arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

मकवानपुरका तीन वटामा मतगणनाकार्य सम्पन्न, सबैमा एमालेको जितtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ३, बुधवार)

मकवानपुरका ८ गाउँपालिकामध्ये हालसम्म तीनओटामा मतगणनाकार्य सम्पन्न भएको छ ।

कैलाश गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका टंकबहादुर मोक्तान दुई हजार ८०२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोकबहादुर मोक्तानले दुई हजार ३५९ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकै शुकुमाया थिङले दुई हजार ८०० मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका मीरा राउतले दुई हजार ४२५ मत प्राप्त गरिन् ।

यसैगरी, इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा एमालेका जीवन गोलेले तीन हजार २०४ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विश्व लामाले दुई हजार २७३ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेका उमाकुमारी लामाले तीन हजार १९० मत ल्याइ विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मी डंगोलले दुई हजार ८१ मत प्राप्त गरिन् ।

इन्द्रसरोवर-१ मा कांग्रेस तथा बाँकी चारओटै वडामा एमाले पुरै समूहसहित विजयी भएको छ ।

इन्द्रसरोवर१ को वडाध्यक्षमा कांग्रेसका जमानसिंह वाइवा ७६४ मत ल्याइ विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका झमकलाल बलामीले ३६२ मत प्राप्त गरे ।

वडा नम्बर-२ को वडाध्यक्षमा एमालेका राजुमान महर्जन ५५१ मत ल्याइ विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुमन श्रेष्ठले ४५४ मत प्राप्त गरे ।

यस्तै, वडा नम्बर-३ को वडाध्यक्षमा एमालेका चिरञ्जीवी पौडेल ९७९ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका राजकुमार भ्लोनले ६४९ मत प्राप्त गरे ।

वडा नम्बर-४ को वडाध्यक्षमा एमालेका धनवीर स्यान्तानले ६९९ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका हरिकुमार लामाले १६० मत प्राप्त गरे ।

यस्तै, वडा नम्बर-५ को वडाध्यक्षमा एमालेका धनराज महर्जन ५२८ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका राजन लामाले ४२२ मत प्राप्त गरे ।

यसैगरी, मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा एमालेका विदुर हुमागाइँ तीन हजार ८१४ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका दोर्जे लामाले तीन हजार ६५२ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकै हर्कमाया रुम्बा तीन हजार ७१७ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका मन्दिरा केसीले तीन हजार ७०७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले जानकारी दिए । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचनमा सहभागी भए मिति सार्न सकिने: कांग्रेस
जेठ ३१ को चुनाव सर्ने हल्लाले झापाका तीन नगरपालिकाका मतदाता चिन्तित
एमालेद्वारा चार उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार चयन
राजपा नेपालले चुनावमा भाग नलिने, निर्वाचनमा अवरोध गर्ने गरी आन्दोलनको घोषणा
स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं महानगरको अन्तिम मतपरिणाम आउने तयारीमा, एमालेको अग्रता कायमै
पार्टी दर्ता गरेर चुनाव चिन्ह दिए आफूहरु चुनावमा जान तयार: राष्ट्रिय जनता पार्टी
पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा एमालेका मानबहादुर जिसीको जित निश्चित
जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि सुनसरीका चार स्थानमा सेना परिचालन
एमालेको अवरोधका कारण नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद प्रस्ताव हुन सकेन्
समयमै दोस्रो चरणको निर्वाचन हुने काँग्रेसका सभापति देउवाको भनाई
झापा एमालेद्वारा नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार चयन
प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया सुरु हुने
प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिए
चार दिन बित्दा पनि चाँगुनारायण नगरपालिकाको मतगणना अन्योलमा
पूर्वी तराईका तीन जिल्लामा हेपाटाइटिस-सी को जोखिम उच्च
स्थानीय तहको संख्या वृद्धिले दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन चुनौती: मुख्य निर्वाचन आयुक्त
एमालेका कारण ललितपुर महानगरपालिकाको मतगणना रोकियो
काठमाडौं महानगरको ५०% मतगणना सकियो, अझै पाँच दिन लाग्ने अनुमान
सर्वोच्चद्वारा टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने निर्णयको कारण देखाऊ आदेश