arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

फेस्बुके पिरतीtext size increase   text size decrease   Print    rss (२०७३ माघ १३, विहीवार)

world news

रामचन्द्र आचार्य अर्घाखाँची हाल काठमाडौं

१०+२ पास गरिसकेपछि घरको सल्लाह सुझाव अनुसार नै काठमाडौँ तिर हानिएको थिएँ । म २०६७ फाल्गुनमा सानो ठिमी कलेजमा भर्ना भएको थिएँ । म क्लासमा साथीहरु पनि खासै चिनेका थिएनन् । जे थिए उही पुराना साथी १०ग२ सँगै पढेका हिमाल र अनिल अनि रुम पार्टनर नवराज ।

काठमाडौंको नौलो ठाउँ समय बिताउन मुख्य सहयोगी थियो मेरो लागि फेसबुक । कलेजबाट फर्कने वित्तिकै खल्तीबाट मोबाइल निकालेर फेसबुक खोले नोटिफिकेशनमा आएको रहेछ । ढिला नगरी हेरेँ, लेखेको थियो  योर रिक्वेष्ट एसेप्टेड नर्वदा घिमिरे आहा कति राम्रो नाम मनमनै उच्चारण गरेँ र साइडमा हरियो थोप्लो पनि थियो । ढिला नगरी हाई लेखेँ फटाफट तर सेन्ड थिच्न मन लागेन । मनमा निकै कौतुहलता आए के भन्ली रिक्वेष्ट एसेप्ट हुनै पाको छैन म्यासेज । केही बेर निकै सोचेँ अन्त्यमा सेन्ड बटन थिचेँ । छिट्टै नै रिप्लाई आयो  हाई प्रति उत्तर । तर त्यसपछि के लेखुँ के लेखुँ भन्ने भएको थियो र टाइप गरेँ  हाएर् आर् यु फरम फटाफट लेखेँ तर सेन्ड थिच्न मल लागेन मेटी दिएँ । फेरि मनलाई बलियो बनाएर टाइप गरेँ  वेलकम छ है फ्रेन्ड लिष्टमा लगत्तै रिप्लाई आयो  थ्याङ्क्स । 

र यसरी सुरु भयो हाम्रो वार्तालाप मैले सोधेँ  तिमी कहाँ देखिनि ? उनको जवफा आयो झापा । अनि ढिलै नगरी साधेँ तिम्रो पढाई कहाँ पुग्यो नि उनले रिप्लाई दिइन ह्क्ष् । उनले पनि मेरो बारेमा सोधिन् मैले वृतान्त बताएँ । उनको बारेमा पनि अझ धेरै जान्न मन लागेको थियो र मैले सोधेँ  घरमा को को नि ? उनले भनिन् भाइृ, मामु र म । मेरो मनबाट फुत्त फुत्किहाल्यो अनि बुवा ? नाई होइसिन्न म भावुक भएँ एकछिन अलमलमा परेँ के दिऊँ जवाफ । सायद मेरो सोच्ने शक्तिनै कमजोर  भएजस्तो लाग्यो । केही जवाफ नै आएन । केही समयपछि लेखेँ  ओह ! सरी स्याड भनेँ । यसरी कुराकानी गर्ने हाम्रो दैनिकी बनेको थियो । साँझ ७ बजेदेखि करिब राती १० बजेसम्म । हाम्रो कुराकानी च्याटमा मात्रै सिमित थियो । करिब करिब हाम्रो कुराकानी च्याट भन्दा माथि लैजाने सोचले उनीसँग मोबाइल नम्बर मागेँ । तर उनी नै कहिले के भनेर टार्ने कहिले के भनेर टार्ने गरि रहिन् । खासै चासो नै नदिएजस्तो. लाग्यो फेरि घच्घच्याएर मोबाइल नम्बर देउन उनको उत्तर फेरि उही आयौ किन, के का लाग, हामी बोलि त रहेका छौँ नि । मेरो प्रश्न र उनको उत्तरको करिब एक महिना बादविवाद चलिनै रह्यो र अन्त्यमा मैले सोचे कत्ति विवाद गर्ने निकै भाउ खोजी यसलाई अनफ्रेन्ड नै गर्छु भन्ने अठोटले अनफ्रेन्ड गरिदिएँ । भन्छन् नि नरहेगा बाँस नबजेगी बाँसुरी ।

दिनहरु बित्दै थिए । बिस्तारै बिस्तारै मेरो मन मस्तिष्कबाट हराउँदै गएकि थिइन् उनी । करिब करिब डेढ वर्षपछि दशैंमा गाउँ गएको थिएँ । गाउँमा खासै इन्टरनेट पनि नचल्ने हुनाले फेसबुकतिर अपडेट भएको थिइन । यसो समय मिलाएर फेसबुक चल्ने स्थानमा गएको थिएँ । फेसबुक खोल्नासाथ हेरेको म्यासेज रहेछ, हत्त पत्त केही नसोचि हेरेँ त्यो त नर्वदाको रहेछ ।
निकै खुशी लाग्यो, जुन म्यासेजको कल्पना पनि म गरेको थिइन । म्यासेजमा  हाई के छ खबर ? आरामै छौ होला नि ? तिमी त मलाई बिर्सिसकेको छौ होला, विस यु हेप्पी दशैँ  लेखिएको थियो । अद्भूत खुशीको भाव ममा आभास हुन नपाउँदै विडम्वना रिप्लाई गर्छु भन्दा रिप्लाई नै भएन । मेरो आईडिमा फ्रेन्ड रिक्युेष्ट ब्लक भएकाले मेरो आइडिबाट रिप्लाई दिन सकिन । अनि नजिकैको बुनुको आइडिबाट रिप्लाई दिएँ । अनि म लेखेँ तिमीलाई रिक्येष्ट गर्ने मिलेन तिमी मलाई रिक्येष्ट गर है । मलाई किन अनफ्रेन्ड गरेको छ ? त्यसको कुनै जवफा मसँग भएन र प्रतिउत्तरमा सरी भने । यसरी करिब दश दिन पछाडि म रिक्वेष्ट गरेँ उनी एसेप्ट गरिन् । यसपाली उनी निकै फरासिली भएकी रहेछन् । १०+२ पास गरेर दमक झापा मोडल कलेजमा अध्ययन गर्दी रहिछिन् । अनि मैले भनेँ नर्वदा मैलेत कल्पना पनि गरेको थिएन । यसरी हाम्रो पुनर्मिलन होला भनेर र सम्बन्ध फेरि पुरानै मोडमा आउला भनेर उनको प्रतिउत्तर पनि त्यहि थियो । मैले पनि हुनत नसोकै कुराले जिवनमा नयाँ मोड लिन्छ । अनि विस्तारै समय बित्दै गए हाम्रो आत्मियता झन झन प्रगाढ हुँदै गयो । हामी प्रेममा परिसकेछोँ । कसरी प-यौँ त्यो थाहा थिएन केवल सामाजिक सञ्जालबाट भएको कुरा कानी र एक अर्को प्रतिको विश्वास प्रेम बन्न आइपुगेछ । अबत हाम्रो करिब करिब दैनिकीनै बनेको थियो । ७-८ घण्टा फेसबुक गफमै बिताउने मेरो पढाइ पनि सकिएकाले खासै काम हुने थिएन । दनभरी कोठामै हुन्थेँ उनि भन्थिन् पढ्न मन लाग्दैन । यसरी फेरि हाम्रो पुनःमिलन भएको पनि करिब २ वर्ष पुगेछ । मैले उनलाई जानकारी दिएँ अनि भनेँ अब त नसताऊ नम्बर ल्याउन । निकै कोशिस गरेपछि ल्अभिि को नम्बर दिए । २-३ दिन कल गर्ने प्रयास गरेँ तर लागेन मनमनै निकै रिस उठेर पनि आयो सोचेँ यहि नम्बरले गर्दा हाम्रो सम्बन्धमा दरार बनेको थियो । त्यो कुरालाई त्यहीँ साची राखी नम्बर डिलिट गरिदिएँ । शुक्रबारको दिन थियो म ऋतिपुर दादाकोमा थिएँ । नयाँ नम्बरबाट कल आयो । मीठो मसिनो बोलीबाट अँग्रेजीमा सोधियो हेलो हाउ आर यू ? मैले प्रति उत्तर फर्काएँ । आइ एम फाइन । वाट एवाउट यू तर माफ गर म चिनेननि । ल बिर्सिएको मलाई ? म नर्बदा भित्रभित्रै खुशी लाग्यो र नम्बर डिलिट गरेकोमा गल्ती पनि । कति छिटै नकरात्मक सोच आएछ र किन डिलिट गरेछु भन्ने लाग्यो । तर दादाको कोठा हुनाले त्यो खुशी र ग्लानिलाई थाति राख्दै मैले भनेँ म पछि कल गर्छु है नर्वदा । त्यसपछि त हामी फेसबुकको च्याटिङको सट्टा सिधै फोन र म्यासेज गर्न थाल्यौँ । यसरी केही समयसम्म खुशी नै थियो र हामी एक अर्काको भविष्यलाई लिएर चिन्तित यति दिनहरु बिद्यै थिए, केही महिना पश्चात एक्कासी उनको म्यासेज आयो पुरा पढ्न नपाउँदै मत छाँगाबाट खसेजस्तै भएँ । हात गोडा पुरै गले जस्तो मानौँ केहि छिनको लागि सास नै रोकिएको जस्तो भएँ । म्यासेजमा यस्तो लेखिएको थियो । 

सरी जेम्मस अब हामी कल म्यासेज गर्न सक्दैनौँ र म्यासेज पछि मैले तुरुन्तै कल गरेँ यसको कारण जान्न खोजेँ अनि भोलि भन्छु भन्दै फोन राखिन् । भोलि कतिबेला होला भन्ने मनमा कौतुहलता लागिरह्यो र भोलिपल्ट बिहानै कल गर्दा लागेन । दिउँसोतिर उनी आफैँले फोन गरिन् । मेरो बारेमा सबै मामुले थाहा पाउनु भएछ । म तिमीसँग बोल्छु र फेसबुक चलाउँछु भनेर, अब म फोन चलाउँदैन भनिन् । अनि बिस्तारै बिस्तारै फोनबाट फेसबुकमै फर्किने र गफ गर्न थाल्यौँ । केहि दिन पश्चात उनले मलाई एउटा प्रस्ताव राखिन् । जेम्स म एउटा कुरा भन्छु मान ल । म निसंकोच हुन्छ भनिदिएँ । उनको प्रस्ताव यस्तो थियो - जेम्स आजदेखि तिमी तिम्रो फेसबुक र ट्वीटरमा भएको फोटोहरु डिलिट गर है अनि अबदेखि मलाई साथीको नजरले हेर है प्लिज । मैले हुन्छ, तर मेरो पनि एउटा सर्त छ भनेँ । उनले भनिन् कस्तो सर्त ? र मैले भनेँ तिमी र म एक पटक भेट्नु पर्छ ।
 उनले भनिन् प्लिज कर नगरन यो कुरामा, म गर्न सक्दिनँ । म जिद्दि गरिरहेँ । अन्त्यमा उनले भनिन्, यसरी नै जिद्दि ग-यौ भने मै ब्लक गर्छु । विश्वास नै लागेको थिएन, ५ वर्षदेखिको सम्बन्ध करिब दैनिक ६-८ घण्टाको च्याट हाइ देखि लिएर बिहे सम्मको वार्तालाप आज आएर त्यो पनि यति सजिलै अन्त्य होला भनेर केही छिनपछि फेसबुक खोलेर हेरेँ साँच्चिनै ब्लक गरिएको रहेछ । बेहोसनै होलाजस्तो भएँ, मन मस्तिष्कले काम गर्न छाड्यो । तर पनि मन सम्हालेर ट्वीटरमा म्यासेज गरेँ । प्लिज ब्लक नगरन भनेर । पाँच वर्ष लामो सम्बन्धलाई पाँच सेकेन्डमै अन्त्य नगरन । कल्पना बाहिरको कुरा भयो । केहि छिन् अर्ध मङ्गन भएर सोचेच् संसारकै दुःखी मान्छे कोहिछ भने त्यो हो म । सम्बन्ध जति लम्बिँदै गयो टुट्दा त्यति नै क्षति हुँदो रहेछ । अनि म पनि फेसबुक आइडी डिएक्टिभेट गरेँ । सोचेँ हाम्रो सम्बन्धमा कहाँनिर सन्तुलन बिग्रियो यसको जवाफ अहिलेसम्म पाउन सकेको छैन । यहि प्रश्न उनीलाई त्यर्साउन चाहन्छु । मेरो गल्ती के हो जान्न चाहन्छु । 

यात तिम्रो नियति नै यस्तै हो । दिन बिते महिना बिते उनी मसँग सम्पर्कमा बसिनन् र म पनि तर अनौटो ढंगले उनलाई खोजिरहेँ । म साँचिकै सिक भएँ । मलाई रहरहरुको वहर लाग्नै छाड्यो । कुनै मसँग कमिटेड हुन सकेनन् र म एडिकेट हुँदै गएँ । उनी कहाँ छिन् कस्तो अवस्थामा छिन् थाहा छैन । भर्चुवल दुनियाँबाट गायव भएपनि तर मन मुटुबाट कहिल्यै गायव भइनन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
गजल:- जिन्दगी खोला हो कि वगर?
गजल:- पाखा पखेराको पुकार
गजल:- शब्दहरू घोली
काटिएको माया पनि, पलाउने आसा गर्छ
जलेको मनलाई शीतल
कथा - प्रयोग
होलान् (गज़ल)
गजल:- सादा जिवन फ़िल्मी भए
हिजोको दुश्मन आजको साथी (कबिता)
गजल:- गाउँमा आउन न् पाईने भो
गजल:- सोचेको काम आट्न सकउ
गजल:- छाड़ेर गएछ उ
गजल:- अन्तीम एउटा धोको थियो
गजल:- मेरो दील जिगर हौ
गजल:- लिएर कोही जादैन केही
गजल:- सु:ख खोज्दै
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:-यो सालको तिजमा
म आमा भएँ
http://go.oclaserver.com/afu.php?zoneid=1465736