arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विचार,विश्‍लेषण,अन्तरवार्ता

कम्युनिस्ट अनेकता नै नेपालीको दुर्भाग्य !text size increase   text size decrease   Print    rss (२०७३ माघ २९, शनिवार)

world news

  -संजिव कार्की

 विश्व कम्युनिस्ट आन्दोलनका महान हस्ती लेनिन र पुष्पलालको जीवनको एउटा संयोग उस्तै छ, दुरुस्तै छ । यो संयोग दुखद संयोग, तर दुरगामी प्रभाव र हैसियत प्रदान गर्ने संयोग । लेनिनको राजनीति , लेनिनका दाजु अलक्जेनडरलाई रुसी जारसाहीले मृत्युदण्ड दिएपछि शुरु भएको थियो भने, पुष्पलालको राजनीतिक जीवन पनि आफ्ना दाजु गंगालाललाई राणाशाहीले मृत्युदण्ड दिएपछि प्रारम्भ भएको मानिन्छ । 
 

दाजु गंगालाललाई अन्तिम श्रद्धाञ्जली दिदैं पुष्पलालले भन्नु भएको कुरा यस्तो थियो-जबसम्म जनतालाई अधिकार प्राप्त हुनेछैन तबसम्म देशमा राणाशाही, हुकुमी शासन साथै सामन्ती शोषणको अन्त्य हुने छैन र जबसम्म दलित, शोषित , पिडित ,मजदुर किसान जनताले आफ्नो अधिकार प्राप्त गर्ने छैनन् तबसम्म हमेशा क्रान्तिको अग्रपंतिमा रहनेछु र आफ्नो जीवन, देश र जनताको लागि समर्पित गर्ने छु ।

२००५ चैत्र २३ मा कम्युनिस्ट घोषणा पत्रको नेपाली भाषामा अनुबाद प्रकाशन पुष्पलालबाट भयो । जसबाट कम्युनिस्ट बारेमा जान्ने बुझ्ने केहि सिमित पढेलेखेका मान्छेलाई अवसर प्राप्त भयो । बाम विचारको प्रचार प्रसारमा यसले ठूलो भूमिका खेल्यो । कम्युनिस्ट घोषणा(पत्र नेपाली भाषामा अनुबाद प्रकाशन गरेको एक वर्ष पछि २००६ साल बैशाख १० मा कलकत्ताको श्याम बजारमा कमरेड पुष्पलालको सक्रियता र नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको गठन भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीको संस्थापकहरुमा पुष्पलालको अलवा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द बैद्य, नारायण विलाश जोशी र मोतीदेवी श्रेष्ठ हुनुहुन्थ्यो, जसको नेतृत्व पुष्पलालले गर्नु भयो । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गर्ने प्रेरणा रुसी क्रान्ति, चिनिया क्रान्तिको निरन्तर विकास र भारतको तेलंगनाबिद्रोह र राणाशाही बिरुद्दको जनसंघर्ष आदि थिए । जतिबेला नेपालमा पनि साम्यवादी व्यवस्था ल्याउन सकिन्छ, साम्यबाद नै कम्युनिस्ट पार्टीको अन्तिम लक्ष्य हो भनि मानिएको थियो । हुन् त अहिले पनि केहि कम्युनिस्ट पार्टीहरु आफ्नो अन्तिम बिन्दु साम्यवादी व्यवस्था नै हो भन्छन ।

२००६ सालमा सानो ४ ,५ जनाले स्थापना गरेको पार्टी अहिले नेपालको झन्डै ६५ प्रतिशत भन्दा बढि जनमत आफ्नो पोल्टामा हुँदा पनि शासन सत्ताको दर्बिलो हकदार बन्न सकेको छैन । भाइ फुटे गँवार लुटे भन्ने उखान नेपालका कम्युनिस्टहरुको सन्दर्भमा हुबहु मेल खान्छ । बेमेल, अनेकता, बिखन्डन ,बिभाजन, टुटफुट र सामान्य टालटुलले, दिग्भ्रमित र ग्रसित अनि बिलखबंधनको माखेसांगलोमा छ नेपालको कम्युनिस्ट आन्दोलन ,अनि नेपालीको सपना र रहर । २००९ मा अनयास पुष्पलाललाई पदबाट बिस्थापित गरे पछि शुरु भएको बिबादको विजारोपण आज पर्यन्त झांगीदो , फैलदो र बढ्दोक्रममा छ जुन देश कै लागि दुर्भाग्यपूर्ण अवस्था हो, भने कम्युनिस्टका नेता कार्यकर्ताको लागि आत्मघाती र अवसरको निर्मम खेलवाड ।

अध्यक्ष माओ कि कान्छी श्रीमतीलाई हेर्ने, बुझ्ने दृष्टिकोण नमिल्दा समेत फुट्ने कम्युनिस्टहरु टुट, फुट आपसी अविश्वास र संसयको घेरामा संधै हुन्छन । टुट फुट कम्युनिस्टहरुको विरासत नै हो । व्यक्तित्व टकराव र तनाव हुने, देखिने बित्तिकै सिद्दान्तको झिल्के जामा पहिरेर कम्युनिस्टहरू फुट्न ढिला गर्दैनन् । एक अर्कालाई गद्दार र प्रतिगामीको बिल्ला भिराउन कुनै बिलम्ब गर्दैनन् । संस्थापक कमरेड पुष्पलाल स्वयम गद्दार घोषित नेता हुन् । देशप्रेम र जनप्रेमले राष्ट्रबादी हुनुपर्ने, राष्ट्रको माया र विकास गरेर राष्ट्रप्रेमी हुनुपर्ने । कम्युनिस्टहरु अरु कुनै अमुक शक्ति र छिमेकीलाई गालीगलौज गर्न अनि अर्को कुनै छिमेकीको चाकरी गरेर आफूलाई राष्ट्रवादी ठान्छन । यो नितान्त ठूलो भुल र भ्रम हो । भ्रमको खेति गर्न र भ्रम छर्न, उमार्न अनि भ्रमको बाली लगाउदै भ्रमको फसल बेच्न हाटबजारमा कम्युनिस्टहरू छिटोभन्दा छिटो पुगेको देखिन्छ ।

सपनाको व्यापार, रहरको सजावट र आफ्नो सानो भन्दा सानो कामको पनि आकर्षक बिज्ञापन गर्न र बजार बनाउन कुनै पार्टीले पनि कम्युनिस्टलाई जित्न र उछिन्न सक्दैनन् । जसको कारण पनि कम्युनिस्ट नामको दोकान नेपालमा नचलेको छैन । कम्युनिस्ट पार्टीको आकर्षक नारा र चिप्लो बोलीमा नेपाली जनमत खुब प्रभावित र मोहित छ । मतभेद, बिभाजन , बिभिन्न धार र उपधारमा विभक्त हुँदै कम्युनिस्ट पार्टीको यात्रा चलिरहेको छ । प्रारम्भिक दिनहरुमा रायमाझी, तुलशिलाल, मनमोहन र मोहन बिक्रम धारहरुमा विभाजित कम्युनिस्ट पार्टी समयको पर्वाहसंगै जुट्दै फुट्दै आज झन्डै एक दर्जन पार्टीमा खण्डित र सक्रिय छन तर पनि नेपाली जनताको अधिकतम प्रतिनिधित्व संसदमा यिनीहरु कै छ ।

शक्तिशाली छन तर खण्डित, मण्डित र क्षयीकरणले आक्रान्त छन् । केहि छिन, घण्टा र दिन अघि आँखामा राखेपनि न बिझाउने कामरेडी सम्बन्ध केहि छिन, घण्टा र दिन जस्तो छोटो समयको अन्तरालमा नै आपशी कटुता, संशय अविश्वास र बेमेलले आँखा अघि देख्दा पनि बिझाउने र एक अर्काका कट्टर आलोचक र दुश्मन बन्न हिच्किचाउदैनन् । काटमार र हिंस्रक आक्रमणमा ओर्लन पुग्छन जुन कुरा कम्युनिस्ट आन्दोलनको रोग हैन महारोगको नामले परिचित छ । आफ्नो स्वार्थ पुरा गर्नु पर्दा , बोल्दा , लेख्दा निहित उदेश्यको लागि महिला, दलित, जाति, जनजाति, मुश्लिम, थारु, मधेसी सीमान्तकृत बर्ग क्षेत्र समुदाय र भूगोल भनि चर्को नारा लगाउने कम्युनिस्टहरु आफ्नो पार्टीगत संरचना र सरकारको सहभागितामा उचित प्रतिनिधित्व गराउन र सबैलाई समेट्न सक्दैनन् जसले नारा र ब्यबहारिक पाटोमा फरक देखिन्छ । जुन सामान्य त्रुटी मात्र हैन असमान्य हेलचेक्र्याइँ र विरोधाभाष हो ।

एक जवाना थियो कम्युनिस्ट पार्टी तिनका नेता र कार्यकर्ता जसको अनुशासन फलामे अनुशासन भनेर चिनिन्थ्यो ,सुनिन्थ्यो , देखिन्थ्यो सर्वत्र कम्युनिस्ट पार्टीको अनुशासन र जीवनशैलीको जो सुकै जति सुकै दुश्मनी भए पनि प्रसंसा र चर्चा गर्दथे । अनुकरणीय मानिन्थ्यो । ब्यबस्थित र कार्यकुशलताको बखान गरिन्थ्यो । पढेका बुझेका भद्र ब्यबहारिक र नम्र अनुशासित भनेर कम्युनिस्टको तारिफ गरिन्थ्यो । केहि कम्युनिस्टहरूको जीवन शैली सोच जागरुकता ब्यबहरिकता साच्चै उदाहरण योग्य थियो पनि, जसको परिणाम २०१६ सालको चुनाव भन्दा पछि कम्युनिस्ट जनमत बढ्दो क्रममा आज पर्यन्त उस्तै छ तर आपसी बेमेल र फुटले एकीकृत वर्चस्व र शक्ति आर्जन गरि देशको नेतृत्वमा आउन सकेका छैनन् । यदि कम्युनिस्ट पार्टी मात्र एक हुने हो भने यो देशको अस्थिरता धेरै हद सम्म घटेर जानेछ । एकीकृत कम्युनिस्ट शक्ति हुने हो भने देश संचालनको अभिभारा प्राय कम्युनिस्टको हातमा हुनेछ । जसले गर्दा कम्युनिस्ट इतर शक्ति र पार्टीहरु पनि एक जुट हुन् बाध्य हुनेछन कि एक जुट भएर कम्युनिस्टको वर्चस्व तोड्न मेहनत गर्ने छन कि समाप्त भएर जाने छन ।

अहिले जस्तो एक सिट प्राप्त गरेर संधै सत्ताको हालीमुहालीमा हुने छैनन् । पार्टीहरु कम हुनेछन , जति जति पार्टी कम हुनेछन, त्यति त्यति अस्थिरता कम हुनेछ भएका पार्टीहरु पनि बलिया र आन्तरिकरुपमा पनि सबल र थिर हुनेछन तसर्थ नेपालमा कम्युनिस्ट पार्टीको एकता जरुरि छ, जुन एकताले देशको अस्थिरता भाग्ने छ, भने पार्टीहरु पनि सक्षम र बलशाली हुनेछन । तत्काल कम्युनिस्ट पार्टी मात्र एक हुने हो भने देश नै अरु सवल, सक्षम र गतिशील हुनेछ िआजको कम्युनिस्ट पार्टीको एकता र शक्ति अनि सामर्थ्य वृद्धि र बढोत्तरी भनेको कालान्तरमा अरु पार्टी र शक्ति पनि बलियो संगठित र मजबुत हुनु हो । प्रतिस्पर्धी पार्टी बलियो संस्थागत र सशक्त भयो भने अरु पनि कमजोर र कामचोर भएर बस्न सक्दैनन् अरुलाई पनि कसरि आफु बलियो हुने भन्ने प्रतिस्पर्धी भावनाले छोप्छ जसले गर्दा देश नै गतिशील र एउटा छुटै लयमा हिड्न सक्छ । धारिलो हतियार स्वयम आफैले केहि काट्दैन, जसलाई परिचालित गर्ने हात पनि चाहिन्छ । हतियारले जे पनि काट्न र बिगार्न सक्छ भत्काउन सक्छ तर त्यसलाई ठिक ढंगले परिचालित गरियो भने जो असाध्यै उपयोगी र काम लाग्दो हुनसक्छ ।

तसर्थ देश रुपी हतियारलाई पनि पार्टी रुपी बलियो सुसंगठित र कला पूर्ण र गतिशील हातको आवश्यकता छ जुन हात पार्टीहरु आफैले बनाउने हो । धेरै तर लुला लंगडा अशक्त हातहरु मात्र भएर देश बन्दैन । जनताको रहर र सपना पुरा हुँदैन, त्यसैले शसक्त , थोरै तर बलिया र शिपयुक्त हातहरु हनुपर्छ , शिपयुक्त हातमा हसिया,खुर्पा,कोदाली, हलो र हथौडा पर्नु पर्छ । पैसा,पद ,पावरको त्रिवेणीमा मा मरीहत्ते गर्ने कम्युनिस्ट नेतृत्व रहे र भए सम्म कम्युनिस्ट पार्टीको एकता र मेल सम्भव छैन मदन भण्डारीको जस्तो उदार र फराकिलो छाती सोच र शैली भएको नेता भए भने कम्युनिस्ट एकता ठूलो कुरा हैन । अहिलेका कम्युनिस्ट कोहि पनि सिद्दान्तले कम्युनिस्ट छैनन् र हैनन् तर नाम र कम्युनिस्ट ब्रान्ड भने छोड्न नसकेको मात्र हो ।

केहि अपवादलाई छोड्ने हो भने नेपालमा क्रियाशील ठूला पार्टी तिनका नेता र तिनको सिद्दान्तमा ठूलो अन्तर र गहिरो खाडल छैन केवल शैली सोच र तरिका अनि पार्टी संचालनको परम्परामा मात्र लघुअन्तर र लघुआशंका मात्र हो । कम्युनिस्ट पार्टीमा सिद्दान्तको त्यति अन्तर झन् होस् कसरी ? एउटा गोत्र बंश र थरका बिचमा फरक भनेकै व्यक्ति र व्यक्तिगत मन मुटाव मात्र हुन् । फुट्न ठूलो निहु र सिद्दान्त नचाहिने कम्युनिस्टहरु यदाकदा जुटेको पनि भेटिन्छ तर जुटलाइ भन्दा फुटलाई बढि प्राथमिकता दिने कम्युनिस्टहरु अब जुट्ने महाअभियानमा लाग्नु जरुरि छ ।

आज देशको आवश्यकता पनि यहि हो । देशको अस्थिरता, असुरक्षा, अब्यबस्था र अन्योलको कारक बनेर नेपालका कम्युनिस्टहरु बस्न मिल्दैन । जुट्ने महायज्ञ जुन यजमानले आयोजना गरे पनि चरु हाल्न र सवै कम्युनिस्ट आयोजक बन्न ढिला गर्नु हुन्न यो महायज्ञ जति ढिला भयो त्यति नेपाली जनताको दुर्भाग्य हुनेछ । २०१६ को निर्वाचनमा ४ सिट मात्र जितेको कम्युनिस्ट पार्टी २०६४ को संबिधान सभा चुनावमा झन्डै दुई तिहाई र दोश्रो संबिधान सभामा बहुमत सिट जितेका छन तर आपसी फुट सत्ताको छिनाझपटीको कारण राजनीतिको केन्द्र भागमा रहेर पनि नेतृत्वदायी भूमिकामा खरो उत्रन सकेका छैनन् । नेपाली जनता जगाउने र क्रान्तिको माहौल बनाउन देखि २०४६ को आन्दोलन होस् या २०६२/६३को जसमा योगदानका हिसाबले कम्युनिस्ट पार्टीको भूमिका उलेख्य भए पनि नेतृत्वदायी भूमिकामा भने कांग्रेस कै हालीमुहाली देखिन्छ ।

२००७ को जनक्रान्ति देखि बिबिध समयक्रमम भएको आन्दोलन अनि राजतन्त्रलाई फाल्न समेत सक्रिय र क्रियाशील कम्युनिस्ट पार्टीहरु सत्ता ब्यबस्थापनमा कांग्रेस झैँ कमजोर नै देखिए । आफ्नो शक्ति , सामर्थ्य र औकात देशभर असिम भए पनि आपसी बेमेल, अनेकता, फुट र बिभाजनले कम्युनिस्टहरू निर्वल र गतिहीन बन्न र देशलाई नै नेतृत्व दिन सकिरहेका छैनन् जुन देश र जनताको लागि अभिशाप नै भयो । बिगतका भुल र त्रुटीहरुलाई सच्याएर कम्युनिस्ट पार्टीहरु एकीकृत बनि जानु नै आजको अपरिहार्यता हो यदि पार्टी एकता हुन् सक्दैन भने मोर्चा बनाएर कम्युनिस्ट पार्टी चुनावमा जाने हो भने देशको अस्थिरता घटेर जानेछ । देशमा कम्युनिस्ट पार्टी बलियो हुनु भनेको नेपाली कांग्रेस पार्टी र अरु प्रजातान्त्रिक शक्ति पनि आन्तरिक रुपमा बलिया र समदूरीमा रहेका अरु पार्टी बीच पनि कार्यगत एकता बन्ने र चुनाव फेस गर्ने वातावरण बन्ने छ जसले हाम्रो प्रजातान्त्रिक पद्दति मजबुत र अद्यावधिक हुन् मद्दत पुग्नेछ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विचार,विश्‍लेषण,अन्तरवार्ता
स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाको विजयको राजनीतिक महत्व
स्थानीय निकायको निर्वाचनमा हुन सक्ने षड्यन्त्र र पत्रकारको भूमिका
निर्वाचन आयोगको ध्यानाकर्षण होस
चुनावमा हराएछ मेरो राष्ट्रिय झण्डासंगै राष्ट्रियता पनि
नेताहरुले बुझ्नुपर्ने कुरा
टाढाको सोचाइ
देशको राजनीति कुन मोडमा मोडिदै छ
आजका युवाहरुमा राष्ट्रियताको कमी
जातिय राजनीति, संघीयता र अहिलेको परीबेश
पश्चिमको अन्दोलन र अबको निकास !
हाम्रो पार्टीका लागि गुटबन्दी सबैभन्दा ठूलो आन्तरिक समस्या हो ।
कानूनमा त लेखेको छ तर म मान्दिन - कानूनलाई न मान्ने यस्ता कर्मचारीलाई के भन्ने?
दुनियाँसामु पागल घोषितहुदै जेलनेलको मनोवलबिना असम्भव सामाजिक क्रान्ति
ओली सरकारको हार भयो: तर जीत कस्को भयो ?
लुटतन्त्रमा आधारित नेपालको गणतन्त्र र गुण्डागर्दीको केन्द्र राजनीतिक उद्योग
माओबादीको काँधमा बन्दुक राखेर एमालेलाई प्रहार गर्ने कांग्रेसको रणनीति
आज प्रचण्ड गुटले ओली विरुद्ध खेलेको षड्यन्त्र भोली देउवा गुटले नगर्ला भन्ने आधार के छ ?
बिकल्प: प्रत्क्षय निर्वाचित कार्यकारी
मेरो मामा, रातो नोट र रातो रगत
संस्कृत शिक्षा: उपेक्षा र हानि