arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार
गोरखामा माओवादी केन्द्रका कार्यकर्ताद्वारा नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण(२०७४ वैशाख २३, शनिवार)
नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा हिँडेका नेता-कार्यकर्तालाई बाटो छेकेर नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको नयाँ शक्ति पार्टीले आरोप लगाएको छ । गोरखा नगरपालिका-९ लक्ष्मीबजारमा शनिबार साँझ माओवादी केन्द्रको आक्रमणबाट नयाँ शक्तिका कार्यकर्ता सुवास कुमाल, भीमबहादुर कुमाल, तिलक रम्तेल र दीपक कुमाल घाइते भएका छन् । उनीहरुको गोरखा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
सबैभन्दा बढी उमेरमा कीर्तिमान कायम गर्न सगरमाथाको आधार शिविर पुगेका मीनबहादुर शेरचनको निधन(२०७४ वैशाख २३, शनिवार)
सबैभन्दा बढी उमेरमा सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्न सगरमाथाको आधार शिविर पुगेका मीनबहादुर शेरचनको शनिबार निधन भएको छ । ७६ वर्षको उमेरमा सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गरेका शेरचनको कीर्तिमान जापानका आरोहीले तोडेपछि फेरि नयाँ कीर्तिमान राख्न उनी यसपटक त्यसतर्फ पुगेका थिए । उनी अहिले ८६ वर्षका थिए । 
मध्यपुर थिमि नगरपालिकामा राजनीतिक दलहरुको चुनावी प्रचार तीव्र (२०७४ वैशाख २३, शनिवार)
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै मध्यपुर थिमि नगरपालिकामा राजनीतिक दलहरुले चुनावी प्रचारलाई तीव्र पारेका छन् । चुनाव प्रचारका क्रममा कडा प्रतिस्पर्धामा रहेका काँग्रेस र एमालेले घरदैलो अभियान नै सुरु गरेका छन् । काँग्रेस र एमालेले घरदैलो अभियान सञ्चालन गरेर भोट माग्न थालेका छन् । 
काठमाडौँमा स्थानीय निर्वाचनका लागि तीन हजार पाँच सय प्रहरी परिचालन(२०७४ वैशाख २३, शनिवार)
महानगरीय प्रहरी परिसर टेकुले काठमाडौँमा हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार पाँच सय प्रहरी परिचालन गर्ने भएको छ ।  यही वैशाख ३१ गते हुने निर्वाचनका लागि छ सय ८७ मतदान केन्द्रको निर्वाचनका लागि ती प्रहरी परिचालन गर्न लागिएको परिसरका प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले जानकारी दिए । उनले भने, 'काठमाडौँमा धेरै निर्वाचन केन्द्रका साथै संवेदनशील स्थान भएकाले उक्त सङ्ख्यामा प्रहरी परिचालन गर्न लागेका हौँ, यसका अलावा दुई हजार सात सय ५८ म्यादी प्रहरीसमेत परिचालन गछौँ ।
संघीय गठबन्धनद्वारा स्थानीय निर्वाचनमा सहभागी भएको भन्दै संयोजक उपेन्द्र यादवलाई निष्काशन(२०७४ वैशाख २३, शनिवार)
दल सम्मिलित संघीय गठबन्धनले स्थानीय निर्वाचनमा सहभागी भएको भन्दै संयोजक उपेन्द्र यादवलाई निष्काशन गरेका छन् । राष्ट्रिय जनता पार्टी, नेपालको विजुलीबजारस्थित कार्यालयमा बसेको बैठकले संविधान संशोधन नभई स्थानीय चुनावमा भाग लिएको भन्दै कारबाही गरेको हो । बैठकले नयाँ संयोजकमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई चयन गरेको छ ।

रोल्पामा सात महिनामा १५ गर्भ तुहियो , प्रसूतिमा समस्या भएपछि नवजात शिशुको मृत्यु(२०७४ वैशाख २३, शनिवार)
सुत्केरी हुन जिल्ला स्वास्थ्य कार्यालय रोल्पा आएकी जंकोट-९ रोल्पाकी ३० वर्षीया खुमीसरा वलीको नवजात शिशुको शुक्रबार (हिजो)प्रसूति गराउने क्रममा निधन भएको छ । शिशु जन्मन एक हप्ता बाँकी रहेकै बेला शुक्रबार (हिजो) राति करिब १ बजेदेखि प्रसवपीडा भएपछि बिहान परिवारका साथमा वलीलाई जिल्ला अस्पताल ल्याइएको थियो । अस्पताल आइपुग्दा वलीको पाठेघरको मुख खुलिसकेको तथा शिशु उल्टो जन्मिएको प्रसूतिमा संलग्न डा.नजिर खानले जानकारी दिए ।
सिन्धुलीमा उम्मेदवारी फिर्ता लिन धम्की दिने चन्द माओवादीका तीन कार्यकर्ता पक्राउ(२०७४ वैशाख २३, शनिवार)
सिन्धुली जिल्लाका विभिन्न स्थानबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुले निर्वाचनमा सहभागी नहुन र निर्वाचनमा उम्मेदवार बनेकाहरुलाई उम्मेदवारी फिर्ता लिन धम्की दिएको प्रहरीले जनाएको छ ।
काठमाडौंका स्वतन्त्र उम्मेद्वारले पाए चुनाव चिन्ह(२०७४ वैशाख २२, शुक्रवार)
 स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको प्रमुख , उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यहरुको पदमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएकालाई निर्वाचन आयोगले चुनाव चिन्ह दिएको छ। 
नयाँ संघीय संरचनामा चार तहका अस्पताल रहने व्यवस्था(२०७४ वैशाख २२, शुक्रवार)
स्वास्थ्य मन्त्रालयले नयाँ संघीय संरचनामा चार तहका अस्पताल रहने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्ले बिहीबार (हिजो) पारित गरेको नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड, २०७४ मा गाउँ तथा नगरस्तर, प्रदेशस्तर र केन्द्रीयस्तरका प्राथमिक, द्वितीय, तृतीय र विशिष्टीकृत गरी चारस्तरका अस्पतालको व्यवस्था गरिएको हो ।
पहिलो चरणको स्थानीय निर्वाचनका लागि वैशाख २५-३१ सम्म शिक्षण संस्था र ३१ गते सार्वजनिक बिदा(२०७४ वैशाख २२, शुक्रवार)
सरकारले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि वैशाख २५ गतेदेखि ३१ सम्म प्रदेश नम्बर-३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई बिदा दिने निर्णय गरेको छ ।
सर्वोच्चद्वारा महाभियोग प्रस्ताव अघि नबढाउन र सुशीला कार्कीलाई काममा फर्काउन आदेश(२०७४ वैशाख २२, शुक्रवार)
सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्च अदालतले संसदका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालकका न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सो आदेश दिएको हो। 
निर्वाचनका दिन अनुमति लिएर मात्र सवारीसाधन चलाउन पाइने(२०७४ वैशाख २१, विहीवार)
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन निर्वाचन आयोगको अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्नसक्ने निर्णय गरेको छ । आयोगले सवारीसाधन चलाउनलाई अनुमतिपत्र उपलब्ध गराउनेसम्बन्धी कार्यविधिसमेत स्वीकृत गरेको छ । स्थानीय तह पहिलो चरणको वैशाख ३१ गते हुने निर्वाचनमा उम्मेदवार, सुरक्षाकर्मी, राष्ट्रिय पर्यवेक्षक, अनुगमनकर्ता, कूटनीतिक नियोग तथा आयोगबाट आमन्त्रित विशिष्ट पाहुना लगायतले प्रयोग गर्ने सवारीसाधनका लागि पास उपलब्ध गराउनेसम्बन्धी कार्यविधि आयोगले स्वीकृत गरेको हो ।
काठमाडौंका १० नगरपालिकामा ४२ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता(२०७४ वैशाख २१, विहीवार)
 स्थानीय तहको निर्वाचनका लागि काठमाडौं जिल्लाका १० नगरपालिकामा ४२ जना उम्मेदवारले बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मंगलबार उम्मेदवारी दर्ता गराएका अधिकांश स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
काठमाडौं-निजगढ फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय(२०७४ वैशाख २१, विहीवार)
सरकारले काठमाडौं-निजगढ फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो । यस्तै, बैठकले करार सेवामा कार्यरत् कर्मचारीहरुलाई पनि दसैंखर्च, पोसाक भत्ता, औषधि-उपचार खर्च दिने निर्णय गरेको छ ।
कांग्रेस र माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भएसँगै चितवनमा कांग्रेस कार्यकर्ता आक्रोशित(२०७४ वैशाख २१, विहीवार)
कांग्रेस र माओवादी केन्द्रबीच चार महानगरपालिकामा तालमेल गर्ने सहमति भएसँगै चितवनमा कांग्रेस कार्यकर्ता आक्रोशित बनेका छन् । सहमतिअनुसार भरतपुर महानगरपालिकामा माओवादी केन्द्रलाई मेयर छाड्ने सहमति कांग्रेसको केन्द्रीय पार्टी कार्यालयबाट गरिएसँगै कार्यकर्ता नाराबाजी गर्दै जिल्ला पार्टी कार्यालयमा जम्मा भएका छन् ।
काठमाडौँ महानगरपालिकाको १६२ पदका लागि ८८७ जनाको उम्मेदवारी(२०७४ वैशाख २०, बुधवार)
काठमाडौँ महानगरपालिकाको १६२ पदका लागि ८८७ जनाको उम्मेदवारी परेको छ । वैशाख ३१ गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मङ्गलबार रातिसम्म चलेको उम्मेदवारी दर्ताका क्रममा १६२ पदका लागि ८८७ जनाको उम्मेदवारी परेको हो । मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले प्रमुखमा २८, उपप्रमुखमा १३ र विभिन्न वडाका अध्यक्ष र सदस्यमा ८४६ जनाको उम्मेदवारी परेको जानकारी दिए। 
स्थानीय निर्वाचनका लागि सम्बन्धित प्रदेशका सबै विद्यालय वैशाख २५ देखि ३१ गतेसम्म बिदा हुने(२०७४ वैशाख २०, बुधवार)
स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित प्रदेशका सबै विद्यालय यही वैशाख २५ देखि ३१ गतेसम्म बिदा हुने भएका छन् । यही वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्बर-३, ४ र ६ मा स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचन आयोगको आग्रह र शिक्षा मन्त्रालयको निर्देशनमा चार दिन विद्यालयमा बिदा दिने निर्णय भएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए ।
म्याग्दीमा कांग्रेसका १० उम्मेदवार निर्विरोध निर्वाचित(२०७४ वैशाख २०, बुधवार)
यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मङ्गलबार भएको उम्मेदवारको मनोनयन दर्ता गर्ने क्रममा म्याग्दीमा अन्य दलका उम्मेदवारले मनोनयन दर्ता नगरेपछि रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडामा नेपाली कांग्रेसका १० उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । 
आगामी साउन १ देखि निकासी-पैठारी संकेत नम्बर अनिवार्य(२०७४ वैशाख १९, मंगलवार)
सरकारले आगामी साउन १ गतेदेखि निकासी-पैठारी संकेत नम्बर (एक्जिम कोड) अनिवार्य गर्ने भएको छ । सरकारले एक्जिम कोडसम्बन्धी कार्यविधि २०७३ लागू गरी सामग्री आयात गर्दा एक्जिम कोड अनिवार्य लिनुपर्ने व्यवस्था गरेको हो । भन्सार विभागले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी निकासी तथा पैठारी गर्ने व्यक्तिले अनिवार्यरुपमा संकेत नम्बर लिनुपर्ने व्यवस्था गरेको जनाएको हो ।
काठमाडौं महानगरपालिकाको मेयरमा २१ र उपमेयरमा १२ जनाले उम्मेदवारी (२०७४ वैशाख १९, मंगलवार)
वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिका मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ । काठमाडौमा निर्वाचनका लागि ४७ दल दर्ता भएका थिए । काठमाडौं महानगरपालिकाको मेयरमा २१ र उपमेयरमा १२ जनाले उम्मेदवारी दिएका छन् ।
स्थानीय तह चुनावका उम्मेदवार मनोनयनसँगै काठमाडौं उपत्यकाको सुरक्षाव्यवस्था थप कडा(२०७४ वैशाख १९, मंगलवार)
स्थानीय तह चुनावका उम्मेदवार मनोनयनसँगै काठमाडौं उपत्यकाको सुरक्षाव्यवस्था थप कडा पारिएको छ । महानगरीय प्रहरी परिसर कार्यालय रानीपोखरीका अनुसार उपत्यकाका तीन जिल्लामा मात्रै ६ हजार ९ सय ८० प्रहरी र ४ हजार २ सय ६८ म्यादी प्रहरी खटाइएको छ । 
पोखरा, भरतपुर र हेटौंडामा एमाले उम्मेदवारको टुंगो लाग्यो(२०७४ वैशाख १८, सोमवार)
प्रमुख प्रतिपक्षी नेकपा एमालेको सोमबार बसेको स्थायी समिति बैठकले पोखरा, भरतपुर र हेटौंडाका लागि मेयर तथा उपमेयरको नाम टुंगो लगाएको छ। पोखराका महानगरपालिकाका लागि मेयरमा मानबहादुर जिसी र उपमेयरमा मञ्जु गुरुङको नाम टुंगो लागेको छ। 
राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने(२०७४ वैशाख १८, सोमवार)
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्तावप्रति गम्भीर असहमति जनाउँदै राप्रपाको सोमबार(आज) साँझ बसेको वैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको विरोध प्रर्दशन(२०७४ वैशाख १८, सोमवार)
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको विरोध सोमबार प्रर्दशन भएको छ । नयाँ शक्ती, साझा पार्टी, विवेकशील नेपाली, सुशासनका लागि नागरिक अभियान, महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाललगायतले सडकमै उत्रेर महाअभियोगको विरोध गरेका हुन् । 

राष्ट्रिय जनमोर्चा र नयाँ नेपाल राष्ट्रिय पार्टी बीच एकता (२०७४ वैशाख १८, सोमवार)
राष्ट्रिय जनमोर्चा र नयाँ नेपाल राष्ट्रिय पार्टी बीच एकता भएको छ । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर दुई पार्टीहरुवीच एकताको घोषणा गरेका छन् । जनमोर्चाकी नेता एवम सांसद दुर्गा पौडेलले सरकारले ल्याएको परिमार्जनसहितको संशोधन प्रस्तावलाई राष्ट्रिय हितको विपरितमा रहेको आरोप लगाएकी छिन् । 

नेपाली सेनाद्वारा विकसित घटनाक्रमको समीक्षा गर्दै सुरक्षा सतर्कता अपनाउने निर्णय(२०७४ वैशाख १८, सोमवार)
नेपाली सेनाले देशमा विकसित घटनाक्रमको समीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा बसेको उच्च सैनिक अधिकारीहरुको आकस्मिक बैठकले वर्तमान परिस्थितिको बिशेषण गर्दै सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो ।
श्रमिक महिला को श्रम शोषण अन्त्य गर भन्ने माग सहित श्रमिक दिवस मनाइयो (२०७४ वैशाख १८, सोमवार)
१२८ औँ अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा पहिचान, सम्मान, सुरक्षा र समानता, सम्पूर्ण श्रमिक एक हुन गरौँ प्रतिबद्धता भन्ने नारा सहित अनौपचारिक तथा मनोरञ्जन क्षेत्र (दोहरी साँझ , डान्स रेष्टुरेण्ट, मसाज पार्लर, खुला तथा क्याविन रेष्टुरेन्ट ) मा कार्यरत श्रमिक महिलाहरुको अगुवाई तथा विभिन्न संघ, संस्था, संजालहरुको संयुक्त आयोजनामा अनौपचारिक तथा मनोरन्जन क्षेत्रलाई व्यवस्थित र यस क्षेत्रमा कार्यरत श्रमिक महिला उपरको श्रम शोषण अन्त्य गर भन्ने माग सहित विभिन्न साँस्कृतिक प्रस्तुति सहितको कार्यक्रम आयोजना तथा रातो रिवन अभियान सुरुवात गरिएको छ ।
एमालेद्वारा पार्टी घोषणापत्र सार्वजनिक(२०७४ वैशाख १८, सोमवार)
स्थानीय तहको चुनावका लागि मनोनयनको दुई दिनअघि एमालेले पार्टी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । एमालेले उपाध्यक्ष वामदेव गौतमको अध्यक्षतामा घोषणापत्र लेखन समिति गठन गरेको थियो ।
आज अन्तर्राष्ट्रिय मजदुर दिवस, नेपालमा विभिन्न कार्यक्रम गरी मनाइदैँ(२०७४ वैशाख १८, सोमवार)
आज मे १ अर्थात १२७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गर्दे मे १ मनाउन लागेका हुन् । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ ।
सुडान घोटाला काण्डमा नेपाल प्रहरीका तीन प्रमुखलाई जेल सजाय(२०७४ वैशाख १७, आइतवार)
सर्वोच्च अदालतले सुडान घोटाला काण्डमा नेपाल प्रहरीका तीन प्रमुखलाई जेल सजाय सुनाएको छ । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएकै दिन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सुडान काण्डमा फैसला सुनाएको हो । सर्वोच्चले विशेष अदालतले फैसलामा उल्टाउँदै पूर्व प्रहरी प्रमुख ओमविक्रम राणा, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई दोषी ठहर गरेको हो ।