arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

राप्रपाको प्रदर्शनमा काठमाडौंमा अश्रुग्यास प्रहार स्ठिती तनाब पूर्ण text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

पार्टीको विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनमा तनाव भएको छ । 

आयोगको निर्णय पुनर्विचार गर्न माग गर्दै सोमबार दिउँसो बहादुर भवनस्थित निर्वाचन आयोग घेराउ गर्न गएको राप्रपाको ठूलो समूहले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि लाठी चार्ज र अश्रुग्यास प्रहार गर्‍यो ।

राप्रपा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा चार मन्त्री र राज्यमन्त्रीसहित तेस्रो शक्तिकोरुपमा सहभागी छ ।


सत्तारुढ राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाको नेतृत्वमा आयोगमा धर्ना दिने कार्यक्रम थियो । तर, धर्नामा थापा देखिएनन् ।

धर्नामा पूर्वअध्यक्ष पशुपतिशमसेर जबरा भने सहभागी थिए । स्थिति तनावपूर्ण भएपछि उनलाई सुरक्षाकर्मीले सुरक्षित स्थलतर्फ लगेका थिए ।

प्रहरीले लाठीचार्ज र अश्रुग्यास हान्न सुरु गरेपछि राप्रपाका कार्यकर्ताले पनि ढुंगामुढा गरेका थिए ।



राप्रपाको विधानमा रहेको राजसंस्था र हिन्दू राष्ट्रसम्बन्धी वाक्यांश नेपालको संविधानसँग बाझिएको भन्दै आयोगले शुक्रबार हटाइदिएको थियो ।

राप्रपाको विधानको प्रस्तावनामै पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्थासहितको लोकतन्त्रको मान्यता अभिवृद्धि र कायम गर्न भन्ने वाक्यांश थियो । विधानको धारा ५ मा नेपालमा सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने भन्ने वाक्यांशसमेत उल्लेख थियो । 

राप्रपाको एकता महाधिवेशनले पारित गरेको विधानमा उल्लिखित हिन्दू राष्ट्र र राजसंस्थासम्बन्धी वाक्यांश मुलुकको संविधानसँग मेल नखाएकाले विधानबाट हटाइएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आइतबारको पत्रकार सम्मेलनमा बताएका थिए ।कान्तिपुरमा समाचार छ। 






अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
काठमाडौं महानगरको अन्तिम मतपरिणाम आउने तयारीमा, एमालेको अग्रता कायमै
पार्टी दर्ता गरेर चुनाव चिन्ह दिए आफूहरु चुनावमा जान तयार: राष्ट्रिय जनता पार्टी
पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा एमालेका मानबहादुर जिसीको जित निश्चित
जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि सुनसरीका चार स्थानमा सेना परिचालन
एमालेको अवरोधका कारण नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद प्रस्ताव हुन सकेन्
समयमै दोस्रो चरणको निर्वाचन हुने काँग्रेसका सभापति देउवाको भनाई
झापा एमालेद्वारा नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार चयन
प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया सुरु हुने
प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिए
चार दिन बित्दा पनि चाँगुनारायण नगरपालिकाको मतगणना अन्योलमा
पूर्वी तराईका तीन जिल्लामा हेपाटाइटिस-सी को जोखिम उच्च
स्थानीय तहको संख्या वृद्धिले दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन चुनौती: मुख्य निर्वाचन आयुक्त
एमालेका कारण ललितपुर महानगरपालिकाको मतगणना रोकियो
काठमाडौं महानगरको ५०% मतगणना सकियो, अझै पाँच दिन लाग्ने अनुमान
सर्वोच्चद्वारा टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने निर्णयको कारण देखाऊ आदेश
दोलखाको मैलुङमा मतगणना हुने
सुर्खेतको वीरेन्द्रनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
भक्तपुरको चाँगुनारायण नगरपालिकामा मत परिणामलाई लिएर विवाद, नतिजा सार्वजनिक रोकियो
कांग्रेस नेतृत्वको सरकारले दोस्रो चरणको निर्वाचन गराउँछ: टोपबहादुर रायमाझी
पर्वतका निर्वाचित पदाधिकारीहरुले शपथग्रहण गरी पदभारसमेत ग्रहण गरे