arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
पश्चिमाञ्चल
कास्कीको लेखनाथमा बर्डफ्लु भेटियो, पाँच सय भन्दा वढी कुखुरा नष्ट(२०७० वैशाख ३१, मंगलवार)
कास्कीको लेखनाथ नगरपालिकास्थित गगनगैंडामा सञ्चालित बसन्त श्रेष्ठको पोल्ट्री फार्ममा बर्डफ्लु भेटिएको छ । श्रेष्ठको र्फमका रहेका कुखुरामा बर्डफ्लु भेटिएपछि फर्ममा रहेका पाँच सय भन्दा वढी कुखुरा नष्ट गरिएको छ ।
कास्कीमा तीन वटा सकेट बम विष्फोट(२०६९ चैत्र २९, बुधवार)
गएराती जिल्ला प्रहरी कार्यालय कास्कीमा तीन वटा सकेट बम विष्फोट भएको छ । द्वन्दका बेला भेटिएका सामान राखेको ठाउंमा तामपक्रम बढेका कारण विष्फोट भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । 
गुल्मीमा जीप दूर्घटना हुँदा दुई जनाको मृत्यु(२०६९ चैत्र २, विहीवार)
गुल्मीको सदरमुकाम तम्घासवाट नेटादर्लिगतर्फ जाँदै गरेको जीप गएराति सोही गाविसको वडा नम्बर ५ स्थित म्यालचौरमा दूर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेटा गाविसका डिलमती श्रीस र नरबहादुर भण्डारी रहेका छन् । दुर्घटनामा परी दश जना घाईते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको छ । जीप सडकवाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
अवरुद्ध इलाममा राजमार्ग सुचारु(२०६९ म‌सिर २४, शनिवार)
स्काभेटर पल्टिएर सुक्रबार बेलुकादेखि अवरुद्ध भएको मेची राजमार्ग २४ घण्टा पछि सुचारु भएको छ। राजमार्ग अर्न्तगत माइखोला-इलाम खण्डमा इलामकै माबु गाविस लैजान लागिएको स्काभेर ट्रकमा लोड गर्ने क्रममा पल्टिएर साँझ राजमार्ग अवरुद्ध भएको थियो।
कास्की कारागारमा कैदीहरु बीच झडप हुँदा २० जना घाइते (२०६९ म‌सिर १०, शनिवार)
कास्की कारागारमा कैदीहरु बीच झडप हुँदा २० जना घाइते भएका छन् । घाइते मध्ये पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचाररत ३४ वर्षीय बुद्धि गुरुङ्गको अवस्था चिन्ताजनक छ । अन्य घाइतेहरुलाई भने सामान्य उपचारपछि कारागार फर्काइएको छ । कारागारका नाईके चन्द्रबहादुर गुरुङ पक्षधर र उनका विरोधी कैदीहरुबीच झडप भएको हो । घटनाबारे छानविन गर्न कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ ।
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने(२०६९ कार्त्तिक १९, शनिवार)
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले आउदो मंसिर १६ गते बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । संघको शनिबार बसेको नियमित बैठकले मंसिरमा सो कार्यक्रम गर्ने निर्णय गरेको हो ।संघले वृद्ध वृद्धाहरुको सहयोगार्थ बुटवलमा वृहत सांस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको जनाइएको छ । संघका उपाध्यक्ष गोविन्द बस्नेतको अध्यक्षता, केन्द्रीय पार्षद राजेन्द्र रायमाझीको विशिष्ठ आतिथ्यतामा बसेको बैठकमा कोषाध्यक्ष कल्पना पाण्डे, सदस्यहरु वीरेन्द्र पाण्डे, सावि अर्याल, बाबुराम भुसाल, दिनेस श्रेष्ठ, विदुर घिमिरे, उमा खनाल, अनिल भुसाल लगायतले बोलेका थिए ।कार्यक्रमको सञ्चालन सचिव अशोक गौतमले गरेका थिए । 

स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने(२०६९ कार्त्तिक १९, शनिवार)
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले आउदो मंसिर १६ गते बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । संघको शनिबार बसेको नियमित बैठकले मंसिरमा सो कार्यक्रम गर्ने निर्णय गरेको हो ।संघले वृद्ध वृद्धाहरुको सहयोगार्थ बुटवलमा वृहत सांस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको जनाइएको छ । संघका उपाध्यक्ष गोविन्द बस्नेतको अध्यक्षता, केन्द्रीय पार्षद राजेन्द्र रायमाझीको विशिष्ठ आतिथ्यतामा बसेको बैठकमा कोषाध्यक्ष कल्पना पाण्डे, सदस्यहरु वीरेन्द्र पाण्डे, सावि अर्याल, बाबुराम भुसाल, दिनेस श्रेष्ठ, विदुर घिमिरे, उमा खनाल, अनिल भुसाल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव अशोक गौतमले गरेका थिए ।संघले कास्की, स्याङजा, तनहु,गोर्खा, चितवन, नवलपरासी, रुपन्देही लगायत आठ वटा जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको छ ।
दुर्गा भवानीमा विदाई तथा स्वागत(२०६९ आश्विन १३, शुक्रवार)
पर्रोहा दुर्गा भवानी उच्च मावि पर्रोहा ६ वनकट्टाले एक कार्यक्रमको आयोजना गरी कक्षा १२ पास गर्ने विद्यार्थीहरुलाई विदाई कक्षा ११ पढ्न आउने नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । २०४९ सालमा स्थापना भएको उक्त विद्यालयले १९ वर्षमै कक्षा १२ सम्मको कक्षा संचालन गरी रुपन्देहीकै नमुना विद्यालय बन्न पुगेको छ स्थानीय समाजसेवी शिक्षा प्रेमीको अथक प्रयासबाट छोटो समयमै विद्यालयले भौतिक तथा शैक्षिक प्रगती गरेकोमा वक्ताहरुले प्रसंसा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एनेकपा माओवादीका राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य तथा स्थानीय समाजसेवी भक्ती पाण्डेले इमान्दार र अनुशासित भई आफ्नो शिक्षालाई अगाडि बढाउन विद्यार्थीलाइ आग्रह गर्दै स्कुललाई आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे ।
भैरहवा स्थित मेडीकल कलेजमा एनआईसीयु सेवा(२०६९ आश्विन ११, बुधवार)
भैरहवा स्थित युनिभस्रल मेडिकल कलेज शिक्षण अस्पतालले नवजात शिसु सघन उपचार कक्ष एनआईसिय सचांलनमा ल्याएको छ । कलेजले यस क्षेत्रमा पहिलो पटक सुविधायुक्त एनआईसि यु सचांलनमा ल्याएको हो । २० बेड रहेको एनआईसियु लागत एक करोड भन्दा बढी लागेको मेडिकल कलेजका प्रमुख प्रसासकीय अधीकृत अजय कुमार पीएसले जनाए ।
सम्झना परिबार क्लवमा पुनः राना(२०६९ आश्विन ७, शनिवार)
सम्झना परिबार क्लव मंगलापुर रुपन्देहीको छैठौ अघिबेशन सम्पन्न भएको छ ।
नवलपरासीको दाउन्नेमा सरकारी गाडि दुर्घटना,एसपि,निमित्त सिडिओ, निमित्त एलडिओ र चालक घाईते(२०६९ आश्विन २, सोमवार)
नवलपरासीको दाउन्नेमा सरकारी गाडि दुर्घटना ,एसपि ज्ञानबिक्रम शाह ,निमित्त सिडिओ ओम प्रकाश पाण्डे, निमित्त एलडिओ मान बहादुर थापा र चालक पनि घाईते भएका छन ।
 
घाईतेको उद्धारमा पानी परेकाले  कठिनाई भएको बताइएको छ।
गुल्मीका पत्रकारको मृत्यु घटनाबारे अनुसन्धान गर्न नेपाल पत्रकार महासंघको माग(२०६९ भाद्र ३१, शनिवार)
मृत भेटिएका पत्रकार चन्दन नेपालीको मृत्यु घटनाबारे अनुसन्धान गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । गुल्मीकै सामुदायिक रेडियो स्काइका लागि जिल्लाको पश्चिमी क्षेत्रको सिमलटारीबाट संवाददाताको काम गर्दै आएका नेपाली आइतबार साँझदेखि हराएर मंगलबार मर्भुङ २ को गैरेभीरनेर भ्यागुते खोलामा मृत भेटिएका थिए ।
घाँस काट्न गएको समयमा भीरबाट लडेर बागलुङकी एक ४० वर्षीय महिलाको मृत्यु(२०६९ भाद्र १०, शनिवार)
घाँस काट्न गएको समयमा भीरबाट लडेर यहाँकी एक ४० वर्षीय महिलाको मृत्यु भएको छ ।
अनेरास्ववियूको जिल्ला कमिटीमा विवाद कायमै, असन्तुष्ट पक्षले सपथ नै लिएनन(२०६९ भाद्र ६, मंगलवार)
अनेरास्ववियू जिल्ला कमिटी गुल्मीमा बिद्यमान बिबाद झन बल्झीदै गएको छ। २२ औ जिल्ला सम्मेलन गत असार ८ र ९ गते मदन आश्रीत स्मृति भवन तम्घासमा उदघाटन भई बिबादै बिबादका बिच सम्पन्न भएको थियो। 
समयमै सडक मर्मत नहुँदा यात्रुहरु प्रभावित(२०६९ भाद्र ६, मंगलवार)
केही दिनअघि परेको अविरल वर्षाका कारण कच्ची सडकहरु विग्रिएपछि ग्रामिण क्षेत्रका जनता जोखिमपुर्ण यात्रा गर्न वाध्य भएका छन्। 
वर्षाका कारण ग्रामिण क्षेत्रका कच्ची सडक खण्डको विचविचमा पहिरो खस्ने, पानी जम्ने, खाल्डो पर्ने जस्ता समस्याका कारण सवारी साधन सञ्चालनमा समेत निक्कै समस्या भएको छ। तर पनि ग्रामिण क्षेत्रका जनता भने सोही सडकमा चल्ने सवारी साधनवाट जोखिमपुर्ण यात्रा गर्न वाध्य छन्। 
पाल्पामा अविरल वर्षासँगै आएको बाढीले पेल्ट्रिक सेट बगाउँदा २० घर चार दिनदेखि अध्ययारौमै बस्न बाध्य(२०६९ श्रावण ३०, सोमवार)
अविरल वर्षासँगै आएको बाढीले पेल्ट्रिक सेट बगाउँदा २० घर चार दिनदेखि अध्ययारौमै बस्न बाध्य भएका छन् ।
पूर्वाञ्चल मिडिया सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न(२०६९ आषाढ १८, आइतवार)
म्याङलुङमा शनिबार पूर्वाञ्चल मिडिया सम्मेलन सम्पन्न भएको छ । श्रमजीवी पत्रकार ऐन लागू भैसके पनि कार्यान्वयन पक्ष पूर्वाञ्चलमा अझै फितलो भएकोले तत्काल ऐन कार्यान्वयन गराउने विषयलाई जोड दिँदै सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले १४ बुँदे घोषणापत्र पनि जारी गरेको छ ।
गुल्मीको जैसीथोकमा एक महिला मृत फेला(२०६९ ज्येष्ठ ३१, मंगलवार)
गुल्मीको जैसीथोक गाविसमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। जैसीथोक गाविस वार्ड नं. ५ कोप्चेपानी निवासी पदम राम्जालीकी ५५ वर्षीय श्रीमति टोपला राम्जाली मृत अवस्थामा फेला पर्नुभएको हो। 
सहमतिका साथ अगाडी नवढे माओवादीको राजसंस्थाकै हालत हुन्छः पुर्व मन्त्री विष्ट(२०६९ ज्येष्ठ ३१, मंगलवार)
 पुर्ब उर्जा मन्त्री एबंम एमाले नेता गोकर्ण बिष्टले माओबादीले जातजातिलाई आपसमा भिडाइ नया संबिधानमा अबरोध सृजना गरेर संबिधान बन्न नसकेको बताउनु भएको छ। जसरी सयौ बर्ष सम्म राज गरेको राजतन्त्रलाई नेपाली जनताले समाप्त गरे त्यसै गरि माओबादीले पनि सहमती नगरी अगाडी बढेमा माओबादीको पनि राजसंस्थाको जस्तै हालत हुने चेतावनी दिनुभयो।
जिल्लावासीसँग माफी मागे पुर्व सभाषद वरालले(२०६९ ज्येष्ठ ३१, मंगलवार)
 गुल्मी क्षेत्र नम्बर १ का पुर्व सभाषद सुर्दशन बरालले राजनैतिक सहमतिको वातावरण तैयार नगरेसम्म मुलुकले निकास पाउन नसक्ने वताउनुभएको छ। संविधानसभाको विघटनसँगै राजनैतिक सहमति पनि विग्रिरहेको अहिलेको अवस्थामा राजनीतिक दलहरुविच राष्ट्रिय सहमति वाहेक अन्य कुनै पनि विकल्प नभएको दावी गर्नुभयो।
कपिलवस्तुमा भिषण आगलागी, करोडौको क्षति(२०६९ वैशाख १८, आइतवार)
मोरङ, सिरहा र कपिलबस्तुमा भएका आगलागीका कारण करोडौ रुपैयाको क्षति भएको छ । मोरङको हात्तिमुडास्थित स्वस्तिक जुट मिलमा आज दिउंसो आगलागी हुंदा ठूलो क्षति पुगेको छ । विद्युत सर्ट भई लागेको आगलागीबाट मिल भित्र रहेको प्लान्टमा रहेको तीन वटा मेसिन पुर्ण रुपमा जलेर जलेर नष्ट भएका छन् ।
पाल्पामा जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु(२०६९ वैशाख १६, शुक्रवार)
पाल्पा बौघापोखराथोक गाविसको जोर्तेमा जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। शुक्रबार बिहान करिव १० बजे भएको दुर्घटनामा १४ जना घाइते भएको स्थानीयले बताएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको प्रत्यक्षदर्शी शंकर पाण्डेले बताए।
मौसमी खराबीले माओवादी पुष्पकमल दाहाल र महरा चढेको हेलिकोप्टर २० मिनेटका लागि तानसेन टुंडिखेलमा अवतरण(२०६८ चैत्र २५, विहीवार)
मौसमी प्रतिकूलताले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कृष्णबहादुर महरा चढेको हेलिकोप्टर २० मिनेटका लागि तानसेन टुंडिखेलमा अवतरण गर्‍यो । रोल्पाको थवाङ्गमा कार्यक्रमबाट काठमाडौं हिँडेको अवस्थामा मौसममा आएको खराबीले तानसेन टुंडिखेलमा अवतरण गर्नुपरेको माओवादी जिल्ला इन्चार्ज वसन्त शर्माले बताए । उनका अनुसार निजी हेलिकप्टरमा आएका दुवै नेता चितवनसम्म पुगेर स्थलमार्गबाट काठमाडौं जाने बताएका थिए ।
लुम्विनीमा बृक्षारोपण अभियान शुरु(२०६८ चैत्र २१, आइतवार)
पृथ्वी बचाउ अभियान अन्र्तगत आजदेखि लुम्विनीमा बृक्षारोपण अभियान शुरु गरिएको छ ।
बुटवलको मीलनचौकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु(२०६८ चैत्र ८, सोमवार)
पुर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवलको मीलनचौकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ ।
तानसेनको कैलाशनगरस्थित रेडियो पश्चिमाञ्चल एफएम रहेको भवनमा बम विष्फोट(२०६८ चैत्र ४, विहीवार)

पाल्पाको तानसेन, कैलाशनगरस्थित रेडियो पश्चिमाञ्चल एफएम रहेको भवनमा बम विष्फोट भएको छ । विष्फोटबाट मानवीय क्षति नभएपनि एफएम भने बन्द भएको छ । विष्फोटपछि एफएमका कर्मचारीले हाम्फालेर ज्यान बचाएका थिए । भवनको दोश्रो तल्लामा एकीकृत माओवादीको पाल्पा जिल्ला सचिव नेत्र पाण्डे बस्दै आएको कोठामा वम विष्फोट भएको हो । विष्फोटबाट उनले लिएका दुवै कोठामा ब्यापक क्षति भएको छ ।

प्यूठानमा गाडीको ठक्करले एक जनाको मृत्यु(२०६८ फाल्गुन ३०, आइतवार)
गाडीको ठक्करले आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ । बिजुवार ३ पुन्खोलास्थित ग्यारेमा ना१ख १६१७ नम्बरको बसले ठ्क्कर दिँदा लु१ज १९३३ नम्बरको बसका सहचालक धरमपानी ९ चुजाँठाटीका ढकबहादुर थापाको मृत्यु भएको हो ।
प्यूठानमा आगलागी(२०६८ फाल्गुन ३०, आइतवार)

प्यूठानको तिराम-३, स्थित डाङडुङे गाउँमा शनिबार दिउसो आगलागी हुँदा ४ घर जलेर नष्ट भएका छन्। आगलागीबाट घरमा रहेका सम्पूर्ण धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

कपिलवस्तुमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन बालबालिकाको मृत्यु(२०६८ फाल्गुन २९, शनिवार)
छुट्टाछुट्टै दुर्घटनामा यहाँ तीन बालबालिकाको मृत्यु भएको छ । चाकलचौडाबाट काठमाडौं जाँदै गरेको लु१ख ६७९६ नम्बरको बसले ठक्कर दिँदा पतरिया-६ का सुन्दर खनालका ३ वर्षीय छोरा सफलको मृत्यु भएको छ ।
सन्धिखर्कको कुरमा आगोलागी(२०६८ फाल्गुन २६, बुधवार)

अर्घाखाँची जिल्लाको सन्धिखर्क गा.वि.स. वडा नं. ९ बेहोरे स्थित धनबहादुर नेपालीको गोठमा आज दिउसो करिव १२:३० आगलागी हुँदा करिव २ लाखको क्षति भएको छ ।