arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीकोमा कृषिमा जलवायु परिवर्तन अनुकूलनको लागि एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

सुर्य भुसाल 

सन्धिखर्क, अर्घाखाँची । पछिल्लो समयमा तीव्र रुपले जलवायु परिवर्तन भइरहेको छ। जलवायु परिवर्तनले जिल्लामा कृषि र पशुपालन क्षेत्रमा अत्यधिक प्रभाव पारिरहेको छ। जलवायु परिवर्तनलाई रोक्न नसके पनि यसमा कसरी अनुकूलन गर्न सकिन्छ भन्ने बिषयमा कृषिमा जलवायु परिवर्तन अनुकूलन अायोजना अर्घाखाँचीको अायोजनामा एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।


उक्त गोष्ठीको स्थानीय विकास अधिकारी प्रदिप पौडेलले गमलामा पानी राखेर उद्घाटन गर्नुभएको थियो। राष्ट्रिय प्राविधिक संयोजक कृष्ण प्रसाद पन्तले गोष्ठीको र कृषिमा जलवायु परिवर्तन अनुकूलन अायोजनाको लक्ष्य र उद्देश्य माथी प्रकाश पार्नुभएको थियो,जलवायु अनुकूलन र पशुपालन विज्ञ चेतराज उप्रेती र क्षमता विकास तथा कृषि विज्ञ मधुसूदन पौडेलले अाफ्नो अाफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो। 

त्यसैगरी जिल्ला प्राविधिक संयोजक माधव पराजुलीले अायोजना लागू भएका साविकका गा.वि.स.हरु अर्घा,नरपानी, पटौटी, जलुके, सिमलपानी र भगवतीमा कृषि तथा पशुपालनमा के कस्ता समस्याहरू छन् र त्यसलाई कसरी अनुकूलन योजना बनाएर अगाडि बढ्दा राम्रो हुन्छ भनेर कृषकहरुबाट अाएको धारणालाई गोष्ठीमा व्यक्त गर्नुभएको थियो।


कार्यक्रममा मन्तव्य राख्दै बरिस्ठ पशु विकास अधिकृत लोकनाथ पौडेल र बरिस्ठ कृषि विकास अधिकृत जगन्नाथ तिवारीले अायोजना एकदमै राम्रो रहेको र यस्ता योजनाहरु सिमित समय पछि सकिने भएकोले भविष्यमा समेत मार्गदर्शक बन्ने खालको क्रियाकलाप गरे एकदमै राम्रो हुने कुरामा जोड दिनुभएको थियो। 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक एकनारायण कोइराला, महिला विकास अधिकृत दिपा घिमिरे,जिल्ला वन कार्यालयका रेन्जर सञ्जय घिमिरे,जिल्ला कृषि कार्यालय योजना अधिकृत कृपा ढकाल, जिल्ला कृषि कार्यालय बागवानी शाखा अधिकृत अर्जुन देव ज्ञवाली,जिल्ला पशुसेवा कार्यालयका बिष्णु प्रसाद पौडेल,किसान परियोजनाका जनार्दन नेपाल, अर्घाखाँची टेक्निकल ट्रेनिङ स्कुलका प्रिन्सिपल दोर्ण प्रसाद भुसाल, बाली संरक्षण अधिकृत नन्दलाल पाण्डे, भु-संरक्षण प्राविधिक सहायक राम चन्द्र भट्टराई, सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक ठाकुर प्रसाद पाण्डे, पत्रकार महासंघका जिल्ला सचिव सुर्यप्रसाद भुसाल, शिवमदन माध्यमिक बिद्यालय नरपानीका प्रधानाध्यापक राजेन्द्र पाण्डे,सुअाहारा जिल्ला संयोजक दिवस ढकाल, सिचाइ डिभिजन कार्यालयका सव इन्जिनियर अस्मिता भट्टराई, योजना अनुगमन तथा प्रशासकीय अधिकृत दामोदर ज्ञवाली, पशु विकास अधिकृत राधा पाण्डे, वातावरण उर्जा तथा जलवायु अधिकारी सन्तोष घिमिरे, पटौटी गा.वि.स.सामाजिक परिचालक टोमलाल अधिकारी, अर्घा गा.वि.स.सामाजिक परिचालक मेलिना सिंह ठकुरी, नरपानी गा.वि.स.सामाजिक परिचालक अम्बिका थापा, भगवती गा.वि.स.सामाजिक परिचालक गिता पाण्डे, सिमलपानी गा.वि.स.सामाजिक परिचालक कमला वि.सी र जलुके गा.वि.स.सामाजिक परिचालक सिर्जना सारु लगायतको उपस्थिति रहेको थियो।

गोष्ठी स्थानीय विकास अधिकारी प्रदिप पौडेलको अध्यक्षता र अायोजनाको जिल्ला प्राविधिक संयोजक माधव पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
शितगंगा नगरपालिका -१४ मा नगर स्तरीय तिज गीत प्रतियोगिता सम्पन्न
सन्धिखर्कको शान्ति बगैंचा फोहोर, कुरूप र उजाड बन्दै
जिल्ला समन्वय समिति अर्घाखाँचीको प्रमुख पदमा कांग्रेसका पिताम्बर शर्मा निर्विरोध निर्वाचित
छत्रदेवका विभिन्न स्थानमा रोपाइँ जात्रा सम्पन्न
अर्घामा लाखे जात्रा निकालियो , डिभर्ना, सल्लिकोट, भक्तिटोलामा निकालिँदै
पैसाको अभावमा छत्रदेब गाउँपालिका भगवती ढिकुराका १४ वर्षीय बालकको मृत्‍यु
मालारानी गाऊँपालिकाको खनदहका मृगौला पिडित पिताम्बरलाई कोरियाबाट सहयोग रकम हस्तान्तरण
सन्धिखर्कमा सम्पन्न खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि अशाेक भुसालको समुहलाई
परिवर्तनशिल युवा क्लव ढाकाबाङ्गद्धारा तीज गीत प्रतियोगिता सम्पन्न
मालारानी गाँउपालीका मेहेलपानीका मसाल नेता थापाको निधन
एमाले अर्घाखाँचीले ग-यो चुनावमा अन्तरघात गर्ने ११ जनालाई कार्वाही
जिल्ला स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
राजमो पाणीनी गाँउपालीकाको भेला सम्पन्न
नुवाकोट दिपज्योति युवा परिषदको दोस्रो साधारण सभा तथा जनप्रतिनिधीहरुलाई स्वागत कार्यक्रम सम्पन्न
अर्घाखाँचीका बिभिन्न स्थानमा गाइजात्रा निकालियो
अध्ययन सँगै बुटवल र काठमाडौमा रहेका अर्घाखाँचीका विद्यार्थीहरु सामाजिक कार्यमा सक्रीय
अर्घाखाँचीमा हिमपाई पर्व र रोपाईजात्रा
नेपाल राहत शिक्षक जिल्ला समिति अर्घाखाँचीको बैठक सम्पन्न
२३ औ बिश्व आदिबासी दिबस अर्घाखाँचीमा पनि मनाईयो
सन्धिखर्कको पाणिनी बहुमुखी क्याम्पसमा तिज विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न (तस्बिर सहित)