arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

एमाओवादीका पूर्व-सभासद बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गरी कारागारमा पेश गर्न आदेश text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ३१, विहीवार)

सर्वोच्च अदालतले जन्मकैदको फैसला भएका एमाओवादीका पूर्व-सभासद बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गरी कारागारमा पेश गर्न प्रहरी महानिरिक्षकलाई आदेश दिएको छ । 

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले फरार रहेका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न वारेन्ट जारी गरिएको आदेश दिएको हो । अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले बिहीबार ढुंगेललाई पक्राउ गर्न आफू र मातहतका सम्पूर्ण जनशक्ति परिचालन गर्न प्रहरी महानिरिक्षकलाई आदेश दिएको हो । 

गत फागुन २९ गते रामेछापको सैंपु गाविसको फेदी भन्ने स्थानमा गरिएको कार्यक्रममा ढुंगेलले आफूमाथि सर्वोच्च अदालतले गरेको फैसलाप्रति तिव्र आक्रोश व्यक्त गर्दै मुद्दा फैसला गर्ने न्यायाधीश माथि भौतिक आक्रमण गर्ने चेतावनी दिएका थिए । 

सर्वोच्च अदालतको फैसला मान्दिन, खारेज गरिदिन्छु, गिरफ्तारीको आदेश खारेज गरिदिन्छु, ढुंगेलले भाषणमा भनेका छन्, फैसला गर्ने न्यायाधीशको नाममा वारेन्ट जारी गरिन्छ, फिला नचिरी म जेल जान्न ।

सर्वोच्च अदालतले पनि यही व्यहोरा उल्लेख गरी सामाजिक सञ्जालहरुमा भिडियोहरु सार्वजनिक भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । सर्वोच्च अदालतले फैसलामाथि नै चुनौती दिनेदेखि न्यायाधीश माथि अमर्यादित, आपत्तिजनक र भौतिक आक्रमणको धम्की दिने विषयलाई आफूले गम्भिरतापूर्वक लिएको जनाएको छ । 

भाषणका क्रममा ढुंगेलले प्रधानन्यायाधीश कार्कीसहित पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र खिलाराज रेग्मीमाथि आक्रमणको धम्की दिएका थिए ।

अदालतको फैसला नमान्ने, फैसला गर्ने न्यायाधीशमाथि सार्वजनिक आक्रमणको धम्की दिने गतिविधी भइरहेको भन्दै सर्वोच्च अदालतले गृह प्रशासन र प्रहरी निकायले समेत अदालतको फैसला कार्यान्वयनमा सहयोग नगरेको उल्लेख छ । कान्तिपुरमा समाचार छ । 


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
प्रधानमन्त्री देउवाद्दारा निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख
वाम गठबन्धनको ३२ जिल्लामा सिट बाँडफाँट टुंगियो
प्रदूषणका कारण विश्वमा धेरै मृत्यु हुने मुलुकको सूचीमा नेपाल छैटौं स्थानमा
महोत्तरीमा सर्वसाधारणमा सुरक्षा अनुभूति गराउन तिहार, छठ विशेष सुरक्षा योजना सञ्चालन
डोटीको बडीकेदार खड्यौलीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु, २१ जना घाइते
कञ्चनपुरमा बितेको एक दशकमा एचआइभी/एड्सको संक्रमणबाट १०२ जनाको मृत्यु
तिहारभरका लागि प्रदेश नम्बर-१ को राजधानीको माग गर्दै आएका धनकुटेलीको आन्दोलन स्थगित
चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण, १८ जनामा डेंगु रोग
चितवनमा मतदाताको संख्या तीन लाख ५४ हजार
निर्वाचन आयोगद्वारा सरकारले चुनाव सार्ने तयारी गरिरहेको सूचना नआएको प्रस्ट
संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको गृहकार्य सुरु
माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका सबैलाई 'बिनाविभागीय'
माओवादी केन्द्र तत्काल सरकारबाट नबाहिरिने
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न राष्ट्रपतिको दलहरुलाई आग्रह
सुन तस्करीमा संलग्न भएको भन्दै रसुवाका कांग्रेस नेता मानबहादुर तामाङ पक्राउ
भूकम्पपीडितले छिमेकी जिल्लामा पनि घर बनाउन पाउने
खोटाङमा १४ वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी
विजयकुमार गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित
सर्वोच्चद्वारा आफ्ना ११ जना न्यायाशीधविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने फैसला
पूर्वी नेपालमा असोजमा भएका सवारी दुर्घटनामा परेर ४७ जनाले ज्यान गुमाए