arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
पश्चिमाञ्चल
बुटवलको मीलनचौकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु(२०६८ चैत्र ६, सोमवार)
पुर्वपश्चिम राजमार्ग अन्तरगत बुटवलको मीलनचौकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ ।
तानसेनको कैलाशनगरस्थित रेडियो पश्चिमाञ्चल एफएम रहेको भवनमा बम विष्फोट(२०६८ चैत्र २, विहीवार)

पाल्पाको तानसेन, कैलाशनगरस्थित रेडियो पश्चिमाञ्चल एफएम रहेको भवनमा बम विष्फोट भएको छ । विष्फोटबाट मानवीय क्षति नभएपनि एफएम भने बन्द भएको छ । विष्फोटपछि एफएमका कर्मचारीले हाम्फालेर ज्यान बचाएका थिए । भवनको दोश्रो तल्लामा एकीकृत माओवादीको पाल्पा जिल्ला सचिव नेत्र पाण्डे बस्दै आएको कोठामा वम विष्फोट भएको हो । विष्फोटबाट उनले लिएका दुवै कोठामा ब्यापक क्षति भएको छ ।

प्यूठानमा गाडीको ठक्करले एक जनाको मृत्यु(२०६८ फाल्गुन २८, आइतवार)
गाडीको ठक्करले आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ । बिजुवार ३ पुन्खोलास्थित ग्यारेमा ना१ख १६१७ नम्बरको बसले ठ्क्कर दिँदा लु१ज १९३३ नम्बरको बसका सहचालक धरमपानी ९ चुजाँठाटीका ढकबहादुर थापाको मृत्यु भएको हो ।
प्यूठानमा आगलागी(२०६८ फाल्गुन २८, आइतवार)

प्यूठानको तिराम-३, स्थित डाङडुङे गाउँमा शनिबार दिउसो आगलागी हुँदा ४ घर जलेर नष्ट भएका छन्। आगलागीबाट घरमा रहेका सम्पूर्ण धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

कपिलवस्तुमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन बालबालिकाको मृत्यु(२०६८ फाल्गुन २७, शनिवार)
छुट्टाछुट्टै दुर्घटनामा यहाँ तीन बालबालिकाको मृत्यु भएको छ । चाकलचौडाबाट काठमाडौं जाँदै गरेको लु१ख ६७९६ नम्बरको बसले ठक्कर दिँदा पतरिया-६ का सुन्दर खनालका ३ वर्षीय छोरा सफलको मृत्यु भएको छ ।
सन्धिखर्कको कुरमा आगोलागी(२०६८ फाल्गुन २४, बुधवार)

अर्घाखाँची जिल्लाको सन्धिखर्क गा.वि.स. वडा नं. ९ बेहोरे स्थित धनबहादुर नेपालीको गोठमा आज दिउसो करिव १२:३० आगलागी हुँदा करिव २ लाखको क्षति भएको छ ।

कृषि विकास बैंक क्षेत्रीय कार्यालय पोखरामा कार्यरत क्षेत्रीय निर्देशकको सवारी दुर्घटनामा मृत्यु (२०६८ माघ २७, शुक्रवार)
कृषि विकास बैंक क्षेत्रीय कार्यालय पोखरामा कार्यरत क्षेत्रीय निर्देशक ५० वर्षिय श्रीराम अधिकारीको सवारी दुर्घटनामा मृत्यु भएको छ। गत बुधबार मर्निङ वाकका क्रममा पोखरा रंगशाला अगाडि मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते अधिकारीको शुक्रबार बिहान मणिपाल शिक्षण अस्पतालमा मृत्युभएको हो।
प्यूठानमा बम भेटिने क्रम बढ्दै(२०६८ भाद्र १०, शनिवार)
प्यूठानमा शनिबार बिहान  भेटिएका बम निष्कृय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोमल बमे निष्कृय गरिएको चण्डि दल गण प्यूठानले जनाएको छ । प्यूठानको धर्मावती १ बाग्दुलामा जनता उच्च माध्यामिक विद्यालय परीसरमा बम भेटिएको थियो । प्यूठान जिल्लामा नेपाली सेनाले राखेका माइन बम निष्कृय पारीएक पश्चात विभिन्न ठाउँमा यस्ताखाले बम भेटिने क्रम बढ्दै गएको छ । यो सहित प्यूठानका ३ ठाउँमा यस्ता बम भेटिएका थिए  ।
नवलपरासीमा ठूलो परिणाममा नेपाली नक्कली नोट सहित एक जनालाई पक्राउ(२०६८ भाद्र ९, शुक्रवार)
नवलपरासी इलाका प्रहरी कार्यालय कावासोतीले बिहीबार राति ठूलो परिणाममा नेपाली नक्कली नोट सहित एक जनालाई पक्राउ  गरेको छ । प्रहरीले   जिल्लाको रजहरबाट नेपाली एक हजार रुपैयांका नक्कली नोट एक सय १२ थान सहित नुवाकोट  भिकुरी ४ बस्ने  ४४ वर्षीय छोरा शिवराम भट्टलाई पक्राउ गरेको हो । 
रुपन्देहीको न्यु होराईजनमा विएस्सी कक्षा संचालन हुने (२०६८ भाद्र १, विहीवार)
न्यु होराईजन कलेज बुटवलले चालु शैक्षीक सत्रबाट डिप्लोमा लेभलमा विएस्सी बिज्ञान सकंाय को कक्षा साचालन गर्ने भएको छ । निजी क्षेत्रले राजधानी बाहीर वि।एस्सी कक्षा साचालन गर्न लागेको यस क्षेत्रमा यो नै पहीलो कलेज भएको जनाईएको छ ।
रुपन्देहीमा छुट्टा छुटै घटनामा २ घाईते(२०६८ श्रावण २०, शुक्रवार)
रुपन्देहीमा छुट्ट छुट्दै घटनामा २ जना घाईते भएका । रुपन्देहीको सालझण्डी लु १ ज ३०५ नम्बरको जिपको ठक्करबाट बुटवल नगरपालीका १५ बस्ने ठाकुर प्रसाद श्रेष्ठ घाईते भएका छन । घाईते श्रेष्ठ को लुम्बिनी अाचल अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
बुटवलको तिनाउ पुल मुनी बेबारिसे शव फेला(२०६८ श्रावण २०, शुक्रवार)
बुटवलको तिनाउ पुल मुनी एक जना पुरुषको बेवारीसे शव फेला परेको छ । विहिवार विहन  करिव ९ बजेको समयमा उक्त शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ६०, ६५ उमेरको पहाडीमुलको मानिसको सब फेला परेको हो । कालो कमिज र हरियो पाइन्ट लगाएको  उक्त शवको पहिचान हुन सकेको छैन ।
प्यूठानमा भेटिएको पाँच दिन पछि सकेट बम निष्कृय (२०६८ श्रावण १८, बुधवार)

प्यूठानको बरौला-७ मलवाङमा शुक्रबार भेटिएको सकेट बम मंगलबार निष्कृय पारिएको छ । उप सेनानी नविन गुङको नेतृत्वको डिस्पोजल टोलीले बिहान ९ बजे नै निष्कृय पारेको चण्डीदल गण प्यूठानले जनाएको छ ।

विभिन्न निकायबाट स्वीकृती लिनुपर्ने र विस्पोटक पदार्थ सकिएकाले समय लागेको गणपति रामचन्द्र खनालले बताए । सकेट बम शुक्रबार अमरबहादुर सार्कीले खेतमा काम गर्दै गर्दा बम फेला पारेका हुन् ।

बुटवल दुर्घटनामा एक घाईते(२०६८ श्रावण ८, आइतवार)
बुटवल १२ रामनगरको अशोक पेट्रोल पम्प नजिक वोलबमका लागी जल लिएर हिडीरहेको बसमा मोटर साईकलले ठक्कर दिदा एक जना घाईते भएका छन । मोटरसाईकलमा सबार नवलपरासी जिल्ला माकर गाविस स्थायीघर भएका लाल प्रसाद खरेल घाईते भएका हुन । उनी आफैले चलाएको लु ८ प ७१६२ नम्बरको मोटरसाईकल लु १ ख ५२४७ नम्बरको बषमा ठोक्कीएको थियो । घाईते खरेललाई उपचारको लागी चितवनको भरतपुर रिफर गरिएको छ ।
चट्याङ्गमा परेर बाँके, बर्दिया दाङमा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते(२०६८ आषाढ ३०, विहीवार)
चट्याङ्गमा परेर बाँके, बर्दिया दाङमा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । हिजो साँझ बाँकेको विकट क्षेत्र राप्तिपारीको बैजापुर ६ सिसुवाका १३ वर्षका नरेश चौधरीको घरनजिकै चट्याङ्ग परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
एउटै नक्कली नम्बर भएका नोटको कारोवार गर्ने युवा पक्राउ(२०६८ आषाढ ३०, विहीवार)
एउटै नक्कली नम्बर भएका नोटको कारोवार गर्ने यहाँका एक युवालाइ प्रहरीले पक्राउ गरेको छ ।
एउटै नक्कली नम्बर भएका नोटको कारोवार गर्ने युवा पक्राउ(२०६८ आषाढ ३०, विहीवार)
एउटै नक्कली नम्बर भएका नोटको कारोवार गर्ने यहाँका एक युवालाइ प्रहरीले पक्राउ गरेको छ ।
पाल्पामा आफ्नै बन्दुकले हानेर आत्महत्या(२०६८ आषाढ २९, बुधवार)

पाल्पाको श्रीडाँडाका ५९ वर्षीय लालबहादुर कनौजेले आफैंलाई बन्दुकले हानेर आत्महत्या गरेका छन् ।

गुल्मीको भेंडुवाबाट तम्घास तर्फ आउँदै गरेको मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु (२०६८ आषाढ १२, आइतवार)

गुल्मीको भेंडुवाबाट तम्घास तर्फ आउँदै गरेको मोटरसाईकल बिरबास गाविस-८ गाविसमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आइतबार अपरान्ह लु ९ प ६२८५ नम्बरको मोटरसाईकल दुर्घटनामा तम्घास-१ धागीथुमका अन्दाजी २४ वर्षीय जगतबहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको हो । मृतक सैनिक जवान हुन् । मोटरसाईकल चालक गणेश थापा गम्भीर घाइते छन्

स्याङजामा सिलिण्डर ग्यास पडि्कदा सात घाइते(२०६८ ज्येष्ड २३, सोमवार)
स्याङजाको वालिङ नगरपालीका- ३ वालिङ बजारस्थित ठेलापसलमा सिलिण्डर ग्यास पडि्कदा नौ जना घाइते भएका छन् । थुमपोखरा गाविस २ घर भई वालिङबजारमा ठेला पसल गर्दै आइरहेका रामप्रसाद गैह्रेको ठेलापसलमा गृहलक्ष्मी ग्यासको सिलिण्डर पडि्कदा पक्वादी गाविस- ८ घर भई वालिङ वसोवास गर्दै आएका डोलराज भण्डारी,तिनदोवाटे -४ का नारायणप्रसाद ढकाल गम्भीर घाइते भएका छन् । यसैगरी ठेला मालिक रामप्रसाद गैह्रे, वालिङ नगरपालिका- ३ की देउमाया थापा, सोहि ठाउँकी मिनाकुमारी गुप्ता, प्रेमकुमारी रेग्मी, वडा प्रहरी कार्यालयका वालिङका प्रहरी हवल्दार दिपक क्षेत्री, थुमपोखरा -७ का विष्णु प्रसाद लुइटेल, वालिङ नगरपालीका- १ का कमला आले पनि घाइते भएका छन् ।
सेतीनदी किनारमा बालुवा निकाल्ने क्रममा बालुवाको ढिस्कोले पुरिएर दुई बालिकासहित चार जनाको मृत्यु (२०६८ वैशाख २, शुक्रवार)
कास्कीको लेखनाथ नगरपालिका- १३ स्थित सेतीनदी किनारको मजुवा रातोपैह्रोघाटमा बालुवा निकाल्ने क्रममा बालुवाको ढिस्कोले पुरिएर बिहीबार दुई बालिकासहित चार जनाको मृत्यु भएको छ ।
पूर्वी पाल्पाको गल्धामा ट्याक्टरले किचेर एक १५ बर्षे बालकको मृत्यु (२०६७ फाल्गुन २५, बुधवार)

पाल्पाबाट प्राप्त समाचार अनुसार पूर्वी पाल्पाको गल्धा गाविसमा मंगलबार ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ ।  लु २ त १८१७ नम्बरको दाउरा लिएर रामपुरतर्फ जाँदै गरेको ट्याक्टरको छतमा रहेका गल्धा४ पोखराथरका १५ बर्षे बालक लालबहादुर ठाडाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरको हुटमा रहेका ठाडा सडकमा खस्दा सोही ट्याक्टरले  किचेर घटनास्थलमै मृत्यु भएको हो ।

पाल्पाको अर्गलीमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु(२०६७ फाल्गुन ५, विहीवार)
प्राप्त समाचार अनुसार  पाल्पाको अर्गली गाविसस्थित कुँडापानीमा बुधवार विहान ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। बुटवलबाट गुल्मीको जोहाङतर्फ जाँदै गरेको लु १ त ९९३६ नम्बरको ट्याक्टर अर्गलीको कुडापानीमा दुर्घट्ना भएको थियो। दुर्घटनामा परी रुपन्देही मणिग्राम ४ का २५ वर्षीय युवराज पाण्डे र मणिग्राम ८ करहियाका ३२ वर्षीय भीमलाल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घट्नामा परि मणिग्राम ४ का ट्याक्टर चालक ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँकै सहचालक २२ वर्षीय प्रकाश नेपाली घाइते भएका छन्। उनीहरुको पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भैरहेको छ।
पोखराको लेखनाथ सैनिक बस्तीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते(२०६७ माघ १३, विहीवार)
पोखराबाट कोत्रेतर्फ जाँदै गरेको ग १ ख ३४०१ नम्बरको खाली ट्रक लेखनाथको सैनिक बस्तीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । दुर्घटनामा परी कास्कीको लुम्ले घर भएका चालक २४ वर्षीय नन्द बहादुर पुनको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते हुनेहरुमा सहचालकद्वय नवलपरासी सुनौलका २६ वर्षीय सन्त बहादुर कुमाल र नुवाकोटका २७ वर्षीय सूर्य तामाङ्ग रहेका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको छ
गुल्मीको बामी टक्सारमा ट्याक्टर दुर्घटना, एक जनाको मुत्यु, ३ जना घाइते(२०६७ पौष २७, मंगलवार)
प्राप्त समाचार अनुसार गुल्मीको बामी टक्सार गाविस वडा नम्बर ५ सुपारीखोलामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मुत्यु भएको छ भने ३ जना घाइते भएका छन् । वामी गाविस ५ निवासी ३३ बर्षिय रिता पुनको घटनास्थलमै मुत्यु भएको हो । घाइते हुनेहरुमा बाग्लुङ्ग जिल्ला हिले गाविस ६ निवासी ४० बर्षिय बुद्धिलाल कार्की, वामी ५ निवासी ५० बर्षिय रेशम पुन र ट्याक्टर चालक रुपन्देही टिकुलीगढ ८ निवासी बर्ष ३३ का राम बहादुर थारु रहेका छन् ।
तानसेनमा मध्यरात कोठामै छिरेर प्रहरी जवानको श्रीमतीलाई करणीको प्रयास गर्ने काँग्रेसका कार्यकतालाई २८ हजार जरिवाना(२०६७ पौष २६, सोमवार)
मध्यरात प्रहरी जवानको कोठामै छिरेर प्रहरीको श्रीमतीलाई करणीको प्रयास गर्ने नेपाली काँग्रेसका एक सक्रिय कार्यकताले रु २८ हजार जरिवाना तिरेका छन् । पाल्पाको सदरमुकाम तानसेन शिल्खानटोल निवासी कांग्रेस कार्यकर्ता अन्जन ज्ञवालीले महिलालाई करणी गर्ने प्रयास गरेकोले घटनालाई सार्वजनिक नगर्ने सहमतिमा उनले रु २८ हजार जरिवाना तिरेका हुन् । प्रहरी अधिकारीको रोहवरमा गोप्य रूपमा सहमति गराई घटना गुपचुप राखिएको थियो । कांग्रेस पाल्पाको दबाबमा घटनालाई गुपचुप गर्न खोजिए पनि दुई दिन पछि घटना सार्वजनिक भएको हो ।
कपिलवस्तुको बहादुरगंजमा ग्यास पड्किंदा ३ जना गम्भीर घाईते(२०६७ पौष १०, शनिवार)
प्राप्त समाचार अनुसार कपिलवस्तु जिल्लाको बहादुरगंज गाबिस-५ स्थित सिद्धार्थ एसिटिलिनमा कार्बन डाईअक्र्साईड ग्यास उद्योगमा शनिबार साँझ ग्यास पड्किंदा ३ जना गम्भीर घाईते भएका छन् । सिलिण्डरमा ग्यास भर्ने क्रममा ग्यास चुहिएर पड्किंदा घटना भएको हो । कम्पनीमा काम गर्ने कामदारहरुले सिलिण्डरमा ग्यास भर्ने क्रममा हाई प्रेसर भई ग्यास पडकिएको इलाका प्रहरी कार्यालय, बहादुरजंगका नायब निरिक्षक माधब रिजालले बताए । घटनामा उद्योगका मजदुर जिल्लाको बहादुरगंज गाबिस-७ का मायाराम चमार, मानपुर गबिस-१ का मंगरे रैदास र भारत मथुराका दिगम्बर चौधरी गंभीर घाईते भएका छन् ।
कास्कीको हेम्जामा निजी कारले ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु (२०६७ म‌सिर १६, विहीवार)
कास्कीको हेम्जा गाविस वडा नं १ को पौडी पोखरी पुल नजिकै ग१च ५९४३ नंको निजी कारले ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृतक सोही ठाउँ बस्ने चतुर पोडे जलारी भएको बताइएको छ । प्रहरीले चालक पोखरा-१६ दिप बस्ने गोकर्ण पुनलाई पक्राउ गरी आवश्यक कारबाही सुरु गरेको छ । यसैबीच, चापाकोट गाविसको घाँटिछिना भन्ने स्थानबाट ग२प ४५४५ नं को मोटरसाइकल चोरी गरी फरार रहेका स्याङ्जा घर बताउने प्रेमबहादुर रानालाई प्रहरीले पामेबाट मोटरसाइकलसहित पक्राउ गरेको छ । यसैगरी, सराङ्कोट-९ पिपलडालीबाट ६ ग्राम हिरोइनसहित विजय गुरुङ र सुनिता गुरुङलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको छ ।
कृष्णनगरबाट बुटवलतर्फ आउँदै गरेको बस बहादुरगन्ज नजिक पल्टदा ५ जना घाइते(२०६७ म‌सिर १३, सोमवार)
कृष्णनगरबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ३४७१ को बस कृषि सामग्री केन्द्र बहादुरगन्ज नजिक पल्टदा ५ जना घाइते भएका छन् । बाटोमा हिडिरहेका साइकलयात्रीलाई जोगाउने क्रममा दुर्घटना भएको स्थानियबासीले जनाएका छन् । घाइतेमध्ये ठेगाना नखुलेका बर्ष ५५ का प्रल्हाद कहारको अवस्था गम्भीर रहेको छ । त्यस्तै कृष्णनगर २ झन्डीनगर बस्ने बर्ष २५ को चिन्तु हार, भारभेरुवा विवारी बर्ष ३२ को चिन्तन यादव र निग्लीहवा २ बस्ने बर्ष २१ का बिष्णु सर्मा, महाराजगन्ज ९ बस्ने तेजबहादुर चौधरी घाइते भएका छन् ।
पाल्पाको पर्यटन व्यावसायलाई टेवा पुर्‍याउन तानसेनको श्रीनगरमा भ्यूटावरको निर्माण हुँदै (२०६७ कार्त्तिक २८, आइतवार)

पाल्पाको पर्यटन व्यावसायलाई टेवा पुर्‍याउन तानसेनको श्रीनगरमा भ्यूटावरको निर्माण भइरहेको छ । अन्नपूर्ण, धौलगिरी लगायतका हिमश्रृखलाहरू, दक्षिणमा तराईका भूभागलाई  हेर्न सक्ने गरी भ्यूटावर निर्माण गरिएको छ । तानसेन घुम्न आउने पर्यटकहरूले १ सय ५ फिट अग्लो करूवा आकारको भ्यू टावरबाट मनोरम दृष्यहरू हेर्न पाउने भएका छन् ।

http://go.oclaserver.com/afu.php?zoneid=1465736