arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार
फोरम लोकतान्त्रिकसँग दुई पार्टीको एकीकरण(२०७३ चैत्र २३, बुधवार)
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक र दलित जनजाति पार्टीबीच बुधबार एकीकरण भएको छ । राजधानीमा आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, जनमुक्तिका अध्यक्ष शिवलाल थापा र दलित जनजातिका अध्यक्ष यशोदाकुमारी लामाले संयुक्तरुपमा पार्टी एकीकरण भएको घोषणा गरेका छन् ।
कांग्रेसले स्थानीय निर्वाचनमा पार्टीको प्रचार-प्रसारका लागि सातै प्रदेशमा आमसभा गर्ने (२०७३ चैत्र २१, सोमवार)
नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचार-प्रसारका लागि सातै प्रदेशमा शीर्ष नेताको सहभागितामा आमसभा गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको सोमबार बसेको बैठकले पार्टीको प्रचार-प्रसारका लागि सातै प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायत शीर्ष नेताको सहभागितामा आमसभा गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
मुग्लिन-नारायणगढ सडकखन्डको बाटो एकतर्फी सन्चालन, दुईजनाको मृत्यु(२०७३ चैत्र २१, सोमवार)
मुग्लिन-नारायणगढ सडकखन्डको घुमाउनेमा सोमबार सुक्खा पहिरो खस्दा केही सवारी-साधन पुरिएका छन् भने दुईजनाको मृत्यु भएको छ । सुक्खा पहिरो खस्दा पुरिएर मोटरसाइकलमा सवार सल्यानका रेशराज राना र भारतीय नागरिक विनयकुमार कोइरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एमालेमा एकजना व्यक्ति राज्यका तीन तहमध्ये एउटामा मात्रै उम्मेदवार बन्न पाउने निर्णय(२०७३ चैत्र २१, सोमवार)
नेकपा एमालेले एकजना व्यक्ति राज्यका तीन तहमध्ये एउटामामात्रै उम्मेदवार बन्न पाउने निर्णय गरेको छ । सोमबार बसेको एमाले स्थायी कमिटीको बैठकले स्थानीय तह, प्रदेशसभा र केन्द्रीय संसदमध्ये एउटा निर्वाचनमामात्रै एकजना व्यक्ति उम्मेदवार बन्न पाउने निर्णय गरेको हो ।
यो देशलाई खारेज गर्न माग गरेकी हिसिला यमीलाई गिरफ्तार गर अभियान सुरु(२०७३ चैत्र २१, सोमवार)
'यो देशलाई खारेज गर' भन्ने हिसिला यमीको अभिव्यक्ति विरुद्ध 'हिसिलालाई गिरफ्तार गर' भन्ने अभियान सुरु भएको छ ।
तीन दलबाट ९ जना प्रधानमन्त्री भइसक्दा पनि केही गर्न सकेनन्(२०७३ चैत्र २०, आइतवार)
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन ठूला दल असफल भएको दाबी गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ शक्तिका करिब ६ सय नेता-कार्यकतालाई पार्टी प्रवेश गराउन आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले तीन दलबाट ९ जना प्रधानमन्त्री भइसक्दा पनि केही गर्न नसकेको आरोप लगाए ।
आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि मतदाता नामावली स्वीकृत(२०७३ चैत्र २०, आइतवार)
निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार सो निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता कायम भएका छन् । वि.सं. २०७३ फागुन ९ गते १८ वर्ष उमेर पुगेका र निर्वाचन कार्यालयमा नाम दर्ता गराएका व्यक्तिलाई निर्वाचन आयोगले मतदाताकारुपमा मान्यता प्रदान गरेको छ ।
नलसिङगाड जलविद्युत् आयोजनामा भ्रष्टाचार गरेको आरोपमा निर्देशकसहित ६ जनाविरुद्ध मुद्दा दायर(२०७३ चैत्र २०, आइतवार)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिङगाड जलविद्युत् आयोजनामा भ्रष्टाचार गरेको आरोपमा आयोजनाका कार्यकारी निर्देशकसहित ६ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोजनाको विस्तृत् सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोटमा २७ करोड २४ लाख ५४ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
काठमाडौंमा वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने(२०७३ चैत्र २०, आइतवार)
काठमाडौं उपत्यकामा वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने भएको छ। काठमाडौं महानगरपालिका, यातायत व्यवस्था विभाग,ट्राफिक  प्रहरी र सरोकारवालाहरुको आज बसेको बैठकले नयाँ वर्षदेखि काठमाडौं उपत्यकामा हर्न बजाउन नपाइने नयाँ नियम लगाउने निर्णय गरेको छ। ध्वनी प्रदुषण बढेको भन्दै त्यसलाई कम गर्न सरोकारवाला निकायहरुले नयाँ नियम लगाउन लागेका हुन्। 
कांग्रेस नेता प्रकाशमान सिंहद्वारा स्थानिय निर्वाचनमा पार्टीलाई हरहालतमा बिजय गराउन काठमाडौका पदाधिकारी र क्षेत्रीय सभापतिहरुलाई कडा निर्देशन (२०७३ चैत्र २०, आइतवार)
नेपाल कांग्रेसका नेता प्रकाशमान सिंहले अागामी बैशाख ३१ गते हुने स्थानिय निर्वाचनमा पार्टीलाई हरहालतमा बिजय गराउन एक ढिक्का भएर लाग्न काठमाडौ   कांग्रेसलाई कडा निर्देशन दिनुभएको छ ।  अाज बिहान काठमाडौ जिल्ला सभापति जिल्लाका पदाधिकारी र  क्षेत्रीय सभापतिहरुकाे सामुहिक छलफलमा  कांग्रेस नेता प्रकाशमान सिहले हर हालतमा चुनाव जिताउन निर्देशन दिनुहुदै काठमाडौ सबै नगरपालिकाहरु  र  महानगरपालिकामा चुनाव जित्ने रणनितति तय गरेर बुथ समिति सम्म संगठन परिचालन गर्न समेत निर्देसन दिनु भएको हो ।
पोखरामा भीषण असिना-पानी, कास्कीमा चट्याङ लागेर एकको मृत्यु(२०७३ चैत्र १९, शनिवार)
कास्कीको छुम्रुङमा शनिबार दिउँसो चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा घर भइ हाल छुम्रुङमा बस्दै आएका १४ वर्षका बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । एक सातायता पोखरा आसपास क्षेत्रको मौसममा खराबी आएको छ । पोखरामा शनिबार पनि भीषण असिना-पानी परेको छ ।
कांग्रेसद्वारा स्थानीय निर्वाचन घोषणापत्र तयारी समितिलाई पूर्णता(२०७३ चैत्र १९, शनिवार)
नेपाली कांग्रेसले केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिलाई शनिबार पूर्णता दिएको छ । केन्द्रीय कार्यसमितिको गत आइतबारको बैठकको निर्णयानुसार गठित उक्त समितिलाई ३५ सदस्यीय बनाएर शनिबार पूर्णता दिइएको हो ।
नवलपरासीमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु, पाँच जना घाइते(२०७३ चैत्र १९, शनिवार)
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटरमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पश्चिमबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ३९९५ नम्बरको बसलाई सोही दिशातर्फ गुडिरहेको युपी ५८ टि ५४७ भारतीय ट्रकले ठक्कर दिएको इलाका प्रहरी नवलपुरले जनाएको छ ।
संसदीय टोली कन्चनपुर घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा(२०७३ चैत्र १७, विहीवार)
व्यवस्थापिका-संसद अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिले कन्चनपुरको पुनर्वास घटनामा घाइते भएका टिकाराम चापागाइँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । समितिले बिहीबार शिक्षण अस्पताल महारागन्जमा उपचाररत् चापागाइँलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो । चापागाइँलाई चैत १२ गते उपचारका लागि काठमाडौं ल्याएको हो ।
स्थानीय निर्वाचनका लागि रुपन्देहीमा म्यादी प्रहरीमा भर्ना हुनेहरुको भीड (२०७३ चैत्र १७, विहीवार)
स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा म्यादी प्रहरीमा भर्ना हुनेहरुको भीड लागेको छ । ठूलो संख्यामा युवाहरुले म्यादी प्रहरीमा भर्ना हुन आवेदन फारम भरिरहेको रुपन्देही प्रहरीले जनाएको छ ।
देशैभरको मतदान केन्द्र निर्धारणको विषयलाई टुङ्गयाउन ढिलाई(२०७३ चैत्र १६, बुधवार)
तराई र पहाडका केही जिल्लाबाट मतदानस्थल सिफारिस प्राप्त नभएपछि निर्वाचन आयोगले देशैभरको मतदान केन्द्र निर्धारणको विषयलाई टुङ्गयाउन ढिलाई भएको छ । आयोगले चैत १० गते भित्र मतदान केन्द्र निर्धारण गर्ने समयतालिका बनाएको थियो । 
कांग्रेसमा स्थानीय निर्वाचनको लागि प्रमुख पदहरुमा अवसर दिन महिलाहरुको दबाब(२०७३ चैत्र १६, बुधवार)
कानुनले नै स्थानीय तहको निर्वाचनमा कम्तीमा ४० प्रतिशत महिला सहभागिता सुनिश्चित गरेपछि राजनीतिक दलहरुमा महिला उम्मेदवार चयनको कसरत बढेको छ । महिला नेत्रीहरुले स्थानीय तहका प्रमुख पदहरुमा पनि महिला उम्मेदवार बनाउन दबाब दिन थालेका छन् ।
निर्माण व्यवसायी महासंघद्वारा सरकारले गरेको सार्वजनिक खरिद नियमावलीको पाँचौं संशोधनको विरोध(२०७३ चैत्र १६, बुधवार)
नेपाल निर्माण व्यवसायी महासंघले सरकारले गरेको सार्वजनिक खरिद नियमावली, २०६४ को पाँचौं संशोधनको विरोध गरेको छ । उपभोक्ता लाभग्राही समुदायबाट निर्माणकार्य गराउन सकिने मौजुदा ६० लाख रुपैयाँ रकमलाई वृद्धि गरी एक करोड पुर्‍याइएकोमा महासंघले आपत्ति जनाएको हो । 
बाबुरामको विरोध गर्ने मानिस नेपाली हुनै सक्दैन: नेतृ तथा अभिनेत्री करिश्मा मानन्धर(२०७३ चैत्र १६, बुधवार)
नयाँ शक्तिकी नेतृ तथा अभिनेत्री करिश्मा मानन्धरको भनाई छ- 'बाबुरामको विरोध गर्ने मानिस नयाँ शक्ति पार्टीको हुनै सक्दैन, त्यस्तो मानिस नेपाली नै हुन सक्दैन । पार्टीभित्र बाबुरामको चर्काे विरोध भएपछि मानन्धरले सो कुरा बताएकी हुन्। राजनीतिक पार्टीमा लागेर नेतृ बने पनि राजनीतिक टिप्पणी नगर्ने मानन्धरले पार्टी केन्द्रीय परिषद वैठकमा विवाद हुँदा सो कुरा बताएकी हुन्।
नेपाली सीमास्तम्भ बर्षौदेखि गायब(२०७३ चैत्र १५, मंगलवार)
दुई देशको सिमाना एउटा हरियो रुखले छुट्याएको छ भन्दा पत्यार लाग्न गाह्रो होला । तर, अठार दिनअघि सिमानामा ज्यान गुमाएका सहिद गोविन्द गौतमलाई गोली लागेको स्थानमा रहेको डुङ्ग्रीको रुखलाई भारतले २०० नम्बर सीमा स्तम्भ भएको दाबी गरिरहेको छ ।
केन्द्रमा बढीमा १६ मन्त्रालय रहने(२०७३ चैत्र १५, मंगलवार)
सामान्य प्रशासन मन्त्रालयले केन्द्रमा बढीमा १६ मन्त्रालय रहने प्रारम्भिक मस्र्याैदा प्रतिवेदन तयार पारेको छ । सचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा गठित केन्द्र, प्रदेश र स्थानीय तहको प्रशासनिक संगठनात्मक, संरचना र संस्थागत व्यवस्थापन समितिलाई सहयोग गर्न गठित उपसमितिले केन्द्रमा बढीमा १२ देखि १६ को संख्यामा मन्त्रालयमा बनाउने मस्यौदा प्रतिवेदन तयार पारेको समितिका सदस्य नन्दराज ज्ञवालीले जानकारी गराए ।
भूकम्पप्रभावित थप १७ जिल्लामा पनि निजी आवास निर्माणको अनुदान रकम वितरण प्रक्रिया सुरु(२०७३ चैत्र १५, मंगलवार)
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पप्रभावित थप १७ जिल्लामा पनि निजी आवास निर्माणको अनुदान रकम वितरण प्रक्रिया सुरु गरेको छ । भूकम्प अतिप्रभावित १४ जिल्लाका ९६ प्रतिशत लाभग्राहीलाई पहिलो किस्ताको अनुदान वितरण गरिसकेको प्राधिकरणले भूकम्पले कम प्रभावित थप १७ जिल्लामा घर निर्माणका लागि अनुदान रकम वितरण प्रक्रिया सुरु गर्न लागेको जानकारी गराएको हो ।
अब विवाहमा बढीमा १ सय ५० जन्ती लैजान पाइने (२०७३ चैत्र १४, सोमवार)
अब विवाहमा बढीमा १ सय ५० जन्ती लैजान पाइने भएको छ । विवाहमा बाजा र सहयोगीसहित एक सय ५० जनाभन्दी बढी जन्ती वा वरियात लैजान नपाइने कानुन संसदको राज्य व्यवस्था समितिबाट पास भएको छ । तीन वर्षदेखि संसदको राज्य व्यवस्था समितिमा अडकिएको सामाजिक व्यवहार सुधार विधेयक २०७१ आइतबार समितिबाट पारित भएसँगै उक्त नियम लागू हुने प्रक्रियामा अघि बढेको छ ।           
बुद्धिजीवीहरुसँग ओलीको छलफल, हरेक क्षेत्र राजनीतिक हस्तक्षेपको शिकार बन्यो : ओली (२०७३ चैत्र १४, सोमवार)
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणदेखि, शिक्षा, स्वास्थ्य, विकास निर्माण र सुशासनसम्म देश राजनीतिक हस्तक्षेपको शिकार बनेको बताएका छन् । 
दाहाल र सीबीच ३५ मिनेट भेटवार्ता, निर्वाचनका लागि ९ मिलियन युयान सहयोग(२०७३ चैत्र १४, सोमवार)
प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदान प्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
मकवानपुर काँग्रेसको जिल्ला भेला सम्पन्न, ७ सय ५६ जना काँग्रेसमा प्रवेश(२०७३ चैत्र १४, सोमवार)
नेपाली काँग्रेस मकवानपुरको जिल्ला भेला शनिबार सम्पन्न भएको छ । प्रमूख अथिति नेपाली काँग्रेसका महामन्त्री एवं सांसद सशांक कोईरालाले स्थानीय निकायको निर्वाचनमा आम कार्यकर्ता तथा नेता आगामी स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन लाग्न आग्रह गर्नुभएको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिंगे गैंडा कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जमा स्थानान्तरण गरिने(२०७३ चैत्र १४, सोमवार)
चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिंगे गैंडा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिने भएको छ । यही चैत २१ गते एक भाले र चार पोथी गरी पाँचवटा गैंडा शुक्लाफाँटामा स्थानान्तरण गर्न लागिएको हो । चितवनबाट शुक्लाफाँटामा गैंडा स्थानान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।
नेपाल र चीनबीच चारवटा सञ्जाल जोडिन्छ : प्रधानमन्त्री दाहाल (२०७३ चैत्र १३, आइतवार)
प्रधानमन्त्री पुष्पकमल दाहालले सडक, रेल, हवाई र इन्टरनेटको सञ्जालबाट नेपाललाई चीनसँग जोड्न सरकारले प्राथमिकता दिएको बताएका छन् । 

गाउँमा पहिलोपटक सिधै बजेट (२०७३ चैत्र १३, आइतवार)
मुलुकको इतिहासमै स्थानीय तहको खातामा पहिलोपटक सिधै बजेट प्रवाह भएको छ । अर्थ मन्त्रालयले स्थानीय तहको खातामा पहिलोपटक एक एक करोड रुपैयाँ प्रवाह गर्नु सकारात्मक फड्को भएको सरोकारवाला बताउँछन् ।
आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि बारामा २९७ मतदान केन्द्र कायम(२०७३ चैत्र १२, शनिवार)
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बारामा २९७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय, बाराले जनाएको छ। विसं २०६८ को जनगणनाअनुसार तीन लाख ५१ हजार २४४ पुरुष र तीन लाख ३६ हजार २६४ महिला गरी कुल छ लाख ८७ हजार ७०८ जनसङ्ख्या रहेको बारा जिल्लामा दुईवटा उपमहानगरपालिका, चारवटा नगरपालिका र नौवटा गाउँपालिका रहेका छन्।