arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

साहित्यकार प्रेमा शाह र संगीतकार चन्द्रराज शर्माको निधनtext size increase   text size decrease   Print    rss (२०७४ पौष ६, विहीवार)


साहित्यकार प्रेमा शाह र संगीतकार चन्द्रराज शर्माको बिहीबार निधन भएको छ ।

शाहको उपचारका क्रममा अमेरिकाको ‘साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन’ अस्पतालमा ७२ वर्षका उमेरमा बिहीबार निधन भएको साहित्यकार तथा चलचित्रकर्मी प्रकाश सायमीले जानकारी दिए ।

श्रीमती शाह केही समयदेखि अस्वस्थ थिइन् । शाहको ‘पहेंलो गुलाफ’, ‘विषयान्तर’ ‘आऊ मलाई सम्भोग गर’, ‘मन्टु बजैको कथाको पेटारो’, ‘मम्मी’ र संयुक्त लेखनमा ‘आकाश विभाजित छ’लगायत कृति प्रकाशित छन् ।

उनी विशेषगरी यौन साहित्यमा कलम चलाउँथिन् । उनी छोरी चलचित्र नायिका जल शाहसँग एक दशकदेखि अमेरिकामा बस्दै आएकी थिइन् ।

यसैगरी, संगीतकार शर्माको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार सायमीले बताए । ८९ वर्षीय शर्माको हृदयाघातका कारण उपचारका क्रममा निधन भएको हो । आफ्नो घर स्थानीय वसुन्धरामा बिहान अस्वस्थ भएपछि उपचारका लागि उहाँलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

शर्माले पहिलो नेपाली रंगीन चलचित्र ‘कुमारी’ तथा ‘मुनामदन’, ‘शकुन्तला’, ‘सावित्री सत्यवान्’, ‘कुन्जिनी’लगायत गीति नाटकमा संगीत दिएका थिए ।

शर्माको बिहीबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । शर्मालाई छोरा गायक सुदेशले दागबत्ती दिएका थिए ।
शर्माका पिता यज्ञराज पनि संगीतकार नै थिए । रासस 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
सिर्जनाका मुहान (गज़ल)
पद ,सत्ता र पैसाकै लागि
दुखे देश के भो (गज़ल)
मेरो दिलमा
छिमेकी छ लुच्चो (गज़ल)
मेरो अर्घाखाँची भाग २०
मेरो अर्घाखाँची भाग १९
मेरो अर्घाखाँची भाग १८
मेरो अर्घाखाँची भाग १७
मेरो अर्घाखाँची भाग १६
मेरो अर्घाखाँची भाग १५
मेरो अर्घाखाँची भाग १४
मेरो अर्घाखाँची भाग १३
मेरो अर्घाखाँची भाग १२
मेरो अर्घाखाँची भाग ११
मेरो अर्घाखाँची भाग १०
मेरो अर्घाखाँची भाग ०९
मेरो अर्घाखाँची भाग ०८
मेरो अर्घाखाँची भाग ०७
मेरो अर्घाखाँची भाग ०६
http://go.oclaserver.com/afu.php?zoneid=1465736