arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार
एमालेले बहुपहिचानका प्रदेश नबनाउने र एकल पहिचान सहित १२ वटासम्म प्रदेश निर्माण गर्नुपर्ने प्रस्ताव(२०६९ वैशाख १७, आइतवार)
एमालेले बहुपहिचानका प्रदेश नबनाउने र एकल पहिचानमा जाने हो भने १२ वटासम्म प्रदेश निर्माण गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । माओवादीले एउटा जातिको मात्र पहिचान झल्किने गरी 'एकल पहिचान' को सिद्घान्तअनुसार १० प्रदेशको मोडल अघि सार्दै त्यसभन्दा पछि नहट्ने संकेत देखाएपछि एमालेले संविधानसभाको विषयगत समितिको प्रतिवेदनभित्रैबाट सहमति खोज्ने गरी १२ प्रदेशको विकल्प ल्याएको हो ।
कांग्रेसद्धारा पहिचानलाई पहिलो र सामथ्र्यलाई दोस्रो प्राथमिकता दिएर सात प्रदेशको आफ्नो अवधारणा परिमार्जन(२०६९ वैशाख १७, आइतवार)
कांग्रेसले पहिचानलाई पहिलो र सामथ्र्यलाई दोस्रो प्राथमिकता दिएर सात प्रदेशको आफ्नो अवधारणा परिमार्जन गरेको छ । कांग्रेस नेता रामचन्द्र पौडेलका अनुसार प्रस्तावित प्रदेशका नाममा लिम्बु र किराँत मिलाएर कोसी प्रदेश, मिथिला र भोजपुरासहितको जनकपुर प्रदेश, नेवार र तामाङको बसोबाससहितको वाग्मती प्रदेश, तमु र मगरलाई गण्डकी प्रदेश, भेरी, राप्ती र कणर्ालीसहितको कणर्ाली प्रदेश, सेती र महाकालीसहितको खप्तड प्रदेश र थारू समुदाय तथा लुम्बिनीसहितको सिद्धार्थ प्रदेश छन् ।
माओवादी पुष्पकमल दाहालद्धारा १० वटा सङ्घीय राज्यको प्रस्तावबाट आफ्नो पार्टी पछाडि नहट्ने अडान (२०६९ वैशाख १७, आइतवार)
माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले अरु राजनीतिक दलहरु समक्ष प्रस्तुत गरेको राज्य पुनःसंरचनाको प्रस्तावबाट आफ्नो पार्टी पछाडि नहट्ने बताएका छन् ।  शुक्रबार आफ्नै निवास लाजिम्पाटमा नेवाः आन्दोलनसँग सम्बन्धित अगुवाहरुसँग कुराकानी गर्दै उनले लोकतान्त्रिक मधेसी मोर्चासहित प्रमुख तीन राजनीतिक दलको संयुक्त बैठकमा १० वटा सङ्घीय राज्यको प्रस्ताव गरेको र त्यही नै वैज्ञानिक र व्यावहारिक प्रस्ताव भएकाले यसैमा अरु राजनीतिक दल पनि सहमत हुनुपर्ने बताएको उनका सहयोगी शिव खकुरेलले जानकारी दिए ।
सुदूरपश्चिमाञ्चललाई टुक्र्याउन नपाइने मागसहित बन्द आह्वान(२०६९ वैशाख १५, शुक्रवार)
राज्य पुनःसंरचनाका मुद्दामा राजनीतिक दलका शीर्ष नेताबीच निरन्तर बहस चलिरहेको बेला, सुदूरपश्चिमाञ्चललाई टुक्र्याउन नपाइने मागसहित बन्द आह्वान गरिएको छ । बन्दका कारण कैलालीलगायतका जिल्लामा यातायात, उद्योग व्यवसाय, शैक्षिक संस्था ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । बन्दका क्रममा शुक्रबार यहाँ भएको प्रदर्शनमा राजनीतिक दलका कार्यकर्ता, उद्योगी व्यापारी र सर्वसाधारणले अखण्ड सुदूरपश्चिमको पक्षमा नाराबाजी गरेका छन् ।- -
केन्द्रका दुई सदन र प्रदेश सभामा पचास प्रतिशत महिला प्रतिनिधित्वको माग(२०६९ वैशाख १५, शुक्रवार)
केन्द्रका दुई सदन र प्रदेश सभामा पचास प्रतिशत महिला प्रतिनिधित्वको माग महिला अधिकारवादीहरूले गरेका छन् । उनीहरूले तीन दल र मधेसी मोर्चाबीच मंगलबार भएको प्रत्यक्षमा ५५ र समानुपातिकमा ४५ प्रतिशत सिट संख्या कायम राख्ने सहमतिको विरोधसमेत गरेका छन् । प्रत्यक्ष सिट बढी राख्दा महिला प्रतिनिधित्व कम हुनसक्ने औंल्याउँदै उनीहरूले त्यसभन्दा समानुपातिक बढी हुनुपर्ने माग अघि सारेका हुन् ।
एमाले सभासद्हरुद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार प्रमुख हुनुपर्ने दबाब दिन हस्ताक्षर अभियानलाई तीव्र(२०६९ वैशाख १४, विहीवार)
एमाले सभासद्हरुले नयाँ संविधानमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार प्रमुख हुनुपर्ने मागसहित त्यसका लागि दबाब दिन हस्ताक्षर अभियानलाई तीव्र पारेको छ । मिश्रित प्रणालीअन्तर्गत प्रत्यक्ष निर्वाचित राष्ट्रपति तथा संसदबाट निर्वाचित प्रधानमन्त्री दुवैलाई अधिकार बाँड्ने गरी दुवैलाई कार्यकारी अधिकार दिने गरी अगाडि बढ्न मिल्छ भन्ने शीर्ष नेताहरूबाट आइरहेको विचारले समस्या सुल्झाउनुको सट्टा बल्झाउने चेतावनी पनि उनीहरुले दिएका छन् ।  
राजमोका चित्रबहादुर केसीद्धारा ३८५ सभासदको भेडीगोठ राज्यले थेग्न सक्दैन भन्दै मुलुकलाई रुवाण्डा बनाउन खोजेको आरोप(२०६९ वैशाख १४, विहीवार)
VIDEO: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ३८५ जना सभासद्‍को सङ्ख्या बनाएर मुलुकलाई रुवाण्डा बनाउन खोजेको आरोप लगाएका छन्।
संविधानसभाको बैठक १७ गतेसम्मका लागि सूचना टाँसेर स्थागित(२०६९ वैशाख १४, विहीवार)
संविधानसभाको बैठक १७ गतेसम्मका लागि स्थागित गरिएको छ । दलहरुले नयाँ संविधानका विवादित विषयहरुमा सहमति खोज्न दुई दिन थप सम मागेका कारण संविधानसभाको बैठक सूचना टाँसेर स्थागित गरिएको हो । यषसघि तीन दिन बढाइएको समयावधीमा समेत सहमति जुट्न नसकेपछि समय थप गर्न प्रस्ताव गरिएको हो । समय थप नगरिएको भए आजदेखि संविधानसभाको बैठकमा निर्वाचनमार्फत विवादित विषयहरु टुङ्ग्याउदै लैजाने तयारी गरेको थियो ।
नेपाल- भारत सुरक्षा बैठक पोखरामा(२०६९ वैशाख १४, विहीवार)
सहसचिवस्तरिय नेपालभारत सुरक्षा बैठक पोखरामा बिहीबार दिउँसो सुरु भएको छ । यस प्रकारको नेपालभारत सुरक्षा बैठक यो नवौं हो । यसका दुई देशका सुरक्षा चासोका विषयहरुमा छलफल हुन्छ । बैठक पर्यटकीय नगरी पोखराको चाउथेस्थित फेवा प्रिन्स होटलमा भइरहेको छ । नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव दीपक धिताल र भारतीय पक्षको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिव अखिलेश मिश्रले गरेका छन् ।
कांग्रेसद्धारा प्रतिनिधिसभा सांसद् संख्या घटाउन आग्रह गर्ने(२०६९ वैशाख १३, बुधवार)
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको बुधबार बसेको बैठकले प्रतिनिधिसभाका सदस्य धेरै नबनाउन र राजनीतिक स्थिरता कायम हुनेगरी शासकीय स्वरुप अवलम्बन गर्नुपर्ने निर्णयमा पुगेको छ । बैठकमा सभापति सुशील कोइरालाले राजनीतिक दलहरूको बीचमा भइरहेको छलफलका बारेमा जानकारी गराएका थिए । संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको उक्त दलको बैठकले राजनीतिक दलहरू बीचमा प्रतिनिधिसभा सदस्यको सङ्ख्या ३२५ बनाउने भन्ने अनौपचारिक सहमतिलाई पुनरावलोकनका लागि अन्य राजनीतिक दलहरूसँग आग्रह गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए ।
माओवादी पोलिट्ब्युरो सदस्यद्धारा पार्टी उपाध्यक्ष मोहन वैद्य समूह शान्ति र संविधान विरोधी भएको आरोप(२०६९ वैशाख १३, बुधवार)
माओवादी पोलिट्ब्युरो सदस्य हरिबोल गजुरेलले पार्टी उपाध्यक्ष मोहन वैद्य समूह शान्ति र संविधान विरोधी भएको आरोप उनले लगाए । वैद्य समूहले शान्ति पनि चाहेको थिएन, अब संविधान पनि चाहेको छैन, कोचिला राज्य माग गर्न आयोजित कार्यक्रममा बुधबार उनले भने, हामीलाई राष्ट्रघाती भन्नेहरु नै आफैं राष्ट्रघाती हुन् । वैद्य समूह १२ बुँदेदेखिकै विरोधी हो । अब तिनीहरु निमिट्यान्न हुन्छन् ।
मन्त्री तथा जनमुक्ति पार्टीका अध्यक्षले संघीयताको बिरोधी राजमोका चित्रबहादुर केसीलाई फाँसी दिनुपर्छ भन्ने धम्कीको घोर निन्दा(२०६९ वैशाख १३, बुधवार)
मन्त्री तथा जनमुक्ति पार्टीका अध्यक्ष एम।एस थापाले संघीयताको बिरोधीसहित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई आगमी जेठ १ गते प्रतिकारत्मक स्वरुप फाँसी दिनुपर्छ भन्ने धम्कीको घोर निन्दा गरिएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले बुधबार काठमाण्डौ रिपोटस्र क्लबमा आयोजित पत्रकार सम्मेलनमा प्रेषित वक्तव्यमा जेष्ठ १ गतेपछि संघीयता विरोधीहरुलाई फाँसी दिने धम्की दिनुका साथै राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सभासद् चित्रबहादुर केसीको नाम पनि उल्लेख गरिएको थियो ।
थुनामा रहेका सभासद् श्यामसुन्दर गुप्ताले आफूलाई संविधानसभा बैठकमा भाग लिन आउने व्यवस्था मिलाउन सभामुखलाई पत्र(२०६९ वैशाख १३, बुधवार)
अपहरणको आरोपमा थुनामा रहेका सभासद् श्यामसुन्दर गुप्ताले सभामुख सुवासचन्द्र नेम्वाङलाई पत्र लेखी आफूलाई संविधानसभा बैठकमा भाग लिन आउने व्यवस्था मिलाउन लिखित निवेदन दिएका छन्। डिल्लीबजार, सदरखोरमा 'अपहरण तथा शरीर बन्धक मुद्दा' खेपिरहेका उनको पत्रलाई कारागार कार्यालयले 'कभरिङ लेटर' सहित संविधानसभा सचिवालय पठाएका हुन्।
जातीय पहिचानसहितको संघीय राज्यको माग गर्दै जनजाति महासंघद्धारा थप आन्दोलन घोषणा(२०६९ वैशाख १३, बुधवार)
जातीय पहिचानसहितको संघीय राज्यको माग गर्दै आयोजना गरेको पहिलो चरणको कार्यक्रम सकिएपछि नेपाल आदिवासी जनजाति महासंघले थप कार्यक्रमहरु घोषणा गरेको छ । महासंघका अध्यक्ष राजकुमार लेखीले मंगलबार जारी गरेको बिज्ञप्ति अनुसार यही वैशाख १५ देखि २० गतेसम्म आफुहरुले उठाएको मागका सम्बन्धमा पर्चा अपिल वितरण गर्ने, वैशाख २० देखि २९ गतेसम्म देशव्यापी विरोधसभा गरी यसका बिरुद्धमा लागेका नेताहरुको सम्बन्धमा भण्डाफोर अभियान चलाउने।
माओवादी मोहन बैद्य पक्षद्धारा वाइसीएलजस्तै जनस्वयंसेबक ब्युरो गठन(२०६९ वैशाख १३, बुधवार)
माओवादी उपाध्यक्ष मोहन बैद्य पक्षले वाइसीएलजस्तै जनस्वयंसेबक ब्युरो गठन गरेको छ । बैद्य पक्षको अघोषित केन्द्रीय कार्यालय कुपन्डोलमा भएको भेलाले स्थायी समिति सदस्य नेत्रबिक्रम चन्द इञ्चार्ज तोकी ब्युरो बनाएको हो । उपाध्यक्ष मोहन बैद्य, महासचिब रामबहादुर थापालगायतका नेताको उपस्थितिमा ब्युरो गठन गरिएको हो । केही महिना अघि यो ब्युरो गठन भए पनि वाइसीएलका नेताहरुले बिरोध गरेका कारण निश्क्रिय भएको थियो ।
सद्भावनाकी सरिता गिरीले संकटकाल लगाएर संविधान ल्याउने षड्यन्त्र भइरहेको आरोप(२०६९ वैशाख १२, मंगलवार)
पूर्व श्रम तथा यातायात मन्त्री सरिता गिरीले संकटकाल लगाएर संविधान ल्याउने षड्यन्त्र भइरहेको बताएकी छिन् । गिरीले माओवादी, कांग्रेस र एमाले संविधानसभाबाट आफ्नो स्वार्थनिहीत संविधान ल्याउनका लागि संकटकाल लगाउने षड्यन्त्र गरिरहेको बताएकी छिन् । मंगलबार राजधानीको मधेश मिडिया हाउसमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री गिरीले आउन लागेको संविधानमा मधेशी, जनजाति, आदिवासी, मुस्लिम, थारु, महिला आदिको अधिकार सुनिश्चित नहुने बताएकी छिन् ।
राष्ट्रिय जनमुक्ति पार्टीद्धारा राजमोका चित्रबहादुर केसी र राप्रपा नेपालका कमल थापालगायत संघीयता विरोधीहरुलाई फाँसी दिने चेतावनी (२०६९ वैशाख १२, मंगलवार)
CA Member MS Thapaराष्ट्रिय जनमुक्ति पार्टीले संघीयताविरोधीहरुलाई फाँसी दिने चेतावनी दिएको छ । जनमुक्ति पार्टी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत संघीयताविरोधीहरुलाई फाँसी दिने चेतावनी दिएको हो । सो पार्टीका अध्यक्ष एमएस थापा वर्तमान बाबुराम भट्टराई सरकारमा श्रम तथा यातायात व्यवस्था मन्त्री छन् ।
दलहरु प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीमा सहमत(२०६९ वैशाख १२, मंगलवार)
कांग्रेस प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जान तयार देखिएपछि मिश्रित मोडलको शासकीय स्वरुपमा नै सहमति जुट्ने भएको छ । विहान शीर्ष तहको बैठकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्री स्विकार्ने समझदारी बनेको थियो । राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार बाँडफाँडमा भने पुरै सहमति बनिसकेको छैन । अपरान्ह तीन दल र मोर्चाको बैठकमा अधिकार बाँडफाँडको बिषयलाई समेत टुंगाउने कांग्रेसका एक नेताले बताए ।
नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको तराई बन्दले जनजीवन प्रभावित(२०६९ वैशाख १२, मंगलवार)
नेपाल आदिवासी जनजाति महासंघले आज आह्वान गरेको तराई बन्दले जनजीवन प्रभावित भएको छ। पूर्वी तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा लगायतका जिल्लाका मुख्य तथा सहायक राजमार्गमा यातायातका साधन चलेका छैनन्। बन्दकर्ताले दूध बोकेको गाडी फोडे सडकमा मोटरसाइकल, एम्बुलेन्स, शववाहन र अतिआवश्यकीय सवारी साधन चलेपनि सार्वजनिक यातायातका ठप्प छन्। बन्दकर्ता बिहानैदेखि मुख्य-मुख्य चोकमा भेला भएर बसेका छन्।
काठमाडौं प्रशासन घेराउ गर्नेक्रममा पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीसहित २३ जना पक्राउ(२०६९ वैशाख १२, मंगलवार)
राष्ट्रिय मुस्लिम सङ्घर्ष गठवन्धन समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौं घेराउ गर्नेक्रममा पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीसहित २३ जना लाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अन्सारीसहित ८ जना सभासद् रहेका छन् भने अन्य गठवन्धन समितिका सचिवालय सदस्य हुन्।
माओवादी पुष्पकमल दाहालले आफूसँग पार्टी भत्काएको र बनाएको दुवै अनुभव रहेको दाबी(२०६९ वैशाख ११, सोमवार)
VIDEO: माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूसँग पार्टी भत्काएको र बनाएको दुवै अनुभव रहेको दाबी गरेका छन् ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736