arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

अर्घाखाँचीकोमा कृषिमा जलवायु परिवर्तन अनुकूलनको लागि एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

सुर्य भुसाल 

सन्धिखर्क, अर्घाखाँची । पछिल्लो समयमा तीव्र रुपले जलवायु परिवर्तन भइरहेको छ। जलवायु परिवर्तनले जिल्लामा कृषि र पशुपालन क्षेत्रमा अत्यधिक प्रभाव पारिरहेको छ। जलवायु परिवर्तनलाई रोक्न नसके पनि यसमा कसरी अनुकूलन गर्न सकिन्छ भन्ने बिषयमा कृषिमा जलवायु परिवर्तन अनुकूलन अायोजना अर्घाखाँचीको अायोजनामा एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।


उक्त गोष्ठीको स्थानीय विकास अधिकारी प्रदिप पौडेलले गमलामा पानी राखेर उद्घाटन गर्नुभएको थियो। राष्ट्रिय प्राविधिक संयोजक कृष्ण प्रसाद पन्तले गोष्ठीको र कृषिमा जलवायु परिवर्तन अनुकूलन अायोजनाको लक्ष्य र उद्देश्य माथी प्रकाश पार्नुभएको थियो,जलवायु अनुकूलन र पशुपालन विज्ञ चेतराज उप्रेती र क्षमता विकास तथा कृषि विज्ञ मधुसूदन पौडेलले अाफ्नो अाफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो। 

त्यसैगरी जिल्ला प्राविधिक संयोजक माधव पराजुलीले अायोजना लागू भएका साविकका गा.वि.स.हरु अर्घा,नरपानी, पटौटी, जलुके, सिमलपानी र भगवतीमा कृषि तथा पशुपालनमा के कस्ता समस्याहरू छन् र त्यसलाई कसरी अनुकूलन योजना बनाएर अगाडि बढ्दा राम्रो हुन्छ भनेर कृषकहरुबाट अाएको धारणालाई गोष्ठीमा व्यक्त गर्नुभएको थियो।


कार्यक्रममा मन्तव्य राख्दै बरिस्ठ पशु विकास अधिकृत लोकनाथ पौडेल र बरिस्ठ कृषि विकास अधिकृत जगन्नाथ तिवारीले अायोजना एकदमै राम्रो रहेको र यस्ता योजनाहरु सिमित समय पछि सकिने भएकोले भविष्यमा समेत मार्गदर्शक बन्ने खालको क्रियाकलाप गरे एकदमै राम्रो हुने कुरामा जोड दिनुभएको थियो। 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक एकनारायण कोइराला, महिला विकास अधिकृत दिपा घिमिरे,जिल्ला वन कार्यालयका रेन्जर सञ्जय घिमिरे,जिल्ला कृषि कार्यालय योजना अधिकृत कृपा ढकाल, जिल्ला कृषि कार्यालय बागवानी शाखा अधिकृत अर्जुन देव ज्ञवाली,जिल्ला पशुसेवा कार्यालयका बिष्णु प्रसाद पौडेल,किसान परियोजनाका जनार्दन नेपाल, अर्घाखाँची टेक्निकल ट्रेनिङ स्कुलका प्रिन्सिपल दोर्ण प्रसाद भुसाल, बाली संरक्षण अधिकृत नन्दलाल पाण्डे, भु-संरक्षण प्राविधिक सहायक राम चन्द्र भट्टराई, सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक ठाकुर प्रसाद पाण्डे, पत्रकार महासंघका जिल्ला सचिव सुर्यप्रसाद भुसाल, शिवमदन माध्यमिक बिद्यालय नरपानीका प्रधानाध्यापक राजेन्द्र पाण्डे,सुअाहारा जिल्ला संयोजक दिवस ढकाल, सिचाइ डिभिजन कार्यालयका सव इन्जिनियर अस्मिता भट्टराई, योजना अनुगमन तथा प्रशासकीय अधिकृत दामोदर ज्ञवाली, पशु विकास अधिकृत राधा पाण्डे, वातावरण उर्जा तथा जलवायु अधिकारी सन्तोष घिमिरे, पटौटी गा.वि.स.सामाजिक परिचालक टोमलाल अधिकारी, अर्घा गा.वि.स.सामाजिक परिचालक मेलिना सिंह ठकुरी, नरपानी गा.वि.स.सामाजिक परिचालक अम्बिका थापा, भगवती गा.वि.स.सामाजिक परिचालक गिता पाण्डे, सिमलपानी गा.वि.स.सामाजिक परिचालक कमला वि.सी र जलुके गा.वि.स.सामाजिक परिचालक सिर्जना सारु लगायतको उपस्थिति रहेको थियो।

गोष्ठी स्थानीय विकास अधिकारी प्रदिप पौडेलको अध्यक्षता र अायोजनाको जिल्ला प्राविधिक संयोजक माधव पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीलाई स्थानिय निर्बाचनको रौनक
अर्घाखाँचीमा कांग्रेस एमालेलाई राष्ट्रिय जनमोर्चाको डर
सुपा देउराली मन्दिर नजिक नयाँ गुफा फेला, मानिसहरुको भिड ( फोटो फिचर)
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीद्वारा निर्वाचनको तयारी तिब्र
मालारानी गाउँपालिकाको हंसपुरमा एमालेका ९० जना कार्यकर्ता पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश
भुुमिकास्थान नगरपालिकाको सानडेवा ढिकुरामा विभिन्न पार्टी परित्याग गरि ५६ जना एमालेमा प्रवेश
पाणिनी गाउँपालिकाका अड्गुरी झन्द्रेक र पोखराथोकमा गर्भवती, स्वमसेविका र कृषकलाई तालिम
सन्धिखर्कमा सूचनाको हकलाई कार्यान्वयन र जनचेतना फैलाउन सिआईजीको सचेतना कार्यक्रम
नेपाल शिक्षक संघ अर्घाखाँचीको आठौं जिल्ला अधिबेशन सन्धिखर्कमा सम्पन्न
सन्धिखर्कमा नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७४-७५ का लागि पूर्व वजेटतालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा विश्व क्षयरोग दिवस मनाइयो
मालारानी नगरपालिकाको हंसपुरमा एक जनाको भिरबाट लडेर निधन
नयाँ प्रमुख जिल्ला अधिकारीद्वारा अर्घाखाँचीको शान्ति सुरक्षाका लागि प्रहरी प्रशासन पुर्ण रुपमा प्रतिबद्ध रहेको उल्लेख
अर्घाखाँचीभर चुनावी अभियान शुरु
छत्रदेव गाउँपालिकाको ठूलापोखराका १२ केजी तौल भएका पूर्वशिक्षक कृष्णप्रसाद पौडेललाई सरकारले सहयोग गर्ने
एमाले जिल्ला सचिवालयको बैठक सन्धिखर्कमा सम्पन्न
सन्धिखर्कमा राप्रपाको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
सन्धिखर्क नगरपालिकाका प्रमुख ज्ञवालीद्वारा नगर क्षेत्रको बिकासका लागि पूर्णरुपमा पहल गर्ने उल्लेख
अड्गुरीमा घरायसी खाद्यान्न उत्पादन सम्बन्धि २ दिने तालिम सम्पन्न, पाेखराथाेकमा शुरु
अर्घाखाँचीमा शिक्षक संघ अधिबेसनको तयारी पुरा