arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीकोमा कृषिमा जलवायु परिवर्तन अनुकूलनको लागि एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

सुर्य भुसाल 

सन्धिखर्क, अर्घाखाँची । पछिल्लो समयमा तीव्र रुपले जलवायु परिवर्तन भइरहेको छ। जलवायु परिवर्तनले जिल्लामा कृषि र पशुपालन क्षेत्रमा अत्यधिक प्रभाव पारिरहेको छ। जलवायु परिवर्तनलाई रोक्न नसके पनि यसमा कसरी अनुकूलन गर्न सकिन्छ भन्ने बिषयमा कृषिमा जलवायु परिवर्तन अनुकूलन अायोजना अर्घाखाँचीको अायोजनामा एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।


उक्त गोष्ठीको स्थानीय विकास अधिकारी प्रदिप पौडेलले गमलामा पानी राखेर उद्घाटन गर्नुभएको थियो। राष्ट्रिय प्राविधिक संयोजक कृष्ण प्रसाद पन्तले गोष्ठीको र कृषिमा जलवायु परिवर्तन अनुकूलन अायोजनाको लक्ष्य र उद्देश्य माथी प्रकाश पार्नुभएको थियो,जलवायु अनुकूलन र पशुपालन विज्ञ चेतराज उप्रेती र क्षमता विकास तथा कृषि विज्ञ मधुसूदन पौडेलले अाफ्नो अाफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो। 

त्यसैगरी जिल्ला प्राविधिक संयोजक माधव पराजुलीले अायोजना लागू भएका साविकका गा.वि.स.हरु अर्घा,नरपानी, पटौटी, जलुके, सिमलपानी र भगवतीमा कृषि तथा पशुपालनमा के कस्ता समस्याहरू छन् र त्यसलाई कसरी अनुकूलन योजना बनाएर अगाडि बढ्दा राम्रो हुन्छ भनेर कृषकहरुबाट अाएको धारणालाई गोष्ठीमा व्यक्त गर्नुभएको थियो।


कार्यक्रममा मन्तव्य राख्दै बरिस्ठ पशु विकास अधिकृत लोकनाथ पौडेल र बरिस्ठ कृषि विकास अधिकृत जगन्नाथ तिवारीले अायोजना एकदमै राम्रो रहेको र यस्ता योजनाहरु सिमित समय पछि सकिने भएकोले भविष्यमा समेत मार्गदर्शक बन्ने खालको क्रियाकलाप गरे एकदमै राम्रो हुने कुरामा जोड दिनुभएको थियो। 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक एकनारायण कोइराला, महिला विकास अधिकृत दिपा घिमिरे,जिल्ला वन कार्यालयका रेन्जर सञ्जय घिमिरे,जिल्ला कृषि कार्यालय योजना अधिकृत कृपा ढकाल, जिल्ला कृषि कार्यालय बागवानी शाखा अधिकृत अर्जुन देव ज्ञवाली,जिल्ला पशुसेवा कार्यालयका बिष्णु प्रसाद पौडेल,किसान परियोजनाका जनार्दन नेपाल, अर्घाखाँची टेक्निकल ट्रेनिङ स्कुलका प्रिन्सिपल दोर्ण प्रसाद भुसाल, बाली संरक्षण अधिकृत नन्दलाल पाण्डे, भु-संरक्षण प्राविधिक सहायक राम चन्द्र भट्टराई, सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक ठाकुर प्रसाद पाण्डे, पत्रकार महासंघका जिल्ला सचिव सुर्यप्रसाद भुसाल, शिवमदन माध्यमिक बिद्यालय नरपानीका प्रधानाध्यापक राजेन्द्र पाण्डे,सुअाहारा जिल्ला संयोजक दिवस ढकाल, सिचाइ डिभिजन कार्यालयका सव इन्जिनियर अस्मिता भट्टराई, योजना अनुगमन तथा प्रशासकीय अधिकृत दामोदर ज्ञवाली, पशु विकास अधिकृत राधा पाण्डे, वातावरण उर्जा तथा जलवायु अधिकारी सन्तोष घिमिरे, पटौटी गा.वि.स.सामाजिक परिचालक टोमलाल अधिकारी, अर्घा गा.वि.स.सामाजिक परिचालक मेलिना सिंह ठकुरी, नरपानी गा.वि.स.सामाजिक परिचालक अम्बिका थापा, भगवती गा.वि.स.सामाजिक परिचालक गिता पाण्डे, सिमलपानी गा.वि.स.सामाजिक परिचालक कमला वि.सी र जलुके गा.वि.स.सामाजिक परिचालक सिर्जना सारु लगायतको उपस्थिति रहेको थियो।

गोष्ठी स्थानीय विकास अधिकारी प्रदिप पौडेलको अध्यक्षता र अायोजनाको जिल्ला प्राविधिक संयोजक माधव पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
साउदी अरबमा एक अर्घाखाँचीबासी नेपालीको प्रहरी गाडीको ठक्करबाट मृत्यु
अर्घाखाँचीमा रेडियो देउरालीको आयोजनामा खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न
राष्टिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीद्धारा श्रद्धान्जली सभामा
नरेश बहादुर जीवनरक्षा अभियानका लागि कतारबाट आर्थिक सह्योग
नेपालका १०१ प्रभावशाली महिलाहरुमा अर्घाखाँचीका महिलाहरु
अखिल नेपाल महिला संघद्दारा अर्घाखाँचीको सन्धिखर्कमा विरोध सभाको आयोजना
अर्घाखाँचीमा रथ एवम रोपाइ जात्रा
अनेरास्ववियूद्धारा जिल्ला प्रशाशन कार्यालय अर्घाखाँचीमा धर्ना
श्रीकृष्ण जन्माष्टमी अवसरमा अर्घाखाँचीभर धुमधामका साथ पुजा आरधना
अर्घाखाँची - काठमाडौं सम्पर्क समाजको बैठक सम्पन्न
अर्घाखाँची पोखरा सम्पर्क समाजको महाधिवेशन सम्पन्न
नेपाली काग्रेस अर्घाखाँचीको घरदैलो अभियान सकियो
स्थानियको तिब्र बिरोधपछि सन्धिखर्क नगरपालिकामा चार गाविस थपिए
धारापानीका सवारी धनीद्धारा गाडी बन्द
अर्घाखाँची गोखुङ्गाका पर्यटकीय दृश्यहरु
खोलाले वगाउदा आमाको मृत्‍यु, छोरी पौडेर बाचिन
प्रशासनमा यातायात व्यवसायीको धर्ना
एमाले ढिकुराको कार्यकर्ता भेला सम्पन्न
अर्घाखाँचीमा एसएलसी पुरक परीक्षामा आज १० जना बिद्यार्थी निस्कासित
सहकारीले अर्घाखाँचीका गाउँ ऋण मुक्त