arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार
नवलपरासीमा बन्द आब्हानकर्ता र बिरोधीहरु बिचको बिवादले उग्ररुप, प्रहरीमाथि ढुङ्गामुढा गरेपछि २० राउण्ड अश्रुग्यास(२०६९ वैशाख २७, बुधवार)
नवलपरासीको डण्डामा मंगलबार भएको बन्द आब्हानकर्ता र बन्दका बिरोधीहरु बिचको बिवादले आज(बुधबार) पनि उग्ररुप लिएको छ । नवलपरासीको डण्डावाट कावासोती थानातर्फ आउँदै गरेको जुलुशलाई रोक्न गएको प्रहरीमाथि प्रर्दशनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले कम्तिमा २० राउण्ड अश्रुग्यास हानेको छ । प्रर्दशनकारीले हानेको ढुङ्गाले लागेर कावासोतीका प्रहरी निरीक्षक उमेश लम्साल सहित कम्तीमा आधा दर्जन घाइते भएका छन् । उनीहरुको कावासोती स्थित कालिगण्डकी अस्पतालमा उपचार भैरहेको छ । 
जातीय पहिचानको आधारमा राज्यको पनुःसंरचना हुनुपर्ने माग दोहोर्‍याउँदै आमहडतालको घोषणा(२०६९ वैशाख २७, बुधवार)
जातीय पहिचानको आधारमा राज्यको पनुःसंरचना हुनुपर्ने माग दोहोर्‍याउँदै आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आमहडतालको घोषणा गरेको छ । समितिले आउँदो जेठ ७ गतेदेखि तीन दिनसम्म आमहडतालको घोषणा गरेको हो । यसअघि नेपाल आदिवासी जनजाति महासंघले घोषणा गरेको नेपालबन्द भने स्थगित गरेको जनाएको छ । सर्वपक्षीय मतका आधारमा आमहडतालको घोषण गरेको महासंघका महासचिव आङकाजी शेर्पाले बताए ।
चार सूत्रीय माग राखी गत नौ दिनदेखि गरिँदै आएको मिथिला क्षेत्र बन्द स्थगित(२०६९ वैशाख २७, बुधवार)
चार सूत्रीय माग राखी गत नौ दिनदेखि गरिँदै आएको मिथिला क्षेत्र बन्द मंगलबारदेखि स्थगित गरिएको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव ध्रुवप्रसाद शर्माले अपराह्न मिथिला राज्य संघर्ष समितिलाई पत्र लेखी वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेपछि अनिश्चितकालीन बन्द फिर्ता लिइएको हो । संघर्ष समितिका सह संयोजक सुनिल मल्लिकले शान्ति मन्त्रालयको आह्वान तथा नागरिक समाजको आग्रहमा अनिश्चितकालीन बन्द फिर्ता लिइएको बताए ।
मधेसी दलहरुले स्वायत्त मधेस एक प्रदेश चर्काउने(२०६९ वैशाख २६, मंगलवार)
राज्य पुनर्संरचनामा प्रमुख तीन दल सहमति नजिक पुगेका बेला मधेसी दलहरुले स्वायत्त मधेस एक प्रदेश चर्काउने संकेत गरेका छन् । सरकारमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध पाँच दलको मंगलबार बसेको बैठकले स्वायत्त मधेस प्रदेशको मुद्दामा पछि नहट्ने निष्कर्ष निकालेको छ । मधेसको भूगोललाई अन्य भूगोलसँग मिलाउने गरी हुने राज्य पुनर्संरचना हामीलाई स्वीकार्य छैन, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का महासचिव जितेन्द्र देवले भने, तराईको भूगोल तराईमै रहनुपर्छ, सिमानामा तलमाथि हुँदैन ।
आज मे ८ अर्थात विश्व रेडक्रस दिवस(२०६९ वैशाख २६, मंगलवार)
आज मे ८ अर्थात विश्व रेडक्रस दिवस । नेपालमा पानि बिभिन्न कार्यक्रम गरी रेडक्रस दिवस मनाइएको छ । रेडक्रस दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाईटीले आज बिहान राजधानीमा प्रभातफेरी आयोजना ग-यो । शन्तिबाटीकाबाट सुरु भएको प्रभातफेरी असन, इन्द्रचोक, मरु टोल हुँदै कालीमाटीमा रेडक्रस केन्द्रीय कार्यालयमा पुगेर समापन भएको थियो । प्रभातफेरी समापनमा रेडक्रस सोसाईटीका अध्यक्ष सञ्जीव थापाले मानव समुदायको सेवाको लागि काम गर्दै आएको रेडक्रसलाई सबैले सहयोग गनुपर्ने वताउनुभयो ।
थरुहट क्षेत्र माग्दै अखण्ड सुदरपश्चिमको विरोधको वन्दका कारण तराईको जनजीवन प्रभावित(२०६९ वैशाख २६, मंगलवार)
थरुहट क्षेत्र माग्दै अखण्ड सुदरपश्चिमको विरोधमा थारु सयुक्त संघर्ष समितिले गरेको वन्दका कारण आज तराईको जनजीवन प्रभावित बनेको छ । बन्दको कारण पश्चिमको चितवनदेखि कञ्चनपुरसम्मको जिल्ला प्रभावित बनेका हो । उता, नवलपरासीको डण्डामा थारु कार्यकर्ता र बाहुन क्षेत्री समुदायबीच झडप भएको छ । राजमार्ग बन्द गराउंदै बसेका थारु कार्यकर्ता र बाहुन क्षेत्री सम्मेलनमा सहभागी हुन बुटवल जान लागेकाबीच झडप भएको हो । झडपमा दुवै तर्फ गरी १२ जना भन्दा बढी घाइते भएका छन् ।
जातीय राज्य विरुद्ध ब्राम्हण, क्षेत्री, दशनामी, दलित र पिछडा बर्ग, ठकुरीलगायतका समुदायले काठमाडौमा प्रदर्शन(२०६९ वैशाख २६, मंगलवार)
जातीय राज्य विरुद्ध ब्राम्हण, क्षेत्री, दशनामी, दलित र पिछडा बर्ग, ठकुरीलगायतका समुदायले आज काठमाडौमा प्रदर्शन गरे । राष्ट्रिय अखण्डता र जातीय सद्भावको माग गर्दै राजधानीमा वृहत मोटरसाइकहल -यालीसहित प्रदर्शन गरिएको हो । नयाँ वन्ने संविधानमा जातीय संघियताको ब्यवस्था हुनु नहुने माग ९यालीका सहभागी सहभागीहरुको छ । ब्राम्हण, क्षेत्री, ठकुरी, दशनामी, दलित र पिछडाबर्गलाई आदिवासीमा समेट्नुपर्ने उनीहरुको माग छ ।
चितवनमा प्याब्सन अन्तर्गतका सबै बिद्यालयहरुमा अनिश्चितकालिन हड्ताल(२०६९ वैशाख २६, मंगलवार)
चितवनमा सयुक्त बिद्यार्थी सर्घष समितिले आजबाट प्याब्सन अन्तर्गतका सबै बिद्यालयहरुमा अनिश्चितकालिन हड्तालको गरेको छ । प्याव्सनले विद्यालयको शुल्क बृद्धिको निर्णय फिर्ता नलिएको भन्दै हड्ताल गरिएको नेबिसघ चितवनका सचिब परमेश्वर खनालले जानकारी दिनुभयो । याब्सन र आन्दोलनरत विद्यार्थी संगठनहरुबीच हिजो भएको वार्ता विना निस्कर्ष टुगिंएको थियो ।
जेठ १४ भित्र समावेशी र लैंगिक मैत्री संविधान जारी गर भन्दै महिलाहरुद्धारा धर्ना(२०६९ वैशाख २५, सोमवार)
जेठ १४ भित्र समावेशी र लैंगिक मैत्री संविधान जारी गर भन्दै महिलाहरुले सोमबार नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि धर्ना दिएका छन् । महिला अधिकारकर्मी, विभिन्न संघ/संस्थामा आवद्ध महिलाहरु, सर्वसाधारण, पत्रकार लगायतहरुले बिहान १० बजेदेखि साढे ११ बजेसम्म धर्ना दिएका दिएका हुन् । कुनै पनि हालतमा जेठ १४ मा नयाँ संविधान जारी हुनुपर्ने माग राख्दै महिलाहरुले 'शान्ति र संविधानका लागी दवाव अभियान' थालेको बताएका छन् ।
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीलाई ज्यान मार्ने धम्की दिने व्यक्तिको खोजी कार्य तीब्र(२०६९ वैशाख २५, सोमवार)
प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई ज्यान मार्ने धम्की दिने व्यक्तिको खोजी कार्य तीब्र पारिएको तर उहाँको पूर्ण सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। व्यवस्थापिका-संसदको राज्य व्यवस्था समितिको आज सिंहदरबारमा बसेको बैठकमा नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले जनमोर्चाका अध्यक्ष तथा समितिका सदस्य केसीमाथि ज्यान मार्ने धम्की दिने व्यक्तिको खोजीका लागि के भइरहेको भन्ने प्रस्ताव राख्नुभएपछि प्रधानमन्त्री भट्टराईले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।
प्रधानमन्त्रीले गल्ती स्वीकारेपछि एमाले फेरि सरकारमा जाने(२०६९ वैशाख २५, सोमवार)
प्रधानमन्त्रीले पाँच बूँदे सहमति उल्लंघन गरेको भन्दै तत्काल सरकारमा नजाने निर्णय गरेको नेकपा एमाले फेरि सरकारमा जाने संभावना तीव्र भएको छ । आज बसेको तीन दलको वैठकमा एमालेले आफ्नो गुनासो राखेलगत्तै प्रधानमन्त्री भट्टराइले आफ्नो गल्ती महसुश गर्दै त्यसलाई सच्याउने वचन दिएपछि एमाले सरकारमा जाने संभावना बढेको हो । प्रधानमन्त्रीको वचनपछि अहिले एमाले स्थायी समितिको वैठक पार्टी मुख्यालय बल्खुमा बसिरहेको छ भने वैठकले सरकारमा सहभागी हुने निर्णय गर्ने संभावना रहेको स्रोतहरुले बताएका छन् ।
मुख्य तीन दलको बैठकमा एमालेद्धारा वर्तमान सरकारमा नजाने पार्टी निर्णयबारे औपचारिक जानकारी (२०६९ वैशाख २५, सोमवार)
मुख्य तीन दलको बैठकमा एमालेले वर्तमान सरकारमा नजाने पार्टी निर्णयबारे औपचारिक जानकारी गराएको छ । संविधान लेखनका विवादित विषयमा सहमति खोज्न र नयाँ मन्त्रिपरिषदमा मन्त्रालयको भागवण्डाबारे छलफल गर्न आज बसेको तीन दलको बैठकमा माओवादी र कांग्रेसले ५ बुंदे सहमति अनुसार सरकारमा आउन एमालेलाई आग्रह गरेका थिए । एमालेले भने मन्त्रिमण्डल बिस्तारमा एमालेलाई बेवास्ता गरिएको र प्रधानमन्त्रीले पुरानै सरकार पुर्नगठनको कार्यशैली अपनाएकाले सहभागि नहुने जनाउ दिएको थियो ।
कैलालीमा तीन दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आएन, ठूलो क्षति(२०६९ वैशाख २५, सोमवार)
कैलालीको बलिया गाउँ विकास समितिमा रहेको जनकल्याण सामुदायिक वन क्षेत्रमा आगलागी भएको छ। तीन दिनदेखि वन क्षेत्रमा लागेको आगलागीबाट प्राकृतिक सम्पदा, बहुमूल्य जडीबुटी र बोटबिरुवा जलेर नष्ट भएर ठूलो क्षति भएको छ। लामो समयसम्म आगलागी हुँदासमेत आगो नियन्त्रणका लागि पहल हुन सकेको छैन। वन क्षेत्रमा लागेको आगो बढ्दै गएर नजिकको भुरुवा बस्तीसम्म पुग्ने खतरा बढ्दै गएको स्थानीयबासीले बताएका छन्। दुई हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वनको आधा क्षेत्रमा आगो फैलिएको छ।
सद्‌भावना पार्टीको पाँचौ महाधिवेशनमा राजेन्द्र महतो अध्यक्षमा निर्विरोध निर्वाचित(२०६९ वैशाख २४, आइतवार)
सद्‌भावना पार्टीको जनकपुरमा जारी पाँचौ महाधिवेशनमा राजेन्द्र महतो अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । पार्टीको जनकपुरमा जारी पाँचौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएपनि अन्त्यमा महतो निर्विरोध भएको हो । बैशाख २२ गतेदेखि सुरु भएको महाधिवेशनको तेश्रो दिन आईतावर बिहानैदेखि सुरु भएको निर्वाचन प्रक्रियामा अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राजेन्द्र महतो, आनन्दप्रकाश पाण्डे तथा आनन्दप्रकाश गुप्ताले उम्मेदवारी दिएका थिए ।
कांग्रेस कृष्णप्रसाद सिटौलासहित तीन जना उपप्रधानमन्त्री (२०६९ वैशाख २४, आइतवार)
पार्टीको निर्णयअनुसार कृष्णप्रसाद सिटौलालाई उपप्रधानमन्त्री बनाउन कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्री बाबुराम भट्टराईलाई प्रस्ताव गरेका छन्। कांग्रेसको तर्फबाट नवनियुक्त उपप्रधानमन्त्री सिटौलाको राष्ट्रपतिको उपस्थितिमा उनकै निवासमा प्रधानमन्त्रीले शपथ खुवाएका छन्। सिटौलासहित वर्तमान मन्त्रिमण्डलमा माओवादीबाट नारायणकाजी श्रेष्ठ र मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदार (उपप्रधान तथा गृह), तीन जना उपप्रधानमन्त्री हुनेछन्।
हिमपहिरो मृतकका परिवारलाई र घरवारविहीनलाई २५ हजार रुपैयाँ राहत दिने घोषणा(२०६९ वैशाख २४, आइतवार)
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिमपहिरोपछिको बाढीले क्षति पु-याएको कास्की जिल्लाका केही क्षेत्रको आज निरीक्षण गरी मृतकका परिवारलाई एक लाख र घरवारविहीनलाई २५ हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ । हिमपहिरोपछि आएको बाढीले धेरै जनधनको क्षति पु-याएको कास्कीको माछापुच्छे्र्र गाउं विकास समितिको निरीक्षणमा प्रधानमन्त्रीका अतिरिक्त माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विजय गच्छेदार जानुभएको थियो । उहाँहरु आज विहान हेलिकप्टरबाट त्यता जानुभएको हो ।
आमसभालाई लक्षित गरी वीरगन्जमा विष्फोट (२०६९ वैशाख २४, आइतवार)
जन प्रजातान्त्रिक पार्टीको को आमसभालाई लक्षित गरी वीरगन्जमा अपराह्न विष्फोट गराइएको छ । वीरगन्जको घन्टाघर अगाडि भइरहेको आमसभा नजिकै करिब २ बजेको समयमा ठूलो आवाज सहित विष्फोट भएको प्रहरीले जनाएको छ । आवाज ठूलो भएपनि भौतिक तथा मानवीय क्षति भने भएको छैन् । विष्फोटका कारण आमसभा विथोलिएको पार्टीका केन्द्रिय कोषाध्यक्ष नुरुल हक अन्सारीले बताए ।
कास्कीमा यात्रुवाहक जीप दुर्घटना हुँदा ११ यात्रुको मृत्यु(२०६९ वैशाख २४, आइतवार)
कास्कीको धिताल गाविसस्थित भेडावारीमा आइतबार विहान यात्रुवाहक जीप दुर्घटना हुँदा ११ यात्रुको मृत्यु भएको छ । सात जनाको घटनास्थलमै र चार जनाको अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो । ल्वाङघलेलवाट कास्कीको हेम्जा मिलनचोकतर्फ आउँदै गरेको ग १ च ३२४८ नम्वरको जीप बिहान नौ बजेतिर भेडावारीमा भीरवाट दुई सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
मिथिला राज्य सङ्घर्ष समितिको आह्वानमा मिथिला क्षेत्र बन्द(२०६९ वैशाख २४, आइतवार)
मिथिला राज्य सङ्घर्ष समितिको आह्वानमा आइतवार पनि मिथिला क्षेत्र बन्द गरिएको छ । मिथिला राज्यको माग गर्दै धर्नामा बसेका माथि गत सोमबार बम बिस्फोट गराइँदा पाँच जनाको मृत्यु भएपछि समितिद्वारा अनिश्चितकालीन मिथिला क्षेत्र बन्द आह्वान गरेको थियो । बम बिस्फोटनमा परी रन्जु झा, सुरेश उपाध्याय, झगडु मण्डल, विमल शरण दास र दीपेन्द्र दासको मृत्यु भएको थियो । बम बिस्फोटमा परी घाइते भएकामध्ये काठमाडौँको शिक्षण अस्पतालमा उपचार भइरहेको वजिर शेखको अवस्था पनि चिन्ताजनक रहेको छ ।
अखण्ड सुदूरपश्चिमको माग गर्दै थालिएको सुदूरपश्चिम बन्दले जनजिवन अत्यन्त कष्टकर र अस्तब्यस्त(२०६९ वैशाख २४, आइतवार)
आमहड्ताल लम्बिदै जाँदा धनगढीमा अखण्ड सुदुरपश्चिम हुनुपर्छ र अखण्ड हुनुहुँदैन भन्ने पक्षहरु आफ्नो शक्ति प्रदर्शन गर्ने होडबाजीमा लागेका छन्। दुवै पक्षको आफ्नो विपक्षमा रहेका सुदूरपश्चिमका नेता र सभासद्का पुत्ला जलाउने पनि होडबाजी नै चलेको छ। नौ दिनदेखि अखण्ड सुदूरपश्चिमको माग राख्दै सडकमा आन्दोलन चर्काएका छन्। तीन दिनदेखि अखण्ड सुदूरपश्चिमको पक्षमा निस्केको प्रदर्शनमा हजारौंको सहभागीता देखिएको छ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा सहमतीय सरकारमा संलग्न मन्त्रीहरुलाई शपथ ग्रहण(२०६९ वैशाख २४, आइतवार)

प्रधानमन्त्री बाबुराम भट्टराईले एकीकृत माओवादी, नेपाली कांग्रेस र तराई केन्द्रित दलहरुको मोर्चाका प्रतिनिधिहरु संलग्न मन्त्रीपरिषद गठन गरेका छन्। अर्को विपक्षी दल एमालेले शनिबार शपथ नलिएपछि सरकारले राष्ट्रिय सहमतीको स्वरुप भने लिन सकेन। माओवादी र मोर्चाबाट दुई दिनअघि राजीनामा दिएका मन्त्रीहरु नै पुन: मन्त्री बनेका छन्। नेपाली कांग्रेसका तर्फबाट महामन्त्री कृष्ण सिटौला र सूर्यमान गुरुङले मन्त्री पदको शपथ ग्रहण लिएका छन्।

प्रधानमन्त्री बावुराम भट्टराईद्धारा आकस्मिक हिमपहिरोका कारण भएको जनधनप्रति मर्माहत(२०६९ वैशाख २४, आइतवार)
प्रधानमन्त्री बावुराम भट्टराईले माछापुच्छे गाविसमा भएको आकस्मिक हिमपहिरोका कारण भएको जनधनप्रति दुःख व्यक्त गर्दै सबैलाई संयम हुन आह्वान गरेका छन् । प्रधानमन्त्रीले आज विज्ञप्ती जारी गरेर विहान ९ वजेर ५५ मिनटमा कास्की जिल्ला माछापुच्छे गा.वि.स. वडा नम्वर ९ स्थित सेती नदीमा वर्षा एवं हिमपहिरोको कारणले आकस्मिक आएको बाढीबाट आफू मर्माहत भएको जनाएका छन् । उनले पछिल्लो जानकारी अनुसार बगेर १३ जनाको असामयिक निधन हुनुका साथै कैयौं वेपत्ता र ठूलो धनमालको क्षति भएको जनाएका छन् । घटनाबाट आफू दुःखद एवं मर्माहत तुल्याएको जनाएका छन् । 
हिमपहिरो "हिमताल विष्फोट" का कारण नभएको विशेषज्ञहरुको विश्लेषण(२०६९ वैशाख २४, आइतवार)
अन्नपूर्ण हिमश्रृंखलाको माछापुच्छ्रे क्षेत्रमा शनिवार विहान गएको हिमपहिरो 'हिमताल विष्फोट' का कारण नभएको विशेषज्ञहरुले प्रष्ट्याएका छन् । हिमतालको बाँध अकस्मात फुट्न गई त्यससँगै ठूलो परिमाणमा पानी बाहिर निस्किई तल्लो तटिय क्षेत्रमा बाढी आउनु हिमताल फिष्फोट (ग्ल्यासियर लेक आउटब्रष्ट फ्ल्ड) हो । तर माछापुच्छ्रेमा त्यस्तो नभएको जानकारहरुको विश्लेषण छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा सहमतीय सरकारका ११ मन्त्री पदको शपथ ग्रहण, माओवादी र कांग्रेसका मन्त्रीहरुको मन्त्रालय पछि तोकिने(२०६९ वैशाख २३, शनिवार)
प्रधानमन्त्री बाबुराम भट्टराईले सहमतीय सरकारका ११ मन्त्री नियुक्त गरेका छन् । माओवादी, कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ती मन्त्रीको शनिबार साँझ नै सपथ ग्रहण भएको छ । नवनियुक्त मन्त्रीमा माओवादीका पाँच, कांग्रेसका दुई र मधेसी मोर्चाका चार छन् । माओवादीबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पोस्टबहादुर बोगटी, टोपबहादुर रायमाझी र दीनानाथ शर्माले सपथ लिए । उनीहरु यसअघिको माओवादी-मोर्चा गठबन्धनमा पनि मन्त्री थिए ।
राष्ट्रिय सहमतिको सरकारका लागि मन्त्रिपरिषद् गठन (२०६९ वैशाख २३, शनिवार)
प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकारका लागि आज(शानिबार) मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । उनले कांग्रेस तथा एमालेसंग मन्त्रीहरुको नाम मागेका छन् । माओवादी,कांग्रेस,एमाले र मधेशी मोर्चाबीच भएको सहमति अनुसार आजसम्ममा सबै दलको सहभागिता रहनेगरी मन्त्रिमण्डल गर्ने प्रधानमन्त्रीले पहल थालेका छन् । पाँच बुँदे सहमति अनुसार सरकालाई आजै पूर्णता दिई बेलुकी ५ बजे सपथ ग्रहणको समय तोकिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले देउवा क्याम्प छोडर सभापति सुशील कोइराला क्याम्पमा प्रवेश (२०६९ वैशाख २३, शनिवार)
कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले देउवा क्याम्प छोडर सभापति सुशील कोइराला क्याम्पमा प्रवेश गरेका छन्। देउवाले शुक्रबार र शनीबार बोलाएको भेला निमन्त्रण गर्दा रिजालले आफुले क्याम्प छोडेको बताउदै आउन नसक्ने प्रतिक्रिया दिएको देउवा पक्षिय एक नेताले बताए। रिजाल पछिल्लो समय महामन्त्री कृष्णप्रसाद सिटौलासँग निकट भएका छन्।
सुदूरपश्चिम बन्दका कारण प्रहरीको स्कर्टिङ्गमा जाँदै गरेको यात्रुबस कञ्चनपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु(२०६९ वैशाख २३, शनिवार)
सुदूरपश्चिम बन्दका कारण प्रहरीको स्कर्टिङ्गमा महेन्द्रनगरबाट बझाङ जाँदै गरेको यात्रुबस कञ्चनपुरको भाँसीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर भीमदत्त नगरपालिका४ का बसन्त बोहरा र बसका सहचालक छन् । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
कास्कीको माछापुच्छ्रे स्थित अन्नपूर्ण हिमशृङ्खला पग्लिएर आएको भीषण बाढीले बगाएर १३ को मृत्यु (२०६९ वैशाख २३, शनिवार)
 
भिडियो:- कास्कीको माछापुच्छ्रे गाविसस्थित अन्नपूर्ण हिमशृङ्खला पग्लिएर आएको भीषण बाढीले बगाएर एक विदेशीसहित मर्नेको संख्या १३ पुगेको छ। घटनास्थलमा उद्धारका लागि पुगेका रेडक्रसका वरिष्ठ अधिकृत खेमराज सापकोटाले मृतकको संख्या अझै बढ्नसक्ने बताएका छन्।

एमाले झलनाथ खनालद्धारा निर्धारित समयमै संविधान बन्ने-नबन्ने अझै ग्यारेन्टी गर्न सक्ने अवस्था नभएको उल्लेख(२०६९ वैशाख २३, शनिवार)
एमाले अध्यक्ष झलनाथ खनालले निर्धारित समयमै संविधान बन्ने/नबन्ने अझै ग्यारेन्टी गर्न सक्ने अवस्था नभएको बताएका छन् । एमाले तेस्रो ठूलो दल भएको र अन्य दुई ठूला दल जिम्मेवार हुने/नहुने विश्वास नभएकाले जेठ १४ भित्र संविधान बन्ने विषयमा ग्यारेन्टी गर्न नसक्ने भएको खनालले बताएका हुन् । 'संविधान निर्माणमा अझै चुनौती छ । म त्यो विषय ग्यारेन्टी गर्न सक्दिन' एमाले क्षेत्र नम्बर दुईको उद्‍घाटन गर्दै अध्यक्ष खनालले बिहीबार गोरखामा भने, 'सबैभन्दा ठूलो पार्टी माओवादी र दोस्रो ठूलो पार्टी कांग्रेसले विगतमा भएदेखिका सहमति पालना गर्ने/नगर्ने विश्वास नभएकाले ग्यारेन्टी गर्न नसकेको हुँ ।'  
समग्र मधेस एक प्रदेश हुनुपर्ने माग गर्दै सप्तरीमा मशाल जुलुस प्रदर्शन(२०६९ वैशाख २२, शुक्रवार)
समग्र मधेस एक प्रदेश हुनुपर्ने माग गर्दै आन्दोलनरत मधेस जनाधिकार फोरम नेपालले शुक्रबार साँझ सप्तरी सदरमुकाम राजविराजमा मशाल जुलुस प्रदर्शन गरेको छ ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736