arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

व्यवसायीको हत्याको विरोधमा अनिश्चितकालिन रुपन्देही बन्दको आहवानtext size increase   text size decrease   Print    rss (२०७४ पौष २२, शनिवार)


युवा व्यवसायी वसन्त पौडेलको हत्याको विरोधमा आज रुपन्देही बन्द गरिएको छ । युवा संघ तथा अनेरास्ववीयु रुपन्देहीले हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनिश्चितकालिन रुपन्देही बन्दको आहवान गरेका हुन् । कान्तिपुरमा समाचार छ ।

युवा व्यवसायी वसन्त पौडेलको हत्याको विरोधमाशनिबार रुपन्देही बन्द गरिएको छ ।

युवा संघ तथा अनेरास्ववीयु रुपन्देहीले हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनिश्चितकालिन रुपन्देही बन्दको आहवान गरेका हुन् । बन्दका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्ग ठप्प छ । चोक चोकमा बसेर अवरोध गरेपछि भित्री सडकमा पनि सवारीका साधन चलेका छैनन् । बजार पसल तथा औद्योगिक प्रतिष्ठानसमेत खुलेका छैनन् । बन्दको प्रभाव बुटवल, देवदह, खैरेनी लगायतका स्थानका धेरै छ ।

हत्यामा संलग्नलाई पक्राउ नगर्दासम्म बन्द जारी राख्ने युवासंघ रुपन्देहीका अध्यक्ष नकुल शाहीले बताए । प्रहरी प्रशासनको कमजोरीका कारण युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या भएको एक वर्षपछि फेरि अर्का युवाको हत्या भएको युवासंघको दाबी छ । रुपन्देहीमा यस्तै जिल्लामा क्रियाशिल राजनीतिक दल, व्यवसायीक संघसस्था र नागरिक समाजले समेत पौडेल हत्याको विरोधमा विज्ञप्ती निकाली हत्याको निन्दा गरेका छन् । साथै आरोपिलाई पक्राउ गरी सर्वसाधरणलाई सुरक्षाको अनुभूति दिलाउन समेत आग्रह गरेका छन् । कान्तिपुरमा समाचार छ ।

अनुसन्धान टोली गठन

यसैबीच संघीय प्रहरी इकाई कार्यालय भैरहवाले पौडेलको हत्याबारे अनुसन्धान गर्न ७ सदस्यीय अनुसन्धान टोली गठन गरेको छ ।

घटनाको सम्बन्धमा अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन भन्दै प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको संयोजकत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन गरेको हो । टोलीले आजैदेखि काम सुरु गरेको प्रहरी नायव उपरीक्षक दिल्लीनारायण पाण्डेले बताए ।

व्यवसायी पौडेलको शुक्रबार बिहान करिब सबा ११ बजे देवदह २ ढेकाबारमा आफ्नै फर्निचर उद्योगमा बसेका बेला गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी भागेका थिए । घटना लगत्तै यसअघि सोही स्थानमै हत्या भएका युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य आरोपी मनोज पुनले स्थानीयलाई टेलिफोन गरी हत्याको जिम्मा लिएका छन् । कान्तिपुरमा समाचार छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
अदुवा निकासी ठप्प भएपछि इलामका अदुवा उत्पादक किसान मर्कामा
कालिकोटमा भाइरल ज्वरोको महामारी
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस-मधेसी गठबन्धन तालमेल प्रयास
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सात प्रदेशमा मतदाता नामावली प्रकाशित
प्रदेश नम्बर १ को राजधानी नतोकेको भन्दै धनकुटा कांग्रेसका सबै पदाधिकारीले दिए राजीनामा
दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी आमहड्ताल र बन्द फिर्ता
बुटवल टुडेले मनायो छैठौं बार्षिक उत्सव, स्थानिय तहको छ महिना अन्तरसंवादा, उत्कृष्ठ संवादादाता र कर्मचारी पुरस्कृत
खानेपानीको सास्ती भोग्दै आएका रुकुम मुसिकोटबासीले अब मुक्ति पाउने
५ नम्बर प्रदेशको राजधानी आफ्नोमा नतोकेको भन्दै दाङमा अनिश्चितकालिन आम हड्ताल
नारायणगढ-मुग्लिन सडकखण्ड पुनः रातिमा ६ घण्टा बन्द हुने
११ बुँदे मागसहित आन्दोलनरत नर्सको आन्दोलन चर्कियो
दाङमा प्रदेशको अस्थायी मुकाम तोक्न माग गर्दै शुरु भएको आन्दोलन जारी
मापसेका कारण दुर्घटना र मृत्युदर दुवै बढ्यो
भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न पहल सुरु
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी
राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र
नारायणगढ-मुग्लिन सडकखन्ड शनिबारदेखि चार दिन बन्द नहुने
लुम्विनी क्षेत्रका सिमसारमा जल पंक्षी गणना सम्पन्न
भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत ओखलढुंगाको पुनर्निर्माण सुस्त
http://go.oclaserver.com/afu.php?zoneid=1465736