ताप्लेजुङको दोखु गाउँ विकास समितिमा रहेको धुसेनी जंगलमा हिजो अपरान्हदेखि लागेको आगोमा परी स्थानीय धनभक्त मगर र उनकी श्रीमती वुद्धिमाया मगरको मृत्यु भएको छ । जंगल छेउमा रहेको उनीहरुको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
शुक्रबार राति परेको चट्याङ्ग लागेर रामेछापको खिम्ती गाविस ४ मा एक युवकको ज्यान गएको छ । रामेछाप जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त घटनामा परी खिम्ती ४ का २२ बर्षीय शालिकराम अधिकारीको ज्यान गएको हो । उनलाई आफ्नो घरभन्दा केही परको केवलराम मगरको घरमा गएका बेला चट्याङ्गले हानेको थियो ।
अविरल वर्षासागै परेको चटयाङ्ले सिन्धुपाल्चोकमा एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार कुन्चोक गाविस-४ निवासी २० वर्षीय जीतबहादुर भारतीको सुतिरहेको अवस्थामा चटयाङ् लागेर सोमबार राति १२.३० बजे मृत्यु भएको हो ।
युवा संघको ध्यानआकर्षण(२०६८ वैशाख २२, विहीवार)
युवा संघ नेपाल जिल्ला कमिटी रुपन्देहीले आफ्ना सदश्य खड्क बहादुर विक माथि वैशाख २१ गते दुधराक्ष गाविस वार्ड नः ८ मा सामुदायीक बनको बैठक बसिरहेको बेला काठतस्करह पुर्ण बहादुर विक दिलिप केसी मेखेन्द्र चुनार नाचु चौधरी पुर्ण चौधरी लगाएतले आक्रमण गरेको भन्दै आफ्नो ध्यानआकर्षण भएको जनाएको छ ।
तेह्रथुममा रहेको एक मात्र सामुदायीक रेडियो 'रेडियो मेन्छ्यायेम्' को प्रसार सोमवार राति परेको चट्याङले टान्स्फरमरमा क्षति पुगेपछि वन्द भएको छ । चट्याङले टान्स्फरमरमा क्षति पुर्याएकाले रेडियोको प्रसारण वन्द भएको रेडियोकी स्टेसन म्यानेजर वसुन्धरा सिंजागुले वताइन् ।
धनकुटाको वेलहाराबाट सदरमुकामतर्फ बेहुली लिएर र्फकदै गरेको सवारी साधन मंगलबार साँझ ७ बजे दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने करिब ५३ जना घाइते भएका छन् ।