arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार
नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै प्रेस युनियनद्वारा पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी (२०७३ फाल्गुन २, सोमवार)
नेपाल पत्रकार महासंघले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै नेपाल प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । युनियनका अध्यक्ष बद्री सिग्देलको नेतृत्वमा पदाधिकारी तथा सदस्यसहितको टोलीले सोमबार महासंघको केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको हो ।
देशभरका सबै स्थानीय निकायको कामकाज अनिश्चितकालका लागि ठप्प पारिएपछि सेवाग्राही मर्कामा (२०७३ फाल्गुन २, सोमवार)
देशभरका सबै स्थानीय निकायको कामकाज अनिश्चितकालका लागि ठप्प पारिएपछि सेवाग्राही मर्कामा परेका छन् । सरकारले स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायमा काम गर्ने कर्मचारीसरह समान पदका लागि समान अवसर प्रदान गर्नुपर्ने तथा लामो समयदेखि कार्यरत् अस्थायी, करार र ज्यालादारी कामदारलाई सेवामा निरन्तरताका लागि अवसर दिनुपर्ने उनीहरुको मुख्य माग छ ।
कांग्रेस सभापति देउवाद्वारा निर्वाचन हुँदैन कि भनेर शंका नगरी चुनावमा जुट्न आग्रह(२०७३ फाल्गुन २, सोमवार)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन हुँदैन कि भनेर शंका नगरी चुनावमा जुट्न आग्रह गरेका छन् । सोमबार त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक संघले कीर्तिपुरमा गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको भन्दै कुनैपनि हालतमा निर्वाचन हुने दाबी गरे ।
प्रधानमन्त्रीद्वारा निर्वाचन हुन नसके देश फेरि राजनीतिक दुर्घटनामा जाने खतरा रहेको उल्लेख (२०७३ फाल्गुन १, आइतवार)
प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन हुन नसके देश फेरि राजनीतिक दुर्घटनामा जाने खतरा रहेको बताएका छन् । माओवादीको २२औं जनयुद्धको दिवसको अवसरमा आइतबार कोटेश्वरमा आयोजित कार्यक्रममा उनले प्रतिक्रियाबादी शक्तिको चलखेल र राजनीतिक ध्रुवीकरण रोक्न निर्वाचन जरुरी रहेको बताए ।
सर्वोच्चद्वारा चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश(२०७३ फाल्गुन १, आइतवार)
सर्वोच्च अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ । चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको केही घन्टा नबित्दै सर्वोच्चले सरकारको निर्णयमा रोक लगाएको हो । 
फागुन १४ गतेका लागि तोकिएको स्ववियुको चुनावको प्रक्रिया शुरु(२०७३ फाल्गुन १, आइतवार)
यही फागुन १४ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको प्रक्रिया आजबाट शुरु हुँदैछ । पहिलो दिन आज मतदाता नामावली प्रकाशन गरिँदैछ । त्रिभुवन विश्वविद्यालयका अनुसार नयाँ सेमेस्टर वा शैक्षिक वर्षका लागि माघ १५ गतेसम्म र पुराना वर्ष र सेमेस्टरमा शुक्रबारसम्म भर्ना भएका विद्यार्थीको नाम मतदाता सूचिमा प्रकाशित गरिने छ । 
बाबुराम ले प्रधानमन्त्री प्रचण्ड लाई किन भेटे ?(२०७३ माघ २९, शनिवार)
नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई अहिलेको राजनीतिक गतिरोध चाँडो अन्त्य गर्न आग्रह गरेका छन्।           
देशमा ठूलो द्वन्द निम्तिने उपेन्द्र यादवको चेतावनी (२०७३ माघ २९, शनिवार)
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निकायको निर्वाचन गराउन खोजिए देशमा ठूलो द्वन्द निम्तिने चेतावनी दिएका छन् ।
नेपाल र भारत संयुक्त बैठकमा प्रसारणलाइनको निर्माण तथा सन्चालन नै प्रमुख एजेन्डाकारुपमा पेस हुने(२०७३ माघ २९, शनिवार)
नेपाल र भारतका ऊर्जासचिवको संयुक्त बैठकमा प्रसारणलाइनको निर्माण तथा सन्चालन नै प्रमुख एजेन्डाकारुपमा पेस हुने भएको छ । दुई देशबीच भएको विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि गठित संयुक्त सन्चालन समिति र कार्य समूहको बैठकमा हाल सन्चालनमा आएको ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनलाई २२० केभी वा ४०० केभीमा चार्ज गर्नेबारेमा छलफल हुने जनाइएको छ । 
विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको स्वयम्भूस्थित शान्तिपुर मन्दिरको पुनःनिर्माण सुरु(२०७३ माघ २९, शनिवार)
विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको स्वयम्भूस्थित शान्तिपुर मन्दिरको पुनःनिर्माण सुरु भएको छ । स्वयम्भू व्यवस्थापन महासमितिले पुरातत्व विभागसँगको समन्वयमा मन्दिर पुनःनिर्माण सुरु गरेको हो । गत वर्षको वैशाख १२ गतेको शक्तिशाली भूकम्पले यो मन्दिरको अधिकांश भाग चर्किएको थियो ।
भरतपुर अस्पतालमा एक सुत्केरीको मृत्युपछि तनाव(२०७३ माघ २९, शनिवार)
चितवनको भरतपुर अस्पतालमा एक सुत्केरी महिलाको मृत्युको विषयमा शनिबार अस्पतालमा तनाव सिर्जना भएको छ । अस्पतालको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै पीडित परिवारले प्रदर्शन गरेपछि तनाव सिर्जना भएको हो । अहिले सो विषयमा छलफल भइरहेको छ ।
स्थानीय चुनाव अहिलेकै सरकारले गर्छ : शशांक(२०७३ माघ २९, शनिवार)
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सुत्केरीको मृत्युपछि भरतपुर अस्पतालमा तनाव(२०७३ माघ २९, शनिवार)
चितवनको भरतपुर अस्पतालमा एक सुत्केरी महिलाको मृत्युको विषयमा शनिबार अस्पतालमा तनाव सिर्जना भएको छ ।
६७औं प्रजातन्त्र दिवस फागुन ६, ७ र ८ गते भव्यरुपमा मनाउने निर्णय(२०७३ माघ २६, बुधवार)
सरकारले ६७औंं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी भव्यताकासाथ मनाउने भएको छ । मंगलबार राजधानीमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी भव्यताकासाथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

निर्वाचन हुन्छ, शंका नगर्नोस् : प्रधानमन्त्री, तयारीमा लाग्न आयोगलाई निर्देशन (२०७३ माघ २५, मंगलवार)
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानले तोकेको समयभित्रै निर्वाचन हुनेमा कुनै आशंका नगर्न आग्रह गरेका छन् ।
हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान फागुनमा(२०७३ माघ २४, सोमवार)
Everest
सुनकाण्डमा पक्राउ परेका एसएसपीलाई आज अदालत लगिंदै(२०७३ माघ २४, सोमवार)
 सुनकाण्डमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) श्यामबहादुर खत्रीलाई म्याद थपका लागि आज अदालत लगिँदै छ ।
बैशाखमा स्थानीय तहको चुनाव गर्ने घोषणा ,क्याबिनेटमा प्रस्ताव लगिँदै(२०७३ माघ १९, बुधवार)
अन्ततः प्रधानमन्त्री प्रचण्ड स्थानीय तहको चुनाव घोषणा गर्ने निर्णयमा पुगेका छन् । कुनै बाहिरी वा भित्री दबाव परेन भने बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले आगामी बैशाखमा स्थानीय तहको चुनाव गर्ने घोषणा गर्ने छ ।

अमेरिकामा नेपाली बालिका बलात्कार गर्नेलाई ३८७ वर्ष जेल(२०७३ माघ १९, बुधवार)
नेपाली बालिका अमेरिका लगी झन्डै ५ वर्षसम्म बलात्कार गरेको अभियोगमा नेपाली मूलका अजय कुमार देवलाई एक अमेरिकी अदालतले ३८७ वर्ष ४ महिना जेल सजायको फैसला सुनाएको     छ।       
ऐन कार्यान्वयन हुन नपाउँदै दुई बैंकका अध्यक्षले पदबाट राजीनामा दिए(२०७३ माघ १८, मंगलवार)
बैंक तथा वित्तीय संस्थासम्वन्धी ऐन (बाफिया) कार्यान्वयन हुन नपाउँदै दुई बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन्।
           
प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बालुवाटारमा बसेको बैठक निष्कर्ष विहीन(२०७३ माघ १७, सोमवार)
प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सोमबार बिहान बालुवाटारमा बसेको बैठक निष्कर्ष विहीन भएको हो ।

 संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचन घोषणालगायतका विषयमा छलफल गरी सहमति कायम गर्न प्रधानमन्त्री दाहालले बैठक बोलाएका थिए । बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचन घोषणा सँगसँगै गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

तर, मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव पारित भएपछि मात्र
           
नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा माइतीघरमा फहराइयो (२०७३ माघ १६, आइतवार)
प्रमुख प्रतिपक्ष नेकपा एमालेले निर्वाचन समयमै गराएरै छाड्ने प्रतिवद्धता जनाएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन गराउन आफनो पार्टी समक्ष रहेको बताउनु भएको हो ।

           
विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदै(२०७३ माघ १६, आइतवार)
देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज (आइतबार) विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ । विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन थालिएको हो ।
           
निर्वाचनसम्बन्धी सबै बिधेयक पारित भएर निर्वाचनको मिति घोषणा हुन्छ: सभामुख(२०७३ माघ १५, शनिवार)
विराटनगर विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख मगरले विधेयक पास भएलगत्तै सबै दलको सहमतिमा निर्वाचनको मिति घोषणा हुने बताइन् । अहिले जे आशंकाहरु भइरहेको छ त्यो स्वाभाविक हो तर धैर्य गर्नुस् सोमबारपछि स्थानीय तहको निर्वाचन मिति घोषणा हुन्छ, उनले भनिन्, मधेसी मोर्चाको समेत निर्वाचनसम्बन्धी विधेयकमा सहमति रहेकोले निर्वाचनको बारेमा कुनै शंका नगर्न आग्रह छ ।
           
तामाङ समुदायले सोनाम ल्होसार विविध कार्यक्रमको आयोजना गरी मनाउँदै(२०७३ माघ १५, शनिवार)
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व आज (शनिबार) विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन् ।           
प्युठानमा माेटरवाटाे खन्ने क्रममा एक्साभेटर दुर्घटना, तीन जनाकाे मृत्‍यु, ९ जना घाइते (२०७३ माघ १४, शुक्रवार)
छिमेकी जिल्ला प्युठानको दाङबाङ गाबिस - ६ कोलबोटमा माेटरवाटाे खन्ने क्रममा एक्साभेटर दुर्घटनामा तीन जनाकाे ज्यान गएकाे छ । हिजो साझ करिब ५ बजे भएकाे घटनामा ज्यान गुमाउनेमा ज्ञानेन्द्र गाहा मगर, शेषकान्त अर्याल, तिलक गाहा मगर रहेका छन् ।  
पूर्वराजा वीरेन्द्र शाहको परिवारको १० कट्ठा जग्गा फेला(२०७३ माघ १३, विहीवार)
पूर्वराजा वीरेन्द्र शाहको परिवारको १० कट्ठा जग्गा फेला परेको छ । पूर्वराजा वीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा उक्त जग्गा फेला पारेको हो ।
एनएको नयाँ विमान काठमाडौंमा(२०७३ माघ १३, विहीवार)
सरकारले तीन वर्षअघि नेपाल वायु सेवा निगमका लागि सहुलियतपूर्ण ऋणमा चीनसँग खरिद गरेका चारमध्ये पहिलो मोर्डन आर्क (एमए-६०) टर्बोप्रोप इन्जिनयुक्त विमान काठमाडौं आइपुगेको छ । ५६ सिट क्षमताको यो विमान (कलसाइन नाइन एन-एकेआर) सहित निगमसँग अब आन्तरिक रुटमा उड्ने जहाजको संख्या ५ पुगेको छ ।
भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा दोस्रो किस्ता वापत रु बाह्र अर्बको अख्तियारी(२०७३ माघ १३, विहीवार)
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा निजी आवास निर्माणका लागि अनुदान वितरण गर्न बिहीबार दोस्रो किस्ताबापत रु ११ अर्ब ७५ करोड ५० लाखको अख्तियारी दिएको छ ।
शेरवहादुर देउवाले संबोधन गर्दैगर्दा कार्यक्रम स्थलमै खुमवहादुर दाई जिन्दावाद भन्दै नारा लगाइयो (२०७३ माघ १२, बुधवार)
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले संविधान कार्यान्वयनका लागि तत्काल स्थानीय निर्वाचन हुने बताएका छन् । निर्वाचन हुने निश्चित भैसकेको दावि गरेका उनले निर्वाचनमा सहभागी हुन आग्रह समेत गरे ।