arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार
अछाममा स्थानीय निर्वाचनभर मदिरा किनबेचमा रोक (२०७४ आषाढ ११, आइतवार)
सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा स्थानीय तहको निर्वाचनभर मदिरा किनबेचमा स्थानीय प्रशासनले रोक लगाएको छ । चार वर्षदेखि खुला रूपमा बेचबिखन हुँदै आए पनि चुनावका बेला जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो । स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मदिराजन्य पदार्थ बेचबिक्रीमा रोक लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ताप्लेजुङको फक्ताङलुङ मतदान केन्द्रमा नेपालकै सबैभन्दा कम ४० जना मतदाता(२०७४ आषाढ ११, आइतवार)
ताप्लेजुङ जिल्लाको एक मतदान केन्द्रमा नेपालकै सबैभन्दा कम मतदाता रहेको पाईएको छ । जिल्लाको फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ६ मा रहेको ग्याब्ला प्राथमिक विद्यालय मतदान केन्द्रमा जम्मा ४० जना मतदाता छन् ।
नारायणगढ-मुग्लिन सडक खण्डमा पुनः पहिरो खसेपछि सडक अवरुद्ध(२०७४ आषाढ ११, आइतवार)
नारायणगढ-मुग्लिन सडक खण्डको कालीखोला नजिकै आज अपराह्न ३ बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । शनिबार राति ९ बजे पहिरो खसेपछि अवरुद्ध सडक आज बिहान ८ बजेदेखि सञ्चालनमा आएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपा थापाका अनुसार शुक्रबार बिहान पहिरो खसेर चार प्रहरीसहित भ्यान र ट्रक त्रिशूली नदीमा खसेको ठाउँमा नै आज पुनः पहिरो खसेको हो ।
प्रधानमन्त्री देउवाद्वारा तीनै तहको निर्वाचनपछि संविधान कार्यान्वयन हुने उल्लेख(२०७४ आषाढ १०, शनिवार)
प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहको निर्वाचनपछि संविधान कार्यान्वयन हुने बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन गर्न स्थानीय, प्रदेश र संघीय संसदको चुनाव गर्नुको विकल्प नभएको बताएका हुन् ।
मिति नजिकिँदै तेह्रथुममा चुनावी माहोल उत्कर्षमा, मुख्य तीन दलबीच मुख्य प्रतिस्पर्धा(२०७४ आषाढ १०, शनिवार)
असार १४ गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा दुई नगरपालिका र चार गाउँपालिका गरी ६ ओटा स्थानीय तह रहेको पहाडी जिल्ला तेह्रथुममा चुनावी माहोल उत्कर्षमा पुगेको छ । म्याङलुङ र लालीगुराँस नगरपालिकासहित आठराई, फेदाप, मेन्छ्यायेम र छथर गाउँपालिकामा विभिन्न दलहरुले दैनिकजसो चुनावीसभा, घरदैलो र प्रचार-प्रसारका कार्यक्रमहरु गरिरहेका छन् ।
त्रिशूली नदीको चितवन खण्डमा एक वर्षको अवधिमा १९ जना बेपत्ता(२०७४ आषाढ १०, शनिवार)
त्रिशूली नदीको चितवन खण्डमा एक वर्षको अवधिमा १९ जना बेपत्ता भएका छन् । नारायणगढ-मुग्लिन सडक खण्डको ३६ किलोमिटर र पृथ्वी राजमार्गको मुग्लिनदेखि मौवा खोलासम्म २० किलोमिटर गरी ५६ किलो मिटरको सडक त्रिशूली नदीको किनारैकिनार पर्दछ ।
प्रदेश न ५ को कपिलबस्तुमा चुनावको रौनक(२०७४ आषाढ ८, विहीवार)
असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश न ५ को कपिलबस्तुमा चुनावको रौनक अलग्गै छ । रौनक थप्ने काम भने निर्वाचन बहिष्कार गरेको भनिएको राष्ट्रिय जनता पार्टीका स्थानीय नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएकाले गरेको हो ।
बाजुराका स्थानीय निर्वाचनमा जिल्लाका चार गाउँपालिका सन्चारको पहुँचबाट टाढा(२०७४ आषाढ ८, विहीवार)
  स्थानीय तहको निर्वाचनमा जिल्लाका चार गाउँपालिका सन्चारको पहुँचबाट टाढा रहेका छन् । बाजुराका हिमाली गाउँपालिका, पान्डवगुफा गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका र गौमुल गाउँपालिका सन्चारको पहुँचबाट टाढा रहेका छन् ।
सुडान घोटालामा सर्वोच्चबाट दोषी ठहर भएका दुई पूर्वप्रहरी महानिरीक्षकलाई जेल चलान (२०७४ आषाढ ८, विहीवार)
सुडान घोटालामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका दुई पूर्वप्रहरी महानिरीक्षकलाई बुधबार जेल चलान गरिएको छ । पूर्वप्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।
भरतपुर महानगर- १९ मा पुनः मतदान गराउने विषय अझै लम्बियो(२०७४ आषाढ ६, मंगलवार)
 सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर-१९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलगायतका कागजात पेस गर्न आदेश दिएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले मंगलबार पुनः मतदान गराउने निर्णय, च्यातिएका मतपत्र र मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथि लगाइएको मुद्दाको फाइल एक साताभित्र पेस गर्न आदेश दिएको हो ।
मनसुन सुरु भएपनि पूरै सक्रिय हुन अझै केही समय लाग्ने, रोपाइँ सुरु हुन सकेन(२०७४ आषाढ ६, मंगलवार)
मनसुन सुरु भएपनि पूरै सक्रिय हुन अझै केही समय लाग्ने भएको छ । मनसुन सक्रिय नहुँदा मुलुकका अधिकांश भागमा अझै धान रोपाइँ सुरु हुन सकेको छैन । सामान्यतः यतिबेला रोपाइँ सुरु भइसक्नुपर्ने हो । तर, पर्याप्त वर्षाको अभावमा मुलुकका अधिकांश ठाउँमा रोपाइँ सुरु हुन सकिरहेको छैन ।
उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान(२०७४ आषाढ ६, मंगलवार)
दोस्रो चरणअन्तर्गत् यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार उम्मेदवारलाई शान्तिपूर्ण वातावरणमा निर्वाचन चिह्न प्रदान गरिएको छ । राजनीतिक दल र उम्मेदवारको उत्साहजनक सहभागितामा निर्वाचन अधिकृतको कार्यालयले उनीहरुलाई मंगलबार निर्वाचन चिह्न प्रदान गरेको हो ।
सुनसरीका १२ स्थानीय निकायमा आइतबार शान्तिपूर्ण मनोनयन दर्ता(२०७४ आषाढ ४, आइतवार)
 सुनसरीका १२ स्थानीय निकायमा आइतबार शान्तिपूर्ण मनोनयन दर्ता भएको छ । राजपाको विरोधका बाबजुद सुनसरीमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भए । सुनसरीको दुई उपमहानगरपाकिला धरान र इटहरीमा विहान ८ बजेदखीनै निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नेहरुको भीड लागेको थियो । 
बाँकेको बैजनाथमा गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच झडप, प्रहरीद्वारा हवाई फायर(२०७४ आषाढ ४, आइतवार)
बाँकेको बैजनाथमा गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच झडप भएको छ । मनोनयन दर्तासँगै शक्ति प्रदर्शन गर्ने क्रममा दुई दलका कार्यकर्ताबीच झडप भएको बाँकेका डिएसपी सरोज पौडेलले जानकारी दिए ।
बाजुराको डोगडीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु(२०७४ आषाढ ४, आइतवार)
बाजुराको डोगडीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । झडपमा परी झण्डै एक दर्जन घाइते भएका छन् । छेढेदह गाउँपालिकाको उम्मेदवारी दर्ताका लागि जाने क्रममा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको हो । झडपमा एमाले कार्यकर्ता हंश राउतको मृत्यु भएको हो ।
बुटवलमा माओवादीका पूर्व जिल्ला सदस्यसहित ५० युवा एमालेमा प्रवेश (२०७४ आषाढ ३, शनिवार)
लामो समय माओवादी आन्दोलनमा सहभागी युवाहरुको ठूलो समूह सो पार्टीबाट विद्रोह गर्दै एमालेमा आवद्ध भएको छ । नेकपा माओवादी केन्द्र रुपन्देहीका पुर्व जिल्ला कमिटी सदस्य रहेका विकास ज्ञवालीको नेतृत्वमा ५० जनाभन्दा बढी युवाहरुले माओवादीबाट विद्रोह गर्दै एमालेमा आवद्ध भएका हुन् ।
विराटनगर महानगरपालिकामा एमाले र लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल(२०७४ आषाढ ३, शनिवार)
नेकपा (एमाले) र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच विराटनगर महानगरपालिकाको निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि चुनावी तालमेल भएको छ ।
काठमाडौंको गोकर्णेश्वरमा गाई फार्ममा आगलागी हुँदा ५२ वटा गाई मरे(२०७४ आषाढ ३, शनिवार)
काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ रुप्सेटारमा रहेको एक गाई फार्ममा आगलागी हुँदा ५२ वटा गाई मरेका छन् । गाई, बाच्छाबाच्छी गरेर अन्य ६८ वटा घाइते बनेका छन् । फार्ममा ७५ वटा दुहुनो गाई, २२ ब्याउने र बाच्छाबाच्छी गरी १ सय २२ थिए ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १.५० घट्यो(२०७४ आषाढ २, शुक्रवार)
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका प्रवक्ता सीताराम पोखरेलले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १.५० घटाइएको बताए ।
राष्ट्रिय जनता पार्टी दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने, आन्दोलनलाई जारी राख्ने (२०७४ आषाढ २, शुक्रवार)
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि सहभागी नहुने भएको छ । सो पार्टीको राजधानीमा बसेको बैठकले दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने र आन्दोलनका कार्यक्रमलाई जारी राख्ने निर्णय गरेको हो ।  
असार १४ गते हुने स्थानीय निर्वाचनलाई लिएर अछामका उम्मेदवारहरुको घरदैलो कार्यक्रम तीब्र(२०७४ आषाढ २, शुक्रवार)
 असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई लिएर अछामका उम्मेदवारहरुले घरदैलो कार्यक्रम तीब्र बनाएका छन् । उम्मेदवारहरु जनताका घर-घरमा पुगेर भोट माग्न थालेपछि स्थानीय तहमा पनि चुनावी सरगर्मी निकै बढेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारले घरदैलो, चुनावी सभाजस्ता कार्यक्रमलाई प्राथमिकता दिएर अगाडि बढेका हुन् ।
सुनसरीको धरान उपमहानगरपालिकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेल हुने(२०७४ आषाढ २, शुक्रवार)
दोस्रो चरणको स्थानीय निर्वाचनका लागि सुनसरीको धरान उपमहानगरपालिकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेल हुने भएको छ । धरानको मेयरमा समाजवादीले माओवादी केन्द्रलाई र उपमेयरमा माओवादी केन्द्रले समाजवादीका उम्मेदवारलाई सघाउने छन् ।
माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित(२०७४ आषाढ २, शुक्रवार)
 माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।
निर्वाचन आयोगद्वारा प्रदेश नम्बर-१, ५ र ७ को निर्वाचनको कार्यतालिका पुनः परिवर्तन(२०७४ आषाढ १, विहीवार)
निर्वाचन आयोगले प्रदेश नम्बर-१, ५ र ७ को निर्वाचनको कार्यतालिका पुनः परिवर्तन गरेको छ । सरकारको अनुरोधमा आयोगले तीनओटा प्रदेशको निर्वाचनको मनोनयनपत्र दर्ता यही असार ४ गतेका लागि सारेको हो । यसअघि, दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता असार २ गते गर्ने कार्यतालिका रहेको थियो ।
प्रदेश नम्बर-२ र ५ का ११ जिल्लामा निर्वाचन नगर्न माग गर्दै सर्वोच्चमा रिट(२०७४ आषाढ १, विहीवार)
प्रदेश नम्बर-२ र ५ का ११ जिल्लामा निर्वाचनसम्बन्धी कुनैपनि काम-कारबाही नगर्न आदेशको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, व्यवस्थापिका-संसद, निर्वाचन आयोगलगायतलाई विपक्षी बनाइ अधिवक्ता सुनिलकुमार पटेल र कपिलवस्तु निवासी सुनिलकुमार चौहानले बिहीबार निवेदन दायर गरेका हुन् ।
प्रदेश नम्बर २ को निर्वाचन सार्ने सरकारको निर्णय राष्ट्रिय जनता पार्टीलाई अमान्य(२०७४ आषाढ १, विहीवार)
राष्ट्रिय जनता पार्टीले प्रदेश नम्बर २ को निर्वाचन सार्ने सरकारको एकतर्फी निर्णय भएको भनेको छ । राजपाले मधेश, थरुहटका अन्य जिल्लामा असार १४ मै गरिने निर्वाचन मान्य नहुने समेत जनाएको छ । 
यस वर्षको मनसुन सुरु, सक्रिय हुन केही दिन लाग्ने(२०७४ आषाढ १, विहीवार)
यस वर्षको मनसुन सुरु भएको छ । यस वर्ष तीन दिन ढिलो गरी मनसुन सुरु भएको हो । यद्यपि, गत वर्षको तुलनामा भने यो अलिक चाँडो नै सुरु भएको हो । मनसुन सुरु भएसँगै धान रोप्न कृषकहरुलाई चटारो पनि बढ्नेछ ।
बुटवल उपमहानगरपालिका, देवदह र तिलोत्तमा नगरपालिकामा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल (२०७४ ज्येष्ड ३१, बुधवार)
 स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ।
सीमावर्ती भारतको जोगवनीमा गुडिरहेको रेलबाट किचिएर तीन नेपालीको मृत्यु(२०७४ ज्येष्ड ३१, बुधवार)
सीमावर्ती भारतको जोगवनीमा गुडिरहेको रेलबाट किचिएर मंगलबार तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको कदमाहा-८ का २५ वर्षीय रमेश शर्मा, जुडीघाट-८ का १६ वर्षीय राजु ऋषिदेव र धनुषा सिग्याहीमडानका २६ वर्षीय विनोद यादव रहेको सीमा प्रहरी कार्यालय जोगवनीका प्रहरी नायब निरीक्षक फिरोज चौधरीले जानकारी दिए ।
कालिकोटको जितेगडाबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना, १० जनाको मृत्यु(२०७४ ज्येष्ड ३१, बुधवार)
 कालिकोटको जितेगडाबाट महेन्द्रनगर जाँदै गरेको ना४ख २९९८ नम्बरको एक यात्रीबहाक बस बुधबार दैलेखको आठबीस नगरपालिका–४ को नैनाल सडकखन्डमा दुर्घटना कम्तीमा हुँदा १० जनाको मृत्यु भएको छ ।