arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार
ब्राजिलको एक फुटबल टिमसहित ८१ जना सवार विमान दुर्घटना हुँदा ७६ जनाको मृत्यु(२०७३ म‌सिर १४, मंगलवार)
ब्राजिलको एक फुटबल टिमसहित ८१ जना सवार विमान मंगलबार कोलम्बियामा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ । बोलिभियाबाट ७२ जना यात्रु र ९ जना चालकदलका सदस्यसहित उडेको विमान कोलम्बियाको मेडेलिन सहरनजिक दुर्घटना भएको हो ।
डोनाल्ड ट्रम्पद्वारा हालै निधन भएका क्यूवाली कम्युनिस्ट नेता फिडेल कास्ट्रोलाई बर्बर तानाशाहको संज्ञा(२०७३ म‌सिर १२, आइतवार)
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै निधन भएका क्यूवाली कम्युनिस्ट नेता फिडेल कास्ट्रोलाई बर्बर तानाशाहको संज्ञा दिएका छन् । एक बर्बर तानाशाहको निधन भएको भन्दै उनले अब क्यूवा स्वतन्त्र भविष्यतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
क्यूवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधन(२०७३ म‌सिर ११, शनिवार)
क्यूवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधन भएको छ । क्यूवाको सरकारी टेलिभिजनले पूर्व राष्ट्रपति क्यास्ट्रोको निधन भएको पुष्टि गरेको छ । उनलाई क्यूवामा कम्युनिस्ट क्रान्तिका नायक मानिन्थ्यो ।
इरानको उत्तरी क्षेत्रमा दुई वटा रेल आपसमा जुध्दा कम्तिमा ३१ जनाको मृत्यु(२०७३ म‌सिर १०, शुक्रवार)
इरानको उत्तरी क्षेत्रमा दुई वटा रेल आपसमा जुध्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । रोकिराखेको रेललाई गुडिरहेको रेलले ठक्कर दिंदा रेलका चार डिब्बा लिगबाट उछिट्टिएको थियो । दुई वटा डिम्बामा आगो लागेको थियो ।
हिलारी क्लिन्टनको ईमेल प्रकरणको थप अनुसन्धान नगर्ने ट्रम्पको घोषणा(२०७३ म‌सिर ८, बुधवार)
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनको ईमेल प्रकरणको थप जाँच नगरिने बताएका छन् । राष्ट्रपतीय निर्वाचनका क्रममा भने ट्रम्पले आफू राष्ट्रपति निर्वाचित भए क्लिन्टनको इमेल प्रकरणमा पुनः छानविन गरी उनलाई जेल हाल्नेसम्मको कडा अभिव्यक्ति दिएका थिए । 
द्वन्द्वग्रस्त मुलुक सिरियाका १० लाख सर्वसाधारण सिरियाली सेनाको घेराबन्दीमा(२०७३ म‌सिर ७, मंगलवार)
द्वन्द्वग्रस्त मुलुक सिरियाका १० लाख सर्वसाधारण सिरियाली सेनाको घेराबन्दीमा परेको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्र संघले घेराबन्दीमा परेका सर्वसाधारणको संख्या गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको जनाएका हो । सिरियामा जारी गृहयुद्धका कारण फसेका १० लाख जनतालाई भोकमरीको समस्या रहेको र मानवीय सहायता तथा उचित उपचारबाट बन्चित गराइएको राष्ट्र संघको भनाइ छ ।
जापानमा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी(२०७३ म‌सिर ७, मंगलवार)
 जापानमा आज बिहान स्थानिय समय अनुसार बिहान ६ बजेर २ मिनेटमा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्प जापानको फुकुसीमा, इबाराकी केन वकी केन्द्र भएर गएको भूकम्प लगत्तै तटीय क्षेत्रहरुमा सुनामीको चेतावनी जारी गरिएको छ ।
अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा कम्तीमा २७ व्यक्तिको मृत्यु(२०७३ म‌सिर ६, सोमवार)
अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सिया मुसलमान समूदायको मस्जिदमा सोमबार भएको आक्रमणमा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ। एक घार्मिक समारोहका लागि जम्मा भएका व्यक्तिहरुलाई लक्ष्यगरी गरिएको आक्रमणमा परी २७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्।
मर्केल चौथो पटक जर्मनीको नेतृत्वका लागि चुनावमा उठ्ने(२०७३ म‌सिर ६, सोमवार)
जर्मन चान्सलर एञ्जेला मर्केल चौथो पटक जर्मनीको नेतृत्वका लागि चुनावमा उठ्ने भएकी छिन् । आगामी वर्ष हुने निर्वाचनका लागि उनले उम्मेदवारी घोषणा गर्दै समर्थनका लागि पार्टी नेता कार्यकर्तालाई आह्वान गरेकि छिन् । आफ्नो क्रिष्चियन डेमोक्रेट पार्टीको सभालाई सम्बोधन गर्दै उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।
भारतको कानपुरमा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १०० माथि(२०७३ म‌सिर ५, आइतवार)
भारतको कानपुरमा आइतबार बिहानै भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १०० माथि पुगेको छ । पटना-इन्दौर एक्सप्रेसको १४ वटा डिब्बा लिकबाट उत्रिएको हो । दुर्घटनामा परी अन्य एक सय ५० भन्दा बढी यात्री घाइते भएका छन् । इन्दौरबाट पटना जाँदै गरेको रेल बिहानै स्थानीय समयअनुसार तीन बजेर १० मिनेट जाँदा कानपुर नजिकै दुर्घटना भएको हो । लिकबाट रेलको डिब्बा उछिट्टिएर दुर्घटना भएको हो ।
भारतको उत्तरपूर्वी राज्य असाममा एम्बुस आक्रमणमा तीन सैनिकको मृत्यु(२०७३ म‌सिर ४, शनिवार)
भारतको उत्तरपूर्वी राज्य असाममा शनिबार सैनिकको एक जत्थालाई लक्ष्यगरी भएको एम्बुस आक्रमणमा तीन सैनिकको मृत्यु हुनुको साथै अरु चार घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । असाम राज्यको तीनसुकिया जिल्लाको डिग्बोई सरहमा सो आक्रमण भएको एक वरिष्ठ प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । 
बोलिभियामा बलात्कारको आरोपमा पक्राउ परेका एकजनालाई स्थानीयले नियन्त्रणमा लिएर हत्या गरे(२०७३ कार्त्तिक ३०, मंगलवार)
बोलिभियामा बलात्कारको आरोपमा पक्राउ परेका एकजनालाई स्थानीयले नियन्त्रणमा लिएर हत्या गरेका छन् । समाचार एजेन्सीहरुका अनुसार बोलिभियाको रेयसमा चार वर्षकी एक बालिका केही दिनअघि बेपत्ता भएकी थिइन् । गत साता उनको शव फेला परेको थियो ।
अमेरिकावाट ३० लाख आप्रवासीलाई निकालिने(२०७३ कार्त्तिक २९, सोमवार)
राष्ट्रपतिमा निर्वाचिन भएपछिको पहिलो अन्र्तवार्तामा डोनाल्ड ट्रम्पले ३० लाख आप्रवासीलाई डिपोटेसन गरिने बताएका छन्। सिविएस समाचारसँस्थाले गरेको पहिलो अन्र्तवार्तामा नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो बताएका हुन।
कोलम्बियामा फेरि शान्ति सम्झौता(२०७३ कार्त्तिक २८, आइतवार)
कोलम्बियामा फेरि शान्ति सम्झौता गरिएको छ । कोलम्बियन सरकार र विद्रोही फार्कबीच मुलुकबाट युद्ध अन्त्य गर्न नयाँ सम्झौता गरिएको हो । सरकार र विद्रोहीबीच भएको शान्तिसम्झौता ६ हप्ताअघि जनमत संग्रहबाट अस्वीकृत भएपछि यस पटक भने त्यहाँको विपक्षी दलसमेतको सहभागितामा नयाँ शान्ति सम्झौता गरिएको हो । जनमत संग्रहबाट उक्त सम्झौता अस्वीकृत गराउन भूमिका खेल्ने पूर्व राष्ट्रपति अल्भारो यूरिबसमेतलाई साथमा लिएर यसपटकको सम्झौता गरिएको हो ।

राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पसँग मन्त्रिपरिषद बनाउन अझै ७० दिन बाँकी(२०७३ कार्त्तिक २७, शनिवार)
अमेरिकी राष्ट्रपतिमा हालैमात्र निर्वाचित डोनाल्ड ट्रम्पले आफूले  भेट्रान्स डे  बिदालाई नयाँ सरकारको स्वरुप निर्माण गर्न प्रयोग गर्ने बताउँदै शुक्रबार आफ्नो सरकारमा सहभागी सदस्यहरुको छिट्टै टुंगो लगाउने बताएका छन् ।
भारतको राजधानी नयाँदिल्लीलगायतका सहरहरुमा मास्कको अभाव(२०७३ कार्त्तिक २६, शुक्रवार)
भारतको राजधानी नयाँदिल्लीलगायतका सहरहरुमा मास्कको अभाव हुन थालेको छ । नयाँदिल्लीको प्रदुषण एक दशकयताकै खराब अवस्थामा पुगेपछि सर्वसाधरणलाई मास्क लगाउन सल्लाह दिइएको छ । तर, दिल्लीका अधिकांश पसलहरुमा मास्कको अभाव भएको छ । मास्क किन्न सर्वसाधारणहरु घन्टौं लाइनमा बस्न बाध्य छन् ।
इराकको मोसुलनजिकको गाउँमा अज्ञात व्यक्तिले गोली प्रहार गरी ६ जनाको हत्या गरे(२०७३ कार्त्तिक २६, शुक्रवार)
इराकको मोसुलनजिकको गाउँमा अज्ञात व्यक्तिले गोली प्रहार गरी ६ जनाको हत्या गरेका छन् । इराकको मोसुल सहरनजिकको सुरा र क्वायरा गाउँमा प्रहरीको भेषमा गएको व्यक्तिले उनीहरुको हत्या गरेको बुझिएको छ । मोसुल सहर इस्लामिक अतिवादी समूह आइएस को कब्जाबाट मुक्त गर्न इराक, अमेरिका र अरब लिगको गठबन्धन सेनाले अभियान चलाइरहेकोबेला यो घटना भएको हो ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि भएको विरोध प्रदर्शनका क्रममा पाँचजना घाइते(२०७३ कार्त्तिक २६, शुक्रवार)
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि भएको विरोध प्रदर्शनका क्रममा पाँचजना घाइते भएका छन् । अमेरिकाको सियाटलमा बुधबार राति भएको आन्दोलनका क्रममा गोली प्रहारमा परी उनीहरु घाइते भएका हुन् ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी(२०७३ कार्त्तिक २४, बुधवार)
 
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । रिपब्लिकन पार्टीका ट्रम्प डेमोक्रेट पार्टीकी उम्मेदवार तथा आफ्ना निकटतम प्रतिश्पर्धी हिलारी क्लिन्टनलाई हराउँदै विश्वकै शक्तिशाली मुलुक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
भारतमा हजार र पाँच सयका नोटलाई बजारमा चलाउन प्रतिबन्ध (२०७३ कार्त्तिक २३, मंगलवार)
 भारतले जाली नोटको कारोबारलाई निरुत्साहित गर्नका लागि मंगलबार राति १२ बजेबाट हजार र पाँच सयको नोटलाई बजारमा चलाउन पूर्णरुपमा रोक लगाउने निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् । प्रधानमन्त्री मोदीका अनुसार सर्वसाधारणले नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा हजार र पाँचसयका नोट बैंक वा हुलाक कार्यालयमा गएर साटिसक्नुपर्ने छ । 
अमेरिकामा ४५औं राष्ट्रपति चुन्नका लागि निर्वाचनको मतदान(२०७३ कार्त्तिक २३, मंगलवार)
अमेरिकामा राष्ट्रपति निर्वाचनको मतदान सुरु भएको छ । ४५औं राष्ट्रपति चुन्नका लागि अमेरिकी जनता मतदानमा सहभागी भइरहेका हुन् । पूर्वी राज्यहरुबाट मतदान सुरु भएको हो भने पश्चिमी राज्यहरुमा केही समयपछि मतदान सुरु हुनेछ । राष्ट्रपति पदको यस महासंग्राममा चारजना उम्मेदवार मैदानमा भएपनि मुख्यतः रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनबीच नै प्रतिस्पर्धा रहेको छ ।
इराकको मोसुलमा इराकी सेनाले टाउको काटिएको अवस्थामा एक सयवटा शव बरामद(२०७३ कार्त्तिक २३, मंगलवार)
इराकको मोसुल शहरनजिकै एक विद्यालयबाट इराकी सेनाले टाउको काटिएको अवस्थामा एक सयवटा शव बरामद गरेको छ । मोसुल शहरनजिकै रहेको हमाम अल अली शहरको कृषि विद्यालयबाट सेनाले ती शव बरामद गरेको हो । बरामद गरिएका शव सर्वसाधारणको भएको सेनाले जनाएको छ । 
अमेरिकी राष्ट्रपति पदको चुनाव नजिकिँदै गर्दा क्लिन्टन र ट्रम्पबीच आरोप-प्रत्यारोप, क्लिन्टनको लोकप्रियता घट्यो(२०७३ कार्त्तिक २०, शनिवार)
आगामी मंगलबार हुने अमेरिकी राष्ट्रपति पदको चुनाव नजिकिँदै गर्दा राष्ट्रपतिका दुई उम्मेदवार हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प अन्तिम चुनावी प्रचार-प्रसारमा जुटेका छन् । अमेरिकाको पेन्सिलभेनिया, ओहायो, मिसिगन र पीट्सवर्गलगायतका राज्यमा भएको अन्तिम चुनावी प्रचारमा दुई प्रत्यासीबीच आरोप-प्रत्यारोप चलेको छ ।
राष्ट्रपतिलाई पदत्याग गर्न दबाब दिने उद्देश्यले भेनेजुएलाका प्रमुख प्रतिपक्षी दलहरूद्वारा देशभरी विशाल विरोध प्रदर्शन(२०७३ कार्त्तिक १२, शुक्रवार)
राष्ट्रपति निकोलास मडुरोलाई पदत्याग गर्न दबाब दिने उद्देश्यले भेनेजुएलाका प्रमुख प्रतिपक्षी दलहरूले देशभरी विशाल विरोध प्रदर्शन गरेका छन् । १२ घण्टे आम हड्ताल गर्न आह्वान गर्दै प्रदर्शनकारी प्रतिपक्षी नेताहरूले आगामी दिनहरूमा लगातार आन्दोलन गर्ने थप कार्यक्रम पनि अघि सारेका छन् ।
आप्रपासीहरु सवार एक डुंगा लिबियाको तटीय क्षेत्रमा दुर्घटना हुँदा ९० भन्दा बढी व्यक्ति वेपत्ता(२०७३ कार्त्तिक १२, शुक्रवार)
आप्रपासीहरु सवार एक डुंगा लिबियाको तटीय क्षेत्रमा दुर्घटना हुँदा ९० भन्दा बढी व्यक्ति वेपत्ता भएका छन् । तटीय गार्डका प्रवक्ताले पत्रकार सम्मेलन गरी डुंगामा एक सय २९ जना सवार रहेका र त्यसमा २९ जनालाई भने उद्धार गरिएको जानकारी दिएका छन् । बेपत्ता रहेका यात्रुमा तीन महिला र एक बालकसमेत रहेको बताइएको छ ।
भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिदैं, एकअर्काको एक-एक कर्मचारीलाई देश निकाला(२०७३ कार्त्तिक १२, शुक्रवार)
भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिदैं गएको समयमा दुबै मुलुकले एकअर्काको एक-एक कर्मचारीलाई देश निकाला गरेका छन् । बिहीबार भारतले पाकिस्तानी उच्चयोगका एक कर्मचारीलाई २९ अक्टोबरसम्ममा भारत छाड्न आदेश दिएको थियो । लगत्तै पाकिस्तानले पनि इस्लामावादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देश निकाला गरेको छ ।
इराकको मोसुलनजिक बासिका शहरलाई कब्जामा लिएर बसेका इस्लामिक स्टेट आइएसमाथि भीषण कारबाही सुरु(२०७३ कार्त्तिक ८, सोमवार)
कुर्द सेनाले उत्तरी इराकको मोसुलनजिक बासिका शहरलाई कब्जामा लिएर बसेका इस्लामिक स्टेट आइएसमाथि भीषण कारबाही सुरु गरेको छ । एक राजमार्गलाई कब्जामा लिएर बसेका आइएसका कार्यकर्तालाई धपाउन कुर्द सेनाले कारबाही सुरु गरेको हो । कुर्द सेनाले राजमार्ग कब्जामा लिएर आइएसले गतिविधि बढाइरहेको ठहरसहित कारबाही सुरु गरेको जनाएको छ । आइएसविरुद्धको आक्रमणमा टर्कीका सेना पनि सहभागी छन् ।
भारतको ओडिसामा प्रहरीसँगको मुठभेडमा १८ जना माओवादी लडाकु मारिए(२०७३ कार्त्तिक ८, सोमवार)
भारतको ओडिसास्थित मलकानगिरी जिल्लामा प्रहरीसँगको मुठभेडमा १८ जना माओवादी लडाकु मारिएका छन् । घटनास्थलबाट प्रहरीले ठूलो संख्यामा हतियार तथा गोलाबारुद बरामद गरेको छ । आज बिहान ६ बजे कियासिर बेगानगी जंगलमा भएको मूठभेडमा उनीहरु मारिएका हुन् ।
क्यालिफोर्नियामा पर्यटक बस र ट्रक एकापसमा ठोक्किँदा भएको दुर्घटना, १३ जनाको मृत्यु(२०७३ कार्त्तिक ८, सोमवार)
दक्षिणी क्यालिफोर्नियाको प्रमुख राजमार्गमा आइतबार एक पर्यटक बस र ट्रक एकापसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटानमा परी अरु ३१ जना घाइते भएका अधिकारीले जानकारी दिएका छन् । दुर्घटना भएको अवस्थामा सबै यात्री सुतिरहेका होलान् भन्दै क्यालिफोर्निया राजमार्गका प्रहरी प्रमुख जिम आबेलेले भावुक हुँदै बताएका छन् ।
पाकिस्तानमा भारतीय फिल्म रेडियो तथा टेलिभिजन माथि प्रतिबन्ध (२०७३ कार्त्तिक ४, विहीवार)
           
http://go.oclaserver.com/afu.php?zoneid=1465736