arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
विश्व समाचार
भारतको ताजमहलमा आतंकवादका कारण खतरामा परेको भन्दै सुरक्षा कडा(२०७३ चैत्र ५, शनिवार)
भारतको आगरास्थित मुगलकालिन स्मारक 'ताजमहल' आतंकवादका कारण खतरामा परेको भन्दै सुरक्षा बढाइएको छ । हालै केही संचारमाध्यमले अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले ताजमहलमा आक्रमण गर्ने योजना बनाएको समाचार प्रकाशमा ल्याएका थिए । 
फेरि अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पूर्व राष्ट्रपति ओबामाको शासनकालमा आफ्नो टेलिफोन ह्याक गरिएको आरोप(२०७३ चैत्र ५, शनिवार)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाको शासनकालमा आफ्नो टेलिफोन ह्याक गरिएको आरोप फेरि लगाएका छन् । फोन ट्यापिङसम्बन्धि राष्ट्रपति ट्रम्पको आरोप सिनेटले खारेज गरेको भोलिपल्टै उनले अमेरिका भ्रमणमा रहेकी जर्मन चान्सलर एङ्गेला मर्केलसँगको भेटमा दुवै जना फोन ट्यापिङका शिकार भएको बताए । 
पेरिसमा सुरक्षाकर्मीको हतियार खोस्न खोज्ने एक व्यक्तिलाई गोनी हानी मारियो(२०७३ चैत्र ५, शनिवार)
फ्रान्सको राजधानी पेरिसस्थित ओर्ले विमानस्थलमा शनिबार सुरक्षाकर्मीको हतियार खोस्न खोज्ने एक व्यक्तिलाई गोनी हानी मारिएको छ । विमानस्थलको दक्षिणी टर्मिनलमा हतियार खोसेर भागेका उनलाई सुरक्षाकर्मीले पक्राउ गर्न खोज्दा कारबाहीमा मारिएका हुन् । घटनामा अरु कोही घाइते भएका छैनन् ।
उत्तर प्रदेश, उत्तराखण्डमा भारतीय जनता पार्टीको एकलौटी सरकार बन्ने(२०७३ फाल्गुन २८, शनिवार)
भारतको पाँच राज्यमा विधानसभाका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । अहिलेसम्मको मत परिणाममा उत्तर प्रदेश, उत्तराखण्डमा भारतीय जनता पार्टीको एकलौटी सरकार बन्ने देखिएको छ भने पञ्जाव र गोवामा कांग्रेसको अग्रता देखिएको छ ।
पाकिस्तानको हिन्दुहरुको विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित(२०७३ फाल्गुन २८, शनिवार)
पाकिस्तानको संसदले हिन्दुहरुको विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ । राष्ट्रपतिले हस्ताक्षर गरेपछि यसले कानुनी मान्यता पाउने छ । यही हप्ता भित्र विधेयकले औपचारिका रुपमा कानुनी मान्यता पाउने विश्वास गरिएको छ ।
सन् १९४५ यता कै सबैभन्दा ठूलो मानवीय संकट सामना गरिरहेको तथ्य सार्वजनिक(२०७३ फाल्गुन २८, शनिवार)
विश्वले सन् १९४५ यता कै सबैभन्दा ठूलो मानवीय संकट सामना गरिरहेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्र संघका मानवीय सहायता प्रमुख स्टेफेन ओब्रिनले मानवीय संकटको भयावह विनाश रोक्न अपील गरेका छन् । उनले राष्ट्रसंघको सुरक्षा परिषद्मा यमन, सोमालिया, दक्षिण सुडान र नाइजेरियाका दुई करोडभन्दा बढी मानिस अकाल र भोकमरीको मारमा परेको जानकारी दिए ।
फिल्मी शैलीमा विमानस्थलबाट लुटियो लाखौं डलर(२०७३ फाल्गुन २६, विहीवार)
सुरक्षाका दृष्टिले विमानस्थल निकै सुरक्षित मानिए पनि विमानस्थलबाटै फिल्मी शैलीमा लाखौं डलर लुटिएको एक घटना प्रकाशमा आएको छ ।

अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बम आक्रमण (२०७३ फाल्गुन २५, बुधवार)
आक्रमणमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ भने अन्य ६६ जना घाइते भएका छन् । काबुलमै रहेको अस्पतालमा बुधबार भएको घटनामा परी आक्रमणकारीतर्फका पनि दुईजना मारिएको स्थानीय सन्चारमाध्यमले जनाएका छन् । 
बोस्टनमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो, एनडब्लुजीएन न्युइङ्ल्यान्डमा नयाँ नेतृत्व(२०७३ फाल्गुन २४, मंगलवार)
नेपाली महिलाहरूको विश्वब्यापी सञ्जाल न्युइङ्ल्यान्ड एनडव्लुजीएन (न्युइङ्ल्यान्ड च्याप्टर)ले बोस्टनमा भब्य रुपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।परिवर्तनका लागि साहसी बनौँ  भन्ने नाराका साथ महिलाहरुले अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाएको हो ।


अमेरिकामा फेरि अर्को भारतीय नागरिकमाथि अमेरिका छोड भन्दै आक्रमण(२०७३ फाल्गुन २२, आइतवार)
अमेरिकामा फेरि अर्को भारतीय नागरिकमाथि अमेरिका छोड भन्दै आक्रमण भएको छ । वासिङटनको केन्ट शहरमा ३९ वर्षीय शिख दीप रायमाथि अज्ञात व्यक्तिले गोली हानेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाखुरामा गोली लागि घाईते भएका राय उपचारपछि घर फर्केका छन् । उनका परिवार भने आतंकित बनेको बताइएको छ ।
जोर्डनमा आतंककारी मुद्दामा दोषी पाइएका १५ जनालाई मृत्युदन्ड(२०७३ फाल्गुन २१, शनिवार)
जोर्डनले १५ जनालाई मृत्युदन्ड दिएको छ । मृत्युदन्ड दिइएकाहरुमा आतंककारी मुद्दामा दोषी पाइएका १० जना पनि रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । उनीहरुले देशभित्र र बाहिरका विभिन्न ठाउँमा आक्रमण गरेका थिए ।
इराकको मोसुल शहरमा रसायनिक हतियार प्रयोग(२०७३ फाल्गुन २१, शनिवार)
इराकको मोसुल शहरमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको छ । १२ जना घाइते हुनेगरी मोसुलको दुई ठाउँमा गराइएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसिआरसीले पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
अमेरिकामा आप्रवासीहरुमाथि कडाइ भइरहेकोबेला अष्ट्रेलियाले विदेशी नागरिकका लागि दिइने वर्किङ भिसा खारेज गर्ने(२०७३ फाल्गुन १९, विहीवार)
अमेरिकामा आप्रवासीहरुमाथि कडाइ भइरहेकोबेला अष्ट्रेलियाले विदेशी नागरिकका लागि दिइने वर्किङ भिसा खारेज गर्ने भएको छ । अष्ट्रेलियाका अध्यागमनमन्त्री पिटर डटनले अष्ट्रेलियाली युवाशक्तिलाई रोजगारीको अवसर दिनुपर्ने भन्दै फास्टफुड उद्योगमा विदेशी कामदारलाई वर्किङ भिसामा रोक लगाउने निर्णय गरिएको बताएका हुन् । 
चिलीमा ४० लाख व्यक्तिलाई खानेपानीको आपूर्ति बन्द गरियो(२०७३ फाल्गुन १६, सोमवार)
आँधीबेहरी र पहिरोका कारण त्यहाँको मुख्य नदीहरु दूषित बनाएपछि अधिकारीहरुले चिलीको राजधानी सान्टियागोमा दिइँदै आएकोे खानेपानी आपूर्ति बन्द गरेका छन् । ४० लाख व्यक्तिहरुले उपभोग गर्दै आएका सो खानेपानी आपूर्ति बन्द गरिएको हो ।
साउदीमा आर्थिक मन्दी: विदेशी कामदार निकालिँदै, लगानीकर्ता देश फर्किँदै(२०७३ फाल्गुन १४, शनिवार)
रियादः साउदी अरबमा आर्थिक वृद्धि सुस्ताउन थाल्दा विदेशी कामदार अफ्ठेरोमा पर्ने अवस्था आएको छ । आर्थिक वृद्धि सुस्ताएपछि साउदी सरकार आफ्ना धेरै भन्दा धेरै नागरिकलाई जागिरमा राख्ने कोशिशमा जुट्न थालेको छ। 

भारतका अधिकांश धनाढ्य विदेश पलायन(२०७३ फाल्गुन १३, शुक्रवार)
सन् २०१६ मा भारतका अधिकांश धनाढ्य विदेशमा बसाइँ सरेको न्यून वल्र्ड वेल्थले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । गतवर्ष भारतका ६ हजार जना अति धनी व्यक्ति विदेश पलायन भएको पाइएको छ । यो सन् २०१५ को तुलनामा ५० प्रतिशतले बढी हो ।
इजरायली सैनिकलाई १८ महिना जेल(२०७३ फाल्गुन १३, शुक्रवार)
घाइते प्यालेस्टाइनीको हत्या गर्ने एक इजरायली सैनिकलाई १८ महिनाको जेलसजाय सुनाइएको छ । हत्यामा दोषी ठहरिएपछि एलोर अजारिया नामका ती सैनिकलाई अदालतले जेल सजायको फैसला गरेको हो ।

ट्रम्पले अमानवीय भाषण गरेर डरलाग्दो विश्व बनाइरहेको एम्नेस्टीको आरोप (२०७३ फाल्गुन १२, विहीवार)
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमानवीय भाषण गरेर डरलाग्दो विश्व बनाइरहेको जिकिर गरेको छ  - 
अभिनेत्री बलात्कारको अभियोगमा तीन जना पक्राउ(२०७३ फाल्गुन ९, सोमवार)
भारतको दक्षिणी राज्य करेलामा भारतीय प्रहरीले प्रख्यात अभिनेत्री अपहरणपछि बलात्कारको अभियोगमा तीन जना व्यक्तिलाई पक्राउ गरेको छ।

उनी आफ्नो कार रोकेर बसेको अवस्थामा बलात्कृत भएकी थिइन्। फिल्मको सुटिङको शिलशिलामा जाने क्रममा तीन जना व्यतिबाट बलात्कृत भएकी उनले प्रहरीमा जोहरी दिएकी थिइन्। मलायलम फिल्मकी चर्चित अभिनेत्री बलात्कारको शिकार भएको प्रहरीले जनाएको छ।
           
इरानले नयाँ सैन्य अभ्यास गर्ने(२०७३ फाल्गुन ८, आइतवार)
इरानको विशेष रिभोलुसनरी गार्डले अर्को हप्तादेखि सैन्य अभ्यास सुरु गर्ने भएको उक्त सैन्य संगठनका वरिष्ठ कमान्डर मोहम्मद पाकपोरले शनिबार बताएका छन् ।
भारतद्वारा एकैपटक १०४ वटा उपग्रहको प्रक्षेपण गरेर कीर्तिमान(२०७३ फाल्गुन ४, बुधवार)
भारतले एकैपटक १०४ वटा उपग्रह (स्याटलाइट्स)को प्रक्षेपण गरेर कीर्तिमान बनाएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो)ले एकैपटक १०४ वटा  उपग्रह प्रक्षेपण गरेर कीर्तिमान बनाएको हो ।
अमेरिकामा बाँध भत्किपछि एक लाख ३० हजार नागरिक जोखिममा(२०७३ फाल्गुन २, सोमवार)
अमेरिकामा एक लाख ३० हजार नागरिक बाढीको जोखिममा परेका छन् । अधिकारीहरुका अनुसार उत्तर क्यालिफोर्नियाको सबैभन्दा ठूलो बाँध भत्किपछि एक लाख ३० हजार नागरिक बाढीको जोखिममा परेको अधिकारीहरुले जनाएका छन् ।
ग्रिसमा दोस्रो विश्वयुद्धमा राखिएको एक शक्तिशाली बम निष्क्रिय बनाइने(२०७३ फाल्गुन १, आइतवार)
ग्रिसमा दोस्रो विश्वयुद्धमा राखिएको एक शक्तिशाली बम निष्क्रिय बनाइने भएको छ । ग्रिसको थेस्सालोनिकी शहरमा दोस्रो विश्व युद्धको समयमा राखिएको बमलाई निष्क्रिय बनाउनकै लागि त्यस शहरका करीब ७० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सार्न लागिएको छ ।
इराकमा शिया समुदाय र प्रहरीबीचको झडपमा पाँच जना मारिए(२०७३ फाल्गुन १, आइतवार)
इराकमा शिया समुदाय र प्रहरीबीचको झडपमा पाँच जना मारिएका छन् । इराकको राजधानी बग्दादमा शिया धर्मगुरु मुक्तदा अल सद्रका हजारौं समर्थकले आयोजना गरेको र्‍यालीका क्रममा झडप हुँदा पाँच प्रदर्शनकारी मारिएका हुन् ।
उत्तर कोरियाद्वारा मिसाइल परीक्षण(२०७३ फाल्गुन १, आइतवार)
उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरियालगायत विश्व समुदायले विरोध गर्दागर्दै पनि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली समाचार संस्था योनह्यापले जनाएको छ ।

ट्रम्पले अमेरिका प्रवेशमा रोक लगाउने नयाँ कार्यकारी आदेश जारी गर्ने(२०७३ माघ २९, शनिवार)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही सीमित मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने नयाँ कार्यकारी आदेश जारी गर्ने भएका छन् । ट्रम्पले यसअघि जारी गरेको यस्तै आदेश कार्यान्वयनमा भने अदालतले रोक लगाइसकेको छ । तर, नयाँ कार्यकारी आदेश कस्तो हुनेछ भन्नेबारेमा भने स्पस्ट नभएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेशमा रोक लगाउने नयाँ आदेशमा केही परिवर्तन हुने बताएका छन् । 
भारतको उत्तरप्रदेश राज्यमा विधानसभाका लागि पहिलो चरणको निर्वाचन(२०७३ माघ २९, शनिवार)
भारतको उत्तरप्रदेश राज्यमा  विधानसभाका लागि पहिलो चरणको निर्वाचन भइरहेको छ । राज्यको पश्चिमी क्षेत्रका १५ जिल्लाका ७३ सीटका लागि आज निर्वाचन हुन लागेको हो । नेपालसँग सीमा जोडिएको भारतीय उत्तरी राज्यमा मूलतः समाजवादी पार्टी र कांग्रेसको गठबन्धन, भारतीय जनता पार्टी र बहुजन समाज पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ ।
फिलिपिन्सको दक्षिणी मिन्दानाओ टापुको सुरिगाओ सहरमा ६.७ म्याग्निच्यूडको भूकम्प, चारजनाको मृत्यु(२०७३ माघ २९, शनिवार)
फिलिपिन्सको दक्षिणी मिन्दानाओ टापुको सुरिगाओ सहरमा गएको ६.७ म्याग्निच्यूडको भूकम्पका कारण कम्तीमा चारजनाको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी घाइते भएका छन् । शुक्रबार गएको भूकम्पमा कारण भवनहरु भत्किएका छन् भने खानेपानी र विद्युत् सेवा अवरुद्ध भएको छ । सहरमा रहेको विमानस्थलको धावनमार्ग भत्किएकाले हवाई उडान स्थगित गरिएको छ ।
ट्रम्पको आदेशप्रति अमेरिकी अदालतले सोध्योः मुस्लिममाथि विभेद भएको हो कि होइन ? (२०७३ माघ २६, बुधवार)
अमेरिकी पुनरावेदन अदालतले मुस्लिम बहुल सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश मुस्लिमप्रतिको विभेद भएको हो/होइन भन्नेमा जवाफ मागेको छ ।  

भारतमा भूकम्पको धक्का, नेपालमा पनि महसुस(२०७३ माघ २५, मंगलवार)
५ दशमलव ८ म्याग्निच्युड मापन गरिएको भूकम्पको केन्द्रबिन्दु भारत देहरादुनको उत्तर पूर्व १ सय १४ किलोमिटर टाढा रुद्रप्रयागनजिक रहेको जनाइएको छ ।