arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

राप्रपाको प्रदर्शनमा काठमाडौंमा अश्रुग्यास प्रहार स्ठिती तनाब पूर्ण text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

पार्टीको विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनमा तनाव भएको छ । 

आयोगको निर्णय पुनर्विचार गर्न माग गर्दै सोमबार दिउँसो बहादुर भवनस्थित निर्वाचन आयोग घेराउ गर्न गएको राप्रपाको ठूलो समूहले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि लाठी चार्ज र अश्रुग्यास प्रहार गर्‍यो ।

राप्रपा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा चार मन्त्री र राज्यमन्त्रीसहित तेस्रो शक्तिकोरुपमा सहभागी छ ।


सत्तारुढ राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाको नेतृत्वमा आयोगमा धर्ना दिने कार्यक्रम थियो । तर, धर्नामा थापा देखिएनन् ।

धर्नामा पूर्वअध्यक्ष पशुपतिशमसेर जबरा भने सहभागी थिए । स्थिति तनावपूर्ण भएपछि उनलाई सुरक्षाकर्मीले सुरक्षित स्थलतर्फ लगेका थिए ।

प्रहरीले लाठीचार्ज र अश्रुग्यास हान्न सुरु गरेपछि राप्रपाका कार्यकर्ताले पनि ढुंगामुढा गरेका थिए ।



राप्रपाको विधानमा रहेको राजसंस्था र हिन्दू राष्ट्रसम्बन्धी वाक्यांश नेपालको संविधानसँग बाझिएको भन्दै आयोगले शुक्रबार हटाइदिएको थियो ।

राप्रपाको विधानको प्रस्तावनामै पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्थासहितको लोकतन्त्रको मान्यता अभिवृद्धि र कायम गर्न भन्ने वाक्यांश थियो । विधानको धारा ५ मा नेपालमा सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने भन्ने वाक्यांशसमेत उल्लेख थियो । 

राप्रपाको एकता महाधिवेशनले पारित गरेको विधानमा उल्लिखित हिन्दू राष्ट्र र राजसंस्थासम्बन्धी वाक्यांश मुलुकको संविधानसँग मेल नखाएकाले विधानबाट हटाइएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आइतबारको पत्रकार सम्मेलनमा बताएका थिए ।कान्तिपुरमा समाचार छ। 






अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
दोस्रो चरणमा हुने निर्वाचनका लागि डोटीमा ८ दलका २० जनाको उम्मेदवारी दर्ता (नामावली)
४५ जिल्लामा उत्साह र उमंगसाथ उम्मेदवारी मनोनयन दर्ता
प्रमुख तीन दलबाट प्रत्यक्षतर्फ १८ जना महिला उम्मेदवार चुनावी मैदानमा
दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको लागि रौतहटमा उत्साहजनरुपमा उम्मेदवारी दर्ता
आज मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गरिदै
माओवादी केन्द्रका प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवार यस्ता छन् (नामावलीसहित)
मेलम्ची खानेपानी आयोजनाको ९० प्रतिशत काम सम्पन्न
सुनसरीबाट चार लाख ७४ हजार ८३१ मतदाताले मतदान गर्ने
जनताको करबाट पालिएका सरकारी कर्मचारी संगठनद्वारा वाम गठबन्धनलाई सहयोग गर्ने घोषणा
नेपाल संविधानको निर्माण र कार्यन्वयनसँगै नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री देउवाको भनाई
आसन्न मंसिर २१ गते हुने निर्वाचनका लागि अछाममा वाम गठबन्धन संयुक्त चुनाव तयारीमा
६७ जिल्लामा सांसद विकास कोषको रकम रोक्का
प्रदेश २ मा फोरम र राजपाबीच सिट बाँडफाँटमा सहमति
अन्ततः जन्मकैदको सजाय सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ
कांग्रेसको घोषणापत्रमा माओवादी केन्द्र 'अवसरवादी', एमाले 'राष्ट्रिय एकता र समृद्धिको बाधक'
निर्वाचन आयोगद्वारा सर्वोच्चमा लिखित जवाफ पेस, छुट्टा-छुट्टै मतपत्र छपाइ सुरु भएको जानकारी
उदयपुरमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु, दुईजना घाइते
गुल्मीमा माइक्रोबस दुर्घटना, ९ जनाको मृत्यु, ८ जना गम्भीर घाइते
प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि समानुपातिकको संशोधित सूची पेस गर्न दलहरूलाई चटारो
तेह्रथुममा चुनावी तयारी सुरु, ६ हजार नयाँ मतदाता, ४ मतदान केन्द्र थपिए
http://go.oclaserver.com/afu.php?zoneid=1465736