arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीकोमा कृषिमा जलवायु परिवर्तन अनुकूलनको लागि एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

सुर्य भुसाल 

सन्धिखर्क, अर्घाखाँची । पछिल्लो समयमा तीव्र रुपले जलवायु परिवर्तन भइरहेको छ। जलवायु परिवर्तनले जिल्लामा कृषि र पशुपालन क्षेत्रमा अत्यधिक प्रभाव पारिरहेको छ। जलवायु परिवर्तनलाई रोक्न नसके पनि यसमा कसरी अनुकूलन गर्न सकिन्छ भन्ने बिषयमा कृषिमा जलवायु परिवर्तन अनुकूलन अायोजना अर्घाखाँचीको अायोजनामा एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।


उक्त गोष्ठीको स्थानीय विकास अधिकारी प्रदिप पौडेलले गमलामा पानी राखेर उद्घाटन गर्नुभएको थियो। राष्ट्रिय प्राविधिक संयोजक कृष्ण प्रसाद पन्तले गोष्ठीको र कृषिमा जलवायु परिवर्तन अनुकूलन अायोजनाको लक्ष्य र उद्देश्य माथी प्रकाश पार्नुभएको थियो,जलवायु अनुकूलन र पशुपालन विज्ञ चेतराज उप्रेती र क्षमता विकास तथा कृषि विज्ञ मधुसूदन पौडेलले अाफ्नो अाफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो। 

त्यसैगरी जिल्ला प्राविधिक संयोजक माधव पराजुलीले अायोजना लागू भएका साविकका गा.वि.स.हरु अर्घा,नरपानी, पटौटी, जलुके, सिमलपानी र भगवतीमा कृषि तथा पशुपालनमा के कस्ता समस्याहरू छन् र त्यसलाई कसरी अनुकूलन योजना बनाएर अगाडि बढ्दा राम्रो हुन्छ भनेर कृषकहरुबाट अाएको धारणालाई गोष्ठीमा व्यक्त गर्नुभएको थियो।


कार्यक्रममा मन्तव्य राख्दै बरिस्ठ पशु विकास अधिकृत लोकनाथ पौडेल र बरिस्ठ कृषि विकास अधिकृत जगन्नाथ तिवारीले अायोजना एकदमै राम्रो रहेको र यस्ता योजनाहरु सिमित समय पछि सकिने भएकोले भविष्यमा समेत मार्गदर्शक बन्ने खालको क्रियाकलाप गरे एकदमै राम्रो हुने कुरामा जोड दिनुभएको थियो। 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक एकनारायण कोइराला, महिला विकास अधिकृत दिपा घिमिरे,जिल्ला वन कार्यालयका रेन्जर सञ्जय घिमिरे,जिल्ला कृषि कार्यालय योजना अधिकृत कृपा ढकाल, जिल्ला कृषि कार्यालय बागवानी शाखा अधिकृत अर्जुन देव ज्ञवाली,जिल्ला पशुसेवा कार्यालयका बिष्णु प्रसाद पौडेल,किसान परियोजनाका जनार्दन नेपाल, अर्घाखाँची टेक्निकल ट्रेनिङ स्कुलका प्रिन्सिपल दोर्ण प्रसाद भुसाल, बाली संरक्षण अधिकृत नन्दलाल पाण्डे, भु-संरक्षण प्राविधिक सहायक राम चन्द्र भट्टराई, सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक ठाकुर प्रसाद पाण्डे, पत्रकार महासंघका जिल्ला सचिव सुर्यप्रसाद भुसाल, शिवमदन माध्यमिक बिद्यालय नरपानीका प्रधानाध्यापक राजेन्द्र पाण्डे,सुअाहारा जिल्ला संयोजक दिवस ढकाल, सिचाइ डिभिजन कार्यालयका सव इन्जिनियर अस्मिता भट्टराई, योजना अनुगमन तथा प्रशासकीय अधिकृत दामोदर ज्ञवाली, पशु विकास अधिकृत राधा पाण्डे, वातावरण उर्जा तथा जलवायु अधिकारी सन्तोष घिमिरे, पटौटी गा.वि.स.सामाजिक परिचालक टोमलाल अधिकारी, अर्घा गा.वि.स.सामाजिक परिचालक मेलिना सिंह ठकुरी, नरपानी गा.वि.स.सामाजिक परिचालक अम्बिका थापा, भगवती गा.वि.स.सामाजिक परिचालक गिता पाण्डे, सिमलपानी गा.वि.स.सामाजिक परिचालक कमला वि.सी र जलुके गा.वि.स.सामाजिक परिचालक सिर्जना सारु लगायतको उपस्थिति रहेको थियो।

गोष्ठी स्थानीय विकास अधिकारी प्रदिप पौडेलको अध्यक्षता र अायोजनाको जिल्ला प्राविधिक संयोजक माधव पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
ठाडामा १ करोड अनियमितता गरेको आरोपमा लागेको ताला खुलेन
सिमलपानीमा विजुली आएपछि खुसीयाली
नुवाकोट गाविसको कार्यालयमा तालावन्दी
माघे सक्रान्तीका दिन सन्धिखर्कमा राष्ट्रिय स्तरको भव्य सास्कृतिक कार्यक्रम हुने
सिद्धारामा छात्रवास पाएपछि विद्यार्थीमा खुसीयाली
पानी परेपछि अर्घाखाँचीका कृषकहरुमा खुसियाली
फेसबूकमा अर्घाखाँचीबासी सगंको कुराकानी- देशमा रोजगारका अवसर हुनुपर्छ - प्रवासी युवाहरु
अर्घाखाँचीको खनदहमा वीआर टुगेदर नेपालको भब्य सास्कृतिक कार्यक्रम सम्पन्न
खानेपानीका मुहान सुकेपछि नरपानी खाँचीकोट सितापुर पाली गाविसका सयौं गाउँले सडकमा
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना/१ को घटनास्थलमै मृत्यु
अर्घाखाँचीको केरुङगामा रहेको बोर्डिङ स्कुलको छानो खस्यो / ३ बिद्यार्थी घाइते
अड्गुरीमा जिल्ला स्तरिय निबन्ध प्रतियोगिता सम्पन्न
बागीमा शिक्षा प्रेमीलाई दोसल्ला ओढाएर सम्मान / गोखुंगामा शैक्षिक गुणस्तर बृद्धि बिषयक अन्तरक्रिया सम्पन्न
अर्घाखाँचीमा हात्तीपाईले रोग सम्बन्धी अन्तरक्रिया सम्पन्न
भोली अर्घाखाँचीमा बजार तथा यातायात वन्द हुने
अर्घाखाँची ठाडाको एक बिधालयमा दुई महिना देखी ताला
अर्घाखाँचीमा मुल्य सुची बिना ब्यवसायी धन्दा चलाऊने/उपभोत्ता ठगिने क्रम जारी स्थानिय निकाय रमिते
मलेसियामा हत्या अभियोगमा पक्राउ परेका अर्घाखाँचीका सुरजको फैसला २८ गते
लोपोन्मुख हिम्पै तथा सुनीमा गिती नाटक सम्बन्धि छलफल
अड्गुरि गा.बि.स. को योजना तर्जूमा बैठक आज सम्पन्न