arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार
अमेरिकी प्रतिनिधि-सभाद्बारा चिकित्सा सुधार मसौदा पारित(२०६६ चैत्र ९, सोमवार)
अमेरिकी प्रतिनिधि-सभाले हिजो राती मतदातद्बारा चिकित्सा सुधार मसौदा पारित गरेको छ। यससँग"चिकित्साको सयौँ वर्षको सुधार"लाई लगभग साकार तुल्याउने अर्थ रहेको छ। श्री ओबामा कार्यकाल सुरु भएपछि अमेरिकी चिकित्सा सुधार नै महत्वपूर्ण आन्तरिक मामिला हुँदैआएको छ।
पाकिस्तानको दक्षिण-पश्चिमीमा गराइएको बम विस्फोटनमा कम्तिमा चारजनाको मृत्यु(२०६६ चैत्र ८, आइतवार)
पाकिस्तानको प्रहरीका अनुसार, सो मुलुकको बालुचिस्तान प्रान्तको सदरमुकाम क्वेट्टामा आज गराइएको आतंकबादी बम विस्फोटनमा परी हालसम्म कम्तिमा चार जनाको मृत्यु हुनुका साथै दशजना भन्दा बढी घाइते भएका छन्।
नेपालका भूतपूर्व प्रधान मन्त्री गिरिजाप्रसाद कोइरालाको स्वर्गवास(२०६६ चैत्र ७, शनिवार)
नेपालका भूतपूर्व प्रधान मन्त्री एवम् काँग्रेस पार्टीका पूर्व अध्यक्ष गिरिजाप्रसाद कोइरालाको आज मध्यन्ह काठमाडौंमा स्वर्गवास भयो। उहाँ पचासी वर्षको हुनुहुन्थ्यो। लामो समयदेखि नै उहाँलाई क्रोनिक निमोनिया तथा दम लागेको थियो।
मध्य-पूर्व समस्यासम्बन्धी चार पक्षको सम्मेलन मस्कोमा आयोजित(२०६६ चैत्र ६, शुक्रवार)
मध्य-पूर्व समस्यासम्बन्धी रुस, अमेरिका, संयुक्त राष्ट्र संघ तथा युरोपेली संघ गरी चार पक्षको सम्मेलन आज बिहान मस्कोमा आयोजना भएको छ। प्यालेष्टाइन तथा इजरेलबीचको भिडन्तको अन्त्य र प्यालेष्टाइन-इजरेल सम्झौता वार्ता पुनःशुरु गर्ने कुरा नै यस सम्मेलनको मुख्य विषय हो।
थाईल्यान्डका प्रधानमन्त्रीद्बारा बैङ्ककको परिस्थिति पुन:सामान्य हुने विचार व्यक्त(२०६६ चैत्र ६, शुक्रवार)
थाईल्यान्डका प्रधानमन्त्री अभिसिटले आज उन्नाईस तारिखका दिन बैङ्ककको उत्तरी भागको एक सैनिक शिविरमा बोल्दै बैङ्ककको परिस्थिति, आउने हप्तासम्म पुन:सामान्य हुने विचार व्यक्त गर्नुभयो।
उत्तर कोरियालाई वार्ताबाट समस्या समाधान गर्न दक्षिण कोरियाको आव्हान्(२०६६ चैत्र ६, शुक्रवार)
दक्षिण कोरियाको एकिकृत मन्त्रालयका प्रवक्ता छुन हे साङ्गले आज मुन्द खुम्काङ्ग पर्यटन समस्याको समाधानमा उत्तर कोरियाले एक पक्षीय कार्वाही चलाउँदा दक्षिण कोरियालाई गम्भीर अफसोस लागेको कुरा बताउनुभयो।
युरो क्षेत्रका अर्थमन्त्रीहरुद्वारा ग्रीसका लागि जरुरी सहायता व्यवस्था तयार(२०६६ चैत्र ५, विहीवार)
युरो क्षेत्रका अर्थमन्त्रीहरुले हिजो ब्रुसेल्समा आयोजित सम्बन्धित सम्मेलनमा ग्रिसको ऋण सङ्कट समाधान गर्न छलफल गर्नुभयो। विभिन्न मुलुकका अर्थमन्त्रीले ग्रिसका लागि जरुरी सहायता व्यवस्था तयार गर्न स्वीकार गर्नुभयो।
थाइल्याण्डमा सरकार विरोधी प्रदर्शन जारी,प्रदर्शनकारीहरुले सांकेतिकरुपमा रगत पोखिदिए(२०६६ चैत्र ३, मंगलवार)
थाइल्याण्डको राजधानी बैङ्ककमा रहेको मुख्य सरकारी कार्यालय परिसरमा सरकार विरोधी प्रदर्शनकारीहरुले सांकेतिकरुपमा रगत पोखिदिएका छन्। मंगलबार लगातार तेश्रो दिन सरकारको विरोध गरिरहेका दशौं हजार प्रदर्शनकारीहरुमध्ये धेरैजसोले रातो कमीज लगाएका थिए।
अफगानिस्तानी प्रहरीद्बारा पाँच जना आत्मघाती आक्रमणकरी मारिए(२०६६ चैत्र २, सोमवार)
अफगानिस्तानको गृह मन्त्रालयले आज सार्वजनिक गरेको सूचनाअनुसार, अफगानिस्तानी प्रहरीले आज पूर्वी भागको पकटिया प्रान्तमा पाँच जना आत्मघाती आक्रमणकरीहरुलाई मारिदिएको छ।
संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनद्वारा हाईटीको पुन भ्रमण(२०६६ चैत्र २, सोमवार)
संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले हिजो हाईटी भुकम्प प्रभावित क्षेत्रको पुन भ्रमण गर्दै भुकम्प पछिको पुनःनिर्माण कार्यको निरीक्षण गर्नुभयो।
पाकिस्तानको स्वात उपत्यकामा भएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु(२०६६ फाल्गुन २९, शनिवार)
पाकिस्तानको स्वात उपत्यकामा आज भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। लाहोरमा शृङ्खलाबद्ध विस्फोट भएको ठीक एक दिनपछि यो पछिल्लो विस्फोट भएको छ। स्वात उपत्यकाको दक्षिण मिङ्गोराको सैपू सरिफमा ती आत्मघातीले विस्फोट गरेका हुन्।
चिलीका राष्ट्रपतिद्वारा आफ्नो पदको शपथ ग्रहण, भूकम्प प्रभावित क्षेत्रको भ्रमण(२०६६ फाल्गुन २८, शुक्रवार)
चिलीमा राष्ट्रपतिको पद सम्हाल्नुभएका सेबासथ्यान पिनेराले स्थानीय समय आज एघार बजेतिर कांग्रेसको आफ्नो पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो।उक्त समारोह सम्पन्न भएपछि उहाँले विमानद्वारा त्यहाँको भूकम्पबाट गम्भीर प्रभावित क्षेत्र चोन्स टिटुचिन पुगेर तत्तस्थानमा राष्ट्रपतिको एक नम्बर आदेश वितरण गर्नुभयो।
रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिन भारत भ्रमणमा,दश भन्दा बढी सम्झौतामा हस्ताक्षर(२०६६ फाल्गुन २८, शुक्रवार)
रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनले हिजो राती भारतको राजधानी नयाँ दिल्ली पुग्नुभई भारतको भ्रमण सुरु गर्नुभयो। श्री पुटिनले रुसी प्रधानमन्त्रीको पद सम्हालेपछि भारत भ्रमण गरेको यो पहिलो पटक हो। आज प्रधानमन्त्री पुटिनले भारतका राष्ट्रपति प्रतिभा पाटिलसँग भेट-वार्ता गर्नुभयो।
पाकिस्तानको लाहोरमा भएको आत्मघाती हमलामा कम्तिमा ३९ जनाको मृत्यु (२०६६ फाल्गुन २८, शुक्रवार)
पाकिस्तानको लाहोरस्थित भीड भरिएको क्षेत्रमा बिहीबार भएको आत्मघाती हमलामा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये आधा दर्जन भने सुरक्षाकर्मी छन् ।
अफ्गानिस्तान कुनै पनि मुलुकका लागि युद्धस्थल बन्न नहुने श्री कार्जाईको भनाइ(२०६६ फाल्गुन २७, विहीवार)
पाकिस्तानको भ्रमणमा रहनुभएका अफगानिस्तानका राष्ट्रपति हमिद कार्जाईले आज इस्लामावादमा बोल्दै अफगानिस्तान कुनै पनि मुलुकका लागि युद्धस्थल बन्न नहुने बताउनुभयो।
भारतीय संसदको माथिल्लो सदनद्बारा संसदमा महिला संख्या बढाउने विध्येयक पारित(२०६६ फाल्गुन २६, बुधवार)
भारतीय संसदको मथिल्लो सदनमा हिजो एक गम्भिर बहसपछि बहुमतवाट महिला स्थान बढाउने विध्ययक पारित भयो। उक्त प्रस्ताव अनुसार, भारतले संसदको तल्लो सदन र विभिन्न क्षेत्रीय संसदमा महिलाका लागि तेंतीस प्रतिशतमा रहेको स्थानलाई कायमै राखी महिला राज्य मामिलामा सहभागी हुने अधिकार बढाउने छ।
उत्तर-पश्चिमी पाकिस्तानमा भएको आक्रमणमा परी पाँच जनाको मृत्यु(२०६६ फाल्गुन २६, बुधवार)
केही सशस्त्र व्यक्तिहरुले दश तारिखका दिन उत्तर-पश्चिमी पाकिस्तानको एउटा गैर-सरकारी संगठनको कार्यालयमा गरेको आक्रमणमा परी कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन्।
अमेरिकाका सबैभन्दा वृद्धा जेष्ठ नागरिकको ११४ वर्ष २९४ दिनमा मृत्यु(२०६६ फाल्गुन २६, बुधवार)
अमेरिकामै बसोबास गर्ने लगभग ११५ वर्षीया मेरि जोसेफीन रे नामकी अमेरिकाकी सबैभन्दा वृद्धा जेष्ठ नागरिकको गत आइतबार ११४ वर्ष २९४ दिनमा मृत्यु भएको छ ।
बीस मुलुक समूहले व्यापार संरक्षणबादको विरोध गर्न विश्व व्यापार संगठनद्बारा ताकिता(२०६७ ज्येष्ड १५, शनिवार)
विश्व व्यापार संगठनले हिजो सार्वजनिक एक प्रतिवेदनमा हाल विश्व आर्थिक पुनःरुत्थानको भविष्य बताउन नसकिने र यसवर्ष विश्वको बेरोजगारी प्रतिशत पनि धेरै उच्च रहने छ भन्दै बीस मुलुक समूहले व्यपार संरक्षणवादको विरोध गर्न ताकिता गरेको छ।
अफ्गानमा अझ कठिन संघर्ष देखापर्ने अमेरिकी रक्षामन्त्रीको भनाइ(२०६६ फाल्गुन २५, मंगलवार)
अफगानिस्तानको भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रिय प्रतिरक्षा मन्त्री रोबर्ट गैट्सले हिजो बोल्दै नेटो तथा अफगानी फौजले दक्षिणी भागको सैनिक कार्वाहीमा केही बिजय प्राप्त गरे तापनि भावी अफ्गानको सामु अझ बढी कठिन संघर्ष देखापर्ने बताउनुभयो।
इजरेल र प्यालेष्टाइनले अनौपचारिक शान्ति वार्ता आयोजना गर्न स्वीकार(२०६६ फाल्गुन २५, मंगलवार)
प्यालेष्टाइन र इजरेल क्षेत्रको भ्रमणमा रहनुभएका अमेरिकी मध्य-पूर्व समस्यासम्बन्धी विशेषदूत जर्ज मिचेलले हिजो इजरेल र प्यालेष्टाइनले अनौपचारिक शान्ति वार्ता आयोजना गर्न स्‍वीकार गरेको कुरा बताउनुभयो।
उत्तर पश्चिमी पाकिस्तानमा एउटा लहर गाडी बम विस्फोटमा पर्दा बाह्रजनाको मृत्यु(२०६६ फाल्गुन २४, सोमवार)
उत्तर पश्चिमी पाकिस्तानको हान्गु क्षेत्रमा पाँच तारिखका दिन यात्रुवाहक गाडीको लहर आत्मघाती विस्फोटमा परेका छन्। यसबाट कम्तीमा बाह्रजनाको मृत्यु हुनुका साथै तीसभन्दा बढी घाइते भएका छन्। पाकिस्तानी प्रहरी पक्षले पाँच तारिखका दिन उक्त कुरा बताएको हो।
अमेरिकी नागरिक्ता लिएको अलकायदा संगठनका प्रवक्ता पाकिस्तानमा पक्राउ(२०६६ फाल्गुन २४, सोमवार)
पाकिस्तानका पदाधिकारीले हिजो बोल्दै पाकिस्तानी सुरक्षा फौजले अमेरिकी नागरिक्ता लिएको अलकायदा संगठनका प्रवक्ता आदाम याहिय गादाहनलाई पक्राउ गरिएको बताउनुभयो। आफ्नो नाम नदिने पाकिस्तानी सुरक्षा फौजका दुई जना व्यक्तिका अनुसार पाकिस्तानी सुरक्षा फौजले हालै दक्षिण भागमा रहेको महत्वपूर्ण सैनिक ठाउँ काराचिमा उनलाई पक्राउ गरेको जनाएका छन्।
अमेरिकी रक्षा मन्त्रीको आकस्मिक अफ्गानिस्तान भ्रमण(२०६६ फाल्गुन २४, सोमवार)
आफ्गानिस्तानका एक पदाधिकारीका अनुसार अमेरिकी रक्षा मन्त्री रोवट गेसले आज आफ्गानिस्तानको आकस्मिक भ्रमण गरी आफ्गानिस्तानका राष्ट्रपति हामिद कार्जाइ र त्यहाँस्थित नेटो अन्तर्राष्ट्रिय सुरक्षा फौजका सर्वच्च निर्देशक स्टानलेइ मेख्रस्टोसँग त्यहाँको सुरक्षा स्थिति सम्बन्धी पछिल्लो प्रगतिबारे बैचारिक आदान-प्रदान गर्नुहुने अनुमान गरिएको छ।
भारतका दुईवटा गाडी आपसमा ठोक्किदा कम्तिमा दशजनाको मृत्यु(२०६६ फाल्गुन २४, सोमवार)
दुईवटा सार्वजनिक बस हिजो राति भारतको उत्तर-पश्चिमी भागको पन्जाब प्रान्तमा आपसमा ठोक्किदा हालसम्म कम्तिमा दशजनाको ज्यान जानुका साथै अन्य तीसजना घाइते भएका छन्। हाल स्थानीय प्रहरीले उक्त दुर्घटनाको वास्तविक कारणवारे छानबीन गरिरहेको छ।
इराकीहरुले सद्दाम हुसेनलाई सत्ताच्यूत गरेपछिको दोश्रो आमचुनावमा मतदान(२०६६ फाल्गुन २३, आइतवार)
इराकीहरुले अमेरिकी नेतृत्वको गठबन्धनले सद्दाम हुसेनलाई सत्ताच्यूत गरेपछिको दोश्रो आमचुनावमा मतदान गरेका छन्। सन २००५को तुलनामा हिंसा निकै कम भएको छ। तर सुरक्षा अझैपनि एउटा मुख्य मुद्दा रहेको छ। यो आमचुनाव महत्वपूर्ण त छ, तर चुनाव पछि के हुन्छ भन्ने कुरा झनै महत्वपूर्ण हुने बताइएको छ।
आइसल्याण्डका मतदाताहरुले एउटा विवादास्पद जनमत संग्रहमा भाग(२०६६ फाल्गुन २२, शनिवार)
आइसल्याण्डका मतदाताहरुले शनिबार एउटा विवादास्पद जनमत संग्रहमा भाग लिएका छन्। त्यहांको बैंकिंग व्यवस्था ढलेपछि जनमत संग्रह गरिएको हो। अरबौं पाउण्ड पुन भुक्तानी गर्ने कुरामा ब्रिटेन र नेदरल्याण्ड बीच भएको संझौता मान्ने कि नमान्ने भन्ने कुरामा मतदान हुन लागेको हो।
पाकिस्तानमा फेरि भएको बम बिप्फोटमा परी बाह्र जनाको मृत्यु(२०६६ फाल्गुन २१, शुक्रवार)
पाकिस्तानी प्रहरीका अनुसार, पाकिस्तानको उत्तर पश्चिमी हान्कु क्षेत्रमा आज धेरै यात्रु वाहक बसमाथि आत्मघाटी विस्फोट भएका छन्। त्यसबाट कम्तिमा बाह्र जनाको मृत्यु हुनुका साथै तीस जनाभन्दा बढी घाइते भएका छन्। हालसम्म कुनै पनि संगठन वा व्यक्तिले उक्त विस्फोटको जिम्मा लिएका छैनन् ।
चीन सरकारद्वारा चिनियाँ जनताको जीवनमा अझ बढी सुधार गरिने(२०६६ फाल्गुन २१, शुक्रवार)
एघारौँ चिनियाँ राष्ट्रिय जन कांग्रसको तेस्रो अधिवेशन आज बिहान पैचिङमा उद्घाटन भयो। चीनका प्रधानमन्त्री वन च्या पाउले सरकारी कार्य प्रतिवेदनमा जोड दिँदै जनजीवनको सुधार गर्नु नै चीनको आर्थिक विकासको आधारभूत उद्देश्य हो भनी बताउनुभयो।
जापान र अमेरिका बीचको गोप्य आणविक सन्धिमा जापानले अडान सच्याउने(२०६६ फाल्गुन २०, विहीवार)
जापानको "योमिउरु शिमबुन"ले आज जापानको विदेश मन्त्रालय अन्तर्गत जापान र अमेरिका बीचको "आणविक हतियार सम्बन्धी गोप्य सन्धि"माथिको छानबीन सम्बन्धी विशेषज्ञ समितिको एउटा प्रतिबेदनलाई उद्धृत गर्दै जापान सरकारले जापान र अमेरिका बीचको "आणविक हतियार सम्बन्धी गोप्य सन्धि"को विद्यमान नरहेको अडानलाई सच्याउने जनाएको छ।