arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

राप्रपाको प्रदर्शनमा काठमाडौंमा अश्रुग्यास प्रहार स्ठिती तनाब पूर्ण text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

पार्टीको विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनमा तनाव भएको छ । 

आयोगको निर्णय पुनर्विचार गर्न माग गर्दै सोमबार दिउँसो बहादुर भवनस्थित निर्वाचन आयोग घेराउ गर्न गएको राप्रपाको ठूलो समूहले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि लाठी चार्ज र अश्रुग्यास प्रहार गर्‍यो ।

राप्रपा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा चार मन्त्री र राज्यमन्त्रीसहित तेस्रो शक्तिकोरुपमा सहभागी छ ।


सत्तारुढ राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाको नेतृत्वमा आयोगमा धर्ना दिने कार्यक्रम थियो । तर, धर्नामा थापा देखिएनन् ।

धर्नामा पूर्वअध्यक्ष पशुपतिशमसेर जबरा भने सहभागी थिए । स्थिति तनावपूर्ण भएपछि उनलाई सुरक्षाकर्मीले सुरक्षित स्थलतर्फ लगेका थिए ।

प्रहरीले लाठीचार्ज र अश्रुग्यास हान्न सुरु गरेपछि राप्रपाका कार्यकर्ताले पनि ढुंगामुढा गरेका थिए ।



राप्रपाको विधानमा रहेको राजसंस्था र हिन्दू राष्ट्रसम्बन्धी वाक्यांश नेपालको संविधानसँग बाझिएको भन्दै आयोगले शुक्रबार हटाइदिएको थियो ।

राप्रपाको विधानको प्रस्तावनामै पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्थासहितको लोकतन्त्रको मान्यता अभिवृद्धि र कायम गर्न भन्ने वाक्यांश थियो । विधानको धारा ५ मा नेपालमा सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने भन्ने वाक्यांशसमेत उल्लेख थियो । 

राप्रपाको एकता महाधिवेशनले पारित गरेको विधानमा उल्लिखित हिन्दू राष्ट्र र राजसंस्थासम्बन्धी वाक्यांश मुलुकको संविधानसँग मेल नखाएकाले विधानबाट हटाइएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आइतबारको पत्रकार सम्मेलनमा बताएका थिए ।कान्तिपुरमा समाचार छ। 






अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
आज हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न राष्ट्रपतिको आह्वान
निर्वाचन सुरक्षाका लागि सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म
आमनिर्वाचन २०७४ः नयाँ अवसरको ढोका खोल्ने अपेक्षा
मतगणनास्थलमा तारजाली र सीसी क्यामरा
भोली हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्कसँग मतदानमा सहभागी हुन आयोगको अपिल
देशभर निर्वाचन बिथोल्न संलग्न भएको आरोपमा ९५७ जना समातिए
मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले अन्य कागजातबाट पनि मतदान गर्न पाइने
पर्सा क्षेत्र नं. ३ को पोखरीयामा नगद र नमुना मतपत्रसहित बाम-गठबन्धनका कार्यकर्ता पक्राउ
दोस्रो चरणको निर्वाचनमा मत खसाल्न गृहजिल्ला फर्कनेहरूको संख्या बढ्दो, काठमाडौं सुनसान
चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने
सुनसरीको पटनाली मतदान केन्द्रमा सुतलीबम विस्फोट
डडेल्धुराका ७७ मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा
इलामको उच्च पहाडी क्षेत्रमा अत्याधिक चिसो बढेपछि निर्वाचन चुनौतीपूर्ण
बम आक्रमणमा परी घार्इते भएका कांग्रेस नेता गगन थापाले यस्ता घटनाहरुबाट विचलित र आतंकित नहुन आग्रह गरे
पर्सामा दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा, ६ हजार सुरक्षाकर्मी परिचालन
काठमाडौंको प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख बस्ने निवास क्षेत्रमै बम
मंसिर १० गते चुनाव भएका ३२ जिल्लामा २१ गते साँझ पाँच बजेपछि मतगणना सुरु हुने
काठमाडौं क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चा उम्मेदवार थापाद्वारा उम्मेदवारी फिर्ता, शर्मालाई समर्थन गर्ने
गोरखाको बारपाकको पोखरी गाउँमा ५० जनाभन्दा बढी स्थानीयबासिन्दा बिरामी परे
दोस्रो चरणको निर्बाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह
http://go.oclaserver.com/afu.php?zoneid=1465736