arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार
झापामा खरिदारसहित तीनलाई मानव अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ(२०७३ चैत्र २९, मंगलवार)
जिल्ला प्रशासन कार्यालय झापाका खरिदारसहित तीनलाई प्रहरीले मानव अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ गरेको छ । पक्राउपर्नेमा भद्रपुर नगरपालिका घर भइ जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत् खरिदार तेजेन्द्र न्यौपाने, सोही स्थानका प्रेम न्यौपाने र भूपू कान्छा भनिने अजय राई रहेका छन् । उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
सिरहामा भीषण आगोलागीबाट कम्तीमा ४० घर जलेर नस्ट(२०७३ चैत्र २९, मंगलवार)
सिरहाको सखुवा नन्कारकटी-८ सिमराहास्थित दलितबस्तीमा सोमबार साँझबाट सुरु भएको भीषण आगोलागीबाट अहिलेसम्म ४० ओटा घर जलेर नस्ट भइसकेको छ । स्थानीय हरिनारायण मण्डल(खत्बे)को परालको थुप्रोबाट सल्केर सुरु भएको आगोलागीमा २५ परिवारको ४० घर जलेर नस्ट भइसकेको र आगोलागी अझै पूर्णरुपमा नियन्त्रणमा आइनसकेको इलाका प्रहरी कार्यालय महेशवारी सिरहाका प्रहरी नायब निरीक्षक रामकृष्ण चौधरीले जानकारी दिए ।
नेपाल प्रहरीका डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त (२०७३ चैत्र २९, मंगलवार)
सरकारले नेपाल प्रहरीका डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो । सरकारले गत माघ २९ गते डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेकोमा त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।
नेपाली सिमेन्टमा हालै भएको मूल्य वृद्धिलाई पुनर्विचार गर्न नेपाल सिमेन्ट उत्पादक संघ सहमत(२०७३ चैत्र २७, आइतवार)
नेपाली सिमेन्टमा हालै भएको मूल्य वृद्धिलाई पुनर्विचार गर्न नेपाल सिमेन्ट उत्पादक संघ सहमत भएको छ । उद्योग मन्त्री नवीन्द्रराज जोशीको पहलमा आइतबार उद्योग मन्त्रालयमा नेपाल सिमेन्ट उत्पादन संघका प्रतिनिधिहरुसँग छलफल भएको थियो ।

काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन हुने(२०७३ चैत्र २७, आइतवार)
सोमबारबाट राजधानीमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन हुने भएको छ । नेपाल  स्वास्थ्य अनुसन्धान परिषद् २७ औं वर्षमा प्रवेश गरेको अवसरमा दिगो विकास लक्ष्यमा स्वास्थ्यः के हामी सही मार्गमा छौं ? भन्ने नाराका साथ सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा स्वास्थ्य र जनसंख्याका विविध विषयमा छलफल हुने जनाइएको छ ।

कांग्रेसको स्थानीय निर्वाचनलाई केन्द्रित गरेर चुनावी सभा शुरु(२०७३ चैत्र २७, आइतवार)
नेपाली कांग्रेसले आजदेखि स्थानीय निर्वाचनलाई केन्द्रित गरेर चुनावी सभा थाल्दैछ । पहिलो सभा प्रदेश नम्बर ७ मा गर्दै कांग्रेसले चुनावी अभियान सुरु गर्न लागेको हो । कैलालीको अत्तरियामा हुने सभालाई कांग्रेसका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

कांग्रेस देउवाद्वारा एमालेले जातीय र सामाजिक विद्वेस फैलाउने गरी भ्रम सिर्जना गर्न नहुने भनाई(२०७३ चैत्र २६, शनिवार)
कांग्रेस सभापति शेरवहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेले जातीय र सामाजिक विद्वेस फैलाउने गरी भ्रम सिर्जना गर्न नहुने बताएका छन् । निर्वाचनको मुखमा आएर सामाजिक तथा जातीय विद्वेसले लोकतन्त्र र गणतन्त्र कमजोर हुने भएकाले यो विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने देउवाले बताए । नेपाली कांग्रेसले आइतबारदेखि शुरु गर्न लागेको देशव्यापी आमसभामा सहभागी हुन धनगढी पुगेका कांग्रेस सभापति देउवाले पत्रकार सम्मेलनमा भने, पहाड, तराइ, हिमाल सबै नेपाली भएकाले कसैको पनि आत्मसम्मानमा चोट पुर्‍याउने काम गर्नु उचित हुँदैन । 
स्थानीय तहको निर्वाचन नजिकिएसँगै म्याग्दीमा चुनावी सरगर्मी बढ्यो(२०७३ चैत्र २६, शनिवार)
स्थानीय तहको निर्वाचन नजिकिएसँगै म्याग्दीमा चुनावी सरगर्मी बढेको छ । जिल्लामा क्रियाशील, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायतका राजनीतिक दलले चुनावकेन्द्रित आमसभा, कार्यकर्ता भेला, बैठक तथा सम्मेलनलाई तीव्रता दिएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारीद्वारा दुर्लभ एक सिङ्गे गैँडा मारियो(२०७३ चैत्र २६, शनिवार)
लगातार तेस्रो वर्ष शून्य चोरी सिकार वर्ष मनाउने तयारी गरिरहँदा चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारीबाट मारिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार आज बिहान खाग नभएको अवस्थामा एउटा भाले गैँडा मृत फेला परेको हो ।
जापानका उद्योगी व्यवसायी र रुपन्देहीका यातायात, पर्यटन व्यवसायीबीच नेपालमा लगानी भित्राउने विषयमा छलफल(२०७३ चैत्र २५, शुक्रवार)
जापानको हुकाईदो शहरका उद्योगी व्यवसायी र रुपन्देहीका यातायात, पर्यटन व्यवसायीबीच नेपालमा लगानी भित्राउने विषयमा छलफल भएको छ । यातायात र पर्यटनको क्षेत्रमा लगानीको सम्भावनाको खोजीमा  नेपाल आएका जापानका उद्योगी र रुपन्देहीका यातयाता व्यवसायी र पर्यटन व्यवसायीबीच शुक्रकार लुम्बिनीमा छलफल भएको हो । दुई देशका व्यवसायीका बिचमा भएको छलफलमा जापानका उद्योगीहरुले लुम्बिनी क्षेत्रमा यातायात  र पर्यटनमा कानुन सम्बत लगानी गर्न इच्छुक रहेको बताएका छन् ।
कांग्रेसले ७ नम्बर प्रदेशबाट चुनावी सभा सुरु गर्ने(२०७३ चैत्र २४, विहीवार)
नेपाली कांग्रेसले ७ नम्बर प्रदेशबाट चुनावी सभा सुरु गर्ने भएको छ । नेपाली कांग्रेस कञ्चनपुरले बिहीबार पत्रकार भेटघाट कार्यक्रम गरी ७ नम्बर प्रदेशबाट चुनावी आमसभा सुरु गर्न लागेको जनाएको हो । यही चैत २७ गते कैलालीको अत्तरियाबाट कांग्रेसको चुनावी सभा सुरु हुने र पार्टी सभापति लगायतका नेताहरुले सम्बोधन गर्ने कैलाली कांग्रेसले जनाउको छ ।
पोखरामा विषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु(२०७३ चैत्र २४, विहीवार)
पोखरामा विषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जंगलबाट ल्याएको च्याउको तरकारी खाएपछि बिरामी परेका पोखरा लेखनाथ महानगरपालिका-१७, लामाचौरका तामाङ परिवारका तीन जनाको मृत्यु भएको हो ।
वरिष्ठ पत्रकार चापागाईद्वारा बुटवल उपमहानगरपालिकाको मेयरको आकांक्षा(२०७३ चैत्र २४, विहीवार)
 प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा यस क्षेत्रका वरिष्ठ पत्रकार तथा समाजसेवी बालकृष्ण चापागाईंले आसन्न स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकाको मेयरमा उमेद्वारी दिने आकाक्षां देखाउनुभएको छ । पार्टीको लागि दिएको योगदानका अधारमा नेकपा एमालेले आफूलाई मेयरमा उठाउने विश्वास गर्दै उहाँले आकांक्षा राख्नुभएको हो ।
कास्कीमा विगत केही दिनदेखि परेको असिना पानीले करिब १० करोडको क्षति(२०७३ चैत्र २३, बुधवार)
कास्कीमा विगत केही दिनदेखि परेको असिना पानीले करिब १० करोडको क्षति भएको छ। जिल्ला कृषि कार्यालय कास्कीले दिएको जानकारी अनुसार कास्कीका विभिन्न क्षेत्रमा लगाएको तरकारीबाली र मकै खेतीमा असिना पानीले क्षती पु-याएको छ।  असिना पानीले २६ हेक्टरमा लगाएको मकै खेतीमा करिब ४ करोडको क्षेती पुर्‍याएको जिल्ला कृषि कार्यालय कास्कीका प्रमुख लोकेन्द्र बोहोराले जानकारी दिए। उनले २६ हेक्टरमा ३० प्रतिशत क्षती पुर्‍याएको बताए।
अब विद्यालयले अधिकतम शुल्क ३६०० मात्रै लिन पाउने, बढी शुल्क लिएको पाइए नियमअनुसार कारबाही(२०७३ चैत्र २३, बुधवार)
 शिक्षा कार्यालय काठमाडौंले अधिकतम ३ हजार ६ सय रुपैयाँ शुल्क लिन पाउने गरी सीमा तोकेको छ । विद्यालयले लिने शुल्कको शीर्षकसमेत खुलाउनुपर्ने छ । भर्ना, मासिक, वार्षिक र वर्षभरि गरिने अन्य विविध कार्यक्रममा लाग्ने शुल्क मात्रै लिन पाइनेछ । 
निर्वाचन आचारसंहिता पालना सम्बन्धमा थप नीतिगत निर्णय, मन्त्रीले निजी सवारी-साधनमा चढेरमात्रै दलको कार्यक्रममा जान पाउने(२०७३ चैत्र २३, बुधवार)
निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सहजता होस् भन्ने उद्देश्यले निर्वाचन आचारसंहिता पालना सम्बन्धमा थप नीतिगत निर्णय गरेको छ । आयोगको बुधबार बसेको बैठकले सरकारका मन्त्रीले राजनीतिक दलले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदा सरकारी सवारी-साधनको प्रयोग गर्न नपाइने नीतिगत निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
फोरम लोकतान्त्रिकसँग दुई पार्टीको एकीकरण(२०७३ चैत्र २३, बुधवार)
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक र दलित जनजाति पार्टीबीच बुधबार एकीकरण भएको छ । राजधानीमा आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, जनमुक्तिका अध्यक्ष शिवलाल थापा र दलित जनजातिका अध्यक्ष यशोदाकुमारी लामाले संयुक्तरुपमा पार्टी एकीकरण भएको घोषणा गरेका छन् ।
कांग्रेसले स्थानीय निर्वाचनमा पार्टीको प्रचार-प्रसारका लागि सातै प्रदेशमा आमसभा गर्ने (२०७३ चैत्र २१, सोमवार)
नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचार-प्रसारका लागि सातै प्रदेशमा शीर्ष नेताको सहभागितामा आमसभा गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको सोमबार बसेको बैठकले पार्टीको प्रचार-प्रसारका लागि सातै प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायत शीर्ष नेताको सहभागितामा आमसभा गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
मुग्लिन-नारायणगढ सडकखन्डको बाटो एकतर्फी सन्चालन, दुईजनाको मृत्यु(२०७३ चैत्र २१, सोमवार)
मुग्लिन-नारायणगढ सडकखन्डको घुमाउनेमा सोमबार सुक्खा पहिरो खस्दा केही सवारी-साधन पुरिएका छन् भने दुईजनाको मृत्यु भएको छ । सुक्खा पहिरो खस्दा पुरिएर मोटरसाइकलमा सवार सल्यानका रेशराज राना र भारतीय नागरिक विनयकुमार कोइरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एमालेमा एकजना व्यक्ति राज्यका तीन तहमध्ये एउटामा मात्रै उम्मेदवार बन्न पाउने निर्णय(२०७३ चैत्र २१, सोमवार)
नेकपा एमालेले एकजना व्यक्ति राज्यका तीन तहमध्ये एउटामामात्रै उम्मेदवार बन्न पाउने निर्णय गरेको छ । सोमबार बसेको एमाले स्थायी कमिटीको बैठकले स्थानीय तह, प्रदेशसभा र केन्द्रीय संसदमध्ये एउटा निर्वाचनमामात्रै एकजना व्यक्ति उम्मेदवार बन्न पाउने निर्णय गरेको हो ।
यो देशलाई खारेज गर्न माग गरेकी हिसिला यमीलाई गिरफ्तार गर अभियान सुरु(२०७३ चैत्र २१, सोमवार)
'यो देशलाई खारेज गर' भन्ने हिसिला यमीको अभिव्यक्ति विरुद्ध 'हिसिलालाई गिरफ्तार गर' भन्ने अभियान सुरु भएको छ ।
तीन दलबाट ९ जना प्रधानमन्त्री भइसक्दा पनि केही गर्न सकेनन्(२०७३ चैत्र २०, आइतवार)
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन ठूला दल असफल भएको दाबी गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ शक्तिका करिब ६ सय नेता-कार्यकतालाई पार्टी प्रवेश गराउन आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले तीन दलबाट ९ जना प्रधानमन्त्री भइसक्दा पनि केही गर्न नसकेको आरोप लगाए ।
आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि मतदाता नामावली स्वीकृत(२०७३ चैत्र २०, आइतवार)
निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार सो निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता कायम भएका छन् । वि.सं. २०७३ फागुन ९ गते १८ वर्ष उमेर पुगेका र निर्वाचन कार्यालयमा नाम दर्ता गराएका व्यक्तिलाई निर्वाचन आयोगले मतदाताकारुपमा मान्यता प्रदान गरेको छ ।
नलसिङगाड जलविद्युत् आयोजनामा भ्रष्टाचार गरेको आरोपमा निर्देशकसहित ६ जनाविरुद्ध मुद्दा दायर(२०७३ चैत्र २०, आइतवार)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिङगाड जलविद्युत् आयोजनामा भ्रष्टाचार गरेको आरोपमा आयोजनाका कार्यकारी निर्देशकसहित ६ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोजनाको विस्तृत् सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोटमा २७ करोड २४ लाख ५४ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
काठमाडौंमा वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने(२०७३ चैत्र २०, आइतवार)
काठमाडौं उपत्यकामा वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने भएको छ। काठमाडौं महानगरपालिका, यातायत व्यवस्था विभाग,ट्राफिक  प्रहरी र सरोकारवालाहरुको आज बसेको बैठकले नयाँ वर्षदेखि काठमाडौं उपत्यकामा हर्न बजाउन नपाइने नयाँ नियम लगाउने निर्णय गरेको छ। ध्वनी प्रदुषण बढेको भन्दै त्यसलाई कम गर्न सरोकारवाला निकायहरुले नयाँ नियम लगाउन लागेका हुन्। 
कांग्रेस नेता प्रकाशमान सिंहद्वारा स्थानिय निर्वाचनमा पार्टीलाई हरहालतमा बिजय गराउन काठमाडौका पदाधिकारी र क्षेत्रीय सभापतिहरुलाई कडा निर्देशन (२०७३ चैत्र २०, आइतवार)
नेपाल कांग्रेसका नेता प्रकाशमान सिंहले अागामी बैशाख ३१ गते हुने स्थानिय निर्वाचनमा पार्टीलाई हरहालतमा बिजय गराउन एक ढिक्का भएर लाग्न काठमाडौ   कांग्रेसलाई कडा निर्देशन दिनुभएको छ ।  अाज बिहान काठमाडौ जिल्ला सभापति जिल्लाका पदाधिकारी र  क्षेत्रीय सभापतिहरुकाे सामुहिक छलफलमा  कांग्रेस नेता प्रकाशमान सिहले हर हालतमा चुनाव जिताउन निर्देशन दिनुहुदै काठमाडौ सबै नगरपालिकाहरु  र  महानगरपालिकामा चुनाव जित्ने रणनितति तय गरेर बुथ समिति सम्म संगठन परिचालन गर्न समेत निर्देसन दिनु भएको हो ।
पोखरामा भीषण असिना-पानी, कास्कीमा चट्याङ लागेर एकको मृत्यु(२०७३ चैत्र १९, शनिवार)
कास्कीको छुम्रुङमा शनिबार दिउँसो चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा घर भइ हाल छुम्रुङमा बस्दै आएका १४ वर्षका बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । एक सातायता पोखरा आसपास क्षेत्रको मौसममा खराबी आएको छ । पोखरामा शनिबार पनि भीषण असिना-पानी परेको छ ।
कांग्रेसद्वारा स्थानीय निर्वाचन घोषणापत्र तयारी समितिलाई पूर्णता(२०७३ चैत्र १९, शनिवार)
नेपाली कांग्रेसले केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिलाई शनिबार पूर्णता दिएको छ । केन्द्रीय कार्यसमितिको गत आइतबारको बैठकको निर्णयानुसार गठित उक्त समितिलाई ३५ सदस्यीय बनाएर शनिबार पूर्णता दिइएको हो ।
नवलपरासीमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु, पाँच जना घाइते(२०७३ चैत्र १९, शनिवार)
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटरमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पश्चिमबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ३९९५ नम्बरको बसलाई सोही दिशातर्फ गुडिरहेको युपी ५८ टि ५४७ भारतीय ट्रकले ठक्कर दिएको इलाका प्रहरी नवलपुरले जनाएको छ ।
संसदीय टोली कन्चनपुर घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा(२०७३ चैत्र १७, विहीवार)
व्यवस्थापिका-संसद अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिले कन्चनपुरको पुनर्वास घटनामा घाइते भएका टिकाराम चापागाइँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । समितिले बिहीबार शिक्षण अस्पताल महारागन्जमा उपचाररत् चापागाइँलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो । चापागाइँलाई चैत १२ गते उपचारका लागि काठमाडौं ल्याएको हो ।