arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
विश्व समाचार
उत्तर कोरियाद्वारा पानीजहाजबाट ब्यालेष्टिक मिसाइल प्रहार(२०७३ भाद्र ८, बुधवार)
उत्तर कोरियाले पानीजहाजबाट ब्यालेष्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । अघिल्लो महिना पानीजहाजबाट गरिएको ब्यालेस्टिक मिसाइल परीक्षण असफल भएपछि उत्तर कोरियाले पुनः परीक्षण गरेको बताइएको छ ।
इटालीमा ६.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, कयौको मृत्‍यु(२०७३ भाद्र ८, बुधवार)
इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ३७ जनाको मृत्यु भएको छ । राजधानी रोमनजिक रहेको पेरुगिए सहरको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दू बनाएर ६.२ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले जनाएको छ ।
भारतको हरियाणामा एक युवाले सामाजिक संजालमार्फत सूचना दिएरै आत्महत्या गरे(२०७३ भाद्र ७, मंगलवार)
भारतको हरियाणा राज्यमा पर्ने करनालमा एक युवाले सामाजिक संजालमार्फत सूचना दिएरै आत्महत्या गरेका छन् । अजय नाम गरेका ती युवाले कल्पना चावला मेडिकल कलेजको छतबाट हामफालेर आत्महत्या गर्नुअघि फेसबुकमा लेखेका थिए, 'बाइ-बाइ लाइफ, बाइ-बाइ फ्रेन्ड्स, म आत्महत्या गर्न गइरहेको छु । त्यसैले सदाका लागि बाइ-बाइ ।
स्वीडेनको गोथेनवर्ग शहरमा एकजना ८ बर्षीय बालकको ग्रिनेड आक्रमणमा मृत्यु(२०७३ भाद्र ७, मंगलवार)
स्वीडेनको गोथेनवर्ग शहरमा एकजना ८ बर्षीय बालकको ग्रिनेड आक्रमणमा मृत्यु भएको छ । आफ्ना नातेदारको घरमा सुतिरहेका बालक युसुफ वारसेम बाहिरबाट फ्याँकिएको ग्रिनेड आक्रमणमा परेका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।
भारतका विभिन्न राज्यमा भीषण बर्षा पछिको बाढीका कारण कम्तिमा २५ जनाको मृत्यु(२०७३ भाद्र ६, सोमवार)
भारतका विभिन्न राज्यमा भीषण बर्षा पछिको बाढीका कारण कम्तिमा २५ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा बाढीमा परि कम्तिमा १७ जनाको मृत्यु भएको छ । गंगा नदीमा आएको बाढीका कारण विहारमा आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार घोषित डोनाल्ड ट्रम्पको आलोचना बढ्दो(२०७३ भाद्र ३, शुक्रवार)
अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार घोषित डोनाल्ड ट्रम्पको आलोचना बढ्दो छ । उनका अभिव्यक्तिहरुको विरोधमा व्यापक प्रदर्शन हुन थालेका छन् ।
अमेरिकाको क्यालिफोर्निया जंगलमा लागेको आगो नियन्त्रण गर्न गाह्रो(२०७३ भाद्र ३, शुक्रवार)
अमेरिकाको क्यालिफोर्निया जंगलमा लागेको आगो नियन्त्रण गर्न गाह्रो परेको छ । आगलागीका कारण प्रत्यक्ष प्रभावित हुने ८२ हजार मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ । दक्षिणी क्यालिफोर्नियामा लागेको आगो नियन्त्रणका लागि अग्निनियन्त्रकहरुले लगातार प्रयास गरिरहे पनि परिणाम सुखद भएको छैन ।
भारतको बिहारमा गैरकानुनी रुपमा उत्पादित विषाक्त मदिरा सेवनबाट कम्तीमा १८ जनाको मृत्यु(२०७३ भाद्र ३, शुक्रवार)
भारतको बिहारमा गैरकानुनी रुपमा उत्पादित विषाक्त मदिरा सेवनबाट कम्तीमा १८ जनाको मृत्यु भएको छ । बिहारको गोपालगन्जमा गैरकानुनी रुपमा उत्पादित विषाक्त मदिरा सेवनबाट उनीहरुको मृत्यु भएको हो । मदिरा सेवनबाट बिरामी भएका केहीलाई अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।
यो बालकको तस्बिरले विश्वको ध्यान खिच्यो (२०७३ भाद्र २, विहीवार)
मध्यपूर्वी देश सिरियामा सरकारी र विद्रोही पक्षबीच केही वर्षदेखि द्वन्द्व जारी छ।
मलेसियाको डिजल ट्रायन्कर सहितको पानी जहाज अज्ञात समूहद्वारा कब्जा(२०७३ भाद्र १, बुधवार)
मलेसियाको डिजल ट्रायन्कर सहितको पानी जहाज अज्ञात समूहले कब्जा गरेको छ । करिब ९ लाख लिटर डिजल बोकेको पानी जहाज अज्ञात समूहले इन्डोनेसियाका सामुद्रिक भागमा लगेको बताइन्छ ।
भारतका विभिन्न सहरमा सिसाको माड लगाएको चंगाको धागोले काटेर तीनजनाको मृत्यु(२०७३ भाद्र १, बुधवार)
भारतका विभिन्न सहरमा सिसाको माड लगाएको चंगाको धागोले काटेर तीनजनाको मृत्यु भएको छ । मारिनेमा तीन र चार वर्षका दुईजना बालक पनि छन् । उडिरहेको चंगाको धागोले उनीहरुको घाँटी काटेको थियो । मृत्यु हुने दुई बालकले कारबाट बाहिर हेरिरहेकाबेला चंगाको धागोले उनीहरुको घाँटी रेटेको थियो भने अर्का २२ वर्षे युवक मोटरसाइकल चलाइरहेकाबेला त्यसरी नै घाँटी रेटेको थियो ।
न्यूयोर्कमा एक मस्जिदका मुस्लिम पुजारी र अर्का एक जनाको हत्या(२०७३ श्रावण ३०, आइतवार)
अमेरिकाको न्यूयोर्कमा एक मस्जिदका मुस्लिम पुजारी र अर्का एक जनाको हत्या गरिएको छ । न्यूयोर्कको सडकमा हिड्दै गरेका बेला पछाडीबाट गोली हानेर उनीहरुको हत्या गरिएको प्रहरीले जनाएको छ ।
टर्कीद्वारा रसियालाई आइएस विरुद्ध संयुक्त कारबाही अघि बढाउन आह्वान (२०७३ श्रावण २८, शुक्रवार)
 टर्कीले रसियालाई बिहीबार सिरियाका जिहादी समूह इस्लामिक स्टेट्स (आइएस)विरुद्ध संयुक्त कारबाही अघि बढाउन आह्वान गरेको छ । रसियाको भ्रमणमा पुगेका टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगान र रसियाली राष्ट्रपति भ्यादिमिर पुटिनबीच भएको एक महत्वपूर्ण वार्ताकाक्रममा टर्कीले सो आग्रह गरेको हो । 
भारतमा बढ्दो भ्रूण हत्या रोक्न छोरी दिवस(२०७३ श्रावण २७, विहीवार)
भारतमा बढ्दो भ्रूण हत्या रोक्न आज छोरी दिवस मनाईदैछ । भारतका महिला तथा बाल विकास मन्त्री मेनका गान्धीको नेतृत्वमा छोरी बचाउ अभियानअन्तर्गत छोरी दिवस सप्ताह मनाउन लागिएको समाचार संस्थाहरुले जनाएका छन् ।
सिरियाको एलेप्पो शहरमा स्वास्थ्य सामग्री सकिँदै, सेवा दिन नसकिने चिकित्सकहरुको चेतावनी(२०७३ श्रावण २७, विहीवार)
सिरियाको एलेप्पो शहरमा स्वास्थ्य सामग्री सकिँदै गएकाले सेवा दिन नसकिने चिकित्सकहरुले चेतावनी दिएका छन् । २९ जना चिकित्सकले अमेरिकी राष्ट्रपति बराक ओबामालाई सहयोगका लागि सामूहिक पत्र लेख्दै एलेप्पोमा हवाई आक्रमण रोक्ने व्यवस्थाका लागि पनि अपील गरेका छन् ।
यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले गरेको हवाई हमलामा १५ जनाको मृत्यु(२०७३ श्रावण २६, बुधवार)
यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले गरेको हवाई हमलामा १५ जनाको मृत्यु भएको छ । राजधानी सानामा गरिएको हवाई हमलामा थुप्रै घाइते भएका छन् । सानास्थित सैनिक अखडालाई लक्षित गरी गरिएको हमलामा मारिने अधिकांश कारखानामा काम गर्ने महिला मजदुर रहेकोे बताइएको छ ।
५० जना राष्ट्रिय सुरक्षा विशेषज्ञहरुद्वारा डोनाल्ड ट्रम्पसँग अमेरिकाको राष्ट्रपति हुने कुनै अनुभव, मूल्य र चरित्र नै नभएको आरोप(२०७३ श्रावण २५, मंगलवार)
अमेरिकी रिपब्लिकन पार्टीका ५० जना राष्ट्रिय सुरक्षा विशेषज्ञहरुले राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पसँग अमेरिकाको राष्ट्रपति हुने कुनै अनुभव, मूल्य र चरित्र नै नभएको आरोप लगाएका छन् । सुरक्षा विशेषज्ञहरुले हस्ताक्षरसहितको खुला पत्र सार्वजनिक गर्दै राष्ट्रपतिका उम्मेदवार ट्रम्प चुनावमा विजयी भए अहिलेसम्मकै सबैभन्दा लापरबाह राष्ट्रपति सावित हुने दाबी गरेका छन् । 
इथियोपियामा शान्तिपूर्ण प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एक सय जनाको मृत्यु(२०७३ श्रावण २५, मंगलवार)
अफ्रिकी मुलुक इथियोपियामा शान्तिपूर्ण प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एक सय जनाको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा सुरक्षाकर्मीको गोली लागेर प्रदर्शनमा उत्रिएका एक सय जनाको मृत्यु भएको छ ।
जापानका सम्राट अकिहितोले उमेर र बिग्रँदो स्वास्थ्यका कारण स्वेच्छिक गद्दी त्याग्ने(२०७३ श्रावण २४, सोमवार)
जापानका सम्राट अकिहितोले उमेर र बिग्रँदो स्वास्थ्यका कारण स्वेच्छिक गद्दी त्याग्ने संकेत गरेका छन् । ८२ वर्षीय सम्राटले आफ्नो दोस्रो टेलिभिजन मार्फत यस्तो संकेत गरेका हुन् । तर जापानको कानुनमा भने गद्दी त्यागको कुनै कानुनी व्यवस्था छैन ।
म्यासेडोनियाको कोप्जेमा भारी वर्षा र आँधीका कारण कम्तीमा २० जनाको मृत्यु(२०७३ श्रावण २३, आइतवार)
म्यासेडोनियाको राजधानी कोप्जेमा रातभर परेको भारी वर्षा र आँधीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार ६ जना हराइरहेका छन् ।
इरानको परमाणु कार्यक्रमबारे महत्वपूर्ण जानकारी राख्ने एक बैज्ञानिकलाई फाँसी(२०७३ श्रावण २३, आइतवार)
इरानको परमाणु कार्यक्रमबारे महत्वपूर्ण जानकारी राख्ने एक इरानी बैज्ञानिकलाई फाँसी दिईएको छ । सन् २००९ बाट सम्पर्कविहीन भएका बैज्ञानिक शाहराम अमिरीलाई अमेरिकी गुप्तचर संस्था सीआइबीले नियन्त्रणमा लिई इरानी परमाणु कार्यक्रमबारे जानकारी लिएको खुलासा भएको थियो ।
थाइल्याण्डमा जनमत संग्रहका लागि मतदान(२०७३ श्रावण २३, आइतवार)
थाइल्याण्डमा आज जनमत संग्रहका लागि मतदान हुँदैछ । सन् २०१४ मा महिनौं लामो राजनीतिक अस्थिरता अन्त्य गर्दै राजनीतिक शक्ति हातमा लिएको सेनाले एक थान संविधान बनाएर पेस गरेको छ ।
फ्रान्सको एक बारमा भएको आगलागीमा कम्तिमा १३ जनाको मृत्यु(२०७३ श्रावण २२, शनिवार)
फ्रान्सको उत्तरी बुआँ शहरको एक बारमा भएको आगलागीमा कम्तिमा १३ जनाको मृत्यु भएको छ । जन्मदिनको पार्टी भइरहेका समयमा आगो लाग्दा मृत्यु हुनेमा १८ देखि २५ वर्ष उमेर समूहका रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतको असामस्थित कोकराझारमा भएको आतंकवादी आक्रमणमा १४ जनाको मृत्यु(२०७३ श्रावण २१, शुक्रवार)
भारतको असामस्थित कोकराझारमा शुक्रबार भएको आतंकवादी आक्रमणमा १४ जनाको मृत्यु भएको छ । एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा १३ जना नागरिकको मृत्यु भएको भारतीय सन्चारमाध्ययमहरुले जनाएका छन् । सुरक्षाकर्मीको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएका छन् ।
अमेरिकी सेनाद्वारा लिबियास्थित आईएसको पकड रहेको क्षेत्रमा हवाई आक्रमण(२०७३ श्रावण १८, मंगलवार)
अमेरिकी सेनाले लिबियास्थित इस्लामिक अतिबादी संगठन आईएसको पकड रहेको क्षेत्रमा हवाई आक्रमण गरेको छ । लिबियाको बन्दरगाह रहेको सिर्त शहरमा गरिएको हवाई आक्रमणका कारण थुप्रै आइएस कार्यकर्ता मारिएको र उक्त क्षेत्र क्षतविक्षत भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।
डोनाल्ड ट्रम्पद्वारा प्रतिस्पर्धी डेमोक्रेटिक हिलारी क्लिन्टनलाई सैतानको संज्ञा(२०७३ श्रावण १८, मंगलवार)
अमेरिकामा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनलाई सैतानको संज्ञा दिएका छन् । पेन्सेल्भेनियामा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले क्लिन्टन सैतान हुन् भने । उनले बर्नी स्यान्डर्सले सैतानसँग सम्झौता गरेको आरोपसमेत लगाए ।
सिरियाको इदलिब प्रान्तमा रसियाली सैनिक विमान आक्रमण गरी खसाल्दा सबै पाँच जनाको मृत्यु (२०७३ श्रावण १७, सोमवार)
द्वन्द्वपीडित सिरियाली नागरिकका लागि खाद्यान्नलगायत अति आवश्यकीय सामान प्रचिन शहर अलेप्पो पु-याएर फर्किँदै गरेको रसियाली सैनिक विमानलाई सिरियाको इदलिब प्रान्तमा आक्रमण गरी खसाल्दा विमानमा यात्रारत तीन जना चालक दलका सदस्यसहित दुई जना अन्य सरकारी अधिकारीको सोमबार मृत्यु भएको रसियाली प्रशासन केन्द्र क्रेमलिनले बताएको छ  । 
सिरियाको एक प्रसूति अस्पतालमा हवाई आक्रमण(२०७३ श्रावण १५, शनिवार)
सिरियाको एक प्रसूति अस्पतालमा हवाई आक्रमण गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित उत्तर पश्चिमी इडलिब प्रान्तमा रहेको प्रसुति अस्पतालमा हवाई आक्रमण गरिएको हो ।
टर्कीका राष्ट्रपतिद्वारा आफ्नो अपमान गरेको विषयसँग सम्बन्धित दुई हजार मुद्दा फिर्ता लिने घोषणा(२०७३ श्रावण १५, शनिवार)
टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले आफ्नो अपमान गरेको विषयसँग सम्बन्धित दुई हजार मुद्दा फिर्ता लिने घोषणा गरेका छन् । असफल सत्ता कब्जाका क्रममा मारिएका एक सयभन्दा बढी व्यक्तिको सम्झनामा राजधानी अंकारामा गरिएको कार्यक्रममा राजनीतिक सदभाव स्वरुप यो मुद्दा फिर्ता लिइएको घोषणा उनले गरे । 
इन्डोनेसियामा लागू औषध तस्करीमा संलग्न रहेको भन्दै चार जनालाई मृत्युदण्ड(२०७३ श्रावण १४, शुक्रवार)
इन्डोनेसियामा लागू औषध तस्करीमा संलग्न रहेको भन्दै चार जनालाई मृत्युदण्ड दिइएको छ । लागू औषध तस्करीकै आरोपमा अन्य १० जना जेल मै छन् । उनीहरुलाई पनि मृत्युदण्डको सजाय दिने वा नदिनेबारे भने खुलाइएको छैन ।