arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार
थाइल्याण्डले रात्री कर्फ्यूलाई पछि नलम्याउनेः प्रधानमन्त्री अब्हिसिट (भिडियो सहित)(२०६७ ज्येष्ड १५, शनिवार)
थाइल्याण्डका प्रधानमन्त्री अब्हिसिट भेचाचिभाले आज बोल्दै राजधानी बैंकक र अन्य केही क्षेत्रमा कार्यान्वयन गरिएको रात्री कर्फ्यूलाई पछि नलम्याउने सरकारी निर्णय घोषणा गर्नुभएको छ। तर रात्री कर्फ्यू रद्द गरिएपछि यी क्षेत्रहरुमा अझ पनि जरुरी कानुन लागु हुने कुरा पनि उहाँले बताउनुभएको छ।
संयुक्त राष्ट्र संघीय भवनद्बारा हाइटीको भूकम्पमा परी मृत्यु भएका शान्ति सेनालाई पुरस्कार प्रदान(२०६७ ज्येष्ड १५, शनिवार)
आज मे 29 तारिख संयुक्त राष्ट्र संघको आठौं"अन्तर्राष्ट्रिय शान्ति दिवस"हो। संयुक्त राष्ट्र संघीय सुरक्षा संरक्षण कार्वाहीका प्रतिनिधि-मण्डलले शाङ्गहाइ विश्व एक्स्पोको संयुक्त राष्ट्र संघीय भवनमा शान्ति दिवसमा एक कार्यक्रमको आयोजना गर्दै गत 14 वटा महिनाभित्र अन्तर्राष्ट्रिय शान्ति संरक्षण कार्यमा कर्तव्य पालनका शिलशिलमा मृत्यु भएका दुइ सयभन्दा बढी सेनाप्रति श्रद्धान्जलि दिनुका साथै हाइटीको भूकम्पमा परी मृत्यु भएका चारजना चिनियाँ शान्ति सेनालाई"ह्यामर स्कोल्ड" नामक पुरस्कार प्रदान गरेको छ।
पाकिस्तानको पूर्वी शहर लाहोरमा आक्रमण, तालिवानले उक्त घटनाको जिम्मा (भिडियो सहित)(२०६७ ज्येष्ड १५, शनिवार)
पाकिस्तानको स्थानीय टेलिभिजन स्टेशनका अनुसार पाकिस्तानको पूर्वी शहर लाहोरमा आज 28 तारिखका दिन गोली हानी आक्रमण गराइएपछि गारही शाहु तथा मोडेल टाउन क्षेत्रमा बम विस्फोट भएको छ। हालसम्म यस आक्रममा परी कम्तीमा 25 जना मानिस मृत्यु हुनुका साथै 40 जना घाइते भएका छन।
भारतीय प्रहरीद्बारा रेल लीगबाट उछिट्टिएर भएको दुर्घटना भारतीय माओवादीद्बारा गरिएको निश्चित (भिडियो सहित)(२०६७ ज्येष्ड १५, शनिवार)
भारतीय पश्चिमी बंगाल राज्यको प्रहरी व्यूरोका प्रमुख भूपिन्दर सिंहले आज दिउँसो कोलकातामा पत्रकारसँग कुराकानी गर्दै प्रहारीले आजै बिहान सबेरै उक्त प्रदेशमा रेल लीगबाट उछिट्टिएर भएको दुर्घटना भारतीय माओवादीद्बारा गरिएको पुष्टि भएको कुरा बताउनुभयो।
रुसी र इरानी विदेश मन्त्रीबीच टेलिफोन-वार्ता(२०६७ ज्येष्ड १४, शुक्रवार)
रुसी विदेशमन्त्री सर्गै लाभरोभले हिजो इरानी विदेशमन्त्री मानोचिनर मोटागीसँग टेलिफोन-वार्ता गर्नुभयो। सो अवसरमा श्री लाभरोभले इरानलाई टर्की तथा ब्राजिलसित आणविक इन्धन साटासाटसम्बन्धी सम्झौताबारे सहमति भएकोमा त्यसको स्वागत् गर्नुभयो।
उत्तर र दक्षिण कोरियाबीच आदान-प्रदान र सहयोगसम्बन्धी सैनिक संरक्षण कदम हटाउने: उत्तर कोरियाली सेना(२०६७ ज्येष्ड १४, शुक्रवार)
योनहाप न्यूज एजेन्सीले आज कोरियाली केन्द्रीय न्यूज एजेन्सीको समाचारलाई उद्धृत गरेअनुसार, उत्तर कोरियाली पिपुल्स आर्मीका चिफ अफ स्टाफले आज बोल्दै उत्तर कोरियाले दुई देशबीच आदान-प्रदान र सहयोगसम्बन्धी सैनिक संरक्षण कदमलाई पूर्ण रुपमा हटाउने कुरा व्यक्त गर्नुभयो।
दक्षिण रुसी स्टाभ्‌रोपल शहरमा भएको विस्फोटनमा परी सात जनाको मृत्यु(२०६७ ज्येष्ड १४, शुक्रवार)
रुसी स्थानीय सञ्चार-माध्यमले जनाइए अनुसार, रुसको दक्षिण भागस्थित स्टाभरोपल शहरमा हिजो राती विस्फोटन भएको छ। जसबाट सात जनाको मृत्यु भएको छ। प्राप्त समाचार अनुसार, उक्त विस्फोटनमा घाइते भएका तीस जनाको हाल अस्पतालमा उपचार भइरहेको छ।
पाकिस्तानको स्वाट वाली क्षेत्रका तालिवानी प्रमुखको मृत्यु(२०६७ ज्येष्ड १४, शुक्रवार)
पाकिस्तानको स्थानीय सञ्चार माध्यमले अफ्गानिस्तानको प्रहरीले हिजो राति पाकिस्तान र अफ्गानिस्तानबीचको सिमा क्षेत्रमा पाकिस्तानको स्वाट वाली क्षेत्रका तालिवानी प्रमुख मौलवी फाज्लुल्लाहलाई मारेको जनाएको छ।
ठूलो परिमाणमा आर्थिक सुधार आवश्यक रहेको युरोपेली संघद्बारा सदस्य मुलुकलाई चेतावनी(२०६७ ज्येष्ड १२, बुधवार)
युरोपेली संघ अन्तर्गत अर्थ तथा मुद्रा मामिलाको जिम्मा लिने पदाधिकारी ओल्लि रेहनले हिजो 25 तारिखमा बोल्दै युरोपेली संघका सदस्य मुलुकले अर्थको बृद्धिलाई प्रवर्द्धन गर्न ठूलो परिमाणमा सुधार गर्नु पर्ने र नभएमा युरोपेली संघको समस्त अर्थ ह्रास हुनसक्ने सम्भावना रहेको चेतावनी दिनुभएको छ।
सन् 2010एशियाली सञ्चार शिखर सम्मेलन पैचिंगमा सम्पन्न(२०६७ ज्येष्ड १२, बुधवार)
सन् 2010एशियाली सञ्चार शिखर सम्मेलन आज पैचिंगमा सम्पन्न भयो। एशियाली ब्रोडकाष्ट्रिङ्ग विकास संस्थाका अधिकारी ज्यावाद मोटागीले हालसम्मकै सबैभन्दा सफलताका साथ आयोजना भएको एशियाली सञ्चार शिखर सम्मेलन भएको र चिनियाँ राष्ट्रिय रेडियो, चलचित्र तथा टेलिभिन व्यूरोप्रति धन्यवाद व्यक्त गर्नुभयो।
दक्षिण कोरियाद्वारा "थ्यान आन नम्बर" नाउँको समस्याको समाधान गरिएको कुराप्रति अमेरिकाबाट समर्थन (भिडियो सहित) (२०६७ ज्येष्ड १२, बुधवार)
गणतन्त्र कोरियाको भ्रमणमा रहनुभएका अमेरिकी परराष्ट्रमन्त्री हिलारीले आजै 26 तारिखका दिन सोलमा दक्षिण कोरियाली विदेशमन्त्री यु मिङ्ग ह्वानसँग भेट-वार्ता गर्नुभएको छ।
अमेरिका-दक्षिण कोरियाद्बारा संयुक्त सैनिक अभ्यासको आयोजना गर्ने(२०६७ ज्येष्ड १२, बुधवार)

अमेरिकाले दक्षिण कोरियाको "चेवनान" नम्बरको सैनिक जहाज डुबेको घटनालगत्तै दक्षिण कोरियाली सेनासँग संयुक्त सैनिक अभ्यासको आयोजना गर्ने परियोजना रहेको अमेरिकी रक्षा मन्त्रालयले हिजो जनाएको छ।
अफ्गानिस्तानी तालिबानद्वारा पाँच जना सर्वसाधारणलाई मारेको(२०६७ ज्येष्ड १२, बुधवार)
अफ्गानिस्तानी गृहमन्त्रालयले आज प्रकाशित गरेको वक्तव्य अनुसार, तालिबान सशस्त्र शक्तिले अस्ति तेइस तारिखका दिन अफ्गानिस्तानको पूर्वी गोस्त प्रान्तमा सात जना सर्वसाधारणलाई अपहरण गरेपछि तीमध्येका पाँच जनालाई मारेको छ।  बाँकी दुई जना सर्वसाधारणको अवस्था र तालिबानको उद्येश्यबारे थाहा पाएको छैन।
चीन-अमेरिकाबीच बेइजिङमा उच्च वार्ता, सैन्य आदानप्रदान वार्ता पुनः हुने(२०६७ ज्येष्ड १२, बुधवार)
अमेरिकाबीच मंगलबार बेइजिङमा सम्पन्न उच्च वार्ताले सैन्य आदानप्रदान पुनः शुरु गर्न बाटो खोलेको छ। यस सम्बन्धी औपचारिक निर्णय नगरिए पनि चिनियाँ र अमेरिकी सैन्य अधिकारीबीच यसै महिनाभित्र छलफल हुने र त्यसपछि सैन्य आदानप्रदान पुनः शुरु हुने अनुमान गरिएको छ। बेइजिङ वार्ता र कोरियाली प्रायद्वीपमा बढेको तनावले दुई देशका सैन्य अधिकारीहरू सँगै बस्ने वातावरण बनेको सुरक्षा अधिकारीहरूले बताएका छन्।
चेवनान जहाज दुर्घटना सम्बन्धी दक्षिण कोरियाको कदम(२०६७ ज्येष्ड ११, मंगलवार)
दक्षिण कोरियाका राष्ट्रपति लि म्यूँग बाकले आज चेवनान नामको सैनिक जहाज डुबेको दुर्घटनाबारे सम्बोधन गर्दै उक्त दुर्घटना उत्तर कोरियाले आफूलाई रीस उठाउनको लागी गरिएको सैनिक गतिबिधि हो र आफूले यसबारेमा सम्बन्धित कदम चाल्ने कुरा व्यक्त गर्नुभयो।
ग्रीसका प्रधानमन्त्रीद्वारा ऋण अपराध र पुनर्गठन नहुने व्यक्त(२०६७ ज्येष्ड ११, मंगलवार)
 ग्रीसका प्रधानमन्त्री जर्ज पापान्द्रेउले स्पेनका पत्रकारसँग कुराकानी गर्दै ग्रीसको ऋण अपराध र पुनर्गठन नहुने कुरा व्यक्त गर्नुभयो।  उहाँले युरोपेली संघ र अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोग पाउनका लागि गम्भीर ऋण संकटमा रहेको ग्रीस सरकारले खर्च बचत सम्बन्धी कडा कदम चाल्ने कुरा व्यक्त गर्नुभयो।
इरानद्वारा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीलाई पत्र(२०६७ ज्येष्ड ११, मंगलवार)
इरान सरकारले अस्ति तेइस तारिखका दिन अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीलाई सम्बन्धित पत्र पेश गरी सत्र तारिखमा इरान, टर्कि तथा ब्राजिलबीच तेहरानमा हस्ताक्षर भएको आणविक ईन्धनको साटासाट सम्बन्धी सम्झौताबारेको पत्र सुनाएको पनि थियो।
ब्रिटेनकी डचेसले व्यापारी बनेका पत्रकारसंग घुस लिएको भिडियो रेकर्ड सार्वजनिक (भिडियो सहित) (२०६७ ज्येष्ड १०, सोमवार)
ब्रिटेनकी डचेस अफ योर्क सारा फर्गुसनले ब्रिटेनका व्यापार प्रतिनिधि समेत रहेका आफ्ना भूतपूर्व पतिसंग परिचय गराइदिनको लागि व्यापारी बनेका पत्रकारसंग सात लाख डलर भन्दा बढी घुस मागेको भिडियो सार्वजनिक भएको छ।
 
समुद्री डाँकाको समस्याले अन्तर्राष्ट्रिय समुद्री ढुवानीलाई ठूलो क्षति, कानूनी सजाइँ दिनुपर्नेः संयुक्त राष्ट्र संघका महासचिव(२०६७ ज्येष्ड ९, आइतवार)
संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले हिजो इस्तान्बुलमा बोल्दै समुद्री डाँकाको समस्याले अन्तर्राष्ट्रिय समुद्री ढुवानीलाई ठूलो क्षति पुर्‍याएको साथै सोमालीयालाई संकटमा पारेको विचार व्यक्त गर्नुभयो।
भारतीय वायु कम्पनीले दुर्घटना सम्बन्धीत मामिलाको जाँचबुझ (भिडियो सहित) (२०६७ ज्येष्ड ९, आइतवार)
भारतीय वायु कम्पनीको एक विमान बोइङ्ग सात तीन सात हिजो बिहान भारतको दक्षिणी भागमा उत्रने क्रममा दुर्घटनामा परेको छ। हाल भारतीय वायु कम्पनीले सम्बन्धीत मामिलाको जाँचबुझ गरिरहेका छन्।
सातौं चीन,जापान र दक्षिण कोरियाका आर्थिक तथा व्यापारिक मन्त्रीबीचको वार्ता शुरु(२०६७ ज्येष्ड ९, आइतवार)
सातौं चीन,जापान र दक्षिण कोरियाका आर्थिक तथा व्यापारिक मन्त्रीबीचको वार्ता दक्षिण कोरियाको सोलमा शुरु भएको छ। चीनको वाणिज्य मन्त्री छन त मिङ्ग,दक्षिण कोरियाको कूटनैतिक तथा यातायात मन्त्रालय अन्तर्गत मध्यस्थता मन्त्री खिम जोङ्ग हुन,जापानको आर्थिक व्यवसायका मन्त्री मासायुखी नाशिमाले यस वार्तामा भाग लिनुभएको छ।
जर्मनीका प्रधानमन्त्री आन्गला मेर्केलद्बारा बीस मुलुक समूहसमक्ष आ-आफ्नो अडानलाई सामञ्जस्य गर्न आव्हान्(२०६७ ज्येष्ड ८, शनिवार)
जर्मनीका प्रधानमन्त्री आन्गला मेर्केलले हिजो बर्लिनको बैंकिङ बजारको निगरानी तथा व्यवस्थापन सम्मेलनमा बोल्दै वर्तमान सङ्कटको सामना गर्न बीस मुलुक समूहले आ-आफ्नो अडानलाई सामञ्जस्य गर्नुपर्ने कुरा बताउनुभएको छ। थाहा भएअनुसार उक्त सम्मेलनमा मुख्यतः अन्तर्राष्ट्रिय बैंकिङ प्रारुपको स्थापना गर्ने र बैंकिङ बजारको निगरानी तथा व्यवस्थापनलाई गहिरो तथा फराकिलो पार्ने विषय रहेका छन। चालीसभन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिले उक्त सम्मेलनमा भाग लिनुभएको छ।
अमेरिकाको मौद्रिक उद्धार योजनाको खर्चको घटावा(२०६७ ज्येष्ड ८, शनिवार)
अमेरिकी अर्थ मन्त्रालयले हिजो एक प्रतिवेदन प्रकाशित गर्दै गत मार्चको अन्तसम्म सात खर्ब अमेरिकी डलर संलग्न हुने मौद्रिक उद्धार योजनाको वास्तविक खर्च एक खर्ब पाँच अर्ब चालिस करोड अमेरिकी डलरसम्म घटाइने बतायो। उक्त खर्चको घटावाको मुख्य कारण उद्धार पाएका मौद्रिक संस्थाले ऋण असुली गरेको दर पहिले अनुमान गरिएको भन्दा छिटो र अर्थ मन्त्रालयका आंशिक पूजीबाट पनि लाभ पाइएको हो।
एयर इन्डियाको विमान मङ्लोर विमानस्थलमा अवतरण हुने क्रममा दुर्घटना, कम्तिमा १ सय ६० को मृत्यु (भिडियो सहित)(२०६७ ज्येष्ड ८, शनिवार)
दुबईबाट १ सय ७३ यात्रु लिएर आएको एयर इन्डिया एक्सप्रेस एयरक्राफ्ट मङ्लोर विमानस्थलमा अवतरण हुने क्रममा दुर्घटनामा हुँदा कम्तिमा १ सय ६० जनाको मृत्यु भएको छ। विमानस्थलभन्दा १० किलोमिटर नजिकको एक स्थानमा विमान दुर्घटना भएको हो। कर्नाटक राज्यका गृह मन्त्री भीएच आचार्यले घटनाको जानकारी दिँदै विमानमा आगो लागेको बताए।
रुसद्बारा "चेवनान" नम्बरको सैनिक जहाज डुबाइएको भन्ने कुरामा पूर्ण प्रमाण नपाइएको कुरा व्यक्त(२०६७ ज्येष्ड ८, शनिवार)
रुसका विदेश मन्त्रालयका प्रवक्ता आन्तरै नेस्टर्रान्कोले हिजो बीस तारिखका दिन सञ्चार-माध्यमसँग बोल्दै हालसम्म रुसले दक्षिण कोरियाली "चेवनान" नम्बरको सैनिक जहाज डुबाइएको कुराको पूर्ण प्रमाण नपाएको कुरा व्यक्त गर्नुभयो। दक्षिण कोरियाले दिएको केही सर्भेक्षणको नतिजा रुसले पाएको छ। साथै दक्षिण कोरियासँगको सम्पर्कमार्फत रुसले दक्षिण कोरियाले अनुमान गरेको नतिजा पाइसकेको कुरा निश्चित गरेको छ।
भारतको पूर्वी समुद्री क्षेत्रमा आएको आँधीबेहरीबाट सत्ताइसको मृत्यु(२०६७ ज्येष्ड ८, शनिवार)
भारतको मौसम विज्ञानविभागका अनुसार, "लाइला" नामक आँधीबेहरीका कारण हालै भारतको पूर्वी क्षेत्रको आन्ध्र प्रदेश तथा आसपासका क्षेत्रमा सत्ताईस जनाको मृत्यु भएको खबर छ । यसबाट धेरै धेरै घरहरू पनि गम्भिर ध्वस्त भएका छन्।  थाहा भएअनुसार, सो आधीबेहरीको कारण कम्तीमा पचपन्न जना हासम्म वेपत्ता छन्।
विश्व महिला शिखर सम्मेलनद्बारा महिलाद्वारा आर्थिक विकासको महत्वपूर्ण भूमिका अघि बढाइने(२०६७ ज्येष्ड ८, शनिवार)
सन् 2010 को विश्व महिला शिखर सम्मेलन पैचिंगमा आयोजना भइरहेको छ। विश्वव्यापी विभिन्न क्षेत्रबाट आएका हजारौं उत्कृष्ट महिला प्रतिनिधिहरुको संयुक्त प्रयासबाट आर्थिक विकासमा महत्वपू‌र्ण भूमिका बढ्ने अपेक्षा गरिएको छ। आज एकाईस तारिखका दिन सरकार , बहुराष्ट्रिय कम्पनी र गैरसरकारी संस्थाबाट आएका महिला नेतृहरुले महिलाको आर्थिक स्तर उकास्ने विषयसम्बन्धी विषयमा छलफल गरेका छन्।
यसवर्ष अमेरिकाको आर्थिक विकास सो अघि दिइएको अनुमानको तुलनामा राम्रो - अमेरिकी संचय समिति(२०६७ ज्येष्ड ६, विहीवार)
अमेरिकी संचय समितिले हिजो एउटा आर्थिक प्रतिवेदन प्रकाशित गर्दै यसवर्ष अमेरिकाको आर्थिक विकास यस अघि गरिएको अनुगमनको तुलनामा राम्रो छ।  अमेरिकी संचय समितिद्वारा आज सार्वजनिक प्रतिवेदनअनुसार, यसवर्ष अमेरिकी आर्थिक वृद्धिदर 3.2 देखि 3.7 प्रतिशतसम्म पुग्नेछ। अमेरिकी संचय समितिले प्रतिवेदनमा हालै अमेरिकी अर्थतन्त्रमा अझ बढी पुनःरुत्थान भएको उल्लेख गरेको छ।
"चेवनान" नामको सैनिक जहाज उत्तर कोरियाको टारपेडोको आक्रमणमा परी डुबेको(२०६७ ज्येष्ड ६, विहीवार)
दक्षिण कोरियाको "चेवनान" नामको सैनिक जहाज पानी भित्र रहेको उत्तर कोरियाको टारपेडोको आक्रमणमा परेर विस्फोटनमा परेको तथ्य दक्षिण कोरियाको "चेवनान" नामको सैनिक जहाज सम्बन्धी सैनिक र जनता संयुक्त जांचबुझ दलले आज 20 तारिखका दिन सार्वजनिक गरेको औपचारिक नतिजा अनुसार ठहर लिएको छ। संयुक्त जांचबुझ दलले प्रतिबेदनमा जनाए अनुसार- खोजेर पाइएका विभिन्न सामानहरुको प्रमाणको बिश्लेषण गरी तथा सो जहाजका भाग्यमानी जिवित व्यक्तिहरुको प्रमाण अनुसार ती सबै कुराले उक्त नतिजा प्रमाण गरेका छन्।
पाकिस्तानको दक्षिण शहर कराचीमा भएको आतङ्कमा परी 23जनाको मृत्यु(२०६७ ज्येष्ड ६, विहीवार)
पाकिस्तानको दक्षिण बन्दरगाह शहर कराचीमा हिजो उन्नाईस तारिखका दिन पटक पटक गरी आतङ्ककारी आक्रमणका घटना भएको छ। हालसम्म यसबाट 23जनाको मृत्यु हुनुका साथै 20जना भन्दा बढी घाइते भएका छन्।   उक्त आक्रमणका घटना सबभन्दा पहिले 18तारिख रातिदेखि शुरु भई हिजो रातिसम्म चल्दै आएको थियो। कराचीका दश वटा भन्दा बढी स्थानहरुमा यी आक्रमण भएका छन्। आक्रमण भएका क्षेत्रहरुमा सबै पसलहरु बन्द गर्न बाध्य भएका छन्।
http://go.oclaserver.com/afu.php?zoneid=1465736