arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मध्यमाञ्चल

धनकुटाको वेलहारामा बेहुली लिएर र्फकदै गरेको सवारी साधन दुर्घटना हुँदा तीनको मृत्यु, करिब ५३ जना घाइतेtext size increase   text size decrease   Print    rss (२०६७ फाल्गुन १८, बुधवार)

धनकुटा  - धनकुटाको वेलहाराबाट सदरमुकामतर्फ बेहुली लिएर र्फकदै गरेको सवारी साधन मंगलबार साँझ ७ बजे दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने करिब ५३ जना घाइते भएका छन् ।

वेलहारा ७ खुरिलाबाट जन्ति लिएर र्फकदै गरेको को. १ ख १०४२ नंबरको ट्रक हिले-छिन्ताङ् सडक खण्डको उत्तरपानी नजिक मोटरसाइकललाई साइड दिने क्रममा सडकबाट करिब ३ सय मीटर तल झरेको प्रत्यक्षदर्शीले बताए । दुर्घटनामा परि वेलहारा ७ का ३५ वर्षीया लीलामाया मगर र वेलहारा ३ का ७७ वर्षीया जहरसिं रानाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो । त्यस्तै,धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति एक बजे आँखिसल्ला गाविस १ का ३५ वर्षीय पुस्ते परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कच्ची सडक छेउबाट अकस्मात भीरतर्फ झर्दा ट्रक तीन पटक पल्टिएको प्रत्यक्ष्ादर्शी लक्ष्मी राईले बताइन् । उनका अनुसार विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई साइड दिन लाग्दा पछाडि सर्दै ट्रक भीरबाट पल्टिएको थियो । घटनामा घाइते हुने अधिकांश वेलहाराबासी रहेका छन् । गम्भीर घाइते हुनेमा बेहुला १८ वषिर्य मिलन मगर, वेलहाराका लक्ष्मी राई, सुजना मगर, हस्त मगर, धनमाया मगर, लीना मगर, नीरमाया मगर, सुनिता मगर, सुस्मिता मगर, टंक राना मगर, सोम मगर लगायत रहेका छन् । अधिकांश सामान्य घाइतको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर १० जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि लगिएको अस्पतालले जनाएको छ । यस्तै दुइ जनालाई प्रतिष्ठानमा पनि उपचार सम्भव नभएपछि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ ।

बेहुला मिलनको खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ । बेहुली सन्जिता मगर भने सामान्य घाइते भएकिछिन् । घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले राति अबेरसम्म उद्वार गरेका थिए ।  ट्रकमा सवार करिब ६० मध्ये प्रायः सबै घाइते भएको प्रहरीले जनाएको छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मध्यमाञ्चल
धादिङको गुम्दीमा गएराति चट्याङ लागेर एकको मृत्यु
ताप्लेजुङको धुसेनी जंगलमा लागेको आगोमा परी दुई जनाको मृत्यु
रामेछापमा चट्याङ्ग लागेर एक २२ बर्षीय युवकको मृत्यु
अविरल वर्षासागै परेको चटयाङ्ले सिन्धुपाल्चोकमा २० वर्षीय एक युवाको मृत्यु
युवा संघको ध्यानआकर्षण
तेह्रथुममा रहेको एक मात्र सामुदायीक रेडियो चट्याङले क्षति पुर्‍याएकाले वन्द
काठमाण्डौबाट मुग्लिनतर्फ जाँदै गरेको कार त्रिशुली नदीमा खसेर वेपत्ता
दोलखाको जिरीबाट काठमाडौं तर्फ गईरहेको यात्रुबाहक बसले ठक्कर दिदा एक जनाको मृत्यु
अर्घाखाँचीको धारापानीमा पिउनेपानी तथा सरसफाइ योजनाको उद्दघाटन थालनी
http://go.oclaserver.com/afu.php?zoneid=1465736