arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार
क्यालिफोर्नियामा पर्यटक बस र ट्रक एकापसमा ठोक्किँदा भएको दुर्घटना, १३ जनाको मृत्यु(२०७३ कार्त्तिक ८, सोमवार)
दक्षिणी क्यालिफोर्नियाको प्रमुख राजमार्गमा आइतबार एक पर्यटक बस र ट्रक एकापसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटानमा परी अरु ३१ जना घाइते भएका अधिकारीले जानकारी दिएका छन् । दुर्घटना भएको अवस्थामा सबै यात्री सुतिरहेका होलान् भन्दै क्यालिफोर्निया राजमार्गका प्रहरी प्रमुख जिम आबेलेले भावुक हुँदै बताएका छन् ।
पाकिस्तानमा भारतीय फिल्म रेडियो तथा टेलिभिजन माथि प्रतिबन्ध (२०७३ कार्त्तिक ४, विहीवार)
           
'ब्रिक्स'को आठौं सम्मेलन भारतका गोवामा सम्पन्न(२०७३ कार्त्तिक १, सोमवार)
उदाउँदो अर्थतन्त्र भनेर मानिने देशहरु ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकासम्बद्ध संगठन 'ब्रिक्स'को आठौं सम्मेलन भारतका गोवामा  सम्पन्न भएको छ । सो सम्मेलन यही अक्टोबार १५ र १६ मा भारतको गोवामा भएको थियो । उक्त सम्मेलनले गोवा घोषणापत्र पनि जारी गरेको छ ।
ब्राजिलको एक कारागारमा भएको झडपमा २५ जना कैदीबन्दी मारिए(२०७३ कार्त्तिक १, सोमवार)
ब्राजिलको एक कारागारमा भएको झडपमा २५ जना कैदीबन्दी मारिएका छन् । घटनामा थुप्रै कैदी घाइते भएका छन् । ब्राजिलको बोया भिस्टामा रहेको कारागारमा एक सेक्सनका कैदी बन्दीले अर्को सेक्सन तोडफोड गर्ने क्रममा झडप शुरु भएको हो ।
डोनाल्ड ट्रम्पले आफ्नो प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई लागुऔषध परीक्षण गर्न माग गरे(२०७३ आश्विन ३०, आइतवार)
अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई लागुऔषध परीक्षण गर्न माग गरेका छन् । अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्यासी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच आगामी प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रम भन्दाअगाडि हिलारीको परीक्षण हुनुपर्ने शनिबार ट्रम्पले माग गरेका हुन् ।
थाइल्याण्डका राजा भूमिवोल अदुल्यादेजको ८८ वर्षको उमेरमा निधन(२०७३ आश्विन २७, विहीवार)
थाइल्याण्डका राजा भूमिवोल अदुल्यादेजको बिहीबार उपचारको क्रममा ८८ वर्षको उमेरमा निधन भएको थाइ दरबारले जनाएको छ । थाइल्याण्डका राजा भूमिवोल विश्वकै सबैभन्दा लामो समय शासन गर्ने राजा थिए । दरबारले उनको मृत्युको कारण खुलाएको भने छैन । उनले ७० वर्षसम्म थाइल्याण्डमा शासन गरेका थिए ।
         
डोनाल्ड ट्रम्पले महिलाविरुद्ध आपत्तिजनक अभिव्यक्तिमा माफी मागेपनि आफ्नै पार्टीका वरिष्ठहरुको साथ गुमाउन थाले(२०७३ आश्विन २३, आइतवार)
अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले महिलाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएकोमा प्रष्टीकरण दिँदै माफी मागेपनि आसन्न निर्वाचनमा एकपछि अर्को गर्दै आफ्नै पार्टीका वरिष्ठहरुको साथ गुमाउन थालेका छन् । 
यसवर्षको नोवेल शान्ति पुरस्ककार कोलम्बियाका राष्ट्रपति सान्तोषलाई(२०७३ आश्विन २१, शुक्रवार)
यसवर्षको नोवेल शान्ति पुरस्ककार कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुअल सान्तोषलाई प्रदान गरिने भएकाे छ । फार्क विद्रोहीसँग शान्तिवार्ता गरी कोलम्बियामा शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा उनलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको नोबेल समितिले जनाएको छ।
भारतसँगको बढ्दो तनावसँगै पाकिस्तानको सैन्य शक्ति सतर्क अवस्थामा(२०७३ आश्विन १९, बुधवार)
भारतसँगको बढ्दो तनावसँगै पाकिस्तानले आफ्नो सैन्य शक्तिलाई सतर्क अवस्थामा राख्न थालेको छ । यस क्रममा पाकिस्तानी वायुसेनाले युद्धाभ्यास गर्ने भएको छ । पाकिस्तानी वायुसेनाको युद्धाभ्यासलाई ध्यानमा राख्दै पाकिस्तानले लाहोर र कराँचीको हवाईमार्ग ८ अक्टोबरदेखि बन्द गर्ने भएको छ । व्यावसायिक उडानका लागि लाहोर र कराँचीको हवाईमार्ग १३ दिनका लागि बन्द गरिने भएको पाकिस्तानी अधिकारीहरुको भनाइ छ ।
हैंटीमा आएको मैथ्यु नामक समुद्री आँधीले जनजीवन अस्तव्यस्त(२०७३ आश्विन १९, बुधवार)
क्यारेबियन मुलुक हैंटीमा आएको मैथ्यु नामक समुद्री आँधीले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । आँधीका कारण थुप्रैको ज्यान गएको छ । भारी बर्षा र आँधीपछि आएको बाढीका कारण हैंटीको तटीय क्षेत्र डुबानमा परेको छ । प्रतिघण्टा २ सय ४० किलोमिटरको दरले आएको आँधीका कारण कयौं घरका छाना उडाउनुका साथै जताजतै बिजुलीका पोल र रुख ढल्दा सडक अबरुद्ध बनेको छ ।
रुसद्वारा सिरियामा आक्रमण जारी राख्ने घोषणा(२०७३ आश्विन १४, शुक्रवार)
रुसले सिरियाको विद्रोही नियन्त्रित एलेप्पो शहरको पूर्वी क्षेत्रमा आक्रमण जारी राख्ने जनाएको छ । अमेरिकाले आक्रमण रोक्न गरेको आग्रहको बेवास्ता गर्दै रुसले विद्रोही नियन्त्रित क्षेत्रमा कारबाही जारी राख्ने जनाएको हो ।
भारतीय र पाकिस्तानी सैनिकबीच दोहोरो गोली हानाहान, कम्तीमा दुईजना पाकिस्तानी सैनिकको मृत्यु(२०७३ आश्विन १३, विहीवार)
भारत र पाकिस्तानको सीमानामा पर्ने भारत प्रशासित क्षेत्र जम्मु-कास्मिरमा विहीबार भारतीय र पाकिस्तानी सैनिकबीच दोहोरो गोली हानाहान हुँदा कम्तीमा दुईजना पाकिस्तानी सैनिकको मृत्यु भएको छ । स्थानीय समयानुसार विहीबार बिहान २ः३० बजेबाट सुरु भएको दोहोरो भिडन्त बिहान ८ बजेसम्म चलेको थियो । भारतीय सेनाले विहीबारको दोहोरो हमलाबारे पुष्टि गरेको छ ।
पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफद्वारा पाकिस्तानलाई भुटान र नेपालजस्तो नठान्न भारतलाई चेतावनी (२०७३ आश्विन १२, बुधवार)
पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले पाकिस्तानलाई भुटान र नेपालजस्तो नठान्न भारतलाई चेतावनी दिएका छन् । भारतीय टेलिभिजन च्यानल आजतकसँग कुरा गर्दै मुशर्रफले भने, पाकिस्तानलाई भुटान र नेपालजस्तो ठान्ने गल्ती भारतले नगरोस्, पाकिस्तान एक शक्तिशाली देश हो । 
इजरायलका पूर्व राष्ट्रपति शिमोन पेरेजको निधन(२०७३ आश्विन १२, बुधवार)
इजरायलका पूर्व राष्ट्रपति शिमोन पेरेजको निधन भएको छ । लामो समय इजरायलको राजनीतिमा सक्रिय रहेका ९३ वर्षीय पेरेज दुई साता अघि मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना गरिएका थिए । अस्पतालमा उपचाररत अवस्थामै बुधबार बिहान उनको निधन भएको हो ।
अमेरिकामा पहिलो टेलिभिजन बहसमा 'ट्रम्पभन्दा क्लिनटन राम्रो'(२०७३ आश्विन १२, बुधवार)
अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि सोमबार भएको पहिलो प्रत्यक्ष टेलिभिजन बहस भएको छ । सो बहसमा धेरै मतदाताले डेमोक्रयाटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मन पराएको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् ।
सिरियाको एलेप्पो शहरमा गरिएको हवाई आक्रमणमा फेरि २७ जना मारिए(२०७३ आश्विन ८, शनिवार)
सिरियाको एलेप्पो शहरमा गरिएको हवाई आक्रमणमा फेरि २७ जना मारिएका छन् । सरकार र विद्रोहीबीचको संघर्षमा सर्वसाधारण मारिने क्रम तीब्र बनेको छ । विद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोमा सरकारी सेनाले कब्जा जमाएको घोषणा गरेको केही घण्टापछि फेरि गरिएको हवाई आक्रमणमा उनीहरु मारिएका हुन् ।
उत्तर कोरियाद्वारा ठूलो शक्तिको रकेट मेसिन सफलतापूर्वक परीक्षण(२०७३ आश्विन ४, मंगलवार)
उत्तर कोरियाले ठूलो शक्तिको रकेट मेसिन सफलतापूर्वक परीक्षण गरेको जनाएको छ । संयुक्तराज्य अमेरिकाको पूर्वीसमुद्रतर्फ लक्षित गरेर परीक्षण गरेको उत्तर कोरियाको आधिकारिक सन्चारमाध्यमले जनाएको छ । उत्तर कोरिया सरकारद्वारा सन्चालित समाचार समिति केसीएनएले लेखेको छ- पूर्वी अमेरिकातर्फको दूरी झन्डै १२ हजार किलोमिटर छ, त्यसैले उत्तर कोरियाले आफ्नो क्षमता देखाउँदै छ ।
अफ्रिकी मुलुक कंगोमा हिंसा भड्कँदा १७ जनाको मृत्यु(२०७३ आश्विन ४, मंगलवार)
अफ्रिकी मुलुक कंगोमा हिंसा भड्कँदा १७ जनाको मृत्यु भएको छ । राष्ट्रपति जोसेफ काबिलाको राजीनामा माग गर्दै गरिएको प्रदर्शनका क्रममा १७ जना मारिएका हुन् । मारिनेमा तीन जना सुरक्षाकर्मी पनि रहेको बताइएको छ ।
कश्मीरमा आतंकवादी समूह र भारतीय सैनिकबीच भएको सशस्त्र संघर्षमा २१ जना मारिए(२०७३ आश्विन २, आइतवार)
भारत प्रशासित कश्मीरमा आतंकवादी समूह र भारतीय सैनिकबीच भएको सशस्त्र संघर्षमा २१ जना मारिएका छन् । मारिनेमा १७ जना सैनिक छन् भने चारजना आतंकवादी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आइतबार बिहान साँढे ५ बजेतिर उरी सेक्टरस्थित सैन्य शिविरमा आतंकवादीहरुले आक्रमण गरेको बताइएको छ ।
अमेरिकाको न्यूयोर्क शहरमा विस्फोट, कम्तिमा २५ जना घाइते(२०७३ आश्विन २, आइतवार)
अमेरिकाको न्यूयोर्क शहरमा विस्फोट भएको छ । विस्फोटमा परि कम्तिमा २५ जना घाइते भएका छन् । न्यूयोर्कको म्यानहटनमा विस्फोट भएको हो । विस्फोटको कारण खुल्न नसकेको सरकारी अधिकारीले जनाएका छन् ।
भारतमा दुई किशोरी सामूहिक बलात्कार(२०७३ भाद्र ३१, शुक्रवार)
भारतमा दुई किशोरी सामूहिक बलात्कारको शिकार बनेका छन् । दिल्लीको अमन बिहार थानाक्षेत्रस्थित पार्कमा बसिरहेका दुई युवती बलात्कारको शिकार बनेका हुन् ।
फ्रान्समा मजदुरहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा सयौं मजदुर घाइते(२०७३ भाद्र ३१, शुक्रवार)
फ्रान्समा मजदुरहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा सयौं मजदुर घाइते भएका छन् । मजदुरको हकहितका लागि फ्रान्स सरकार मौन बसेको भन्दै भएको आन्दोलनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले लाठी, अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेपछि उनीहरु घाइते भएका हुन् ।
ब्राजिलका पूर्वराष्ट्रपति लुला डि सिल्भामाथि भ्रष्टाचारको मुद्दा(२०७३ भाद्र ३०, विहीवार)
ब्राजिलका पूर्वराष्ट्रपति लुला डि सिल्भामाथि भ्रष्टाचारको मुद्दा चल्ने भएको छ । ब्राजिलको संघीय अभियोजनकर्ताले लुला डि सिल्भा र उनकी पत्नीका नाममा समुद्री किनारमा भव्य पेन्टहाउसमा सरकारी सम्पत्ति दुरुपयोग गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गर्न लागेको हो ।
महान चाड ईदका लागि लाखौं मुस्लिम धर्मावलम्बीहरु साउदी अरबको मक्का मदिनामा(२०७३ भाद्र २६, आइतवार)
महान चाड ईदका लागि लाखौं मुस्लिम धर्मावलम्बीहरु साउदी अरबको मक्का मदिना पुगेका छन् । यो बर्ष १५ लाख भक्तजनहरु मक्का पुगेको साउदी अरब सरकारले जनाएको छ । अत्यधिक भीडका कारण हुने भागदौडमा बर्षेनी भक्तजनहरुको मृत्यु हुने गरे पनि हज यात्रीको संख्यामा भने कमी नआएको बताइन्छ ।
तान्जानियामा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११ जनाको मृत्यु(२०७३ भाद्र २६, आइतवार)
तान्जानियामा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ । देशको उत्तर-पश्चिमी क्षेत्रलाई केन्द्र विन्दु बनाएर गएको ५ दशमलव ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्पमा उनीहरुको मृत्यु भएको हो । भूकम्पमा परेर १ सय ९२ जनाभन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण त्यहाँको भौतिक संरचनामा ठूलो क्षति भएको छ ।
बंगलादेशको एक कारखानामा विस्फोटपछि भएको आगलागी, १५ जनाको मृत्यु(२०७३ भाद्र २५, शनिवार)
बंगलादेशको एक कारखानामा शनिबार विस्फोटपछि भएको आगलागीमा कम्तिमा १५ जनाको मृत्यु भएको छ । आगलागीमा परेर अरु ७० जना घाइते भएका छन् ।
सिरियामा जारी द्वन्द्व समाधानका लागि एकीकृत प्रयास गर्न अमेरिका र रुस सहमत(२०७३ भाद्र २५, शनिवार)
सिरियामा जारी द्वन्द्व समाधानका लागि एकीकृत प्रयास गर्न अमेरिका र रुस सहमत भएका छन् । आगामी सोमबार साँझदेखि सिरियामा विद्रोहीविरुद्ध एकीकृत कारबाही अभियान चलाउन दुई देश शुक्रबार सहमत भएका छन् । योसँगै दुई देशबीच उत्पन्न भएको शत्रुता अन्त्य गर्नसमेत दुई देश सहमत भएका हुन् ।
उत्तर कोरियाद्वारा निकै शक्तिशाली परमाणु परीक्षण गरिएको पुष्टि(२०७३ भाद्र २४, शुक्रवार)
उत्तर कोरियाले परमाणु परीक्षण गरिएको पुष्टि गरेको छ । उत्तर कोरियाली सरकारी संचारमाध्यमले परमाणु परीक्षण सफलतापूर्वक गरिएको जनाएको हो । सरकारी टेलिभिजनले परमाणु परीक्षणको पुष्टि गर्दै यसले उत्तर कोरियाको सैन्य क्षमता निकै मजबुत हुने जनाएको छ ।
फिलिपिन्सको दक्षिणी शहर डावाओमा गराइएको बम आक्रमणमा कम्तिमा १२ जना मारिए(२०७३ भाद्र १८, शनिवार)
फिलिपिन्सको दक्षिणी शहर डावाओमा गराइएको बम आक्रमणमा कम्तिमा १२ जना मारिएका छन् । राष्ट्रपति रोड्रिगो डुटरेटको गृहनगर डावाओको व्यस्त बजारमा बम विस्फोट गराइएको हो । रातको बेला गराइएको विस्फोटमा परी ३० जना भन्दा धेरै घाइते भएको सरकारी अधिकारीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
ज्वेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभको निधन(२०७३ भाद्र १८, शनिवार)
ज्वेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभको निधन भएको छ । उज्वेक सरकारले ७८ वर्षीय राष्ट्रपति कारिमोभको निधन भएको पुष्टि गरेको छ । उनको ब्रेन ह्यामरेज  भएपछि गत साता अस्पताल भर्ना गरिएको र अवस्था चिन्ताजनक रहेको बताइएको थियो । कारिमोभले सन् १९८९ यता उज्वेकिस्तानको सत्ता सम्हाल्दै आएका थिए ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736