arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

बुद्ध जन्मस्थलको लुम्बिनीमा आउने पर्यटकको संख्या बढ्योtext size increase   text size decrease   Print    rss (२०७४ पौष २६, बुधवार)


अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीमा आाउने पर्यटकको संख्यामा बृद्धि भएको छ ।

विश्वमाझ बुद्ध जन्मस्थल लुम्बिनीको महत्व बढिरहेको बेला सन् २०१६ को तुलनामा सन् २०१७ मा बाह्य पर्यटकको आगमनमा आंशिक बृद्धि भएको हो । लुम्बिनी विकास कोषको सूचना शाखाले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार सन् २०१६ मा कुल एक लाख ३६ हजार दुई सय ५३ जना विदेशी पर्यटक लुम्बिनी भित्रिएकोमा सन् २०१७ मा एक लाख ४५ हजार सात सय ९७ जना विदेशी पर्यटक आएका थिए ।

गत बर्षको तुलनामा यस बर्ष करिब सात प्रतिशतले पर्यटक आवागमनमा बृद्धि भएको सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए ।

यसैगरी आन्तरिक पर्यटकको सूचीमा पर्ने भारतीय पर्यटक सन् २०१६ मा एकलाख ३४ हजार दुई सय ६९ जनामात्र लुम्बिनी अवलोकन गरेकोमा सन् २०१७ मा एक लाख ५५ हजार चार सय ४४ जना भारतीय नागरिकले लुम्बिनी दर्शन गरेका हुन् । अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा करिब १५ दशमलव ७७ प्रतिशत पर्यटक बृद्धि भएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै आन्तरिक पर्यटककै सूचीमा रहेको नेपाली पर्यटक पनि सन् २०१६ मा १० लाख १५ हजार एक सय ५८ जना लुम्बिनी पुगेका थिए । सन् २०१७ मा भने १२ लाख ५१ हजार तीन सय ४६ जना नेपाली पर्यटक लुम्बिनी भित्रिएको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा करिब २३ दशमलव २७ प्रतिशत नेपाली पर्यटक बृद्धि भएको सूचना अधिकृत बस्नेतले जानकारी दिए ।

सन् २०१७ मा श्रीलंकाका ५६ हजार दुई सय जना, थाईल्याण्डका २१ हजार नौ सय २६ जना, चीनका १६ हजार तीन सय २९ जना, म्यानमार १५ हजार दुई सय ८४ जना पर्यटक लुम्बिनी आएका थिए । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
प्रदेश–५ को राजधानी बुटवलबाहेक अन्यत्र नतोक्न एमालेको चेतावनी, बुटवलमा औद्योगिक प्रदर्शनी सुरु
सर्लाहीमा प्रदेश नम्बर-२ को राजधानी बनाउन माग गर्दै हरिवनमा र्‍याली
कपिलवस्तुको बुद्धभूमि कुन्र्दे खोलामा बस दुर्घटना हुँदा १० जना घाइते
संसदमा कुनैपनि दलको बहुमत नपुग्ने
प्रतिनिधि सभाको मतपरिणाम सार्वजनिक गर्न निर्वाचन आयोगलाई वाम गठबन्धनको दबाब
काठमाडौं उपत्यकामा वायुप्रदूषणको मात्रा हदभन्दामाथि, मर्निङवाक नगर्न सुझाव
बहुआयामिक विधिबाट पहिलोपटक गरिबीको मापन, प्रदेश नम्बर–६ र २ मा सबैभन्दा बढी गरिबी
काठमाडौं टोखामा गोली चल्यो, १ महिला घाइते
काठमाडौंमा गोली चल्यो, १ महिला घाइते
विरगञ्ज ग्यास उद्योगमा आगलागी, आगो निभाउन गएको दमकल नै जल्यो,
संवैधानिक समस्या र राजनीतिक असहमतिहरु तत्काल मिलाउन दलहरुलाई निर्वाचन आयोगको आग्रह
लमजुङमा पुनःनिर्माणका लागि प्राविधिक टोली खटिए
बाल मृत्युदरमा सरसफाइले सकारात्मक प्रभाव
प्रदेश–१ को राजधानी धनकुटामा बनाउनुपर्ने माग गर्दै धर्ना
रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा म्यादी प्रहरी आन्दोलित
प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित
दुवै निर्वाचन एकैदिन सम्पन्न गराएर अन्तर्राष्ट्रियस्तरमा नौलो रेकर्ड कायम गर्न सफल भएको प्रमुख निर्वाचन आयुक्तको जिकिर
राष्ट्रियसभा गठन भएर संसदले पूर्णता नपाएसम्म कांग्रेसले सरकार नछोड्ने
मुसहर बस्ति निर्माण कार्यको शिल्यानास
पहिलो पटक हावा र पानीबाट तरकारी फलाउने प्रविधि शुरु
http://go.oclaserver.com/afu.php?zoneid=1465736