arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्कको बाँगी खाेलामा सरसफाइ कार्यक्रम सम्पन्न text size increase   text size decrease   Print    rss (२०७४ पौष २९, शनिवार)

world news

प्रेम खड्का

सन्धिखर्क । ग्लाेबल सेनिटेसन फण्ड यु एन हेविटाटकाे सहयाेग, प्रकाश सचेतन समूहकाे सहजीकरण र सन्धिखर्क नगरपालिकाकाे अायाेजनामा बाँगी खाेला सरसफाइ गरियाे ।

 सन्धिखर्क नगरपालिकाका उप मेयर ठाकुर कुमार विश्वकर्माकाे अध्यक्षतामा अाज बिहान ८ : ३० बजे देखि १०: ३० बजेसम्म ईन्द्रेणी र शान्ति बगैंचा टाेल विकास संस्था बिचमा पर्ने फलामे पुल मुनिकाे बाँगी खाेला क्षेत्रलाई डाेजर समेत लगायर सरसफाइ गरियाे । पुल माथीबाट तल खाेलाकाे छेउछाउ तथा बिचकाे भागमा फालिएका बाेराका बाेरा तथा प्लाष्टिकका झाेलाहरूमा फ्याकिएका फाेहाेरहरू त्यहाँबाट उठाएर ट्रकमा राख्न समेत नसकिने ठाउँमा अत्यधिक फाेहाेर भएपछि डाेजर लगाईएकाे हाे । 

नदी सरसफाई अभियानमा फाेहाेरमैला व्यवस्थापन गर्न र नदीकाे सरसफाइ कायम राख्नु पर्नेमा दुबै टाेल विकास संस्था अन्तर्गतका बासिन्दाहरू, छाँया पाेलिक्लिक लगायतका बजार व्यवसायी अादि लाग्नु पर्ने र साैजन्य खाेजेर भएपनि ठाउँ ठाउँमा सचेतना तथा सावधान मुलक बाेर्ड राख्नु पर्ने धारणा यु एन हेविटाटका जिल्ला संयाेजक बिष्णु दवाडीले राख्नु भएकाे थियाे । 

अाजका नदी सरसफाइ अभियानकाे अध्यक्ष तथा सन्धिखर्क नगरपालिकाका उप प्रमुख ठाकुर बिश्वकर्माले यसरी फाेहाेर फाल्नु नागरिककाे सरसफाइमा गैरजिम्मेवारी पन भएकाे हुँदा नेपाल  सरकारले ताेके बमाेजिम रू ५ सय देखि ५ हजार  जरिवाना नगरेसम्म शहरमा बस्ने शिक्षित तर नगरपालिकालाई सरसफाइ कर नतिरी जथाभावी यसरी फाेहाेर फाल्ने सभ्य समाजका शत्रुलाई कार्वाही गरेरै भएपनि नदी क्षेत्र तथा सन्धिखर्क नगरपालिकालाई सफा र स्वच्छ बनाउने धारणा ब्यक्त गर्नु भएकाे थियाे । 

नदी सरसफाई अभियानमा सनपा १ का अध्यक्ष युवराज वन्जाडे, वडा न २ का अध्यक्ष माेतिजंग रायमाझी, प्रकाश सचेतन समुहका निर्देशक प्रेम नारायण गैरे, कार्यक्रम संयाेजक भविश्वर पाैडेल, वास अफिसर श्यामसुन्दर ढुंगाना, ईन्द्रेणी टाेल विकास समितिका अध्यक्ष, शान्ति बगैँचा टाेल बिकास समितिका सचिव, विभिन्न सरकारी तथा गैरसरकारी निकायका  प्रतिनिधिहरू, पत्रकार र सर्वसाधारण गरि करिब ७० काे सहभागिता रहेकाे थियाे । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
बिद्यार्थी संगठनका माग सम्बन्धमा पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँचीमा अन्तकृया
अर्घाखाँचीमा चिट चोराएको समाचारले परीक्षा नियन्त्रण कार्यालयले छानबिन थाल्यो
यौन सम्पर्क गर्न नदिएको भन्दै कुटाइ खाएकी एक किशोरीले गुल्मीमा दिईन उजुरी
अर्घाखाँचीमा चैतमासको हुरीले गर्दा आगलागी हुनेक्रम बढ्यो, ३ लाख बराबरको क्षती
दोषी प्रहरी जवान कार्यालय बाटै फरार/दोस्री श्रीमती अर्घाखाँचीमा एसएलसी दिदै
नयाँ सविधान निर्माणको लागी एकजुट हुन आग्रह
अर्घाखाँचीमा जिशिका कर्मचारी,केन्द्राध्यक्ष नै एसएलसी परिक्षामा चिट चोराउन सहयोगी
अर्घाखाँचीको गाउगाउमा गिरिजा बाबुको सम्झनामा शोक सभा
चन्दासगै शिक्षाको ज्योती फैलाउदै अर्घाखाँचीकी चित्रकलाको कथा
खडेरी बड्यौ / अर्घाखाँचीमा मुहान सुक्न थाले
अर्घाखाँचीका गाउगाउमा विमा गर्नेको शख्या बढे्
तरकारी उत्पादन केन्द्र बन्दैछ अर्घाखाँचीको किमडाडा र जगत गाउ
जापानको सहयोगमा अर्घाखाँचीको सितापुरमा पाँच कोठाको बिधालय भवनको निर्माण
अर्घाखाँचीका अधिकांश गाविसहरुमा सहकारी पसलको रमक दुरुपयोग भएको खुलासा
अर्घाखाँचीको जलुकेमा पिउनेपानी सुबिधा पुगेपछि बिरामी हुनेको सख्या घट्यो
कोइरालाको निधनले अर्घाखाँची स्वर्तस्फुर्त रुपमा बन्द,जिल्ला शोकमग्न
युग पुरुष कोइरालाको निधनबाट अर्घाखाँचीबासी, राजनितिक पङ्क्ति स्तब्ध र शोकमग्न
अर्घाखाँचीमा सामुदायिक वन भित्र गैर कानुनी सड्क, स्थानिय बासिन्दाको आपत्ति
अर्घाखाँचीको जुकेनामा आगलागी,५ लाख बराबरको क्षति
भृकृटी विकास बैंकले अर्घाखाचीमा शाखा खोल्ने, स्थानियलाई सहयोग मिल्ने आशा
http://go.oclaserver.com/afu.php?zoneid=1465736