arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार
काठमाडौँ महानगरपालिकाको १६२ पदका लागि ८८७ जनाको उम्मेदवारी(२०७४ वैशाख २०, बुधवार)
काठमाडौँ महानगरपालिकाको १६२ पदका लागि ८८७ जनाको उम्मेदवारी परेको छ । वैशाख ३१ गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मङ्गलबार रातिसम्म चलेको उम्मेदवारी दर्ताका क्रममा १६२ पदका लागि ८८७ जनाको उम्मेदवारी परेको हो । मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले प्रमुखमा २८, उपप्रमुखमा १३ र विभिन्न वडाका अध्यक्ष र सदस्यमा ८४६ जनाको उम्मेदवारी परेको जानकारी दिए। 
स्थानीय निर्वाचनका लागि सम्बन्धित प्रदेशका सबै विद्यालय वैशाख २५ देखि ३१ गतेसम्म बिदा हुने(२०७४ वैशाख २०, बुधवार)
स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित प्रदेशका सबै विद्यालय यही वैशाख २५ देखि ३१ गतेसम्म बिदा हुने भएका छन् । यही वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्बर-३, ४ र ६ मा स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचन आयोगको आग्रह र शिक्षा मन्त्रालयको निर्देशनमा चार दिन विद्यालयमा बिदा दिने निर्णय भएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए ।
म्याग्दीमा कांग्रेसका १० उम्मेदवार निर्विरोध निर्वाचित(२०७४ वैशाख २०, बुधवार)
यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मङ्गलबार भएको उम्मेदवारको मनोनयन दर्ता गर्ने क्रममा म्याग्दीमा अन्य दलका उम्मेदवारले मनोनयन दर्ता नगरेपछि रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडामा नेपाली कांग्रेसका १० उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । 
आगामी साउन १ देखि निकासी-पैठारी संकेत नम्बर अनिवार्य(२०७४ वैशाख १९, मंगलवार)
सरकारले आगामी साउन १ गतेदेखि निकासी-पैठारी संकेत नम्बर (एक्जिम कोड) अनिवार्य गर्ने भएको छ । सरकारले एक्जिम कोडसम्बन्धी कार्यविधि २०७३ लागू गरी सामग्री आयात गर्दा एक्जिम कोड अनिवार्य लिनुपर्ने व्यवस्था गरेको हो । भन्सार विभागले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी निकासी तथा पैठारी गर्ने व्यक्तिले अनिवार्यरुपमा संकेत नम्बर लिनुपर्ने व्यवस्था गरेको जनाएको हो ।
काठमाडौं महानगरपालिकाको मेयरमा २१ र उपमेयरमा १२ जनाले उम्मेदवारी (२०७४ वैशाख १९, मंगलवार)
वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिका मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ । काठमाडौमा निर्वाचनका लागि ४७ दल दर्ता भएका थिए । काठमाडौं महानगरपालिकाको मेयरमा २१ र उपमेयरमा १२ जनाले उम्मेदवारी दिएका छन् ।
स्थानीय तह चुनावका उम्मेदवार मनोनयनसँगै काठमाडौं उपत्यकाको सुरक्षाव्यवस्था थप कडा(२०७४ वैशाख १९, मंगलवार)
स्थानीय तह चुनावका उम्मेदवार मनोनयनसँगै काठमाडौं उपत्यकाको सुरक्षाव्यवस्था थप कडा पारिएको छ । महानगरीय प्रहरी परिसर कार्यालय रानीपोखरीका अनुसार उपत्यकाका तीन जिल्लामा मात्रै ६ हजार ९ सय ८० प्रहरी र ४ हजार २ सय ६८ म्यादी प्रहरी खटाइएको छ । 
पोखरा, भरतपुर र हेटौंडामा एमाले उम्मेदवारको टुंगो लाग्यो(२०७४ वैशाख १८, सोमवार)
प्रमुख प्रतिपक्षी नेकपा एमालेको सोमबार बसेको स्थायी समिति बैठकले पोखरा, भरतपुर र हेटौंडाका लागि मेयर तथा उपमेयरको नाम टुंगो लगाएको छ। पोखराका महानगरपालिकाका लागि मेयरमा मानबहादुर जिसी र उपमेयरमा मञ्जु गुरुङको नाम टुंगो लागेको छ। 
राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने(२०७४ वैशाख १८, सोमवार)
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्तावप्रति गम्भीर असहमति जनाउँदै राप्रपाको सोमबार(आज) साँझ बसेको वैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको विरोध प्रर्दशन(२०७४ वैशाख १८, सोमवार)
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको विरोध सोमबार प्रर्दशन भएको छ । नयाँ शक्ती, साझा पार्टी, विवेकशील नेपाली, सुशासनका लागि नागरिक अभियान, महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाललगायतले सडकमै उत्रेर महाअभियोगको विरोध गरेका हुन् । 

राष्ट्रिय जनमोर्चा र नयाँ नेपाल राष्ट्रिय पार्टी बीच एकता (२०७४ वैशाख १८, सोमवार)
राष्ट्रिय जनमोर्चा र नयाँ नेपाल राष्ट्रिय पार्टी बीच एकता भएको छ । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर दुई पार्टीहरुवीच एकताको घोषणा गरेका छन् । जनमोर्चाकी नेता एवम सांसद दुर्गा पौडेलले सरकारले ल्याएको परिमार्जनसहितको संशोधन प्रस्तावलाई राष्ट्रिय हितको विपरितमा रहेको आरोप लगाएकी छिन् । 

नेपाली सेनाद्वारा विकसित घटनाक्रमको समीक्षा गर्दै सुरक्षा सतर्कता अपनाउने निर्णय(२०७४ वैशाख १८, सोमवार)
नेपाली सेनाले देशमा विकसित घटनाक्रमको समीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा बसेको उच्च सैनिक अधिकारीहरुको आकस्मिक बैठकले वर्तमान परिस्थितिको बिशेषण गर्दै सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो ।
श्रमिक महिला को श्रम शोषण अन्त्य गर भन्ने माग सहित श्रमिक दिवस मनाइयो (२०७४ वैशाख १८, सोमवार)
१२८ औँ अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा पहिचान, सम्मान, सुरक्षा र समानता, सम्पूर्ण श्रमिक एक हुन गरौँ प्रतिबद्धता भन्ने नारा सहित अनौपचारिक तथा मनोरञ्जन क्षेत्र (दोहरी साँझ , डान्स रेष्टुरेण्ट, मसाज पार्लर, खुला तथा क्याविन रेष्टुरेन्ट ) मा कार्यरत श्रमिक महिलाहरुको अगुवाई तथा विभिन्न संघ, संस्था, संजालहरुको संयुक्त आयोजनामा अनौपचारिक तथा मनोरन्जन क्षेत्रलाई व्यवस्थित र यस क्षेत्रमा कार्यरत श्रमिक महिला उपरको श्रम शोषण अन्त्य गर भन्ने माग सहित विभिन्न साँस्कृतिक प्रस्तुति सहितको कार्यक्रम आयोजना तथा रातो रिवन अभियान सुरुवात गरिएको छ ।
एमालेद्वारा पार्टी घोषणापत्र सार्वजनिक(२०७४ वैशाख १८, सोमवार)
स्थानीय तहको चुनावका लागि मनोनयनको दुई दिनअघि एमालेले पार्टी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । एमालेले उपाध्यक्ष वामदेव गौतमको अध्यक्षतामा घोषणापत्र लेखन समिति गठन गरेको थियो ।
आज अन्तर्राष्ट्रिय मजदुर दिवस, नेपालमा विभिन्न कार्यक्रम गरी मनाइदैँ(२०७४ वैशाख १८, सोमवार)
आज मे १ अर्थात १२७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गर्दे मे १ मनाउन लागेका हुन् । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ ।
सुडान घोटाला काण्डमा नेपाल प्रहरीका तीन प्रमुखलाई जेल सजाय(२०७४ वैशाख १७, आइतवार)
सर्वोच्च अदालतले सुडान घोटाला काण्डमा नेपाल प्रहरीका तीन प्रमुखलाई जेल सजाय सुनाएको छ । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएकै दिन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सुडान काण्डमा फैसला सुनाएको हो । सर्वोच्चले विशेष अदालतले फैसलामा उल्टाउँदै पूर्व प्रहरी प्रमुख ओमविक्रम राणा, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई दोषी ठहर गरेको हो ।
गृहमन्त्री निधिद्वारा प्रधानन्यायाधीश विरूद्धको महाभियोग प्रस्ताव प्रतिआपत्ति जनाउँदै पदबाट राजीनामा (२०७४ वैशाख १७, आइतवार)
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन्। सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ति जनाउँदै पदबाट राजीनामा दिएका छन्।

बिनाअक्सिजन नयाँ बाटो बनाउँदै सगरमाथा चढ्ने प्रयास गर्दा स्वीस मेसिनको आरोहणकाक्रममा मृत्यु(२०७४ वैशाख १७, आइतवार)
स्वीस मेसिनको नामले चिनिने चर्चित पर्वतारोही उइली स्टेकको सगरमाथा आरोहणकाक्रममा मृत्यु भएको छ । बिनाअक्सिजन नयाँ बाटो बनाउँदै सगरमाथा चढ्ने प्रयास गर्दा वातानुकूलित हुन नसक्दा दुर्घटनामा परेपछि उनको ज्यान गएको हो । शनिबार (हिजो) उनको शरीर हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ ।
एमालेद्वारा कांग्रेस र माओवादी केन्द्रका नेताहरु भ्रष्टाचारबाट उम्कन प्रधानन्यायाधीशविरुद्ध महाअभियोग ल्याएको आरोप(२०७४ वैशाख १७, आइतवार)
एमालेले सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका नेताहरु भ्रष्टाचारबाट उम्कन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग ल्याएको आरोप लगाएको छ । एमाले सचिव योगेश भट्टराईले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको भर्त्सना गर्दै सत्तारुढ पार्टीले संसदको अधिकारलाई दुरुपयोग गरेको बताए । नाङ्लो ठटाएर हात्ती तर्साउने प्रयास भएको छ, उनले भने, एमालेले त्यसविरुद्ध डटेर सामना गर्छ । 
मोरङको उर्लाबारी-वरडंगा सडकखन्डमा सडक दुर्घटनामा परी दुईजनाको मृत्यु(२०७४ वैशाख १७, आइतवार)
मोरङको उर्लाबारी-वरडंगा सडकखन्डमा आइतबार अपराह्न भएको सडक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीकाअनुसार को१ख ३५९३ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको मे३प ३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी-८ का २१ वर्षीय सागर रुचाल र सोही ठाउँका ३२ वर्षीय सूर्यबहादुर विकको मृत्यु भएको हो ।
स्थानीय निर्वाचन नजिकिँदै गर्दा आचारसंहिता उल्लंघनका १३ सय ५० भन्दा बढी उजुरी(२०७४ वैशाख १७, आइतवार)
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आचारसंहिता उल्लंघनका उजुरीसमेत निर्वाचन आयोगमा आउन थालेका छन् । गत फागुन १८ गतेदेखि लागू भएको आचारसंहिता उल्लंघनसम्बन्धी १३ सय ५० भन्दा बढी उजुरी आयोगमा परेका छन् । तर, निर्वाचन नै प्रभावित हुने गरी आचारसंहिता उल्लंघनका घटनाको उजुरी भने आयोगमा परेका छैनन् ।
कांग्रेस र माओवादीद्वारा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता(२०७४ वैशाख १७, आइतवार)
सत्तारुढ कांग्रेस र माओवादीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका छन् । कांग्रेस सांसद मिन विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतसहितका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् । प्रस्तावमा २४९ सांसदले हस्ताक्षर गरेका छन् ।
संविधान संशोधन प्रस्तावमाथि सत्तारुढ दल र मधेसी मोर्चाकातर्फबाट संयुक्त संशोधन प्रस्ताव दर्ता (२०७४ वैशाख १७, आइतवार)
व्यवस्थापिका-संसदमा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि सत्तारुढ दल र मधेसी मोर्चाकातर्फबाट संयुक्त संशोधन प्रस्ताव दर्ता भएको छ ।  सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा राति अबेरसम्म सत्तारुढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी मोर्चाका नेताबीचको बैठकले संशोधनको विषय टुङ्गो लगाएपछि संशोधन प्रस्ताव दर्ता भएको हो । मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरमले भने छुट्टै संशोधन प्रस्ताव दर्ता गराएको छ ।
कांग्रेसका शीर्ष नेताहरुद्वारा स्थानीय तहलाई सुदृढ गर्न निर्वाचन जित्नैपर्ने भन्दै प्रचारमा लाग्न कार्यकर्तालाई निर्देशन(२०७४ वैशाख १६, शनिवार)
नेपाली कांग्रेसका शीर्ष नेताहरुले स्थानीय तहलाई सुदृढ गर्न नेपाली कांग्रेसले निर्वाचन जित्नैपर्ने भएकाले सोहीअनुसार प्रचारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । स्थानीय तह निर्वाचनका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका शीर्ष नेताहरुले कांग्रेस कमजोर हुँदा २०६४ सालमा संविधान बन्न नसकेको र २०७० को निर्वाचनमा कांग्रेस बलियो हुँदा मुलुकले संविधान पाएको भन्दै स्थानीय तहलाई सम्मृद्ध बनाउन पनि कांग्रेसले निर्वाचन जित्नैपर्ने दाबी गरे । 
भारतीय एसएसबीको गोली लागेर मृत्यु भएका नेपाली नागरिकले ८ वर्षपछि क्षतिपूर्ति पाउने(२०७४ वैशाख १६, शनिवार)
भारतीय एसएसबीका जवानले प्रहार गरेको गोली लागेर मृत्यु भएका नेपाली नागरिकले ८ वर्षपछि क्षतिपूर्ति पाउने भएका छन् । बाराको मटिअर्वा घर भएका ५० वर्षीय मुकुन्द राय यादवको वि.सं. २०६६ साल असोज १७ गते भारतको बिहार, जमुनियानजिकै एसएसबीले चलाएको गोली लागेर मृत्यु भएको थियो । 
एमालेकी शान्ता र कांग्रेसकी मनिताले गरे संयुक्त गुहार(२०७४ वैशाख १६, शनिवार)
सामाजिक राजनीतिक अभियन्ताका रुपमा चर्चित शान्ता चौधरी र मनिता घिमिरेले संयुक्त रुपमा एक अपिल जारी गर्दै मुख्य तीन पार्टीहरुलाई गुहार लगाएका छन् । उनीहरुको अपिल छ- जनताको भोट हाल्ने अधिकार रक्षा गरिदिन गुहार लगाउँदछौं । उनीहरुले अपिलमा कांग्रेस, एमाले र माओवादीलाई चुनाव गराउने मामिलामा विभाजित नहुन अपिल गरेका छन् । शान्ता एमाले हुन् भने मनिता कांग्रेसकी हुन् । यी दुई लगायतले पार्टीभन्दा माथि उठेर देशका लागि गरौं भन्दै विभिन्न सामाजिक राजनीतिक अभियान चलाउन थालेका छन् । 
संशोधन र चुनाव अघि बढाउन दलहरू सहमत(२०७४ वैशाख १५, शुक्रवार)
संविधान संशोधन, स्थानीय तहको निर्वाचन र आगामी आर्थिक वर्षको बजेटका विषयमा दलहरुबीच मिश्रित धारणा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले डाकेको सर्वदलीय बैठकमा शुक्रबार मधेसी मोर्चासँगको सहमति अनुसार सरकारले संविधान संशोधन परिमार्जनसहित पारित गर्ने, निर्वाचनलाई दुई चरणमा सम्पन्न गर्ने तथा आगामी बजेटको विषयमा छलफल भएको थियो।
काठमाडौंमा जथाभावी बाटो काट्नेलाई २ सय रुपैयाँ जरिवना गर्ने(२०७४ वैशाख १५, शुक्रवार)
तपाईं जथाभावी बाटो काट्दै हुनुहुन्छ ? याद गर्नुहोला रु २०० जरिवानामा पर्नुहोला ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्नेलाई २ सय रुपैयाँ जरिवना गर्नेभएको छ । 
सरकार र विद्यार्थी संगठनबीच सहमति, बढाएको शुल्क फिर्ता नलिए दर्ता खारेज हुने(२०७४ वैशाख १५, शुक्रवार)
 निजी विद्यालयहरुले बढाएको शुल्क फिर्ता लिने सहमति भएपछि विद्यार्थी संगठनहरुले शुल्कवृद्धिविरुद्ध गरेको आन्दोलन शुक्रबार फिर्ता लिएका छन् । शुल्क फिर्ता नलिने विद्यालयहरुको दर्ता खारेजी गर्ने सहमति भएको विद्यार्थी नेताहरुले बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा सेना परिचालन हुने(२०७४ वैशाख १४, विहीवार)
राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्थानीय निकायको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान भएको छ । स्थानीय तहको आगामी वैशाख ३१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार संविधानबमोजिम राष्ट्रपतिबाट स्वीकृति प्रदान भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय निर्वाचनको अनुगमन गर्ने(२०७४ वैशाख १४, विहीवार)
राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तह निर्वाचनको अनुगमन गर्ने भएको छ । यसै सातादेखि खटिने आयोगका मानव अधिकार अधिकृतसहितको टोलीले निर्वाचनअघि, निर्वाचनको समय र निर्वाचनपश्चात् गरी तीन चरणमा मानव अधिकारको सुनिश्चितता सम्बन्धमा देशभर अनुगमन गर्नेछ । अनुगमनका लागि आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीको संयोजकत्वमा मानव अधिकार अनुगमन तथा समन्वय समिति निर्माण गरिएको छ ।