arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

महान् पर्व बडादसैंका लागि घर जाने यात्रीलाई भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला text size increase   text size decrease   Print    rss (२०७४ भाद्र १६, शुक्रवार)


यातायात व्यवसायीले नेपालीको महान् पर्व बडादसैंका लागि घर जाने यात्रीलाई सहज होस् भन्ने उद्देश्यले यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन् ।

सरकारको पहलमा यातायात व्यवस्था विभाग मीनभवनमा विभागका कर्मचारी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, उपभोक्तावादी र यातायात व्यवसायीबीच शुक्रबार बसेको बैठकले काठमाडौंबाट चल्ने लामो तथा मझौला दूरीको बसको टिकट खुला गर्ने निर्णय गरेको हो ।

लामो समयदेखि यातायात व्यवसायीले बसमा यात्रीको सामान राख्न छतको व्यवस्था हुनुपर्ने भन्दै टिकट खुलाउनेबारेमा अटेर गरे पनि विभागले मन्त्रिपरिषदबाट छत राख्ने निर्णयका लागि पहल गर्ने आश्वासन दिएपछि व्यवसायी टिकट खुलाउनेबारेमा सकारात्मक देखिएका हुन् ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले व्यवसायीको मागलाई सम्बन्धित क्षेत्रमा पुर्‍याएर समाधान गर्ने बताए ।

व्यवसायीले भाडा समायोजनकाबारेमा राखेका माग, बर्खायाममा यात्रा गर्दा बाटोमा पर्ने समस्याको समाधानका लागि चाहिने पूर्वाधार, सवारी जाँचपासलगायका विषयमा विभाग गम्भीर छ-महानिर्देशक भट्टराईले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले चाडबाडका समयमा यात्रीलाई सम्बन्धित क्षेत्रमा पुर्‍याउने जिम्मा व्यवसायीको भएकाले महाशाखा व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।

नेपाल प्रहरी ट्राफिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक सुदीप आचार्यले धेरै यात्री बोक्ने सवारी-साधनलाई कारबाही गरिने बताए ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका कावा अध्यक्ष डोलराज खनालले सरकारले छत हटाउने सम्बन्धमा गरेको निर्णय अव्यावहारिक छ-भने ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले यातायात क्षेत्रमा देखिएका व्यावहारिक तथा कानुनी अप्ठ्यारा फुकाइदिन सरकारलाई आग्रह गरे ।

उपभोक्तावादी रञ्जन खनालले सरकार र यातायात क्षेत्रको अपरिपक्क नीतिका कारण उपभोक्ता मर्कामा परेको बताउँदै उपभोक्तालाई सहज ढंगले गन्तव्यमा पुर्‍याउन व्यवसायीलाई आग्रह गरे । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
मोरङको कानेपोखरीमा आगलागी हुँदा एकै घरका चार जनाको जलेर मृत्यु
यो वर्षको दसैंमा पनि पानी पर्ने, दसैंसम्म मनसुनी सक्रिय
काठमाडौंमा मरेका खसीबोका बिक्री, नागढुंगामा २८ वटा मरेका खसीबोका बरामद
प्रदेश नम्बर-२ मा भएको स्थानीय निर्वाचनको मतगणना जारी, कांग्रेस अगाडि
प्रदेश नम्बर २ का आठ जिल्लामा २९८ टोलीबाट धमाधम मतगणना हुँदै
बडादसैं, तिहार तथा छठ पर्वका बेला उपत्यकाभित्र पाँच हजार प्रहरी परिचालन
धनुषाको हंशपुर नगरपालिका मेयर-उपमेयरमा राजपा विजयी
प्रदेश नम्बर-२ मा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी
दशैं, तिहार, छठलगायत चाडपर्वमा मापसे जाँचलाई कडाइ, नाकामा विशेष चेकजाँच
मा‌ओवादी केन्द्रका प्रतिनिधिले बाराको बारागढी गाउँपालिकामा‌ मतपत्र च्यात्ने प्रयास गरे
महोत्तरीमा कांग्रेसले दुई वडामा विजय
निर्वाचन आयोगले पाँच दिन भित्रै प्रदेश नंम्बर -२ को स्थानीय तहको मतगणना गरिसक्ने
सिरहामा मतगणना सुरु
सरकारद्वारा आयल निगमका कार्यकारी निर्देशक खड्कालाई पदबाट बर्खास्त
प्रदेश नम्बर-२ मा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना शुरु
आज प्रदेश २ मा तेस्रो चरणको स्थानीय निर्वाचनका लागि मतदान हुँदै
दसैं, तिहार नजिकिदै गर्दा आन्तरिक राजस्व विभागद्वारा बजार अनुगमनलाई तीव्रता
स्थानीय निर्वाचनमा सुरक्षा त्रुटि हुन नदिन भारतीय सीमानाका बन्द
दशैं बजारलाई लक्षित गरी व्यापारीहरुले मुस्ताङी चेलुक च्याङ्ग्रा ओराल्न थाले
प्रधानमन्त्री देउवाद्वारा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि देशले गति पाउने उल्लेख