arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीकोमा कृषिमा जलवायु परिवर्तन अनुकूलनको लागि एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

सुर्य भुसाल 

सन्धिखर्क, अर्घाखाँची । पछिल्लो समयमा तीव्र रुपले जलवायु परिवर्तन भइरहेको छ। जलवायु परिवर्तनले जिल्लामा कृषि र पशुपालन क्षेत्रमा अत्यधिक प्रभाव पारिरहेको छ। जलवायु परिवर्तनलाई रोक्न नसके पनि यसमा कसरी अनुकूलन गर्न सकिन्छ भन्ने बिषयमा कृषिमा जलवायु परिवर्तन अनुकूलन अायोजना अर्घाखाँचीको अायोजनामा एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।


उक्त गोष्ठीको स्थानीय विकास अधिकारी प्रदिप पौडेलले गमलामा पानी राखेर उद्घाटन गर्नुभएको थियो। राष्ट्रिय प्राविधिक संयोजक कृष्ण प्रसाद पन्तले गोष्ठीको र कृषिमा जलवायु परिवर्तन अनुकूलन अायोजनाको लक्ष्य र उद्देश्य माथी प्रकाश पार्नुभएको थियो,जलवायु अनुकूलन र पशुपालन विज्ञ चेतराज उप्रेती र क्षमता विकास तथा कृषि विज्ञ मधुसूदन पौडेलले अाफ्नो अाफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो। 

त्यसैगरी जिल्ला प्राविधिक संयोजक माधव पराजुलीले अायोजना लागू भएका साविकका गा.वि.स.हरु अर्घा,नरपानी, पटौटी, जलुके, सिमलपानी र भगवतीमा कृषि तथा पशुपालनमा के कस्ता समस्याहरू छन् र त्यसलाई कसरी अनुकूलन योजना बनाएर अगाडि बढ्दा राम्रो हुन्छ भनेर कृषकहरुबाट अाएको धारणालाई गोष्ठीमा व्यक्त गर्नुभएको थियो।


कार्यक्रममा मन्तव्य राख्दै बरिस्ठ पशु विकास अधिकृत लोकनाथ पौडेल र बरिस्ठ कृषि विकास अधिकृत जगन्नाथ तिवारीले अायोजना एकदमै राम्रो रहेको र यस्ता योजनाहरु सिमित समय पछि सकिने भएकोले भविष्यमा समेत मार्गदर्शक बन्ने खालको क्रियाकलाप गरे एकदमै राम्रो हुने कुरामा जोड दिनुभएको थियो। 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक एकनारायण कोइराला, महिला विकास अधिकृत दिपा घिमिरे,जिल्ला वन कार्यालयका रेन्जर सञ्जय घिमिरे,जिल्ला कृषि कार्यालय योजना अधिकृत कृपा ढकाल, जिल्ला कृषि कार्यालय बागवानी शाखा अधिकृत अर्जुन देव ज्ञवाली,जिल्ला पशुसेवा कार्यालयका बिष्णु प्रसाद पौडेल,किसान परियोजनाका जनार्दन नेपाल, अर्घाखाँची टेक्निकल ट्रेनिङ स्कुलका प्रिन्सिपल दोर्ण प्रसाद भुसाल, बाली संरक्षण अधिकृत नन्दलाल पाण्डे, भु-संरक्षण प्राविधिक सहायक राम चन्द्र भट्टराई, सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक ठाकुर प्रसाद पाण्डे, पत्रकार महासंघका जिल्ला सचिव सुर्यप्रसाद भुसाल, शिवमदन माध्यमिक बिद्यालय नरपानीका प्रधानाध्यापक राजेन्द्र पाण्डे,सुअाहारा जिल्ला संयोजक दिवस ढकाल, सिचाइ डिभिजन कार्यालयका सव इन्जिनियर अस्मिता भट्टराई, योजना अनुगमन तथा प्रशासकीय अधिकृत दामोदर ज्ञवाली, पशु विकास अधिकृत राधा पाण्डे, वातावरण उर्जा तथा जलवायु अधिकारी सन्तोष घिमिरे, पटौटी गा.वि.स.सामाजिक परिचालक टोमलाल अधिकारी, अर्घा गा.वि.स.सामाजिक परिचालक मेलिना सिंह ठकुरी, नरपानी गा.वि.स.सामाजिक परिचालक अम्बिका थापा, भगवती गा.वि.स.सामाजिक परिचालक गिता पाण्डे, सिमलपानी गा.वि.स.सामाजिक परिचालक कमला वि.सी र जलुके गा.वि.स.सामाजिक परिचालक सिर्जना सारु लगायतको उपस्थिति रहेको थियो।

गोष्ठी स्थानीय विकास अधिकारी प्रदिप पौडेलको अध्यक्षता र अायोजनाको जिल्ला प्राविधिक संयोजक माधव पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्कको बलेवाङमा दाजुभाईको बीच श्रीमतीको बिषयमा झगडा हुँदा भाईको हत्या
जलुकेको लामातालमा पोल गाडेको १० वर्ष हुँदा पनि बिजुली आएन (तस्बिर सहित)
सिद्धारामा रोल्पालीको जमघट बाक्लिँदै
प्रहरीद्दारा खनदहका विद्यार्थीहरुलाई लागु औषध, लैङ्गिक बिभेद, बाल बिवाह , विधुतिय अपराध सम्बन्धी प्रशिक्षण
सन्धिखर्कमा सामाजिक जवाफदेहिता र पारदर्शीताका लागि श्रोत समुह गठन (तस्बिर सहित)
अखिल छैठौं अर्घाखाँचीको फागुन ४ गते बिस्तारित बैठक हुने
अर्घाखाँचीमा भोलिदेखि क्रीकेट अर्घाखाँची सुपर सिक्स २०७४ हुने
अर्घाखाँचीमा पहिलो पटक बुहारीले ससुरा बुबालाई दागबत्ती दिइन्
अर्घाखाँचीका एक युवाको भारतको बैंगलोरमा घरको छतबाट खसेर निधन
सन्धिखर्कमा सूचनाको हक सम्बन्धी अभियान सम्पन्न (तस्बिर सहित)
राष्ट्रियसभा सदस्यको लागि प्रदेश नम्बर ५ मा अर्घाखाँचीका चन्द्र बहादुर खड्का बिजयी
सन्धिखर्कको बागीखोलामा एक महिला मृत फेला
सन्धिखर्कको घोचेखोलामा शिवालय मन्दिर तथा पार्कको शिलान्यास (तस्बिर सहित)
पत्रकार महासंघ अर्घाखाँची अध्यक्षका हिमबहादुर जि.सी अर्घाखाँचीडट्कमसँग रुष्ट, झुट्टा आरोप
प्रेस चौतारी अर्घाखाँचीद्दारा वार्षिकोत्सव अवसरमा जिल्ला अस्पताल अर्घाखाँचीमा बिरामीहरुलाई फलफूल
छत्रगञ्ज काठमाडौँ सम्पर्क समाजको बनभोज सम्पन्न, "उई खोलीको पानी" गीतमा छमछमी नाचे छत्रगञ्जेली (तस्बिर सहित)
प्रदेश सांसदहरूद्दारा अर्घाखाँचीको सम्मृद्धि र विकासमा जोड
हंसपुर रतनमारेका अनिल थापा लमहीको नापीशाखा कार्यालयमा झुन्डिएरको अवस्थामा मृत फेला
सुवर्णखालमा सूचनाकाे हक सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
डिभर्नाको सल्लिकोटमा ज्ञानपुञ्ज रेडियो श्रोता समुहको गठन
http://go.oclaserver.com/afu.php?zoneid=1465736