arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा युरोपेली युनियनमा आवद्व राजदूतहरुको भेटवार्ता तिब्र (२०६९ ज्येष्ड ३२, विहीवार)
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा राजनीतिक भेटघाट सुरु गरेको युरोपेली युनियनमा आवद्व राजदूतहरुको समूहले आज पनि आफ्नो भेटघाटलाई निरन्तरता दिएका छन । यसक्रममा यरोपीयन युनियन आवद्व राजदुतहरुको टोलीले आज एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा संविधानसभाको विघटन, यसले पारेको प्रभाव तथा दलहरुको आगमी कार्यदिशाको बारेमा जिज्ञासा राखेको बताईएको छ ।
कांग्रेसले सरकारविरुद्ध आन्दोलन घोषणा, प्रधानमन्त्रीसहित मन्त्रीहरूविरुद्ध कालोझन्डा देखाउनेदेखि जुलुस र धर्नासम्मका कार्यक्रम(२०६९ ज्येष्ड ३२, विहीवार)
कांग्रेसले सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बुधबारको बैठकले आन्दोलन कार्यक्रम घोषणा गरेको हो । कांग्रेसले असार ३ देखि १५ गतेसम्म तीन चरणका विरोध कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री बाबुराम भट्टराईसहित मन्त्रीहरूविरुद्ध कालोझन्डा देखाउनेदेखि जुलुस र धर्नासम्मका कार्यक्रम छन् । पहिलो चरणको कार्यक्रम असार ३ देखि ८ गतेसम्मको छ ।
यस वर्षको एसएलसी परीक्षाको नतिजामा आधाभन्दा बढी फेल(२०६९ ज्येष्ड ३२, विहीवार)
VIDEO:- परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले बुधबार प्रकाशन गरेको एसएलसी परीक्षाको नतिजामा आधाभन्दा बढी फेल भएका छन्। 
माओवादी पुष्पकमल दाहालले पार्टी एकताका लागि तयार पारेको लिखित प्रस्ताव मोहन वैद्यले लिएर आफू निकटसँग छलफलमा (२०६९ ज्येष्ड ३१, बुधवार)
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि तयार पारेको लिखित प्रस्ताव उपाध्यक्ष मोहन वैद्यले लिएर आफू निकटसँग छलफलमा बसेका छन्। दाहाल पक्षको बुधबार बसेको स्थायी समिति बैठकबाट पारित एकताको लिखित प्रस्ताव वैद्यले लिएर गएका छन्। वैद्य स्वयं दाहाल निवास आएर प्रस्ताव लिएर गएका हुन्।
फरक विचार राखेकै आधारमा कुनै प्रकारको कारवाही वा अन्यथा व्यवहार नहुने एमालेको स्पष्ट(२०६९ ज्येष्ड ३१, बुधवार)
नेकपा एमालेको स्थायी कमिटी बैठकले असन्तुष्ट जनजाति नेताहरु छलफल प्रक्रियामा सहभागी हुनुलाई सकारात्मक भनेको छ। बैठकले पार्टी निर्णय कार्यान्वयन गर्न र पार्टी काममा फर्कनेहरुलाई फरक विचार राखेकै आधारमा कुनै प्रकारको कारवाही वा अन्यथा व्यवहार नहुने पनि स्पष्ट गरेको छ।
पार्टी एकताका लागि पुष्पकमल दाहालले नेतृत्व त्याग्न त्याग्न तयार(२०६९ ज्येष्ड ३१, बुधवार)
एकिकृत नेकपा माओवादी संस्थापन पक्षको स्थायी समिति बैठकले पार्टी एकताका लागि क्रान्तिकारी आन्दोलन सुरक्षित गर्न संघर्षको स्वरुप बदल्ने निर्णय गरेको छ। आज बिहान सम्पन्न बैठकमा पार्टी एकताका लागि अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व त्याग्न त्याग्न तयार रहेको बताएका छन्। स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलका अनुसार बैठकले पार्टी एकताका लागि अपीलसमेत् गरेको छ। पार्टी एकता क्रान्तिकारी आन्दोलन सुरक्षित गर्ने, संघर्षको स्वरुप बदल्ने र त्यसका लागि नेतृत्व त्याग्ने परेमा तयार रहनेसमेत निर्णय भएको उनले जानकारी दिए।
यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित, निराशाजनक परिणाम(२०६९ ज्येष्ड ३१, बुधवार)
परीक्षाको परिणाम एसएलसी स्पेस सिम्बोल नम्बर (उदाहरण SLC 123456B) टाइप गरी ५२२५ मा एसएमएस गरी पाउन सकिन्छ। परीक्षाफल परीक्षा नियन्त्रण कार्यालयको http://slcresult.soce.gov.np/ वेबसाइटमा हेर्न सकिनेछ। यस वर्ष नियमित तर्फ ४७.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। ग्रेस नम्बर पाँच दिँदा पनि उत्तीर्ण संख्या गत वर्षभन्दा ८.३४ प्रतिशतले कम हो। गत वर्ष ५५.५ प्रतिशत उत्तीर्ण भएका थिए। त्यसैगरी आंशिकतर्फ यस पटक १३.७० प्रतिशत मात्र उत्तीर्ण भएका छन्।

माओवादी संस्थापन र मोहन वैद्य पक्षबीच पार्टी फुट्नबाट जोगाउन भएको वार्ता परिणामबिहीन(२०६९ ज्येष्ड ३०, मंगलवार)
माओवादी संस्थापन र उपाध्यक्ष मोहन वैद्य पक्षबीच पार्टी फुट्नबाट जोगाउन करिब साढे तीन घन्टा कुराकानी भएको छ । छलफलबाट कुनै निश्कर्ष भने आएन । वैद्यलाई फकाउन दाहाल आफू निकट नेताहरूसँग उनको निवास गोंगबु पुगेका थिए । 'कुराकानी अमूर्त भए' वैद्यले संक्षिप्त प्रतिक्रिया दिँदै भने, 'एकता गरौं भन्नुभयो, हामीले पनि गरौं भनेका छौं । कहाँ कहाँ कमजोरी भए त्यसको समीक्षा हुनुपर्छ भन्ने कुरा गर्‍यौं ।'
प्रधानमन्त्री बाबुराम भट्टराईले अब हरेक महिनाको एक दिन विभिन्न जिल्लाका ग्रामीण बस्तीमा पुगेर रात बिताउने(२०६९ ज्येष्ड ३०, मंगलवार)
प्रधानमन्त्री बाबुराम भट्टराईले अब हरेक महिनाको एक दिन विभिन्न जिल्लाका ग्रामीण बस्तीमा पुगेर रात बिताउने कार्यक्रम बनाएका छन्।
संघीयता खारेजी, जातीय तथा क्षेत्रीय सद्‌भाव लगायतका माग राखी राष्ट्रिय जनमोर्चा नेपाल आन्दोलनमा उत्रिने(२०६९ ज्येष्ड ३०, मंगलवार)
संघीयता खारेजी, जातीय तथा क्षेत्रीय सद्‌भाव लगायतका माग राखी राष्ट्रिय जनमोर्चा नेपाल आन्दोलनमा उत्रिने भएको छ। राष्ट्रिय सहमतिको सरकार तथा संवैधानिक प्रक्रियाद्वारा संविधानसभाको चुनाव घोषणाको माग गर्दै असार १५ देखि आन्दोलनमा जाने भएको हो। असार १५ गतेसम्म सङ्गठनको तयारीका कार्यक्रम र प्रचारमुखी आन्दोलन गर्ने र असार १५ पछि देशका विभिन्न भागमा आमसभा गरी जनतालाई संविधान निर्माण हुन नसक्नुमा दलहरुको नालायकीपन बारेमा भन्डाफोर गर्ने कार्यक्रम बनाएको पार्टी अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए।
माओवादी पुष्पकमल दाहाल र अमेरिकी राजदूतबीच मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे छलफल (२०६९ ज्येष्ड ३०, मंगलवार)
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र अमेरिकी राजदूत स्कट एच डेलिसीबीच आज बिहान दाहाल निवास लाजिम्पाटमा मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको छ। भेटमा दाहालले संविधान सभाको चुनावमा जानु नै सबैभन्दा उपयुक्त भएको बताए। राजदूत डेलिसीले भने मुलुकको राजनीतिक अवस्थाबारे जिज्ञासा राखेका थिए। डेलिसीले हेटौडामा माओवादी लडाकुलाई जागिर दिन दिइएको दवावबारे पनि सोधेका थिए।
प्रधानमन्त्री बाबुराम भट्टराईलाई सत्ताबाट पदच्युत गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता(२०६९ ज्येष्ड ३०, मंगलवार)
प्रधानमन्त्री बाबुराम भट्टराईलाई सत्ताबाट पदच्युत गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा एक रिट दर्ता भएको छ । राष्ट्रवादी एकता पार्टी नामक दलका तर्फबाट सिरहाका रामबाबु सैंजुले दायर गरेको उक्त रिटमा भट्टराईलाई निकाल्न सर्वोच्चले राष्ट्रपति रामवरण यादवका नाममा परमादेश जारी गर्नुपर्ने माग गरिएको छ ।
कामचलाउ सरकारले पूर्व विशिष्ट व्यक्तिहरुको सुविधासम्बन्धी निर्णय फिर्ता नलिए आन्दोलन गर्ने माओवादी वैद्यको चेतावनी(२०६९ ज्येष्ड २९, सोमवार)
कामचलाउ सरकारले पूर्व विशिष्ट व्यक्तिहरुको सुविधासम्बन्धी निर्णय फिर्ता नलिए आन्दोलन गर्ने माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले चेतावनी दिएको छ । वैद्यपक्षीय १४ भ्रातृ संगठनले सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै पूर्व विशिष्ट व्यक्तिलाई सुविधा दिने नाममा राज्यको ढुकुटीमा ब्रम्हलुट गर्ने निर्णय तुरुन्त खारेज नगरे कडा संघर्षमा जान बाध्य हुने चेतावनी दिएका छन् । 
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट निष्कासित शरतसिंह भण्डारीद्धारा नयाँ पार्टी खोल्ने घोषणा(२०६९ ज्येष्ड २९, सोमवार)
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट निष्कासित शरतसिंह भण्डारीले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलनमार्फत भण्डारीले असार १३ गते नयाँ पार्टीको नाम, झण्डा र विधान सार्वजनिक गर्ने बताए । पत्रकार सम्मेलनमा भण्डारीले जुन विषयको विरोध गर्दै फोरम लोकतान्त्रिक गठन भयो त्यसैको अहिले पुनरावृति भइरहेको बताए । उनले भने- 'पात्र बदलियो प्रवृति बदलिएन ।' मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि निरंकुश भएको, माओवादीसँग बढी सहकार्य गरेको आरोप लगाउँदै विजय गच्छदारको नेतृत्वमा भण्डारी लगायतका नेताहरू फोरम फुटाएर फोरम (लोकतान्त्रिक) गठन गरेका थिए ।
गृहमन्त्री विजय गच्छेदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक विभाजन(२०६९ ज्येष्ड २९, सोमवार)
गृहमन्त्री विजय गच्छेदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक फुट्ने निश्चित भएको छ । फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यहरु प्रमोद गुप्ता, ओमप्रकाश यादव लागयतका १० जना प्रभावशाली नेताहरुले आज पार्टीबाट सामूहिक राजिनामा दिएका छन् । फोरम लोकतान्त्रिकका यी प्रभावशाली नेताहरुको बहिर्गमनसंग उक्त पार्टी फुट्ने निश्चित भएको हो । पार्टी छाड्ने नेताहरुले पार्टी अध्यक्ष गच्छदारको तानशाही सहेर पार्टीमा बस्ने अवस्था नरहेको बताए ।
अफ सिजनसँगै गर्मीले खेतबारीमै तरकारी सुक्न थालेपछि राजधानीमा हरियो सागपातको मूल्य आकासियो(२०६९ ज्येष्ड २९, सोमवार)
अफ सिजनसँगै गर्मीले खेतबारीमै तरकारी सुक्न थालेपछि राजधानीमा हरियो सागपातको मूल्य आकासिएको छ । स्थानीय उत्पादनसँगै राजधानीमा तराईका जिल्ला र भारतबाट तरकारी आउँछ । तर सुखा मौसमले स्थानीय उत्पादन कम हुनु र भारतबाट समेत आयात हुने हरियो तरकारीमा कमी भएपछि मूल्य बढेको व्यापारी बताउँछन् । एक साता अघिको तुलनामा राजधानीमा अधिकांश हरियो तरकारी आकासिएको छ ।
अस्पतालमा भर्ना भएका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको मुटुमा स्थायी पेसमेकरको सफल प्रत्यारोपण (२०६९ ज्येष्ड २८, आइतवार)
अचानक मुटुको गति बन्द भएर शनिबार अस्पतालमा भर्ना भएका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको मुटुमा स्थायी पेसमेकरको सफल प्रत्यारोपण भएको छ । पूर्व प्रधानमन्त्री थापको उपचार गर्न भारतबाट आएका डा. कास्किवाल सहितको चिकित्सकको टोलीले आज बिहान स्थायी पेसमेकर प्रत्यारोपण गरेको हो । मुटुको चाल सञ्चालनमा सहयोग पुराउने स्थायी पेसमेकरको सफल प्रत्यारोपण पछि पूर्व प्रधानमन्त्री थापको स्वास्थ्यमा क्रमश सुधार आएको उपचारमा संलग्न चिकित्सक डा. भारत रावतले बताए ।
विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेसी लोकतान्त्रिकका १० केन्द्रीय सदस्यद्धारा पार्टीबाट सामूहिक राजीनामा (२०६९ ज्येष्ड २८, आइतवार)
उपप्रधानमन्त्री विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का १० केन्द्रीय सदस्यले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। यसरी राजीनामा दिनेमध्ये फोरम लोकतान्त्रिकले शरदसिंह भण्डारीलाई हटाएको साता नबित्दै स्पष्टीकरण सोधिएका ९ जना छन्। अर्का राजीनामा दिने केन्द्रीय सदस्य शिवजीप्रसाद सोनीलाई भने स्पष्टीकरण सोधिएको थिएन। उनीहरुले आज पत्रकार सम्मेलनमार्फत् यस्तो घोषणा गरेका हुन।
एमालेद्धारा असारको पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय(२०६९ ज्येष्ड २७, शनिवार)
एमालेले असारको पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरेको छ । पार्टी मुख्यालय बल्खुमा आज बसेको केन्द्रीय कमिटी बैठकले असार ४ र ५ गते भेला बोलाउने निर्णय गरेको हो । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत छलफल भएको थियो । आदिवासी जनजाति नेताहरुले पार्टीले आफूहरुका मागलाई सम्बोधन नगरेको आरोप लगाए पछि एमालेले आन्तरिक छलफल गर्दै आएको थियो ।
माओवादी मोहन वैद्यद्धारा यही असार १ गते आयोजना हुने राष्ट्रिय भेलाले नयाँ क्रान्तिकारी पार्टी जन्माउने उदघोष (२०६९ ज्येष्ड २७, शनिवार)

एकीकृत नेकपा (माओवादी) का वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले यही असार १ गते आयोजना हुने राष्ट्रिय भेलाले नयाँ क्रान्तिकारी पार्टी जन्माउने उदघोष गरेका छन्। उनले माओवादीको वर्तमान नेतृत्व र सोचबाट क्रान्ति पूरा हुन नसक्ने भएकाले नयाँ पार्टी आवश्यक भएको पनि बताए। आज राति प्रशारण हुने हिमालय टेलिभिजनको एक कुराकानीमा उनले यस्तो बताएको रिपोर्टर्स क्लबले जनाएको छ। 'अहिलेको पुरानो पार्टीले क्रान्ति हाँक्न सक्दैन, नयाँ क्रान्तिकारी विचारलाई अघि बढाउन र नेतृत्व गर्न पनि क्रान्तिकारी पार्टी आवश्यक छ', वैद्यले भनेका छन्- क्रान्तिलाई नयाँ उचाइमा पुर्‍याउन र मुलुकलाई नयाँ निकास दिन भेला निर्णायक हुनेछ।

राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्य अवस्था गम्भीर (२०६९ ज्येष्ड २७, शनिवार)
suryabdrराष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनको उपचारमा संलग्न नर्भिक अस्पतालका चिकित्सकहरुले उनको स्वास्थ्यमा सामान्य सुधार देखिएपनि उनी खतरा मुक्त भइनसकेको बताएका छन् । चिकित्सकले उनलाई हृदयघात भएको जनाएका छन् । शनिबार बिहान सानो गौचरणमा आफ्नो पार्टी कार्य सम्पादनको बैठकमा बोलिरहेका बेला थापा अचानक बेहोस भएपछि उनलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो ।
सर्वोच्चद्धारा संविधानसभा एक दिनका लागि व्युत्याउन माग गर्दै दायर रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी (२०६९ ज्येष्ड २७, शनिवार)

सर्वोच्च अदालतले संविधानसभा एक दिनका लागि व्युत्याउन माग गर्दै दायर रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै विशेष इजलासमा सुनुवाई गर्ने भएको छ। अधिवक्ता भोजराज आचार्य र धनबहादुर श्रेष्ठले सयुक्त रुपमा दायर रिटमा प्रधान न्यायधीस खिलराज रेग्मीको एकल इजलासले संविधानसभा एक दिनलाई व्युत्याउन नपर्ने लिखित कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ। सर्वोच्चको आदेशमा अग्राधिकार दिएकाले सुनुवाईका लागि सर्वोच्चका वरिष्ठ पाँच न्यायधीसको विषेस इजलास गठन गरी सनुवाई हुनेभएको छ।

सिक्किममा गएराति पहिरो जाँदा एक घरका तीनसहित ७ जना नेपालीभाषीको मृ(२०६९ ज्येष्ड २६, शुक्रवार)
भारतको सिक्किममा गएराति पहिरो जाँदा एक घरका तीनसहित ७ जना नेपालीभाषीको मृत्यु भएको छ । पूर्वी सिक्किमको नाथाङमाओङ क्षेत्रमा पहिरो जाँदा ७ नेपालीभाषीको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । अविरल वर्षापछि गएको पहिरोले त्यस क्षेत्रको ८ वटा घर बगाएको थियो । सिक्किम प्रहरीलाई उधृत गर्दै नेपाली दैनिक अखवार हिमालय दर्पणले जनाएअनुसार पहिरोमा परी एकै परिवारका दिलमान, मणिमाया र टीका राईसहित महेन्द्र राई, नेहाल राई, चन्द्रकुमारी राई र मोहन राईको मृत्यु भएको हो ।
एक दिनका लागि संविधान सभा व्युँताउन परेको रिट कारण देखाउन आदेश जारी गर्दै थप सुनुवाईका लागि विशेष इजलासमा लैजाने आदेश(२०६९ ज्येष्ड २६, शुक्रवार)
एक दिनका लागि संविधान सभा व्युँताउन परेको रिटमा प्रधान न्यायाधीश खिलराज रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउन आदेश जारी गर्दै थप सुनुवाईका लागि विशेष इजलासमा लैजाने आदेश गरेको छ। अधिवक्त भोजराज आचार्य, धनबहादुर श्रेष्ठ र ज्ञानप्रसाद खनालले दायर गरेको रिटमा अर्को संविधान सभाको चुनाव मिति तोक्ने मन्त्रिपरिषदको निर्णय वदर गर्न माग गरिएको छ। रिटमा अर्को संविधान सभाको चुनावलाई वैधानिक बाटोबाट घोषणा गर्न बाटो खुला गर्ने आशय देखिन्छ।
प्रधानमन्त्री कदमका विरुद्ध नेबिसंघले आन्दोलन चर्काउने(२०६९ ज्येष्ड २६, शुक्रवार)
संबिधाननै नबनाई एकतर्फी रुपमा संबिधानसभा बिघटन गर्ने प्रधानमन्त्री डा.बाबुराम भट्टराईको कदम प्रति आन्दोलनको उद्घोष गरेको नेपाल बिद्यार्थी संघले आन्दोलनलाई देशब्यापी रुपमा चर्काउन संघका केन्द्रिय नेताहरु जिल्ला दौडाहमा हिडेकाछन् । लुम्बिनी अाचलमा प्रधानमन्त्रिको कदम विरुद्धको आन्दोलन चर्काउने जिम्मेवारी पाएका नेबिसंघका केन्द्रिय तथा आन्दोलन परीचालन कमिटी लुम्बिनी अाचल संयोजक मोतीलाल भण्डारीले बिहीबार बुटवलमा आयोजीत एक साक्षात्कार कार्यक्रममा लुम्बिनी अाचलका गुल्मी पाल्पा जिल्लामा आन्दोलनको सुरुवात भईसकेको बताउदै आगामी दुई तिन दिन भित्रै रुपन्देही लगायत आन्दोलनले देशब्यापीरुपमा चर्किने जानकारी दिए ।
थारुले आह्वान गरेको बन्दको कारण नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्ला प्रभावित(२०६९ ज्येष्ड २५, विहीवार)
थारु संयुक्त संघर्ष समितिले आह्वान गरेको तराई बन्दको प्रभाव पश्चिम तराईका केही जिल्लामा परेको छ । प्रहरीको गोली लागेर मृत्यु भएका नवलपरासीका धनबहादुर थनेत थारुलाई शहीद घोषणा गर्न माग गर्दै बन्दको आह्वान गरिएको हो । बन्दको कारण नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्ला प्रभावित बनेका छन् । यि जिल्लामा यातायातका साधन र बजार सञ्चालनमा आउन सकेका छैनन् ।
माओवादीले हानेको गोली लागेर गम्भीर घाइते भएका भक्तपुर कांग्रेसका पूर्वसभापति राधेश्याम जोन्छेको निधन(२०६९ ज्येष्ड २५, विहीवार)
माओवादीले हानेको गोली लागेर गम्भीर घाइते भएका भक्तपुर जिल्लाका नेपाली कांग्रेसका पूर्वसभापति राधेश्याम जोन्छेको निधन भएको छ । गएराति उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा उनको मृत्यु भएको हो । उनी एक महिनादेखि उपचारको क्रममा अस्पतालमा थिए । उनी माथि २०५९ साल भदौ १६ गते गोली हानिएको थियो । उहाँका श्रीमती र तीन छोरा छन् । उनी २०५३ सालमा भक्तपुर कांग्रेसको सभापति बनेका थिए ।
काम नसकिदै नदीमा पानीको सतह बढन थालेपछि कोसीको पुर्वी तटबन्ध जोखिममा(२०६९ ज्येष्ड २५, विहीवार)
सप्तकोसीको पुर्वी तटबन्धलाइ जोखिमवाट बचाउन नदीमा भइरहेको पाइलट च्यानल खन्ने काम पुरा नभएपछि यसवर्ष पनि वषर्ातका बेला कोसीको पुर्वी तटबन्ध जोखिममा पर्ने स्थिती उत्पन्न भएको छ । काम नसकिदै नदीमा पानीको सतह बढन थालेपछि ठेकेदार कम्पनिहरुले काम गर्न छोडेर सबै मेसिन उठाएर लगेका छन् । ठेकेदारले काम गर्न छोडेपछि तटबन्ध जोगाउन खन्न लागिएको पाइलट च्यानल निर्माण कार्य अधुरै भएको छ । तर कोसी योजनाका कर्मचारीहरुले काम पुरा भएको दावी गरेका छन् ।
कांग्रेस शेरबहादुर देउवाद्धारा प्रधानमन्त्री बाबुराम भट्टराइलाई केही समयका लागि भएपनि संविधानसभा ब्युँताउन सुझाव(२०६९ ज्येष्ड २५, विहीवार)
Click on the slide!नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानमन्त्री बाबुराम भट्टराइलाई केही समयका लागि भएपनि संविधानसभा ब्युँताउन सुझाव दिनुभएको छ । देउवालाई भेट्न बुढानीलकण्ठस्थित उहाँको निवासमै पुग्नु भएका प्रधानमन्त्री भट्टराइलाई देउवाले संवैधानिक र राजनीतिक संकट समाधान गर्न पनि सहमति जुटाएर संविधानसभा व्यूँताउनुको विकल्प नभएको बताउनुभयो । संविधानसभा ब्युँताउन संभव नहुने भए आम सहमति जुटाई चुनाव गराउन र त्यो पनि संभवन नहुनेभए संविधान मस्यौदा आयोग बनाई संविधान बनाउन र त्यसलाई जनमत संग्रह मार्फत अनुमोदन गर्न सुझाव दिनु भएको थियो ।
भरतपुर अस्पतालका निर्देशक तथा चिकित्सक भक्तमान श्रेष्ठको अपहरणकर्ताहरुलाई १३ बर्ष कैद सजाय(२०६९ ज्येष्ड २४, बुधवार)
दुई बर्ष अघि चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक तथा चिकित्सक भक्तमान श्रेष्ठको अपहरणकर्ताहरुलाई जिल्ला अदालत चितवनले १३ बर्ष कैद सजाय तोकेको छ । जिल्ला न्यायाधिस भोलानाथ चौलागाइको इजलासले अपरहणका योजनकर्ता भिमसेन पण्डित र रोहित पालिवाललाई जनही १३ बर्ष कैद तोकेको छ । साथै उनीहरुले संगठित अपराध गरेकोमा थप २/२ बर्ष कैद पाएको अदालतका श्रेष्तेदार दिन बन्धु आर्यालले बताए ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736