arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
अर्थ,वाणिज्य,कृषि समाचार

लगानीका लागि नेपाल उपयुक्त : भारतीय अर्थमन्त्रीtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन १९, विहीवार)

world news

भारतीय अर्थमन्त्री अरुण जेट्लीले बृहत् आर्थिक सम्भावना बोकेको नेपालमा लगानीको उपयुक्त अवसर रहेको बताएका छन् । 

उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा विहीबारदेखि राजधानीमा शुरू भएको दुईदिने नेपाल लगानी सम्मेलनमा विशेष सम्बोधन गर्दै उनले भारतले आर्थिक रुपमा सबल नेपाल देख्न चाहेको बताए । नेपालमा रहेका प्राकृतिक स्रोतलाई परिचालन गरेर मुलुकको आर्थिक विकास गर्न सकिने बताउँदै जेट्लीले ऊर्जा, कृषि, पर्यटन र सिञ्चाइका क्षेत्रमा नेपालमा लगानीका लागि अवसर रहेको बताए । 

नेपाल र भारतले मिलेर ऊर्जा, प्रसारण लाइन, सिञ्चाइ क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा यसलाई थप विस्तार गरेर लैजानुपर्नेमा जोड दिएका छन् । जेट्लीले नेपाल र भारत संस्कृति तथा धार्मिक पर्यटनको क्षेत्रमा लगानीको सम्भावना रहेको पनि बताए । शैक्षिक, चिकित्सा र इन्जिनियरिङ क्षेत्रमा नेपाल र भारतका लगानीकर्ताबीच सहकार्य गरेर अगाडि बढ्न सकिन्छ, उनले भने, हामी आगामी दिनमा लगानीका सम्भावित क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्छौँ । 

लगानीको अवसर सिर्जना गर्नका लागि उद्योगलाई सहज रुपमा भित्रिन र बाहिर सक्ने वातावरण बनाउनुपर्नेमा जेट्लीको जोड थियो । लगानीका लागि नीतिगत अवस्थामा सुधार हुनुपर्ने र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । लगानी विस्तार गर्नका लागि राज्यले दूरगामी कर नीतिलाई ध्यान दिनुपर्ने उनको सुझाव थियो । 

उनले ठूलो लगानीले मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पूर्वाधार विकासलाई अगाडि बढाएर लगानीलाई आकर्षित गर्न सकिन्छ भने ।  सम्मेलनमा भारत, चीन, (हङ्कङ समेत), बङ्गलादेश, श्रीलङ्का, सिङ्गापुर, मलेसिया, अमेरिका, रुस, क्यानाडालगायत दुई दर्जन मुलुकका दुई सय ५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सम्मेलनमा सहभागी छन् । नेपालमा सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले पहिलो पटक वैदेशिक लगानी भित्र्याउन अन्तरराष्ट्रिय सम्मेलन गरेका थिए । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट
सेयर बजारमा सामान्य गिरावट
शेयर बजारमा सामान्य अंकले ऋणात्मक
उतार-चढाव रहँदै आएको सेयर बजार स्थीर
सेयर बजारमा छलाङ जारी
नेपाल टेलिकमले फोन कल गर्न ऋण रकम उपलब्ध गराउने
नेपाल र भारतबीच थप पाँच वर्षको लागि इन्धन आपूर्ति सम्झौता तेल आयातको लागत घट्यो
पछिल्ला महिनामा पूँजीगत खर्चमा सुधार
मागेजति तेल पाउने गरी भोलि भारतसँग इन्धन आपूर्ति सम्झौता
बसभित्रै शौचालय र चमेनागृहको व्यवस्था, डडेल्धुरा काठमाडौं एसी बस सन्चालनमा
सेयर बजारमा उच्च सुधार जारी
आइडिया र भोडाफोन मर्जर हुंदा भारतकै ठूलो टेलिकम कम्पनी बन्यो
देशभर ७१ वटा स्मार्ट पेट्रोलपम्प खुल्ने, १५ वटामा सरकार र साझाको स्वामित्व
सेयर बजार परिसूचक सामान्य अंकले सकारात्मक, कारोबार परिमाणमा गिरावट
नेपाली हवाई क्षेत्रलाई यूरोपियन यूनियनको कालो सूचिबाट हटाउन औपचारिक पहल
सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट
अध्ययन विनै अटो लोन मा कडाई
कर्जा रोकिँदा जग्गाको कारोबार प्रभावित, मातपोत कार्यालयमा सुनसान
शेयर बजारमा उच्च गिरावट
नेपालमा मोबाइल मनी