arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार
थेरेसा मे बेलायतको भावी प्रधानमन्त्री बन्ने निश्चित(२०७३ आषाढ २८, मंगलवार)
थेरेसा मे बेलायतको भावी प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनका निकट प्रतिष्पर्धी रहेका आन्द्रेय लेड्समले आफनो दाबेदारी फिर्ता लिएपछि थेरेसालाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । बेलायतको कन्जरभेटिभ पार्टीका यी दुई नेताबीच आगामी सेप्टेम्बर ९ मा प्रतिस्पर्धा हुने तय भएकोमा लेड्समले आफनो नाम फिर्ता लिएपछि थेरेसा मे प्रधानमन्त्रीका लागि एक्लो दाबेदार बनेका छन् ।
बेलायतले दोस्रोपटक महिला प्रधानमन्त्री पाउने करिब निश्चित(२०७३ आषाढ २४, शुक्रवार)
बेलायतले दोस्रोपटक महिला प्रधानमन्त्री पाउने करिब निश्चित देखिएको छ । कन्जरभेटिभ पार्टीका नेता एवं प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएपछि रिक्त रहेको पदमा नेता चुन्नेक्रममा दुई महिला नेतृबीच निकट प्रतिस्पर्धा देखिएकाले मार्गरेट थ्याचरपछि बेलायतले दोस्रोपटक महिला प्रधानमन्त्री पाउने करिब निश्चित बनेको हो ।
ताइवानमा आँधीमा परी दुईजनाको मृत्यु, ६६ जना घाइते(२०७३ आषाढ २४, शुक्रवार)
ताइवानमा आँधीमा परी दुईजनाको मृत्यु भएको छ भने अरु ६६ जना घाइते भएका छन् । 'नेपारतक' नामक आँधीका कारण राजधानी ताइपेयीलगायत अरु सहरका १५ हजार घर-परिवार विस्थापित भएका छन् । आँधीका कारण हवाई र यातायात सेवासमेत अवरुद्ध बनेका छन् ।
ईदका अवसरमा सिरियामा ७२ घण्टाका लागि एकतर्फी युद्धविराम घोषणा(२०७३ आषाढ २३, विहीवार)
सिरियामा सरकारले ७२ घण्टाका लागि एकतर्फी युद्धविराम घोषणा गरेको छ । मुस्लिमहरुको पवित्र धार्मिक चाड ईदका अवसरमा सिरियाई सेनाले एकतर्फी युद्ध विरामको घोषणा गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको हो ।
अमेरिकामा प्रहरीको गोलीबाट काला जातिको व्यक्ति मारिएपछि तनाव(२०७३ आषाढ २२, बुधवार)
अमेरिकाको लुजियाना राज्यमा गोरा जातिका प्रहरीको गोली लागि एकजना काला जातिको व्यक्तिको मृत्यु भएको भिडियो सार्वजनिक भएपछि व्यापक विरोध चर्किएको छ । राज्यको राजधानी वाटोन रगमा ३७ वर्षीय एल्टन स्टर्लिङले एउटा पसलबाहिर बन्दुक लिएर सर्वसाधरणलाई आतंकित पारेपछि प्रहरीले उनलाई गोली हानेको बताइएको छ ।
यमनको एडेनमा अवस्थित विमानस्थलमा रहेका सैनिक प्रमुख कार्यालयहरुमा संदिग्ध जिहादीहरुद्वारा कब्जा(२०७३ आषाढ २२, बुधवार)
यमनको दोस्रो ठूलो सहर एडेनमा अवस्थित विमानस्थलमा रहेका सैनिक प्रमुख कार्यालयहरुमा संदिग्ध जिहादीहरुले बुधबार कब्जा गरेका छन् । साउदी अरेबिया समर्थित सरकार रहेको यस देशमा भएको यस सैन्य शिविर कब्जापछिको आक्रमणमा कम्तीमा १० जना सैनिकको मृत्यु भएको छ । 
साउदी अरेबियाको मदिनामा आत्मघाती बम विस्फोट(२०७३ आषाढ २१, मंगलवार)
इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थानको रुपमा लिइने साउदी अरेबियाको मदिनामा आत्मघाती बम विस्फोट भएको छ । मदिनामा रहेको पैगम्बर मुहम्मदको मस्जिद नजिक आत्मघाती आक्रमणकारीले आफूलाई विस्फोट गराएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
टर्कीको इस्तानबुलमा भएको आतंककारी हमलामा रसियाली नागरिकको पनि हात(२०७३ आषाढ २१, मंगलवार)
गत मंगलबार टर्कीको इस्तानबुलमा भएको आतंककारी हमलामा रसियाली नागरिकको पनि हात रहेको जनाइएको छ । इस्तानबुल प्रहरीले गरेको अनुुसन्धानमा उक्त आक्रमणमा रसियालीको पनि संलग्नता रहेको पाइएको जानकारी दिइएको छ । मंगलबार सार्वजनिक गरिएको एक अनुसन्धान प्रतिवदेनमा हालसम्म प्रहरीले गरेको अनुसन्धानबाट प्रत्यक्षरुपमा संलग्नता रहेका ३० जना पाइएको जनाइएको छ ।
अल कायदाद्वारा भारतमा हमला गर्न आफ्ना लडाकुलाई निर्देशन(२०७३ आषाढ २०, सोमवार)
अन्तर्राष्ट्रिय आतंकवादी संगठन 'अल कायदा' ले भारतमा हमला गर्न आफ्ना लडाकुलाई निर्देशन दिएको छ । युरोपमा जस्तै हमला भारतमा गर्न लडाकुहरुलाई अल कायदाले निर्देशन दिएको बताइएको छ । 
भारी बर्षाका कारण आएको बाढी पहिरोमा परी भारत र पाकिस्तानमा ५५ जनाको मृत्यु (२०७३ आषाढ २०, सोमवार)
भारी बर्षाका कारण आएको बाढी पहिरोमा परी भारत र पाकिस्तानमा ५५ जनाको ज्यान गएको छ । पाकिस्तानमा बर्षाका कारण एउटा मस्जिद भत्किदा ३० जनाको मृत्यु भएको हो । रमदानको समयमा प्रार्थना चलिरहेको बेला मस्जिद भत्केर उनीहरुको मृत्यु भएको हो ।

साउदी अरेबियास्थित अमेरिकी वाणिज्य दुतावास नजिकै आत्मघाती विस्फोट(२०७३ आषाढ २०, सोमवार)
साउदी अरेबियास्थित अमेरिकी वाणिज्य दुतावास नजिकै आत्मघाती विस्फोट भएको छ । समाचार एजेन्सीहरुका अनुसार जेद्दाहमा रहेको अमेरिकी वाणिज्य दुतावास नजिकै संदिग्ध हमलाकारीले आत्मघाती विस्फोट गराएको हो । विस्फोटमा दुई प्रहरी घाइते भएको जनाइएको छ ।
बगदादमा भएको बम हमलामा मारिनेको संख्या १२५ पुग्यो (२०७३ आषाढ १९, आइतवार)
बगदाद, इराकको राजधानी बगदामा भएको बम हमलामा मारिनेको संख्या १२५ पुगेको बीबीसीले जनाएको छ। हमलाको जिम्मेवारी आतंकवादी समूह इस्लामिक स्टेटले लिएको छ। शनिबार कराडास्थित अति व्यस्त सहरकाबीच एउटा आत्मघाती कार विस्फोट गरिएको  अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।           
बंगलादेशमा आक्रमणमा मारिएकाहरुको स्मृतिका दुई दिने राष्ट्रिय शोकको घोषणा, आंकबादविरुद्ध लड्ने अठोट (२०७३ आषाढ १९, आइतवार)
बंगलादेशको राजधानी ढाकामा इस्लामिक अतिवादी समूह आइएसको आक्रमणमा मारिएकाहरुको स्मृतिका दुई दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । ढाकाको गुलसन क्षेत्रस्थित होले आर्टिसन वेकरी क्याफेमा गरिएको आक्रमणमा २० जना मारिएका थिए । मारिनेमा नौ जना इटालियन, सात जापानी, एक अमेरिकी र एक जना भारतीय नागरिक छन् ।
इराकको राजधानी बग्दादमा भएको विस्फोटमा कम्तीमा ८३ जनाको मृत्यु(२०७३ आषाढ १९, आइतवार)
इराकको राजधानी बग्दादमा आइतबार भएको विस्फोटमा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार दुई विस्फोटमा परी अन्य १७६ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेटले करादा क्षेत्रस्थित एउटा रेस्टुरेन्ट नजिकै आफूले विस्फोट गराएको जनाएको छ । अर्को विस्फोट भने उत्तरी बग्दादमा भएको थियो ।

इराकको मोसुल सहरमा हवाई आक्रमणमा दुई शीर्ष आइएस सैन्य कमान्डर मारिए(२०७३ आषाढ १८, शनिवार)
इराकको उत्तरी मोसुल सहरमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा दुई शीर्ष  आइएस  सैन्य कमान्डर मारिएका छन् । अमेरिकी रक्षा मन्त्रालय  पेन्टागनकाअनुसार सन् २०१४ मा मोसुल आइएसको कब्जामा लिनेक्रममा सक्रिय बसिम महम्मद सुल्तान र हतिम तालिव युद्धक समूहका नेता मारिएका हुन् । 
भारतको पूर्वोत्तर राज्य अरुणाञ्चलमा पहिरोमा परी १० जनाको मृत्यु(२०७३ आषाढ १८, शनिवार)
भारतको पूर्वोत्तर राज्य अरुणाञ्चलमा पहिरोमा परी १० जनाको मृत्यु भएको छ । अरुणाञ्चलको कामेंग जिल्लामा पहिरोका कारण ६ वटा भवन भत्किँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मृत्यु हुनेमा दुई बालिकासहित पाँच महिला छन् । यस्तै तीन जना घाइते भएका छन् । उद्धार तथा राहतको काम भइरहेको प्रहरीले जनाएको छ ।
बंगलादेशको ढाका आक्रमणमा २० जना विदेशी मारिए(२०७३ आषाढ १८, शनिवार)
बंगलादेशको राजधानी ढाकामा रहेको एक रेस्टुरेन्टबाट शनिबार बिहानीपख आतंककारीहरुले कब्जामा लिएकामध्ये २० जनाको ज्यान गएको समाचार छ । उनीहरुलाई आतंककारीले नियन्त्रणमा लिएका थिए । ती नियन्त्रणमा लिइएका नागरिकमध्ये २० जना विदेशी मारिएका एकजना सैनिक जर्नेलले जनाएका छन् ।
बंगलादेशी सुरक्षाकर्मी र बन्दुकधारी विच गोलि हानाहान(२०७३ आषाढ १८, शनिवार)
बंगलादेशको राजधानी ढाका स्थित एक लोकप्रिय क्याफेमा केहि घण्टा अघि अज्ञात बन्दुकधारीहरुको एक समुह प्रवेश गरी करिव २० जनालाइ बन्धक बनाएका छन l
बंगलादेशमा एक हिन्दू पूजारीको हत्या(२०७३ आषाढ १७, शुक्रवार)
बंगलादेशमा एक हिन्दू पूजारीको हत्या भएको छ । बिहानको पूजा गर्ने तयारीमा रहेका पूजारीको घाँटी रेटेर हत्या भएको हो । मोटरसाइकलमा आएका तीन जनाको समूहले उनको घाँटी रेटेर हत्या गरेको बताइएको छ । हत्यापछि उनीहरु फरार भएका छन् ।
इराकको फलुजा सहरमा अमेरिकी हवाई हमलामा २५० भन्दा बढी आइएस लडाकु मारिए(२०७३ आषाढ १७, शुक्रवार)
इराकको फलुजा सहरमा अमेरिकी हवाई हमलामा २५० भन्दा बढी आइएस लडाकु मारिएका छन् । अमेरिकी रक्षा मन्त्रालय स्रोतका अनुसार अमेरिकी नेतृत्वको गठवन्धनका तर्फबाट गरिएको पछिल्लो कारवाहीमा आइएसका लडाकु सवार ४० भन्दा बढी सवारी साधनलाई लक्ष्य बनाइएको थियो ।
वित्तीय ठगी गरेको आशंकामा गुगलको मेड्रिड कार्यालयमा छापा(२०७३ आषाढ १६, विहीवार)

स्पेनका कर अनुसन्धानकर्ताको समूहले करको मामिलामा गुगलको मेड्रिड कार्यालयमा छापा मारेका छन्।

 

वित्तीय ठगी गरेको आशंकामा फ्रान्सेली अनुसन्धानकर्ताको समूहले गत महिना गुगलको पेरिस मुख्यालयमा छापा मारेको थियो।

           
काबुलमा तालिबानले गराएको आत्मघाती विस्फोटमा परी कम्तिमा ३० जना मारिए(२०७३ आषाढ १६, विहीवार)
अफगानिस्तानको राजधानी काबुलमा तालिबानले विहीबार गराएको आत्मघाती विस्फोटमा परी कम्तिमा ३० जना मारिएका छन् । मारिनेमा प्रहरीका क्याडेट र सर्वसाधरण रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । काबुलभन्दा केही किलोमिटर टाढा बारदाक प्रान्तमा रहेको प्रहरी प्रतिष्ठान केन्द्रका सुरक्षाकर्मी चढेको बसमा एकैचोटी गराइएको दुईओटा आत्मघाती विस्फोटमा उनीहरु मारिएका हुन् ।
टर्कीको स्तानबुल विमानस्थलमा आत्मघाती बम आक्रमण र अन्धाधुन्ध गोली प्रहारबाट ३६ जनाको मृत्यु(२०७३ आषाढ १५, बुधवार)
टर्कीको राजधानी स्तानबुलस्थित मुख्य विमानस्थलमा आत्मघाती बम आक्रमण र अन्धाधुन्ध गोली प्रहारबाट ३६ जनाको ज्यान गएको छ । युरोपको सबैभन्दा व्यस्तमध्ये एक स्तानबुलको विमानस्थलमा तीनजना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा तथा बम विस्फोट गराउँदा उनीहरुको मृत्यु भएको हो । घटनामा ९० जनाभन्दा बढी घाइते भएका छन् ।
ब्रिटेन अलग्गिने निर्णय पछिको विकसित घटनाक्रमका विषयमा जर्मनी र फ्रान्स एक मत(२०७३ आषाढ १३, सोमवार)
यूरोपियन युनियनबाट ब्रिटेन अलग्गिने निर्णय पछिको विकसित घटनाक्रमका विषयमा जर्मनी र फ्रान्स एक मत भएका छन् । जर्मन चान्सलर एंगेला मर्केल र फ्रेन्च राष्ट्रपति फास्वाँ ओलाण्दबीच संकट समाधानमा एक मत हुने गरि पुरा सहमति भएको हो । फ्रेन्च राष्ट्रपति ओलाण्दले विभाजित हुंदा खतरा बढ्ने चेतावनी दिएका छन् ।
भारतीय जनता पार्टी मै नरेन्द्र मोदी नेतृत्व सरकारका काम कारवाहीप्रति असन्तुष्टि(२०७३ आषाढ १२, आइतवार)
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी मै नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारका काम कारवाहीप्रति असन्तुष्टि देखिएको छ । सो पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवानी यसअघि नै असन्तुष्ट रहँदै आएका थिए भने अटलबिहारी वाजपेयी नेतृत्वको सरकारमा विदेशमन्त्री रहिसकेका अर्का नेता यशवन्त सिन्हाले पनि मोदी सरकारप्रति असन्तुष्टि जनाएका छन् । 
मध्य चीनमा गुडिरहेको बसमा अचानक आगो लाग्दा कम्तीमा ३० जनाको मृत्यु(२०७३ आषाढ १२, आइतवार)
मध्य चीनमा आइतबार गुडिरहेको एउटा बसमा अचानक आगो लाग्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ । केही संचारमाध्यमले भने मृत्यु हुनेको संख्या ३५ पुगेको जनाएका छन् । अधिकारीहरुका अनुसार हुनान प्रान्तमा भएको सो दुर्घटनामा अन्य केही यात्री घाइते भएका छन् । ५५ यात्री सवार सो बस सडक छेउको रेलिङमा ठोक्किएपछि आगो लागेको बताइएको छ ।
बेलायतलाई ढिला नगरी बाहिरिन युरोपियन युनियनका नेताहरुको सुझाव(२०७३ आषाढ ११, शनिवार)
आफूबाट अलग्गिने निर्णय लिएको बेलायतलाई ढिला नगरी बाहिरिन युरोपियन युनियनका नेताहरुको सुझाव दिएका छन् । अब ढिलो गर्दा अनावश्यक अनिश्चितता बढ्ने उनीहरुको भनाइ छ । ईयूबाट अलग्गिने बेलायती निर्णयप्रति अफशोच जनाउँदै नेताहरुले आवद्ध देशका नागरिकमा शान्ति र स्थिरता कायम राख्न अपील पनि गरेका छन् ।
भारत न्यूक्लियर्स सप्लायर्स ग्रुपको सदस्य बन्न असफल(२०७३ आषाढ ११, शनिवार)
भारत, न्यूक्लियर्स सप्लायर्स ग्रुप (एनएसजी)को सदस्य बन्न असफल भएको छ । दक्षिण कोरियाको राजधानी सियोलमा भएको एनएसजी बैठकको विशेषसत्रमा ब्राजिल र स्वीट्जरल्यान्डलगायतका मुलुकले भारतलाई समर्थन नगरेपछि उसको चाहना सफल हुन नसकेको हो । सन् २००८ मा भने ती मुलुक भारतको पक्षमा थिए । भारतको आशाअनुसार अमेरिकाले पनि भूमिका नखेलेको बताइन्छ ।
ब्रिटेन ईयुबाट अलग: जनमत संग्रहको नतिजालगत्तै बेलायती प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा (२०७३ आषाढ १०, शुक्रवार)
बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले राजीनामाको घोषणा गरेका छन् । युरोपेली संघमा बेलायत रहने वा नरहने भन्नेबारे बिहीबार देशभर गराइएको जनमत संग्रहको नतिजा शुक्रबार सार्वजनिक भएलगत्तै उनले यस्तो घोषणा गरेका हुन् ।
कोलम्बिया सरकार र फार्क विद्रोहीबीच ऐतिहासिक युद्धविरामको सम्झौतामा हस्ताक्षर(२०७३ आषाढ १०, शुक्रवार)
कोलम्बिया सरकार र फार्क विद्रोहीबीच ऐतिहासिक युद्धविरामको सम्झौतामा हस्ताक्षर भएको छ । युद्धविराम सम्झौतासँगै कोलम्बियामा चल्दै आएको ५० वर्षभन्दा लामो संघर्ष अन्त्य हुने विश्वास लिइएको छ । कोलम्बिया सरकारका तर्फबाट राष्ट्रपति जुआन मानुएल सान्तोस र विद्रोहीका तर्फबाट तिमोलिओन जिमेनेजले क्युवामा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।