arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

बुद्ध जन्मस्थलको लुम्बिनीमा आउने पर्यटकको संख्या बढ्योtext size increase   text size decrease   Print    rss (२०७४ पौष २६, बुधवार)


अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीमा आाउने पर्यटकको संख्यामा बृद्धि भएको छ ।

विश्वमाझ बुद्ध जन्मस्थल लुम्बिनीको महत्व बढिरहेको बेला सन् २०१६ को तुलनामा सन् २०१७ मा बाह्य पर्यटकको आगमनमा आंशिक बृद्धि भएको हो । लुम्बिनी विकास कोषको सूचना शाखाले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार सन् २०१६ मा कुल एक लाख ३६ हजार दुई सय ५३ जना विदेशी पर्यटक लुम्बिनी भित्रिएकोमा सन् २०१७ मा एक लाख ४५ हजार सात सय ९७ जना विदेशी पर्यटक आएका थिए ।

गत बर्षको तुलनामा यस बर्ष करिब सात प्रतिशतले पर्यटक आवागमनमा बृद्धि भएको सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए ।

यसैगरी आन्तरिक पर्यटकको सूचीमा पर्ने भारतीय पर्यटक सन् २०१६ मा एकलाख ३४ हजार दुई सय ६९ जनामात्र लुम्बिनी अवलोकन गरेकोमा सन् २०१७ मा एक लाख ५५ हजार चार सय ४४ जना भारतीय नागरिकले लुम्बिनी दर्शन गरेका हुन् । अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा करिब १५ दशमलव ७७ प्रतिशत पर्यटक बृद्धि भएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै आन्तरिक पर्यटककै सूचीमा रहेको नेपाली पर्यटक पनि सन् २०१६ मा १० लाख १५ हजार एक सय ५८ जना लुम्बिनी पुगेका थिए । सन् २०१७ मा भने १२ लाख ५१ हजार तीन सय ४६ जना नेपाली पर्यटक लुम्बिनी भित्रिएको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा करिब २३ दशमलव २७ प्रतिशत नेपाली पर्यटक बृद्धि भएको सूचना अधिकृत बस्नेतले जानकारी दिए ।

सन् २०१७ मा श्रीलंकाका ५६ हजार दुई सय जना, थाईल्याण्डका २१ हजार नौ सय २६ जना, चीनका १६ हजार तीन सय २९ जना, म्यानमार १५ हजार दुई सय ८४ जना पर्यटक लुम्बिनी आएका थिए । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
बुटवल राजधानी हुने हल्लापछि दाङमा भयो यस्तो बबाल
किन बढ्यो चिसो, देशभरको तापक्रम कति छ ? हेर्नुहोस्
पश्चिम तराईमा शीतलहरले जनजीवन कष्टकर
रामेछापको खाँडादेवीमा पानीको चरम अभाव भएपछि ४ रुपैयाँ लिटर पानी खरिद गर्न बाध्य
सरकार गठनका लागि मार्गप्रशस्त गर्न एमाले र माओवादी केन्द्रको आग्रह
समानुपातिकतर्फको मतगणना सम्पन्, सबैभन्दा बढी मत एमालेलाई
चितवनमा पछिल्लो एक माहिनामा सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु
राष्ट्रियसभा निर्वाचन अध्यादेशमा खोंचे थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गरेको एमाले ओली आरोप
सिरहामा विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण अस्पतालमा बिरामीको चाप
कपिलवस्तुमा चिसो र शीतलहरले जनजीवन प्रभावित
प्रदेश नम्बर-३ को राजधानी हेटौँडालाई बनाउन माग
निर्वाचन आयोगले राष्ट्रिय सभा गठन नभई अन्तिम परिणाम सार्वजनिक नगर्ने
एमालेद्दारा राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश गैरसंवैधानिक भएकोले सच्याउनुपर्ने जिकिर
५९ आदिवासी जनजातिमध्ये प्रतिनिधिसभामा जनजातिबाट ४५ निर्वाचित
प्रदेश-७ को राजधानी पहाडी डडेल्धुरामै हुनुपर्ने माग
नेपाली शान्ति सेनालाई राष्ट्रसंघीय पदकबाट सम्मान
समानुपातिकतर्फ मत गणना जारी, पाँच दलमात्र थ्रेसहोल्डमा सुरक्षित
सप्तरीमा बाढीपीडितका लागि घर बनाइने
सुनसरी–३ मा पुनः मतदानको माग गर्दै प्रदर्शनमा उत्रिए एमाले कार्यकर्ता
प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिकको मतगणना जारी, समानुपातिक सांसद कसरी चुनिन्छन् ?
http://go.oclaserver.com/afu.php?zoneid=1465736