७६ उच्च माविको पठनपाठन ठप्प भएको छ ।

ललितपुरको सुन्दरीघाटमा जबरजस्ती सुकुम्बासी बस्ती बसाउने सरकारी निर्णय फिर्ता हुनुपर्ने माग राख्दै ललितपुर बन्द(२०६९ श्रावण ७, आइतवार)
ललितपुरको सुन्दरीघाटमा जबरजस्ती सुकुम्बासी बस्ती बसाउने सरकारी निर्णय फिर्ता हुनुपर्ने माग राख्दै स्थानीयवासीले आइतबार ललितपुर बन्द गरेका छन् । बन्दको सामान्य प्रभाव परेको छ । शिक्षण संस्था बन्द छन् भने सवारी साधन पनि कम चलेका छन् ।बन्दको पूर्वसन्ध्यामा स्थानीयले शनिबार अपराह्न मसाल जुलुस निकालेका  थिए । धोबीघाट, सुन्दरीघाटवासी साथै पाटनको ज्यापू समाजको सहभागितामा कुपण्डोलबाट निकालिएको जुलुस लगनखेल पुगेर कोणसभामा परिणत भएको थियो । 

बीपी र पुष्पलाल गफमै सिमित(२०६९ श्रावण ७, आइतवार)
७ साउन, काठमाडौं । संविधानसभा बिघटन भए लगत्तै केही दिन तातिएर फेरि सेलाएका नेताहरुलाई अहिले बीपी र पुष्पलाल सम्झने अवसर जुरेको छ ।
दलहरुको अजिम्मेवारीको कारण संविधान सभा विगठनः राष्ट्रपति(२०६९ श्रावण ६, शनिवार)
राष्ट्रपति डा.रामवरण यादवलले एमाओवादी काँगे्रस एमाले र मधेशी मोर्चाले जिम्मेवारी पुरा गर्न नसकेका कारण संविधानसभा विघटन भएको बताउनुभएको छ । उहाँले संविधानसभा संविधान जारी हुन नक्दा अहिले मुलुकको यात्रा अफठ्यारोमा परेको बताउनुभयो । संविधान निर्माण कार्य ९० प्रतिशत हुँदा पनि संविधान जारी हुन नसक्नु मुलुक र मुलुकवासीको लागि दुःखद भएको समेत उहाँले बताउनुभयो । बुटवल-१४ तामनगरमा स्थापना भएको कोरिया नेपाल इष्टिच्युट अफ टेक्नोलोजीको शनिबार उद्घाटन गर्दै राष्ट्रपति यादवले दलहरुवीच भएको ७ देखि ५ बुँदे सहमतिलाई एमाओवादी काङ्रेस एमाले र मधेसी मोर्चाले कार्यान्वयन गर्न नसकेका कारण नेपाली जनताले दुःख पाउनु परेको बताउनुभयो ।
कांग्रेस युवा नेता गगन थापाद्धारा दलहरुको सहमतिमा निर्वाचन पर्ने भनाई(२०६९ श्रावण ६, शनिवार)
कांग्रेसका युवा नेता गगन थापाले संविधानसभा भंग भइसकेको अवस्थामा नयाँ जनादेशमा जानुको विकल्प नभए पनि मंसिर ७ मा चुनाव सम्भव नभएको बताएका छन् । २९ औं वीपी स्मृति दिवस मनाउन पाँचथर पुगेका थापा नेविसंघले शनिबार गरेको भेटघाट कार्यक्रममा बोल्दै नियोजित ढंगले संविधानसभा भंग गरेर गरिएको निर्वाचन सम्भव नभएको उल्लेख गरेका हुन् । चार वर्षसम्ममा पनि संविधान लेख्न नसकेकोले राजनैतिक दलहरुले जनताको विश्वास गुमाउँदै गएको भन्दै थापाले संविधानसभा ब्यूँताउने कुरा सम्भव नभएको बताए ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736