arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

गैर आवासीय नेपाली संघ जेद्दाको चौथो अधिवेशन सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

world news

तेज थापा
साउदी अरब (अर्घाखाँचीडटकम) गैर  आवासीय नेपाली संघ पश्चिम क्षेत्रिय समन्वय समिति जेद्दा साउदी अरबको चौथो अधिवेशन सम्पन्न भएको छ ।

आरसिसि जेद्धाका निबर्तमान अध्यक्ष भीम गुरुङको सभापतित्व तथा जेद्धा महाबाणिज्य दूतावासका का.बा. महावाणिज्यदूत श्री रेवती रमन पौडेलज्यू आतिथ्य रहेको सो कार्यक्रममा बाणिज्यदूत मनहरी दंगाल, हज व्यवस्थापनका लागि नेपालबाट आएका गृह मन्त्रालयका सहसचिब हेमराज पोखरेल, एनआरएनए आइसीसी सदस्य दिनेश सुनुवार लगाएत जेद्धामा कृयाशिल नेपाली संघसंस्थाका प्रतिनिधिहरूले अतिथिको रूपमा उपस्थिति जनाउनु भएको थियो भने जेद्धा आस पासमा रहेका नेपालीहरूको समेत बाक्लो सहभागिता रहेको थियो ।

क्षेत्रीय समिति जेद्दाका सदस्य सुरज गुरुङद्वारा स्वागत मन्तव्य, सचिव विनोद तिमिल्सिनाद्वारा कार्य प्रगति विवरण तथा सदस्य सुप्रिम गोलेद्वारा कोषको आर्थिक विवरण प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा महाबाणिज्य दूतावासमा का.बा. महावाणिज्यदूत रेवती रमन पौडेलले आफ्नो मन्तव्य राख्दै हरेक कृयाकलापमा एनआरएनए सरकारको अभिन्न अंग जस्तो बनिसकेको र अझ एनआरएनकर्मीहरू सरकारको विना तलवका कर्मचारी सरह काम गरिरहेको भन्दै समाज सेवाको उत्कृष्ट नमूना सृजना भएकोमा आभार व्यक्त गरेका थिए ।

निवर्तमान जेद्धा क्षेत्रिय अध्यक्ष भीम गुरुङले २०१५ १७ कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू साथै कार्यसमितिका सहकर्मीहरू लाइ धन्यवाद दिँदै कार्यकाल विधिवत् रूपमा विघटन भएको घोषणा गरेका थिए ।
बन्द सत्रको सुरुमा निर्वाचन कमिटिका संयोजक दिनेश कुमार सुनुवारले उम्मेदवारहरूको नाम सार्वजनिक गर्नु साथै २०१७ -१९ कार्यकालको लागि पुन भीम गुरुङ निर्बिरोध अध्यक्षमा चैन भएको घोषणा सहित १३ सदस्यीय कार्यसमितिकाहरू क्रमशः उपाध्यक्ष बेद कुमार गुरुङ, राजकुमार गिरी सचिव, रूद्र गिरी सहसचिब, कोषाध्यक्षमा सुप्रिम गोले, सहकोषाध्यक्षमा राम थापा मगर रहेका छन् भने सदस्यहरुमा क्रमशः पवन थापा मगर, रबिन शर्मा, इश्वरी बिष्ट, अरून चापागाईं, राजेश काफ्ले, अर्जुन गिरीका साथै एक सदस्य पछि मनोनयन हुने गरि नाम सार्वजानिक गरेका थिए  ।

सपथ ग्रहण कार्यक्रम अन्तर्गत NRNA ICC सदस्य दिनेश सुनुवारबाट नव निर्वाचित जेद्धा क्षेत्रिय अध्यक्ष  भीम गुरुङले सपथ लिएका थिए  भने बाकी पदाधिकारिहरूले अध्यक्ष भीम गुरुङबाट सपथ लिएका थिए ।

पहिलो चरणको कार्यक्रमको अन्तमा नव निर्वाचित जेद्धा क्षेत्रिय अध्यक्ष गुरुङले नयाँ कार्यसमिति २०१७  १९ को भावी कार्य योजना प्रस्तुत गर्दै साउदी अरबमा दिनहुं सवारी दुर्घटना बाट मृत्यु हुने साथै अंगभंग हुने क्रम बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै चाडै नै NRNA RCC जेद्दाले नेपाली माहावाणिज्य दूतावासको सहयोगमा दुर्घटना न्यूनिकरणका निम्ति स चेतना मूलक कार्यक्रमको आयोजना गर्ने, नेपाली कला, संस्कृति, साहित्य र खेलकुदको जगेर्ना गर्ने हेतुले स्थानीय स्तरमा रहेका संघ संस्थाहरूसँग हातेमालो र सहकार्य गर्दै समयानुकूल तत् सम्बन्धी कार्यक्रमहरू गरिने, नेपाल सरकारले आफ्नो विदेश स्थित नियोगहरुमा एक जना कर्मचारीलाई NRNA FOCAL POINT को भूमिका निर्वाह गर्न निर्देशन गरेको हुँदा महावाणिज्यदुताबास जेद्दामा पनी सो को अख्तियारि दिलाउन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति साउदी अरब मार्फत नेपाल सरकार समक्ष माग पेश गर्ने, संस्था विस्तारको अभियानलाई सक्रियताका साथ अघि बढाउँदै, यांबू, रबिग, ताइफ, जिजान जस्ता सहरमा रहेका नेपालीहरू सँग समन्वय गर्दै स्थलगत भ्रमण गरि NRNA को सदस्य बन्न अभिप्रेरित गर्ने स्थानीय समिति वा क्षेत्रीय समिति गठन गरिने जस्ता बुंदागत रूपमा जानकारी गराउनु भएको थियो । साथै अध्यक्ष गुरूङले सहयोगीहरू प्रति आभार व्यक्त गर्दै सबैको सहकार्य,सहयोग र सद्भावलेनै आफूले पुन दोस्रो कार्यकालको जिम्वेवारी पाएकोले श्रमिकमैत्री एनआरएनए बनाउने प्रतिबद्धता जनाउँदै कार्यक्रमको समापन गर्नु भएको थियो।

साधारणसभा कार्यक्रमको समापन पश्चात दोस्रो चरणमा श्रमिक समस्या र समाधान विषयक अन्तरक्रियामा कार्यक्रम चलाइएको थियो । नेपाली महा वाणिज्य दूतावासको रोहबरमा लगभग २ घण्टा श्रमिक समस्या सम्बन्धी छलफल पछि कार्यक्रम समापन भएको थियो साथै अधिबेशन हलमा स्वास्थ्य परिक्षण गर्ने व्यवस्था पनि मिलाइएको थियो भने सोही क्रममा ७० जना सहभागीले रक्तचाप र मधुमेहको निःशुल्क परिक्षण गराउने मौका पाएका थिए । जसमा ५ जनालाई उच्च मधुमेह र १४ जनालाई उच्च रक्तचाप भएको पाइयो र तुरून्त हस्पिटल गएर स्वास्थ्य चेक जाँच गराउन सुझाइएको थियो ।


कार्यक्रमलाई NRNA NCC उपाध्यक्ष ध्रुव रिजालले संचालन गरेका थिए भने स्वस्थ परीक्षण श्रीमती माया गुरुङ बाट भएको थियो ।

जेद्धाबाट एनआरएनए एनसिसि साउदीका उपाध्यक्ष ध्रुब कुमार रिजालको सहयोगमा
  ।
          

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
बहराइनमा पहिलो पटक सामुहिक दशै टीका ग्रहण तथा शुभकामना कार्यक्रम हुँदै
नेपाली राजदुतावास बहराइनमा कार्यरत नेपालीले मनाए दशै
साउदी अरबको अलमराईमा दशैँ बिशेस कार्यक्रम सम्पन्न
प्रवासी नेपाली मञ्च अोमानद्वारा अायोजित "दशैं विशेष" कार्यक्रम सप्पन्न
नेपाली राजदुतावास बहराइनमा अन्तरक्रिया कार्यक्रम
दिल्लीमा प्रवासी नेपाली संघको दशैँ मिलन कार्यक्रम सम्पन्न (तस्बिर सहित)
अदालतले तोकेको ब्लडमनि बुझाउन नसक्दा चार बर्ष देखि साउदीको जेलमा
युएईमा रहेका नेपालीलाई न्युजले भन्दा बढी नक्कली पत्रकारले त्रसाए
युएईमा लगभग सबै नेपाली संघसंस्था बन्द हुने, नेपालबाट बढीमा पाँच वटा मात्र संघसंस्थाहरु खोल्न पाउने नियम लागू, नियम तोडेमा कारवाही
जिफन्ट सहयोग समूह साउदी अरबको प्रथम अधिबेशन साउदी अरबको दमाममा सम्पन्न
देश बिकास नै अबको निकास भन्दै बाबुराम भट्टराई कोरियामा
प्रधानमंत्री ''प्रचण्ड'' दिल्ली स्थित नेपाली राजदुतावासमा
यूएइमा फोनिज गठनको तयारि
नेपाली कलाकार समुह नागले पहिलो बार्षिक उत्स्वव मनायो
नेपाल बृद्दाश्रम बन्ने खतरा बढ्यो, स्वदेशमै रोजगारीको बाताबरण बनाउनु पर्छ : नारायणकाजी श्रेष्ठ
साउदी अरबको रियादमा भलिबल प्रतियोगिता सम्पन्न
दिल्ली स्थित नेपाली देशभक्त आवाजको पहलमा एक नेपाली महिलाको उद्दार
अर्घाखाँची संपर्क समितीद्वारा अहिले सम्म कै सबै भन्दा सस्तो टिकटदरमा भब्य कार्यक्रम सम्पन्न
एनआरएन साउदीले सुरु गर्यो , आपतकालीन उद्धार कोष
ओमानमा "प्रगतिशील तीज बिशेष कार्यक्रम"