arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार
तराई क्षेत्रमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण कैलालीका सामुदायिक विद्यालयहरु बन्द(२०७४ पौष २४, सोमवार)
तराई क्षेत्रमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण कैलालीका सामुदायिक विद्यालयहरु बन्द गरिएका छन् । कैलालीमा अब पुस महिनाभरि सामुदायिक विद्यालय बन्द रहने जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले जानकारी दिए । चिसो बढिरहेकाले पुस मसान्तसम्मका लागि सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए ।
एमाले र माओवादी केन्द्र पार्टी एकताबारे आन्तरिक छलफलमा(२०७४ पौष २४, सोमवार)
पार्टी एकताका विषयमा छलफल गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्र आज आन्तरिक गृहकार्यमा जुटेका छन् । दुई दलका अध्यक्षबीच पार्टी एकता प्रक्रियालाई छिट्टै टुंगो लगाउने सहमति भएपछि आज दुवै दलका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
धनकुटामा प्रादेशिक राजधानीको माग राख्दै विगत ६ दिनदेखिको आमहड्ताल जारी(२०७४ पौष २४, सोमवार)
धनकुटामा प्रादेशिक राजधानीको माग राख्दै विगत ६ दिनदेखिको आमहड्ताल आज पनि जारी रहेको छ । प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउनु पर्ने मुख्य मुद्दा बनाएका धनकुटावासीले झन्डै एक महिनादेखि आन्दोलनमा विभिन्न गतिविधि गर्दै आएका छन् ।
पर्वतमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो(२०७४ पौष २४, सोमवार)
पर्वतमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्वतको परिवार नियोजन शाखाका अनुसार आर्थिक बर्ष २०७३-७४ मा १ हजार १ सय ५४ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।
जनजीवन कष्टकर बन्दै गएपछि धनकुटामा जारी आमहड्ताललाई केही खुकुलो(२०७४ पौष २३, आइतवार)
निरन्तरको बन्दले कोशी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएपछि धनकुटामा जारी आमहड्ताललाई केही खुकुलो बनाइएको छ । पाँच दिनदेखि जारी आमहड्ताललाई केही खुकुलो बनाउँदै बेलुका ५ बजेदेखि बिहान ८ बजेसम्म सवारी साधन सञ्चालन गर्न दिइने भएको हो ।
अत्याधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु(२०७४ पौष २३, आइतवार)
पछिल्लो केही दिनयता बढेको अत्याधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण गएराति गोलबजार नगारपालिका-४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार-२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको हो ।
मोरङको राधानगरमा रहेको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न माग(२०७४ पौष २३, आइतवार)
मोरङको बाहुनी १० स्थित राधानगरमा रहेको भनिएको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् । गौचरणमा प्रयोग भइरहेको पेट्रोल खानीमा पेट्रोल भए उत्खनन गर्न र नभए त्यही जग्गामा उद्योगधन्दा चलाउन स्थानीयले मोरङ–३ बाट निर्वाचित सांसद भानुभक्त ढकालसँग माग गरेका हुन् ।
व्यवसायीको हत्याको विरोधमा अनिश्चितकालिन रुपन्देही बन्दको आहवान(२०७४ पौष २२, शनिवार)
युवा व्यवसायी वसन्त पौडेलको हत्याको विरोधमा रुपन्देही बन्द गरिएको छ । युवा संघ तथा अनेरास्ववीयु रुपन्देहीले हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनिश्चितकालिन रुपन्देही बन्दको आहवान गरेका हुन् । युवा व्यवसायी वसन्त पौडेलको हत्याको विरोधमाशनिबार रुपन्देही बन्द गरिएको छ ।
जाजरकोटमा रुघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु, तीनसय बढी विरामी(२०७४ पौष २२, शनिवार)
जाजरकोटमा एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु भएको छ । रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका- २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ वर्षीय सतरुप शाही र ६२ वर्षीया आइती तिरुवाको मृत्यु भएको स्वास्थ्यचौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताए । नाथको बुधबार र शाहीको बिहीबार मृत्यु भएको हो ।
धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउनुपर्ने माग गर्दै गरेकोे आमहड्ताल जारी(२०७४ पौष २२, शनिवार)
धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटाबासीले सुरु गरेकोे आमहड्ताल आज चौथो दिन पनि जारी छ । आन्दोलनकारीले आजबाट बजार, यातायातसहित शैक्षिक संघसंस्था, वित्तीय संघ संस्था, गैसस, सरकारी कार्यालयसँगै जिल्लाका सात वटै स्थानीय तह ठप्प पारेका छन् ।
प्रदेश नम्बर-५ को राजधानी कपिलवस्तुमा हुनुपर्ने माग गर्दै आन्दोलन सुरु(२०७४ पौष २१, शुक्रवार)
 प्रदेश नम्बर-५ को राजधानी कपिलवस्तुमा कायम हुनुपर्ने माग गर्दै आन्दोलन सुरु भएको छ । प्रदेशको अस्थायी राजधानी कपिलवस्तुमा तोक्न माग गर्दै आन्दोलन थालिएको हो । बिहीबार सदरमुकाम तौलिहवामा दुई घन्टा चक्काजाम गरिएको छ । बिहान ११ देखि अपराह्न १ बजेसम्म तौलिहवाको प्रशासनचोक, आन्दोलनचोक र गौडीचोकमा चक्काचाम गरिएको हो ।
सिन्धुलीका भूकम्पपीडितले अझै घर बनाउन सकेनन् (२०७४ पौष २१, शुक्रवार)
सिन्धुली जिल्लाका भूकम्पपीडितले अझै घर बनाउन सकेका छैनन् । सरकारले पुस मसान्तसम्म भूकम्प प्रतिरोधी घरको जग बनाएर दोश्रो किस्ता लिन समय तोके पनि सरकारी रवैयाका कारण उनीहरुले घर बनाउन नसकेका हुन् । भूकम्प प्रतिरोधी घर निर्माणका लागि स्थानीय तहमा नक्शा तयार गर्न र प्राविधिकको सहयोग लिन गएका पीडितलाई सिन्धुली जिल्लाका नगरपालिका र गाउँपालिकाका प्राविधिकहरुले सल्लाहसमेत दिन भ्याएका छैनन् ।
शितलहरका कारण सप्तरीको जनजिवन कष्टकर, ३ जनाको मृत्यु, विद्यालय बन्द(२०७४ पौष २०, विहीवार)
पछिल्लो पाँचदिन यता चिसो हावासंगै बढेको शितलहरका कारण सप्तरीको जनजिवन कष्टकर भएको छ । जाडोका कारण जिल्लामा ३ जनाको मृत्यु भएको छ भने स्वास्थ्य संस्थाहरुमा पनि बिरामीको चाप बढेको छ । खासगरी विपन्न बस्तीहरुमा न्यानो लुगाको अभावमा जाडो छल्न संकट उत्पन्न भएको छ । 
तौलिहवा अस्पतालमा नवजात शिशु सघन कक्ष सञ्चालनमा ल्याइने(२०७४ पौष १९, बुधवार)
कपिलवस्तुको तौलिहवा अस्पतालमा नवजात शिशु सघन कक्ष सञ्चालनमा ल्याइने भएको छ । आगामी एक महिनाभित्र शिशु सघन कक्ष सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ । फेयरमेड संस्थाको सहयोगमा नवजात शिशुका लागि सघन कक्ष सुरु गर्न लागिएको अस्पतालका अध्यक्ष बिजय जैसवालले जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयद्वारा मन्त्रीका भ्रमण खर्च भुक्तानी रोक्का(२०७४ पौष १९, बुधवार)
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरकारका उपप्रधानमन्त्रीसहित सबै मन्त्रीको भ्रमण तथा अनुगमन खर्चवापतको भुक्तानी रोक्का गरेको छ । प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुको भ्रमण बिल भुक्तानी रोक्का गरेपछि कार्यालयको आर्थिक प्रशासन शाखामा तीन सातादेखि झण्डै पाँच दर्जन मन्त्रीहरुको भ्रमण बिलको खात लागेको छ ।
कपिलवस्तुमा एउटै वडाका दुईजना महिला बेपत्ता, दुवैका पति वैदेशिक रोजगारीमा(२०७४ पौष १९, बुधवार)
यहाँ एउटै वडाका दुई जना महिला बेपत्ता भएका छन् । बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका दुईजना महिला १४ दिनदेखि बेपत्ता भएका हुन् । बक्सीसपुर टोलमा घर भएकी २२ वर्षीया गीता गुरुङ यही मंसिर २४ गतेदेखि र भलवाड घर भएकी राधा नेपाली परियार पुस ५ गतेदेखि बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ । 
मुस्ताङको जोमसोम बजारमा हिउँ परेपछि जनजीवन कष्टकर(२०७४ पौष १८, मंगलवार)
मुस्ताङको सदरमुकाम जोमसोम बजारमा मंगलबार बिहानदेखि हिउँ परेको छ । जोमसोम वरपरका टुकुचे, कोवाङ, लेते, मार्फा, ठिनी, कागवेनीलगायत क्षेत्रमा हिमपात भइरहेको छ । जोमसोममा भन्दा अन्य गाउँबस्ती र उच्च पहाडमा अत्यधिक परेको जोमसोम विमानस्थल ताप मापन केन्द्रले जनाएको छ । ५ दिनदेखि जोमसोमको न्युनतम तापक्रम माइनस ७ डिग्री सेन्टिग्रेडमा झरेको छ ।

रातमा बन्द नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन यस्तो छ नयाँ समय तालिका(२०७४ पौष १८, मंगलवार)
चितवनको नारायणगढ-मुग्लिन सडक आज(मंगलबार)देखि रातमा बन्द हुने भएको छ । सडक निर्माणलाई तिब्रता दिन आज राति १० बजेदेखि भोलि विहान ४ बजेसम्म सडकमा गाडी चलाउन नदिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।
शीतलहर र बढ्दो चिसोका कारण बारामा विद्यालय बन्द (२०७४ पौष १८, मंगलवार)
केही दिनदेखिकोे शीतलहर र बढ्दो चिसोका कारण बारामा पाँचदिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंहको अध्यक्षतामा आइतबार बसेको शिक्षा समितिको बैठकले पाँचदिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु साहले जानकारी दिए ।
जुम्ला कारागारमा खानेपानीको चरम अभाव(२०७४ पौष १८, मंगलवार)
जुम्ला कारागारमा खानेपानीको चरम अभाव भएको छ । चार महिनादेखि जुम्ला कारागारका कैदीबन्दीले तिला नदीको दुषित पानी पिउँदै आएका छन् । दुषित पानी पिउँदा कैदीवन्दी, सुरक्षाकर्मी र कारागारका कर्मचारीलाई विभिन्न रोगको संक्रमण देखिन थालेको छ ।
पेट्रोलियम पदार्थ, ग्यासको मूल्य फेरि बढ्यो(२०७४ पौष १८, मंगलवार)
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमको हिजो(सोमबार) साँझ बसेको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।
सरकारले मजदूरको मासिक ज्याला न्यूनतम रु १५ हजार तोक्न पहल गर्ने (२०७४ पौष १६, आइतवार)
प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला रु १५ हजार तोक्नुपर्ने बताउँदै त्यसका लागि सरकारले पहल गर्ने बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आइतबार राजधानीमा ‘चौथो राष्ट्रिय ट्रेड युनियन सम्मेलन’ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिले सरकारले तोकेको मजदूरको न्यूनतम ज्याला नौ हजार ७०० धेरै कम भएको टिप्पणी गर्दै भने, 'मजदूरले पाउने मासिक रकमबाट कम्तीमा पनि उसको सानो परिवार पाल्नसक्ने हुनुपर्छ ।'
निर्वाचन सामग्रीहरु तत्काल हटाउन राजनीतिक दल तथा उम्मेदवारहरुलाई आयोगको निर्देशन(२०७४ पौष १६, आइतवार)
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको क्रममा प्रचारप्रसारका लागि प्रयोग गरिएका निर्वाचन सामग्रीहरु तत्काल हटाउन राजनीतिक दल तथा उम्मेदवारहरुलाई निर्देशन दिएको छ । निर्वाचन सकिएको लामो समय हुँदा पनि कतिपय उम्मेदवार तथा राजनीतिक दलले आफ्ना प्रचार सामग्री नहटाएको पाइएको भन्दै आयोगले आइतबार यस्तो निर्देशन दिएको हो ।
बुटवलमा औद्योगिक प्रदर्शनी-२०७४को रौनक(फोटो फिचर) (२०७४ पौष १५, शनिवार)
रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा पुष ६ गतेदेखि जारी १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव-२०७४ मा सञ्चालन गरिएको प्रथम आरसिआई खुल्ला लिग भलिवल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिवल क्लब ए ले हात पारेको छ । प्रतियागिता अन्तरगत शुक्रवार बुटवल मण्डपमा भएको फाइनलमा मणिमुकुन्दले लाफा निलो, बुटवललाई ३-१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
यस्तो छ राजधानी बाहिरको पहिलो रुपन्देहीको पाँचतारे होटल(फोटो फिचर) (२०७४ पौष १५, शनिवार)
रुपन्देहीको कोटिहवामा पाँचतारे टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएको छ । हङकङको सिल्भर हेरिटेज गु्रपको ५ अर्ब २० करोड लागतमा रिसोर्ट सञ्चालनमा आएको हो । रिसोर्टको फूलफेज सञ्चालन भने अझै दुई महिना लाग्नेछ । तिलोत्तमा नगरपालिकाको कोटिहवामा १५ विघा क्षेत्रफलमा बनेको रिसोर्ट काठमाडौं बाहिरको सबैभन्दा ठूलो लगानी भएको संरचना हो ।
बहुचर्चित 'गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी' सडक योजना पूरा गर्ने काम तीव्र (२०७४ पौष १५, शनिवार)
राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित 'गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी' सडक योजनाको काम तोकिएको समयभित्र पूरा गर्ने काममा तीव्र बनाइएको छ । काम शुरु भएको एक वर्षमा १० प्रतिशत मात्र सम्पन्न भएपछि तोकिएको लक्ष्य पूरा गर्न यही पुस १ गतेदेखि दैनिक आठ घण्टा सवारीसाधन सञ्चालनमा रोक लगाएर काममा दिइएको तीव्रताले पछिल्लो समय प्रगति उत्साहजनक रहेको योजना प्रमुख सुबोध देवकोटाले जानकारी दिए ।
सिन्धुलीको कमलामाई क्षेत्रमा सडक अतिक्रमण हुँदा दुर्घटनाका घटनामा वृद्धि(२०७४ पौष १३, विहीवार)
बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रमा सडक अतिक्रमण हुँदा दुर्घटनाका घटनामा वृद्धि भएको छ । पछिल्ला तीन महिना यता यो सडकमा ३० वटाभन्दा बढी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कमलामाई नगरपालिकाको गौमती नदी पुलदेखि हिरापानीसम्मको करिव ६ किलोमिटर क्षेत्रमा सडक अतिक्रमण बढेको हो ।
नारायणगढ-मुग्लिन सडकखन्डमा पुस १८ गतेदेखि राति यातायात बन्द गरिने(२०७४ पौष १३, विहीवार)
नारायणगढ-मुग्लिन सडकखन्डमा यही पुस १८ गतेदेखि राति यातायात बन्द गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडकखन्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो ।
देशभर चिसो बढ्यो, पश्चिमी क्षेत्रमा मौसम बदली हुने(२०७४ पौष १३, विहीवार)
राजधानीलगायत देशभर चिसो बढेको छ । दुई साताअघि राजधानीमा न्यूनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको थियो भने त्यसपछि क्रमिक रुपमा यसको स्तर बढ्दै जाँदा केही राहत मिलेको थियो । केहीदिन यता न्यूनतम तापक्रम घट्न थालेको छ ।
उदयपुरमा निर्वाचनअघि विस्फोटमा संलग्न विप्लव समूहका दुई नेता जेल चलान(२०७४ पौष १२, बुधवार)
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सो पार्टीका जिल्ला सेक्रेटरी बाबुराम सुवेदी र अर्का सदस्य बलबहादुर मगरलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धित मुद्दामा जेल चलान गरिएको हो ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736