arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
साहित्य

म चाहन्छुtext size increase   text size decrease   Print    rss (२०७३ पौष २, शनिवार)


-राजिब बेल्बासे

एकफेर फेरी फूलको कोपिला बनि फुलेर रमाउन

पूर्णिमाको रातमा घण्टौ जून हेरि खुल्ला चौरमा पल्टिन

अनि रुझ्दै पहिलो झरिमा त्यो माटोको सुगन्धमा हराउन।

म चाहन्छु,

सँगै स्कूल पढेका दौतरीहरुलाई भेटेर पुराना याद ताजा बनाउन

बाँसको सुपिलोले बनाएको फिरफिरे नचाउदै बेमत्लबले बाटोमा कुद्न

बारीको बीचमा आगो बालेर 'चक्रासे बेली' खेल्न

अनि कांई, रेडी, राज्जे र आठ काठ खेल्न।

म चाहन्छु,

काठको ३ पाङ्ग्रे गाडामा गिठाको मोबिल राखी कुदाउन

काली खैनिको बट्टामा गुच्छाहरु जम्मा पारी बाजाउदै हिड्न

मुन्टो बाङ्गो बनाउदै पधेरोबाट डोकोमा पानी बोक्न

अनि मोजाको फुटबल खेलाउदै-खेलाउदै स्कुल जान

म चाहन्छु,

जंगलको बिचमा दाउरा काट्दै लोकगीत मार्फत मनको बह मेटाउन

स्कूल पढ्दा उनले दिएको चिनो कुसुमे रुमाल खोज्न

उनले पहिलोपल्ट छुदा भएको फरक तरंग महसूस गर्न

अनि मेरो बाल्यकाल , त्यसमा भएको स्वतन्त्रता र पागलपनमा हराउन।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
रैछ (गज़ल)
"मेरो आग्रह"
लागेको छ (गज़ल)
म लड्न तयार छु |
रहेछ (गजल)
बाटाहरु (गजल)
कोमल/ गज़ल
फेस्बुके पिरती
रोइरहेको मेरो देश
भन्छ (गजल)
परदेशी
सिट नम्बर १८ र १९ (कथा)
अमृत सम्झियर पिउन खोज्दा............
अनि सरकार, मैले कसरी मानु यो संघियता ? (कविता )
साथी (गज़ल)
रोएँ (गज़ल)
खबर लेख्नु ल ( गजल)
कोरियाबाट भाईको दिदीलाई पत्र
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको चुनावमा धाँधली
जिन्दगी (गज़ल)