arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
विश्व समाचार
फिलिपिन्सको पूर्वी किनारातिर क्रिसमसको दिन भीषण आँधी आउनसक्ने सरकारले चेतावनी(२०७३ पौष ९, शनिवार)
फिलिपिन्सको पूर्वी किनारातिर क्रिसमसको दिन भीषण आँधी आउनसक्ने सरकारले चेतावनी दिएको छ । आँधी ल्याउने हावा प्रतिघन्टा २२२ किलोमिटर पार गर्ने गतिमा हुने अनुमान गरिएको तुफान चेतावनी केन्द्रले जनाएको छ ।
माल्टामा जबर्जस्ती अवतरण गराइएको अपहरित विमानबाट १११ यात्री सकुशल रिहा(२०७३ पौष ८, शुक्रवार)
अपहरण गरी युरोपेलीमुलुक माल्टामा जबर्जस्ती अवतरण गराइएको लिबियाको अफ्रिकिया एअरवेजको ए ३२० आन्तरिक विमानमा सवार १११ जना यात्रीहरु सकुशल रिहा भएका छन् । शुक्रबार विमानमा सवार हाते ग्रीनेड बोकेका अपहरणकारीले विमानमा सवार ८२ पुरुष, २८ महिला र एउटा बच्चा तथा ७ जना चालकदलका सदस्य रहेको विमानलाई अपहरण गरेका थिए ।
भारतमा ६ सय कैदीबन्दीको चरम यातनाका कारण मृत्यु भएको तथ्यांक सार्वजनिक(२०७३ पौष ५, मंगलवार)
भारतको विभिन्न कारागारमा पाँच वर्षभित्रमा ६ सय कैदीबन्दीको चरम यातनाका कारण मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले सार्वजनिक गरेको १ सय १४ पृष्ठको तथ्यांकमा भारतका विभिन्न कारागारमा रहेका कैदी बन्दीलाई चरम यातना दिई मारेको उल्लेख छ । 
जर्मनीको बर्लिनमा जथाभावी लरी चलाउँदा किचिएर १२ जनाको मृत्यु(२०७३ पौष ५, मंगलवार)
जर्मनीको बर्लिन शहरस्थित एक व्यस्त बजारमा जथाभावी लरी चलाउँदा किचिएर १२ जनाको मृत्यु भएको छ । क्रिसमस बजारमा चालकले जानीजानी लरी चलाएको प्रहरीले जनाएको छ । घटनामा केही व्यक्ति घाइते भएका छन् ।
टर्कीमा रुसी राजदूतको गोली हानी हत्या(२०७३ पौष ५, मंगलवार)
टर्कीमा रुसी राजदूतको गोली हानी हत्या भएको छ । टर्कीका लागि कार्यरत रुसी राजदूत एन्ड्रे कार्लोफको अंकारास्थित आर्ट ग्यालरीको प्रदर्शनका भाषण दिने क्रममा २२ बर्षिय एक दंगा प्रहरीले गोली हानी हत्या गरेको बताइएको छ ।
भेनेजुएलामा सयको नोट फिर्ता गर्ने निर्णय स्थागित(२०७३ पौष ३, आइतवार)
भेनेजुएलामा सयको नोट फिर्ता गर्ने निर्णय स्थागित भएको छ । राष्ट्रपति निकोलस मडुरोले यो निर्णय जनवरीसम्मका लागि स्थगित गरेको बताए । बोलिभार भनिने भेनेजुयलाको मुद्राको सयको नोट हटाउने निर्णयपछि व्यापक विरोध प्रदर्शन भएको थियो । १ सय बोलिभारलाई फिर्ता गरिनुपर्ने वा त्यसको बदलामा अरु नोटहरु लिनुपर्ने भनिएपछि मानिसहरु धेरै दिन लाईनमा बस्न बाध्य भएका थिए ।
पोल्याण्डको वार्सामा प्रेस स्वतन्त्रताको माग गर्दै फेरि प्रदर्शन शुरु(२०७३ पौष ३, आइतवार)
पोल्याण्डको राजधानी वार्सामा प्रेस स्वतन्त्रताको माग गर्दै फेरि प्रदर्शन शुरु भएको छ । संसदीय गतिविधिको रिपोर्टिङमा सीमित पत्रकारलाई अनुमति दिने सरकारी योजनाविरुद्ध राष्ट्रपतीय भवनमा जम्मा भएका प्रदर्शनकारी संसद भवनतर्फ अगाडि बढेका थिए । संसदभित्र पनि विपक्षी सांसदहरुले शुक्रबारदेखि विरोध गरिरहेका छन् ।
यमनमा इस्लामिक अतिवादी संगठन आइएसले गराएको बम विस्फोटमा ४५ जना सैनिक मारिए(२०७३ म‌सिर २६, आइतवार)
यमनको सैनिक क्याम्पमा इस्लामिक अतिवादी संगठन आइएसले गराएको बम विस्फोटमा ४५ जना सैनिक मारिएका छन् । अदन शहरमा रहेको सैनिक क्याम्पमा तलव लिन लाइन बसेका सेनामाझ आत्मघाती विस्फोट गराइएको यमनी अधिकारीहरुले बताएका छन् । 
टर्कीको इस्तानबुलमा गराइएका दुई वटा बम विस्फोटमा कम्तिमा २९ जनाको मृत्यु(२०७३ म‌सिर २६, आइतवार)
टर्कीको इस्तानबुलमा गराइएका दुई वटा बम विस्फोटमा कम्तिमा २९ जनाको मृत्यु भएको छ । घटनामा १ सय ६६ जना घाइते भएका छन् । पहिलो बम विस्फोट इस्तानबुलस्थित एक रंगशाला बाहिर गराइएको थियो । दंगा नियन्त्रित प्रहरीको बसलाई लक्षित गरी गराइएको कार बम विस्फोटमा थुप्रै सवारी साधनमा क्षति पुगेको छ ।
गाम्बियाका निरंकुश नेता याया जाम्मेद्वारा राष्ट्रपतीय चुनावमा भएको आफ्नो हार अस्वीकार(२०७३ म‌सिर २५, शनिवार)
अफ्रिकी मुलुक गाम्बियाका निरंकुश नेता याया जाम्मेले राष्ट्रपतीय चुनावमा भएको आफ्नो हार अस्वीकार गरेका छन् । यो महिनाको सुरुमा सम्पन्न चुनावको नतिजा स्वीकार गरेको एक सातापछि चुनावमा अस्वीकार्य अनियमितता भएको भन्दै जाम्मेले नयाँ चुनावको आह्वानसमेत गरेका छन् ।
दक्षिण कोरियाकी राष्ट्रपति विरुद्धको महाअभियोग प्रस्ताव दुई तिहाइले पारित(२०७३ म‌सिर २४, शुक्रवार)
दक्षिण कोरियाकी राष्ट्रपति पार्क गियुन हेइविरुद्धको महाअभियोग प्रस्ताव दुई तिहाइले पारित भएको छ । भ्रष्टाचारको आरोप लागेकी राष्ट्रपति पार्कविरुद्ध राष्ट्रियसभामा भएको मतदानमा प्रस्तावको पक्षमा २३४ र विपक्षमा ५६ मत परेको थियो ।
पाकिस्तानको कराँचीमा एउटा होटलमा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु(२०७३ म‌सिर २०, सोमवार)
पाकिस्तानको व्यापारिक सहर कराँचीमा सोमबार बिहान एउटा होटलमा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । पाकिस्तानी संचारमाध्यमका अनुसार आगलागीमा परी अन्य ७० जना घाइते भएका छन् । घाइतेमध्ये ३० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
चीनमा भएको एक सडक दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु(२०७३ म‌सिर १७, शुक्रवार)
चीनमा शुक्रबार भएको एक सडक दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको स्थानीय सन्चारमाध्यमले जानकारी दिएको छ । करिब २० यात्री सवार रहेका उक्त मिनिबस चीनको मध्यप्रान्त हुबेइको इझौउबाट वहानतर्फ गइरहेको र एक तालमा खस्दा कम्तिमा १८ व्यक्तिको मृत्यु भएको राज्यद्वारा सन्चालित सीसीटीभीले शुक्रबार नै सो जानकारी दिएको छ ।
ब्राजिलको एक फुटबल टिमसहित ८१ जना सवार विमान दुर्घटना हुँदा ७६ जनाको मृत्यु(२०७३ म‌सिर १४, मंगलवार)
ब्राजिलको एक फुटबल टिमसहित ८१ जना सवार विमान मंगलबार कोलम्बियामा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ । बोलिभियाबाट ७२ जना यात्रु र ९ जना चालकदलका सदस्यसहित उडेको विमान कोलम्बियाको मेडेलिन सहरनजिक दुर्घटना भएको हो ।
डोनाल्ड ट्रम्पद्वारा हालै निधन भएका क्यूवाली कम्युनिस्ट नेता फिडेल कास्ट्रोलाई बर्बर तानाशाहको संज्ञा(२०७३ म‌सिर १२, आइतवार)
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै निधन भएका क्यूवाली कम्युनिस्ट नेता फिडेल कास्ट्रोलाई बर्बर तानाशाहको संज्ञा दिएका छन् । एक बर्बर तानाशाहको निधन भएको भन्दै उनले अब क्यूवा स्वतन्त्र भविष्यतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
क्यूवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधन(२०७३ म‌सिर ११, शनिवार)
क्यूवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधन भएको छ । क्यूवाको सरकारी टेलिभिजनले पूर्व राष्ट्रपति क्यास्ट्रोको निधन भएको पुष्टि गरेको छ । उनलाई क्यूवामा कम्युनिस्ट क्रान्तिका नायक मानिन्थ्यो ।
इरानको उत्तरी क्षेत्रमा दुई वटा रेल आपसमा जुध्दा कम्तिमा ३१ जनाको मृत्यु(२०७३ म‌सिर १०, शुक्रवार)
इरानको उत्तरी क्षेत्रमा दुई वटा रेल आपसमा जुध्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । रोकिराखेको रेललाई गुडिरहेको रेलले ठक्कर दिंदा रेलका चार डिब्बा लिगबाट उछिट्टिएको थियो । दुई वटा डिम्बामा आगो लागेको थियो ।
हिलारी क्लिन्टनको ईमेल प्रकरणको थप अनुसन्धान नगर्ने ट्रम्पको घोषणा(२०७३ म‌सिर ८, बुधवार)
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनको ईमेल प्रकरणको थप जाँच नगरिने बताएका छन् । राष्ट्रपतीय निर्वाचनका क्रममा भने ट्रम्पले आफू राष्ट्रपति निर्वाचित भए क्लिन्टनको इमेल प्रकरणमा पुनः छानविन गरी उनलाई जेल हाल्नेसम्मको कडा अभिव्यक्ति दिएका थिए । 
द्वन्द्वग्रस्त मुलुक सिरियाका १० लाख सर्वसाधारण सिरियाली सेनाको घेराबन्दीमा(२०७३ म‌सिर ७, मंगलवार)
द्वन्द्वग्रस्त मुलुक सिरियाका १० लाख सर्वसाधारण सिरियाली सेनाको घेराबन्दीमा परेको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्र संघले घेराबन्दीमा परेका सर्वसाधारणको संख्या गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको जनाएका हो । सिरियामा जारी गृहयुद्धका कारण फसेका १० लाख जनतालाई भोकमरीको समस्या रहेको र मानवीय सहायता तथा उचित उपचारबाट बन्चित गराइएको राष्ट्र संघको भनाइ छ ।
जापानमा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी(२०७३ म‌सिर ७, मंगलवार)
 जापानमा आज बिहान स्थानिय समय अनुसार बिहान ६ बजेर २ मिनेटमा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्प जापानको फुकुसीमा, इबाराकी केन वकी केन्द्र भएर गएको भूकम्प लगत्तै तटीय क्षेत्रहरुमा सुनामीको चेतावनी जारी गरिएको छ ।
अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा कम्तीमा २७ व्यक्तिको मृत्यु(२०७३ म‌सिर ६, सोमवार)
अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सिया मुसलमान समूदायको मस्जिदमा सोमबार भएको आक्रमणमा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ। एक घार्मिक समारोहका लागि जम्मा भएका व्यक्तिहरुलाई लक्ष्यगरी गरिएको आक्रमणमा परी २७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्।
मर्केल चौथो पटक जर्मनीको नेतृत्वका लागि चुनावमा उठ्ने(२०७३ म‌सिर ६, सोमवार)
जर्मन चान्सलर एञ्जेला मर्केल चौथो पटक जर्मनीको नेतृत्वका लागि चुनावमा उठ्ने भएकी छिन् । आगामी वर्ष हुने निर्वाचनका लागि उनले उम्मेदवारी घोषणा गर्दै समर्थनका लागि पार्टी नेता कार्यकर्तालाई आह्वान गरेकि छिन् । आफ्नो क्रिष्चियन डेमोक्रेट पार्टीको सभालाई सम्बोधन गर्दै उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।
भारतको कानपुरमा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १०० माथि(२०७३ म‌सिर ५, आइतवार)
भारतको कानपुरमा आइतबार बिहानै भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १०० माथि पुगेको छ । पटना-इन्दौर एक्सप्रेसको १४ वटा डिब्बा लिकबाट उत्रिएको हो । दुर्घटनामा परी अन्य एक सय ५० भन्दा बढी यात्री घाइते भएका छन् । इन्दौरबाट पटना जाँदै गरेको रेल बिहानै स्थानीय समयअनुसार तीन बजेर १० मिनेट जाँदा कानपुर नजिकै दुर्घटना भएको हो । लिकबाट रेलको डिब्बा उछिट्टिएर दुर्घटना भएको हो ।
भारतको उत्तरपूर्वी राज्य असाममा एम्बुस आक्रमणमा तीन सैनिकको मृत्यु(२०७३ म‌सिर ४, शनिवार)
भारतको उत्तरपूर्वी राज्य असाममा शनिबार सैनिकको एक जत्थालाई लक्ष्यगरी भएको एम्बुस आक्रमणमा तीन सैनिकको मृत्यु हुनुको साथै अरु चार घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । असाम राज्यको तीनसुकिया जिल्लाको डिग्बोई सरहमा सो आक्रमण भएको एक वरिष्ठ प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । 
बोलिभियामा बलात्कारको आरोपमा पक्राउ परेका एकजनालाई स्थानीयले नियन्त्रणमा लिएर हत्या गरे(२०७३ कार्त्तिक ३०, मंगलवार)
बोलिभियामा बलात्कारको आरोपमा पक्राउ परेका एकजनालाई स्थानीयले नियन्त्रणमा लिएर हत्या गरेका छन् । समाचार एजेन्सीहरुका अनुसार बोलिभियाको रेयसमा चार वर्षकी एक बालिका केही दिनअघि बेपत्ता भएकी थिइन् । गत साता उनको शव फेला परेको थियो ।
अमेरिकावाट ३० लाख आप्रवासीलाई निकालिने(२०७३ कार्त्तिक २९, सोमवार)
राष्ट्रपतिमा निर्वाचिन भएपछिको पहिलो अन्र्तवार्तामा डोनाल्ड ट्रम्पले ३० लाख आप्रवासीलाई डिपोटेसन गरिने बताएका छन्। सिविएस समाचारसँस्थाले गरेको पहिलो अन्र्तवार्तामा नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो बताएका हुन।
कोलम्बियामा फेरि शान्ति सम्झौता(२०७३ कार्त्तिक २८, आइतवार)
कोलम्बियामा फेरि शान्ति सम्झौता गरिएको छ । कोलम्बियन सरकार र विद्रोही फार्कबीच मुलुकबाट युद्ध अन्त्य गर्न नयाँ सम्झौता गरिएको हो । सरकार र विद्रोहीबीच भएको शान्तिसम्झौता ६ हप्ताअघि जनमत संग्रहबाट अस्वीकृत भएपछि यस पटक भने त्यहाँको विपक्षी दलसमेतको सहभागितामा नयाँ शान्ति सम्झौता गरिएको हो । जनमत संग्रहबाट उक्त सम्झौता अस्वीकृत गराउन भूमिका खेल्ने पूर्व राष्ट्रपति अल्भारो यूरिबसमेतलाई साथमा लिएर यसपटकको सम्झौता गरिएको हो ।

राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पसँग मन्त्रिपरिषद बनाउन अझै ७० दिन बाँकी(२०७३ कार्त्तिक २७, शनिवार)
अमेरिकी राष्ट्रपतिमा हालैमात्र निर्वाचित डोनाल्ड ट्रम्पले आफूले  भेट्रान्स डे  बिदालाई नयाँ सरकारको स्वरुप निर्माण गर्न प्रयोग गर्ने बताउँदै शुक्रबार आफ्नो सरकारमा सहभागी सदस्यहरुको छिट्टै टुंगो लगाउने बताएका छन् ।
भारतको राजधानी नयाँदिल्लीलगायतका सहरहरुमा मास्कको अभाव(२०७३ कार्त्तिक २६, शुक्रवार)
भारतको राजधानी नयाँदिल्लीलगायतका सहरहरुमा मास्कको अभाव हुन थालेको छ । नयाँदिल्लीको प्रदुषण एक दशकयताकै खराब अवस्थामा पुगेपछि सर्वसाधरणलाई मास्क लगाउन सल्लाह दिइएको छ । तर, दिल्लीका अधिकांश पसलहरुमा मास्कको अभाव भएको छ । मास्क किन्न सर्वसाधारणहरु घन्टौं लाइनमा बस्न बाध्य छन् ।
इराकको मोसुलनजिकको गाउँमा अज्ञात व्यक्तिले गोली प्रहार गरी ६ जनाको हत्या गरे(२०७३ कार्त्तिक २६, शुक्रवार)
इराकको मोसुलनजिकको गाउँमा अज्ञात व्यक्तिले गोली प्रहार गरी ६ जनाको हत्या गरेका छन् । इराकको मोसुल सहरनजिकको सुरा र क्वायरा गाउँमा प्रहरीको भेषमा गएको व्यक्तिले उनीहरुको हत्या गरेको बुझिएको छ । मोसुल सहर इस्लामिक अतिवादी समूह आइएस को कब्जाबाट मुक्त गर्न इराक, अमेरिका र अरब लिगको गठबन्धन सेनाले अभियान चलाइरहेकोबेला यो घटना भएको हो ।