arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार
कोलम्बियामा लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण २o६ जनाको मृत्यु(२०७३ चैत्र २०, आइतवार)
लेटिन अमेरिकी मुलुक कोलम्बियामा लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण कम्तिमा दुई सय ६ जनाको ज्यान गएको छ । बाढी पहिरोमा परि २ सय २२ जना भन्दा धेरै बेपत्ता भएका छन् । २ सय २ जना घाइते भएको जनाईएको छ । पुटुमायो प्रान्तका कैंयौ गाँउ पहिरोले पुरिएका छन् । प्रान्तका अधिकांश घरमा क्षति पुगेको रेड क्रेसले जनाएको छ ।
इन्डोनेसियामा गएको पहिरोमा १७ जना पुरिएर बेपत्ता(२०७३ चैत्र १९, शनिवार)
इन्डोनेसियामा शनिबार (आज) बिहान गएको पहिरोमा १७ जना पुरिएर बेपत्ता भएका इन्डोनेसियाली राष्ट्रिय विपत् व्यवस्थापन निकायले बताएको छ । पूर्वी जाभा क्षेत्रको पोनोरोगो जिल्लास्थित बानाराम गाउँमा गएको पहिरोले ३० घरमा क्षति पुर्‍याएको छ ।
बग्दादमा गराइएको आत्मघाती कार बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु(२०७३ चैत्र १७, विहीवार)
इराकको राजधानी बग्दादमा गराइएको आत्मघाती कार बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । विस्फोटमा परी ४० जना घाइते भएका छन् । प्रहरी चेक प्वाइन्टमा इन्धन लिएर आइरहेको ट्यांकरलाई लक्षित गरी आत्मघाती कार विस्फोट भएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ओबामाको शासनकालमा जलवायु परिवर्तन नीति रद्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर (२०७३ चैत्र १६, बुधवार)
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओबामाको शासनकालमा जलवायु परिवर्तन रोक्न जारी गरिएको नीति रद्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । योसंगै ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा लागु गरिएका आधा दर्जन नीति रद्ध गरेका छन् । 
अष्ट्रेलियाको उत्तर पूर्वी तटिय क्षेत्रमा आएको शक्तिशाली समुद्री आंधीपछि खतरनाक बाढी आउने चेतावनी(२०७३ चैत्र १६, बुधवार)
अष्ट्रेलियाको उत्तर पूर्वी तटिय क्षेत्रमा आएको शक्तिशाली समुद्री आंधीपछि खतरनाक बाढी आउने चेतावनी दिइएको छ । डेब्बी नाम दिइएको आंधीले ठूलो क्षति पु-याएको छ । आधीसंगैको भीषण वर्षाले जनजीवन थप कष्टकर बनेको छ । हजारौं मानिस घरबारविहिन भएका छन् ।

पेरुमा अवतरण गर्नेक्रममा विमान दुर्घटनाग्रस्त(२०७३ चैत्र १६, बुधवार)
राजधानी लिमाबाट आन्तरिक उडान भर्दै पेरुको जुनिन प्रान्तको जाउजा विमानस्थलमा अवतरण गर्नेक्रममा रहेको पेरुभियन एअरलाइन्सको एउटा विमान दुर्घटनाग्रस्त भएको छ । विमानले भुइँ छोइसकेपछि आगोलागी भएकाले अग्नि नियन्त्रक दल तत्कालै त्यहाँ पुगी उद्धार गर्न सफल रहेकाले विमानमा सवार सबै यात्रीहरु सकुशल रहेका पनि स्थानीय सन्चारमाध्यहरुले जनाएका छन् ।
राष्ट्रसंघद्वारा इराकी शहर मोसुलमा ठूलो मात्रामा नागरिक मारिएकोमा चिन्ता व्यक्त(२०७३ चैत्र १२, शनिवार)
संयुक्त राष्ट्रसंघले इराकी शहर मोसुलमा ठूलो मात्रामा नागरिक मारिएकोमा चिन्ता व्यक्त गरेको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई कार्वाहीमा दुई सयभन्दा बढी मानिस मारिएको खबर सार्वजनिक भएपछि राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो ।
भारतद्वारा पाकिस्तान र बंगलादेशसँगको सिमाना बन्द गर्नसक्ने चेतावनी (२०७३ चैत्र १२, शनिवार)
भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बंगलादेशसँगको सिमाना बन्द गर्नसक्ने शनिबार चेतावनी दिएको छ । आतंककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुई देशसँगको सिमानामा बन्द गर्नुपर्ने भारतको भनाइ छ ।
आफ्नै सांसदले असहयोग गरेपछि डोनाल्ड ट्रम्पले फिर्ता लिए (२०७३ चैत्र १२, शनिवार)
स्वास्थ्य बिमा सम्बन्धमा पूर्व राष्ट्रपति बराक ओबामाले ल्याउनुभएको ऐनको विपक्षमा रहनु भएका उनले त्यसको खारेजीका लागि नयाँ ऐन ल्याउन लागेका थिए ।

नर्वे विश्वकै सबैभन्दा खुसी मुलुक(२०७३ चैत्र ७, सोमवार)
युरोपेलीमुलुक नर्वे विश्वकै सबैभन्दा खुसी मुलुक बनेको छ । संयुक्त राष्ट्रसंघको विश्व खुसी रिपोर्टमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुसी मुलुक बनेको छ ।
भारतको ताजमहलमा आतंकवादका कारण खतरामा परेको भन्दै सुरक्षा कडा(२०७३ चैत्र ५, शनिवार)
भारतको आगरास्थित मुगलकालिन स्मारक 'ताजमहल' आतंकवादका कारण खतरामा परेको भन्दै सुरक्षा बढाइएको छ । हालै केही संचारमाध्यमले अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले ताजमहलमा आक्रमण गर्ने योजना बनाएको समाचार प्रकाशमा ल्याएका थिए । 
फेरि अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पूर्व राष्ट्रपति ओबामाको शासनकालमा आफ्नो टेलिफोन ह्याक गरिएको आरोप(२०७३ चैत्र ५, शनिवार)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाको शासनकालमा आफ्नो टेलिफोन ह्याक गरिएको आरोप फेरि लगाएका छन् । फोन ट्यापिङसम्बन्धि राष्ट्रपति ट्रम्पको आरोप सिनेटले खारेज गरेको भोलिपल्टै उनले अमेरिका भ्रमणमा रहेकी जर्मन चान्सलर एङ्गेला मर्केलसँगको भेटमा दुवै जना फोन ट्यापिङका शिकार भएको बताए । 
पेरिसमा सुरक्षाकर्मीको हतियार खोस्न खोज्ने एक व्यक्तिलाई गोनी हानी मारियो(२०७३ चैत्र ५, शनिवार)
फ्रान्सको राजधानी पेरिसस्थित ओर्ले विमानस्थलमा शनिबार सुरक्षाकर्मीको हतियार खोस्न खोज्ने एक व्यक्तिलाई गोनी हानी मारिएको छ । विमानस्थलको दक्षिणी टर्मिनलमा हतियार खोसेर भागेका उनलाई सुरक्षाकर्मीले पक्राउ गर्न खोज्दा कारबाहीमा मारिएका हुन् । घटनामा अरु कोही घाइते भएका छैनन् ।
उत्तर प्रदेश, उत्तराखण्डमा भारतीय जनता पार्टीको एकलौटी सरकार बन्ने(२०७३ फाल्गुन २८, शनिवार)
भारतको पाँच राज्यमा विधानसभाका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । अहिलेसम्मको मत परिणाममा उत्तर प्रदेश, उत्तराखण्डमा भारतीय जनता पार्टीको एकलौटी सरकार बन्ने देखिएको छ भने पञ्जाव र गोवामा कांग्रेसको अग्रता देखिएको छ ।
पाकिस्तानको हिन्दुहरुको विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित(२०७३ फाल्गुन २८, शनिवार)
पाकिस्तानको संसदले हिन्दुहरुको विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ । राष्ट्रपतिले हस्ताक्षर गरेपछि यसले कानुनी मान्यता पाउने छ । यही हप्ता भित्र विधेयकले औपचारिका रुपमा कानुनी मान्यता पाउने विश्वास गरिएको छ ।
सन् १९४५ यता कै सबैभन्दा ठूलो मानवीय संकट सामना गरिरहेको तथ्य सार्वजनिक(२०७३ फाल्गुन २८, शनिवार)
विश्वले सन् १९४५ यता कै सबैभन्दा ठूलो मानवीय संकट सामना गरिरहेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्र संघका मानवीय सहायता प्रमुख स्टेफेन ओब्रिनले मानवीय संकटको भयावह विनाश रोक्न अपील गरेका छन् । उनले राष्ट्रसंघको सुरक्षा परिषद्मा यमन, सोमालिया, दक्षिण सुडान र नाइजेरियाका दुई करोडभन्दा बढी मानिस अकाल र भोकमरीको मारमा परेको जानकारी दिए ।
फिल्मी शैलीमा विमानस्थलबाट लुटियो लाखौं डलर(२०७३ फाल्गुन २६, विहीवार)
सुरक्षाका दृष्टिले विमानस्थल निकै सुरक्षित मानिए पनि विमानस्थलबाटै फिल्मी शैलीमा लाखौं डलर लुटिएको एक घटना प्रकाशमा आएको छ ।

अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बम आक्रमण (२०७३ फाल्गुन २५, बुधवार)
आक्रमणमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ भने अन्य ६६ जना घाइते भएका छन् । काबुलमै रहेको अस्पतालमा बुधबार भएको घटनामा परी आक्रमणकारीतर्फका पनि दुईजना मारिएको स्थानीय सन्चारमाध्यमले जनाएका छन् । 
बोस्टनमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो, एनडब्लुजीएन न्युइङ्ल्यान्डमा नयाँ नेतृत्व(२०७३ फाल्गुन २४, मंगलवार)
नेपाली महिलाहरूको विश्वब्यापी सञ्जाल न्युइङ्ल्यान्ड एनडव्लुजीएन (न्युइङ्ल्यान्ड च्याप्टर)ले बोस्टनमा भब्य रुपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।परिवर्तनका लागि साहसी बनौँ  भन्ने नाराका साथ महिलाहरुले अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाएको हो ।


अमेरिकामा फेरि अर्को भारतीय नागरिकमाथि अमेरिका छोड भन्दै आक्रमण(२०७३ फाल्गुन २२, आइतवार)
अमेरिकामा फेरि अर्को भारतीय नागरिकमाथि अमेरिका छोड भन्दै आक्रमण भएको छ । वासिङटनको केन्ट शहरमा ३९ वर्षीय शिख दीप रायमाथि अज्ञात व्यक्तिले गोली हानेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाखुरामा गोली लागि घाईते भएका राय उपचारपछि घर फर्केका छन् । उनका परिवार भने आतंकित बनेको बताइएको छ ।
जोर्डनमा आतंककारी मुद्दामा दोषी पाइएका १५ जनालाई मृत्युदन्ड(२०७३ फाल्गुन २१, शनिवार)
जोर्डनले १५ जनालाई मृत्युदन्ड दिएको छ । मृत्युदन्ड दिइएकाहरुमा आतंककारी मुद्दामा दोषी पाइएका १० जना पनि रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । उनीहरुले देशभित्र र बाहिरका विभिन्न ठाउँमा आक्रमण गरेका थिए ।
इराकको मोसुल शहरमा रसायनिक हतियार प्रयोग(२०७३ फाल्गुन २१, शनिवार)
इराकको मोसुल शहरमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको छ । १२ जना घाइते हुनेगरी मोसुलको दुई ठाउँमा गराइएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसिआरसीले पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
अमेरिकामा आप्रवासीहरुमाथि कडाइ भइरहेकोबेला अष्ट्रेलियाले विदेशी नागरिकका लागि दिइने वर्किङ भिसा खारेज गर्ने(२०७३ फाल्गुन १९, विहीवार)
अमेरिकामा आप्रवासीहरुमाथि कडाइ भइरहेकोबेला अष्ट्रेलियाले विदेशी नागरिकका लागि दिइने वर्किङ भिसा खारेज गर्ने भएको छ । अष्ट्रेलियाका अध्यागमनमन्त्री पिटर डटनले अष्ट्रेलियाली युवाशक्तिलाई रोजगारीको अवसर दिनुपर्ने भन्दै फास्टफुड उद्योगमा विदेशी कामदारलाई वर्किङ भिसामा रोक लगाउने निर्णय गरिएको बताएका हुन् । 
चिलीमा ४० लाख व्यक्तिलाई खानेपानीको आपूर्ति बन्द गरियो(२०७३ फाल्गुन १६, सोमवार)
आँधीबेहरी र पहिरोका कारण त्यहाँको मुख्य नदीहरु दूषित बनाएपछि अधिकारीहरुले चिलीको राजधानी सान्टियागोमा दिइँदै आएकोे खानेपानी आपूर्ति बन्द गरेका छन् । ४० लाख व्यक्तिहरुले उपभोग गर्दै आएका सो खानेपानी आपूर्ति बन्द गरिएको हो ।
साउदीमा आर्थिक मन्दी: विदेशी कामदार निकालिँदै, लगानीकर्ता देश फर्किँदै(२०७३ फाल्गुन १४, शनिवार)
रियादः साउदी अरबमा आर्थिक वृद्धि सुस्ताउन थाल्दा विदेशी कामदार अफ्ठेरोमा पर्ने अवस्था आएको छ । आर्थिक वृद्धि सुस्ताएपछि साउदी सरकार आफ्ना धेरै भन्दा धेरै नागरिकलाई जागिरमा राख्ने कोशिशमा जुट्न थालेको छ। 

भारतका अधिकांश धनाढ्य विदेश पलायन(२०७३ फाल्गुन १३, शुक्रवार)
सन् २०१६ मा भारतका अधिकांश धनाढ्य विदेशमा बसाइँ सरेको न्यून वल्र्ड वेल्थले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । गतवर्ष भारतका ६ हजार जना अति धनी व्यक्ति विदेश पलायन भएको पाइएको छ । यो सन् २०१५ को तुलनामा ५० प्रतिशतले बढी हो ।
इजरायली सैनिकलाई १८ महिना जेल(२०७३ फाल्गुन १३, शुक्रवार)
घाइते प्यालेस्टाइनीको हत्या गर्ने एक इजरायली सैनिकलाई १८ महिनाको जेलसजाय सुनाइएको छ । हत्यामा दोषी ठहरिएपछि एलोर अजारिया नामका ती सैनिकलाई अदालतले जेल सजायको फैसला गरेको हो ।

ट्रम्पले अमानवीय भाषण गरेर डरलाग्दो विश्व बनाइरहेको एम्नेस्टीको आरोप (२०७३ फाल्गुन १२, विहीवार)
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमानवीय भाषण गरेर डरलाग्दो विश्व बनाइरहेको जिकिर गरेको छ  - 
अभिनेत्री बलात्कारको अभियोगमा तीन जना पक्राउ(२०७३ फाल्गुन ९, सोमवार)
भारतको दक्षिणी राज्य करेलामा भारतीय प्रहरीले प्रख्यात अभिनेत्री अपहरणपछि बलात्कारको अभियोगमा तीन जना व्यक्तिलाई पक्राउ गरेको छ।

उनी आफ्नो कार रोकेर बसेको अवस्थामा बलात्कृत भएकी थिइन्। फिल्मको सुटिङको शिलशिलामा जाने क्रममा तीन जना व्यतिबाट बलात्कृत भएकी उनले प्रहरीमा जोहरी दिएकी थिइन्। मलायलम फिल्मकी चर्चित अभिनेत्री बलात्कारको शिकार भएको प्रहरीले जनाएको छ।
           
इरानले नयाँ सैन्य अभ्यास गर्ने(२०७३ फाल्गुन ८, आइतवार)
इरानको विशेष रिभोलुसनरी गार्डले अर्को हप्तादेखि सैन्य अभ्यास सुरु गर्ने भएको उक्त सैन्य संगठनका वरिष्ठ कमान्डर मोहम्मद पाकपोरले शनिबार बताएका छन् ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736