arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

बुद्ध जन्मस्थलको लुम्बिनीमा आउने पर्यटकको संख्या बढ्योtext size increase   text size decrease   Print    rss (२०७४ पौष २६, बुधवार)


अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीमा आाउने पर्यटकको संख्यामा बृद्धि भएको छ ।

विश्वमाझ बुद्ध जन्मस्थल लुम्बिनीको महत्व बढिरहेको बेला सन् २०१६ को तुलनामा सन् २०१७ मा बाह्य पर्यटकको आगमनमा आंशिक बृद्धि भएको हो । लुम्बिनी विकास कोषको सूचना शाखाले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार सन् २०१६ मा कुल एक लाख ३६ हजार दुई सय ५३ जना विदेशी पर्यटक लुम्बिनी भित्रिएकोमा सन् २०१७ मा एक लाख ४५ हजार सात सय ९७ जना विदेशी पर्यटक आएका थिए ।

गत बर्षको तुलनामा यस बर्ष करिब सात प्रतिशतले पर्यटक आवागमनमा बृद्धि भएको सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए ।

यसैगरी आन्तरिक पर्यटकको सूचीमा पर्ने भारतीय पर्यटक सन् २०१६ मा एकलाख ३४ हजार दुई सय ६९ जनामात्र लुम्बिनी अवलोकन गरेकोमा सन् २०१७ मा एक लाख ५५ हजार चार सय ४४ जना भारतीय नागरिकले लुम्बिनी दर्शन गरेका हुन् । अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा करिब १५ दशमलव ७७ प्रतिशत पर्यटक बृद्धि भएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै आन्तरिक पर्यटककै सूचीमा रहेको नेपाली पर्यटक पनि सन् २०१६ मा १० लाख १५ हजार एक सय ५८ जना लुम्बिनी पुगेका थिए । सन् २०१७ मा भने १२ लाख ५१ हजार तीन सय ४६ जना नेपाली पर्यटक लुम्बिनी भित्रिएको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा करिब २३ दशमलव २७ प्रतिशत नेपाली पर्यटक बृद्धि भएको सूचना अधिकृत बस्नेतले जानकारी दिए ।

सन् २०१७ मा श्रीलंकाका ५६ हजार दुई सय जना, थाईल्याण्डका २१ हजार नौ सय २६ जना, चीनका १६ हजार तीन सय २९ जना, म्यानमार १५ हजार दुई सय ८४ जना पर्यटक लुम्बिनी आएका थिए । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
अबको दुई दिनभित्र मन्त्रिमन्डल विस्तार हुने
सिन्धुलीको भद्रकाली सडकखन्डमा जिप दुर्घटना, चारजनाको मृत्यु, १८ जना गम्भीर घाइते
प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडाबाट अन्यत्रै सार्नुपर्ने सांसदहरुको माग
नवनियुक्त प्रधानमन्त्री ओलीद्दारा निर्वाचन सम्पन्न गराउन योगदान दिने सम्पूर्ण नागरिक र मतदातालाई आभार व्यक्त
प्रधानमन्त्री ओ‌लीद्दारा दुई मन्त्री नियुक्त, लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण
प्रदेश ५ का नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलद्दारा पद तथा गोपनियताको सपथ ग्रहण
केपी ओलीद्दारा दोस्रो पटक प्रधानमन्त्री भए लगत्तै शपथ ग्रहण लिई सिहंदरबारमा पुगेर पद बहाली
रसुवाको १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादनका लागि चिनियाँ कम्पनीलाई स्वीकृति
७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका त्रिलोचन भट्ट नियुक्त
एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा दिए
प्रदेश ५ को मुख्यमन्त्रीमा एमालेका शंकर पोखरेल नियुक्त
एमालेले भावी प्रधानमन्त्रीका रुपमा केपी ओलीलाई अघि सार्‍यो
एमालेका शेरधन राई प्रदेश १ प्रमुखमा नियुक्त
नवलपरासीमा पहाडी क्षेत्रभन्दा तराईमा मुद्दा दिनेको संख्या बढी
दाङका स्थानीय तहमा गठन भएका न्यायिक समिति अलमल
हिमालपारीको जिल्ला मुस्ताङमा परेको हिमपातका कारण जोमसोम-मुक्तिनाथ सडकखण्ड अवरुद्ध
कोसीटप्पु वन्यजन्तु आरक्षमा दुई महिलाको हात्तीको आक्रमणबाट मृत्यु
एमाले-माओवादी पार्टी एकता अन्तिम चरणमा, एकीकृत पार्टीको अध्यक्षमा ओली र दाहाल रहने
पश्चिम नेपाल बस ब्यबसायी संघको अध्यक्षमा दधि खरेल बिजयी
http://go.oclaserver.com/afu.php?zoneid=1465736