arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

राप्रपाको प्रदर्शनमा काठमाडौंमा अश्रुग्यास प्रहार स्ठिती तनाब पूर्ण text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

पार्टीको विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनमा तनाव भएको छ । 

आयोगको निर्णय पुनर्विचार गर्न माग गर्दै सोमबार दिउँसो बहादुर भवनस्थित निर्वाचन आयोग घेराउ गर्न गएको राप्रपाको ठूलो समूहले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि लाठी चार्ज र अश्रुग्यास प्रहार गर्‍यो ।

राप्रपा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा चार मन्त्री र राज्यमन्त्रीसहित तेस्रो शक्तिकोरुपमा सहभागी छ ।


सत्तारुढ राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाको नेतृत्वमा आयोगमा धर्ना दिने कार्यक्रम थियो । तर, धर्नामा थापा देखिएनन् ।

धर्नामा पूर्वअध्यक्ष पशुपतिशमसेर जबरा भने सहभागी थिए । स्थिति तनावपूर्ण भएपछि उनलाई सुरक्षाकर्मीले सुरक्षित स्थलतर्फ लगेका थिए ।

प्रहरीले लाठीचार्ज र अश्रुग्यास हान्न सुरु गरेपछि राप्रपाका कार्यकर्ताले पनि ढुंगामुढा गरेका थिए ।



राप्रपाको विधानमा रहेको राजसंस्था र हिन्दू राष्ट्रसम्बन्धी वाक्यांश नेपालको संविधानसँग बाझिएको भन्दै आयोगले शुक्रबार हटाइदिएको थियो ।

राप्रपाको विधानको प्रस्तावनामै पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्थासहितको लोकतन्त्रको मान्यता अभिवृद्धि र कायम गर्न भन्ने वाक्यांश थियो । विधानको धारा ५ मा नेपालमा सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने भन्ने वाक्यांशसमेत उल्लेख थियो । 

राप्रपाको एकता महाधिवेशनले पारित गरेको विधानमा उल्लिखित हिन्दू राष्ट्र र राजसंस्थासम्बन्धी वाक्यांश मुलुकको संविधानसँग मेल नखाएकाले विधानबाट हटाइएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आइतबारको पत्रकार सम्मेलनमा बताएका थिए ।कान्तिपुरमा समाचार छ। 






अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
पत्रकारलाई नियमित रुपमा पारिश्रमिक नदिने संचार गृहहरुलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण
अखण्ड सुदूरपश्चिमको माग राख्दै आह्वान गरेको बन्द यथावत रहेपछि जवजिवन थप कष्टकर
माओवादी सीपी गजुरेलद्धारा आफ्नै पार्टीका पुष्पकमल दाहाल गद्दार भएको आरोप लगाउदै पार्टीबाट हटाएरै छाड्ने उद्‍घोष
असहमतिलाई बहुमतीय प्रक्रियाबाट टुङ्गो लगाउन संविधान सभा नियमावली संशोधन विधेयक पारित
स्थानीय मन्त्री टोपबहादुर रायमाझीद्धारा माओवादी वैद्य समुह फिरन्ते विद्रोही भन्दै नेतृत्व र सरकारलाई डगमगाउन नसक्ने चेतावनी
जनकपुरमा बिष्फोटमा मारिनेहरुलाई शहिद घोषणा गरी क्षत्तिपूर्ति दिइने
पाल्पामा भएको बस दुर्घटनामा २ जनाको मृत्यु, ३० जना भन्दा घाइते
भट्टराईबाहेकको नेतृत्वमा बन्ने सहमतिको सरकारमा आफू पनि सहभागी हुने माओवादी मोहन वैद्य पक्षको भनाइ
अखण्ड सुदूरपश्चिमको माग राख्दै गरिएको आन्दोलनले कैलालीको जवजिवन अत्यान्तै कष्टकर
नब्बे वर्ष अघिबाट पशुपन्छी काटमार बन्द गरिएको गोरखाको चुमचेत र छेकम्पारमा हिंसामुक्त घोषणा
मधेसी मोर्चासहित प्रमुख तीन राजनीतिक दलका बीचमा भएको वार्ता निष्कर्षविहिन
अदालत र पत्रकार आक्रमणपछि झण्डै वर्ष दिनदेखि फरार युथ फोर्सका इन्चार्ज पर्शुराम बस्नेतद्धारा मोरङ अदालतमा आत्मसमर्पण
१० प्रदेश प्रस्तावको विरोधमा गरिएको कञ्चनपुर बन्द कार्यक्रम स्थगन
जनकपुर विष्फोटमा चार जनाको मृत्यु
अबको संबिधानमा राष्ट्रिय जनावर गाई नै हुनुपर्ने कांग्रेसको प्रस्ताव
नेपालले गरे म्याद थप्ने कुरो
चालकसित लिने ट्राफिक जरिवाना अब बैंकबाट लिईने
भ्रष्टाचारी ठहर भई कैद सजाय भोगिरहेका पूर्वमन्त्री चिरञ्जीवी वाग्ले कैदमुक्त
प्रस्तावित १० प्रदेशको खाका पार्टीको आधिकारिक प्रस्ताव नभई पुष्पकमल दाहालको व्यक्तिगत भएको माओवादी सिपी गजुरेलको भनाई
संविधान लेखनका विवादित विषयमा सहमति जुटाउने उद्धेश्यले प्रमुख दलका नेताहरुबीच भएको छलफल निष्कर्षविहिन