arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

राप्रपाको प्रदर्शनमा काठमाडौंमा अश्रुग्यास प्रहार स्ठिती तनाब पूर्ण text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

पार्टीको विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनमा तनाव भएको छ । 

आयोगको निर्णय पुनर्विचार गर्न माग गर्दै सोमबार दिउँसो बहादुर भवनस्थित निर्वाचन आयोग घेराउ गर्न गएको राप्रपाको ठूलो समूहले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि लाठी चार्ज र अश्रुग्यास प्रहार गर्‍यो ।

राप्रपा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा चार मन्त्री र राज्यमन्त्रीसहित तेस्रो शक्तिकोरुपमा सहभागी छ ।


सत्तारुढ राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाको नेतृत्वमा आयोगमा धर्ना दिने कार्यक्रम थियो । तर, धर्नामा थापा देखिएनन् ।

धर्नामा पूर्वअध्यक्ष पशुपतिशमसेर जबरा भने सहभागी थिए । स्थिति तनावपूर्ण भएपछि उनलाई सुरक्षाकर्मीले सुरक्षित स्थलतर्फ लगेका थिए ।

प्रहरीले लाठीचार्ज र अश्रुग्यास हान्न सुरु गरेपछि राप्रपाका कार्यकर्ताले पनि ढुंगामुढा गरेका थिए ।



राप्रपाको विधानमा रहेको राजसंस्था र हिन्दू राष्ट्रसम्बन्धी वाक्यांश नेपालको संविधानसँग बाझिएको भन्दै आयोगले शुक्रबार हटाइदिएको थियो ।

राप्रपाको विधानको प्रस्तावनामै पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्थासहितको लोकतन्त्रको मान्यता अभिवृद्धि र कायम गर्न भन्ने वाक्यांश थियो । विधानको धारा ५ मा नेपालमा सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने भन्ने वाक्यांशसमेत उल्लेख थियो । 

राप्रपाको एकता महाधिवेशनले पारित गरेको विधानमा उल्लिखित हिन्दू राष्ट्र र राजसंस्थासम्बन्धी वाक्यांश मुलुकको संविधानसँग मेल नखाएकाले विधानबाट हटाइएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आइतबारको पत्रकार सम्मेलनमा बताएका थिए ।कान्तिपुरमा समाचार छ। 






अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
बहुआयामिक विधिबाट पहिलोपटक गरिबीको मापन, प्रदेश नम्बर–६ र २ मा सबैभन्दा बढी गरिबी
काठमाडौं टोखामा गोली चल्यो, १ महिला घाइते
काठमाडौंमा गोली चल्यो, १ महिला घाइते
विरगञ्ज ग्यास उद्योगमा आगलागी, आगो निभाउन गएको दमकल नै जल्यो,
संवैधानिक समस्या र राजनीतिक असहमतिहरु तत्काल मिलाउन दलहरुलाई निर्वाचन आयोगको आग्रह
लमजुङमा पुनःनिर्माणका लागि प्राविधिक टोली खटिए
बाल मृत्युदरमा सरसफाइले सकारात्मक प्रभाव
प्रदेश–१ को राजधानी धनकुटामा बनाउनुपर्ने माग गर्दै धर्ना
रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा म्यादी प्रहरी आन्दोलित
प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित
दुवै निर्वाचन एकैदिन सम्पन्न गराएर अन्तर्राष्ट्रियस्तरमा नौलो रेकर्ड कायम गर्न सफल भएको प्रमुख निर्वाचन आयुक्तको जिकिर
राष्ट्रियसभा गठन भएर संसदले पूर्णता नपाएसम्म कांग्रेसले सरकार नछोड्ने
मुसहर बस्ति निर्माण कार्यको शिल्यानास
पहिलो पटक हावा र पानीबाट तरकारी फलाउने प्रविधि शुरु
बुटवल राजधानी हुने हल्लापछि दाङमा भयो यस्तो बबाल
किन बढ्यो चिसो, देशभरको तापक्रम कति छ ? हेर्नुहोस्
पश्चिम तराईमा शीतलहरले जनजीवन कष्टकर
रामेछापको खाँडादेवीमा पानीको चरम अभाव भएपछि ४ रुपैयाँ लिटर पानी खरिद गर्न बाध्य
सरकार गठनका लागि मार्गप्रशस्त गर्न एमाले र माओवादी केन्द्रको आग्रह
समानुपातिकतर्फको मतगणना सम्पन्, सबैभन्दा बढी मत एमालेलाई
http://go.oclaserver.com/afu.php?zoneid=1465736