arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

साहित्यकार प्रेमा शाह र संगीतकार चन्द्रराज शर्माको निधनtext size increase   text size decrease   Print    rss (२०७४ पौष ६, विहीवार)


साहित्यकार प्रेमा शाह र संगीतकार चन्द्रराज शर्माको बिहीबार निधन भएको छ ।

शाहको उपचारका क्रममा अमेरिकाको ‘साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन’ अस्पतालमा ७२ वर्षका उमेरमा बिहीबार निधन भएको साहित्यकार तथा चलचित्रकर्मी प्रकाश सायमीले जानकारी दिए ।

श्रीमती शाह केही समयदेखि अस्वस्थ थिइन् । शाहको ‘पहेंलो गुलाफ’, ‘विषयान्तर’ ‘आऊ मलाई सम्भोग गर’, ‘मन्टु बजैको कथाको पेटारो’, ‘मम्मी’ र संयुक्त लेखनमा ‘आकाश विभाजित छ’लगायत कृति प्रकाशित छन् ।

उनी विशेषगरी यौन साहित्यमा कलम चलाउँथिन् । उनी छोरी चलचित्र नायिका जल शाहसँग एक दशकदेखि अमेरिकामा बस्दै आएकी थिइन् ।

यसैगरी, संगीतकार शर्माको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार सायमीले बताए । ८९ वर्षीय शर्माको हृदयाघातका कारण उपचारका क्रममा निधन भएको हो । आफ्नो घर स्थानीय वसुन्धरामा बिहान अस्वस्थ भएपछि उपचारका लागि उहाँलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

शर्माले पहिलो नेपाली रंगीन चलचित्र ‘कुमारी’ तथा ‘मुनामदन’, ‘शकुन्तला’, ‘सावित्री सत्यवान्’, ‘कुन्जिनी’लगायत गीति नाटकमा संगीत दिएका थिए ।

शर्माको बिहीबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । शर्मालाई छोरा गायक सुदेशले दागबत्ती दिएका थिए ।
शर्माका पिता यज्ञराज पनि संगीतकार नै थिए । रासस 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
कल्पनामा रमितम्मे - ढुन्नी राज पाण्डे (बिनायक)
दुई पटकमात्र सुत्केरी बिदा पाउने कानुनमा भइरहेको व्यवस्थालाई सर्वोच्चले खारेज
मोटर् साइकलमा चड्न मलाई डर लाग्छ,आफ्ना अतितका पन्ना हरु-दिनेश भुसाल
युएईमा भोलीहुने प्रथम सहिद एवं मगर दिवस सास्कृतिक कार्यक्रमको तयारी पुरा
बालबच्चा लाई खुवाउने स्तन नग्न गरी नदेखाउ बहिनी - उमाकान्त पाण्डे गाउले
मेरो पहाड हिँडिरहन्छ - इन्दमनी भट्टराइका कविता हरु
त्यसैले त तिमीले........ रामु गैरे
असल अविभावक बन्ने केही उपायहरु
म बसेको घर त भत्काइहाल्नुभएछ, दाहालले घरबेटीसँग भने, भर्‍याङ त पुरानै देखेँ
गिनिज बुकमा नामलेखाउन पुगेका खगेन्द्र थापा अन्तराष्ट्रिय समाचारको प्राथमिकतामा
http://go.oclaserver.com/afu.php?zoneid=1465736